विदुर । नेपालमा मात्रै पाइने पक्षी काँडेभ्याकुर रसुवाको नागुब क्षेत्रको जङ्गलमा भेटिएको छ । ८० वैशाख २ गते गोसाइँकुण्ड गाउँपालिका–६ नागुबको जङ्गलमा चरा अवलोकन गर्दा काँडेभ्याकुर देखिएको डिभिजन वन कार्यालय रसुवाका अधिकृत बदीप्रसाद ढुङ्गनाले जानकारी दिए । २ हजार ३५० मिटरको उचाइमा फेला परेको हो ।
विश्वमा अन्त कतै नपाइने काँडेभ्याकुर ललितपुरको जङ्गगलमा पनि पाइन्छ । दुर्लभ चरा काँडेभ्याकुर चितवन, गोदावरी, धादिङको उत्तरी भेगमा पाइन्छ । काँडेभ्याकुर समुन्द्र सतहबाट १ हजार २०० मिटरभन्दा माथि रहेका डोटी र रारा तालवरपर पनि न्यून सख्यामा छ । ढुकुरभन्दा केही सानो, खरानी रङ्गको हुने र १ हजार २०० मिटरभन्दा माथि बस्न रुचाउने यो चरा करिब २६ सेन्टिमिटर लामो हुन्छ । यसले ओसिलो क्षेत्रमा आहारा खोज्छ । यसले एकपटकमा दुईवटासम्म अण्डा कोरल्छ । काँडेभ्याकुर प्राय समूहमा बस्न रुचाउँछन् । लजालु स्वभावको यो चरालाई सजिलै फेला पार्न सकिँदैन ।
विशेषगरी मध्यपहाडी क्षेत्रमा पाउने चरा भएपनि जलवायु परिवर्तनका कारणले उच्च भागमा समेत देखापरेको हुन सक्ने डिभिजन वन कार्यालय रसवाका अधिकृत बदीप्रसाद ढुङ्गानाले बताए । धुन्चेदेखि अलिपर नागुबु गाउँनजिकैको जङ्गलमा वैशाख २ गते देखा परेको काँडेभ्याकर करिब २ हजार ३५० मिटरको उचाइमा फेला परेको हो ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, August 07, 2023
नागुबमा दुर्लभ काँडेभ्याकुर भेटियो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment