![]() |
सुनसहित रसुवामा पक्राउ परेकाहरु । |
रसुवा । त्रिभुवन विमानस्थलबाट ६० किलो सुन बाहिरिएको विषयमा छानविन भेरहेका बेला फेरि चीनसँग जोडिएको उत्तरी नाकाबाट दुई किलो सुनसहित गत हप्ता पक्राउ परेका दुईजनालाई प्रहरीले राजश्व अनुसन्धान विभागमा पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले २ किलो सुन सहित दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले सिन्धुपाल्चोक भोटेकोशी ५ बस्ने २१ वर्षे सुदिप शेर्पा र सोहि जिल्ला वडा नम्बर १ का ३० बर्षे फुर्साङवु शेर्पालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । गएको आइतवार बेलुका ६ बजेतिर पासाङल्हामु राजमार्ग स्याफ्रुबेशीबाट नियमित चेकचाजको क्रममा उनीहरूबाट २ किलो सुन सहित नियन्त्रणमा लिएको हो । वरामद सामान सहित थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ । केरुङ नकाबाट सुन तस्करी कम भएको भनिएपनि फेरि तस्करहरूले उक्त नाका प्रयोग गर्न थालेको देखिन्छ ।
No comments:
Post a Comment