देविघाट । विदुर नगरपालिका वडा नंं ५ देविघाटमा रहेको सहिद जगतप्रकाशजङ्ग शाह संस्कृत माध्यमिक विध्यालयमा तीन दिने कथा लेखन कार्यशाला गोष्ठी आयोजना गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि युवा साहित्यकार श्रीराम श्रेष्ठले नेपाली समाजमा बालकथाहरूको अभाव रहेको सन्दर्भमा कथा कार्यशाला गोष्ठी उपलब्धिमूलक रहन जाने विश्वास व्यक्त गरे ।
विद्यार्र्थीहरूको उमेर समुहका लागि भाषा, शैली, शिल्प, प्रस्तुतीको सही ढंगले संयोजन गर्न सकेको खण्डमा कथा स्तरीय हुनेमा जोड दिदै श्रेष्ठले भने– ‘माछा मारेर खुवाउनु भन्दा माछा मार्न सिकाउनु भन्ने चिनियाँ उखानलाई समरण गर्दै आधुनिक शिक्षा, विकसित प्रविधिको उपयोग गरेको खण्डमा कथा अब्बल हुन्छ ।’
जिल्लाकै अब्बल विद्यालयको रुपमा रहेको उक्त विद्यालयमा भएको यस कार्यशालाले विद्यार्थीहरूमा थप हौसला बढाएको विद्यालयले जनाएकोे छ । प्राध्यानध्यापक मञ्जु चित्रकारको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक युवा साहित्यकार विजयराज आचार्य, रुम टु रिडका प्रतिनिधि बटुराम भण्डारीलगायतले आआफ्नो मन्तव्य राखे ।
विद्यालायमा आयोजित उक्त कार्यशाला गोष्ठीमा सहभागीमध्ये ४५ जना विद्यार्थीहरूले एक÷एक थान कथा लेखेका थिए । सोही कार्यशालमा लेखिएको छ वटा कक्षा कार्यक्रममा वाचन भएको थियो । जसमा अशु अधिकारी, युनिशा पुडासैनी, आदित्य डङ्गोल, दया रिमाल, अग्रिम न्यौपाने र निशा पुडासैनीको कथा थिए ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, August 07, 2023
कथा लेखन कार्यशाला
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment