गल्छी–त्रिशुली–मैलुङ सडक अन्र्तगतको पिपल्टार सडक खण्ड
रोशन बोगटी
विदुर । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधिन गल्छी –त्रिशुली–मैलुङ–स्याफ्रुवेशी –रसुवागढी सडक अन्तर्गत पहिलो चरणमा निर्माण भईरहेको गल्छी–त्रिशुली–मैलुङ खण्डको ३६ किलोमिटर सडक कालोपत्रे सहित ८० प्रतिशत निर्माण भएको छ ।
तत्कालिन अघोषित भारतिय नाकाबन्दीसंगै नेपाल र चीनबीच रसुवागढी–केरुङबाट हुने आर्थिक तथा व्यापारिक कारोवारलाई छिटोछरितो र सहज तुल्याउने उद्देश्यले आयोजनाको पहिलो चरण अन्तर्गत गल्छी–त्रिशुली–मैलुङ सडक २०७३ सालबाट निर्माण थालिएको हो । निर्धारित समय र तालिकाभन्दा निक्कै ढिलोगरी निर्माण भैरहेको गल्छी– त्रिशुली–मैलुंगको ४६ किलोमिटर मध्ये हाल ३६ किलोमिटर सडक अन्तराष्ट्रिय मापदण्ड बमोजिम कालोपत्रे भएको हो । सामुदायिक बनको रुख कटान तथा स्थानीय मुआब्जा बिवाद लगायतका समस्याका कारण निर्धारित समय र तालिकाभन्दा निक्कैढिलो निर्माण भैरहेको आयोजनाको हाल निर्मित्त संरचना तथा कालोपत्रेसंगै उक्त क्षेत्रको सौन्दर्य मनोरम देखिएको छ ।
गल्छी–त्रिशुली–मैलुङ अन्तर्गत धादिङको गल्छी देखि रसुवा र नुवाकोट सीमा बेत्रावतीसम्मका बिभिन्न क्षेत्रमा डबल लेनको चौंडा सडक हाल बिश्वमा प्रचलित आसफाल्ट प्रविधीमा कालोपत्रे भएको हो ।
जसकाकारण विगतमा धुवाँ धुलोले आजित सर्वसाधाणहरू अहिले आफ्नो घरआँगन छेवैमा अन्तराष्ट्रिय स्तरको डबल लियर सहितको फराकिलो र चौंडा सडक निर्माणसंगै अहिले धुँवा, धुलोबाट राहत मिलेको बताए । निर्माण कार्यतालिका अनुसार २१ महिना अर्थात २०७५ भदौ ७ गते निर्माण सम्पन्न गर्नेगरी २०७३ साल कात्र्तिक अन्तिमबाट निर्माण थालिएको हो ।
तीन अर्व ६३ लागतमा निर्माण भैरहेको उक्त गल्छी–त्रिशुली–मैलुङ खण्डको ४६ किलोमिटर सडक निर्माण कम्पनि कोवेक–तुन्दी र रसुवा ज्वाईन्टभेञ्चरद्धारा निर्माण भैरहेको हो ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, August 07, 2023
अन्तराष्ट्रिय सडक ८० प्रतिशत निर्माण
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment