विदुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा आगामी भदौ २२ र २३ गते नुवाकोटमा बागमती मिडिया सम्मेलन हुने भएको छ ।
महासंघ प्रदेश समितिको मंगलबार हेटौंडामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । मिडिया सम्मेलनमा प्रदेशभर रहेका स्वरोजगारमूलक सञ्चारमाध्यमहरूको समस्या, पत्रकार महिलाहरूका समस्या, सञ्चार क्षेत्रका चुनौतीहरू र समस्या समाधानमा राज्यका निकायहरूको भुमिकाका सन्दर्भमा छलफल गरिने प्रदेश समितिका महासचिव कृष्णसारु मगरले जानकारी दिए ।
महासंघ प्रदेश अध्यक्ष शिव देबकोटाको अध्यक्षतामा बसेको बैठकले सदस्यता शुद्धिकरणका सन्दर्भमा स्थानीयस्तरमै पुगी जिल्लाको बस्तुस्थिती बुझ्ने र प्राप्त उजुरी र सिफारिसका बारेमा १५ दिन भित्र प्रतिबेदन पेश गर्न पदाधिकारीहरूको संयोजकत्वमा १० वटा कार्यदल समेत गठन गरेको छ ।
नेपाल पत्रकार महासंघले यो साल शुद्धिकरण अभियान सञ्चालन गरेको छ । गैर पत्रकारहरू सदस्यता नविकरण नगर्ने देखि पेशामा भएकालाई मात्र सदस्यता प्रदान गर्नेगरी महासंघले अभियान जारी गरेको छ । नुवाकोट जिल्लाबाट समेत ६२ जानको मात्रै नविकरणका लागि प्रदेशमा सिफारिस भएको छ । यस अघि नुवाकोट शाखामा मात्रै १७४ जना पत्रकारको सदस्यता रहेको थियो ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, August 07, 2023
नुवाकोटमा मिडिया सम्मेलन हुने
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment