काठमाडौँ । नुवाकोट घर भइ राजधानीमा क्रियाशील पत्रकारहरूको संगठन नुवाकोट– काठमाडौँ पत्रकार समाज गठन भएको छ । गएको सोमबार राजधानीमा आयोजित एक भेलाकाबीच रमेश जमकट्टेलको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
समाजको सहसंयोजकमा नवराज घिमिरे छन् । सदस्य सदस्यहरूमा प्रकाश पुडासैनी, राजन ढकाल, प्रशन्न ढुंगाना, हरिराम भेटवाल, आशिष ढुंगाना, प्रयास श्रेष्ठ र प्रतिमा मुडभरी रहेका छन् ।
नुवाकोट स्थायी ठेगाना घर भइ राजधानीमा क्रियाशील पत्रकारहरू एकीकृत हुँदै नुवाकोटको विकास निर्माणका कार्यहरूमा संयोजन गर्नेगरी समाज गठन गरिएको बताइएको छ । संयोजक चयन भएपछि जमकट्टेलले समग्र नुवाकोटलाई जोड्न समाज सेतु बन्ने बताए । ‘राजधानी नजिकै भएपनि नुवाकोटमा विकास निर्माणलगायतका काममा विभिन्न समस्या र उल्झनहरू छन् । यी समग्र विषयमा पत्रकारिकताको माध्यमबाट समन्वय र सहकार्य गर्न हामी लाग्नेछौँ’, उनले भने ।
उनले राजधानीमा क्रियाशील पत्रकारहरूलाई जोड्न विभिन्न कार्यक्रमदेखि तालिमलगायतका गतिविधि सञ्चालन गरेर संस्थालाई चलायमान बनाउने बताए ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, August 07, 2023
नुवाकोट–काठमाडौँ पत्रकार समाज गठन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment