![]() |
वनदेवीको गुरुयोजना |
विदुर । नुवाकोटको प्रमुख धार्मिकस्थलमध्येको विदुर नगरपालिका–२ मा रहेको वनदेवी मन्दिर परिसरमा हरियाली पार्क निर्माणका गुरुयोजना तयार भएको छ ।
सहरी विकास मन्त्रालय भवन शाखा नुवाकोटले वनदेवी क्षेत्रलाई समेटेर हरियाली पार्कका लागि गुरुयोजना तयार गरिदिएको हो । गुरुयोजनाअनुसार करिब पाँच करोड रुपैयाँ पार्क निर्माण गर्न खर्च हुने बताइएको छ । वनदेवी हरियाली पार्क निर्माणका लागि आवश्यक स्रोत जुटाउन नगरपालिका र वडा कार्यालय सक्रिय भइरहेका छन् । उक्त पार्क बनाउन संसद् क्षेत्र विकास कार्यक्रमको पाँच करोड बजेटमध्ये प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद एवम् नेपाली काँग्रेसका नेता अर्ज‘ननरसिंह केसीले एक करोड दिने प्रतिबद्धता जनाएको वडाध्यक्ष दीपक कायस्थले जानकराी दिएका छन् ।
चालू आव ०८०/८१ को संसद् क्षेत्र विकास कार्यक्रमको पाँच करोड बजेटमध्ये पूर्वाधार विकास कार्यक्रमअन्तर्गत एक करोड रुपैयाँको वनदेवी मन्दिरमा हरियाली पार्क निर्माणका लागि राख्ने प्रतिबद्धता जनाएका हुन् । पार्क निर्माणका लागि एक करोड रुपैयाँको स्रोत सुनिश्चित भएको छ । सहरी विकास मन्त्रालयले हरियाली पार्कको रूपमा विकास गर्नका लागि गुरुयोजना तयार पारे पनि त्यस योजनाअनुसारको काम सम्पन्न गर्न स्रोत जुटाउनका लागि वनदेवी मन्दिरप्रति चासो राख्ने विदुरका स्थानीयले सांसद केसीको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिसभाका सांसदले आफ्नो क्षेत्रका बढीमा पाँचवटा योजनाका लागि पाँच करोड रुपैयाँ खर्च गर्न पाउने प्रावधान रहेको छ । सोही प्रावधानअनुसार सांसद केसीले पाँच करोडमध्येबाट एक करोड रुपैयाँ वनदेवी क्षेत्रका लागि खर्च गर्ने भएका हुन् । थप स्रोतका लागि मन्त्रालयमा पहल गर्नेसमेत नेता केसीले बताए ।
No comments:
Post a Comment