![]() |
पुरस्कार वितरण समारोह |
पिपल्टार । विदुर नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा नम्वर ५ का वडा अध्यक्षले विदुर नगरपालिकामा खेल पर्यटन प्रबर्धनको प्रचुर सम्भावना देखिएकाले सम्भावनालाई सार्थकतामा रुपान्तरण गर्न खेल पूर्बाधार बिकासमा जोड दिईने प्रतिबद्धता जनाए ।
खेल पर्यटन प्रबर्धन मार्फत यहाँका नागरिकको आर्थिक जीवनमा समेत परिवर्तन देख्न सकिने बताउँदै त्यसक्रममा जनप्रतिनिधिहरूले बिकासको एउटा महत्वपूर्ण सूचकका रुपमा खेल क्षेत्रको बिकासलाई लिई सोही अनुसार नगर योजनाहरू कार्यान्वयनमा ल्याईने समेत स्पष्ट पारे । शुक्रवार बिदुर नगरपालिका वडा नम्वर ५ को पिपलटारमा आयोजित जिल्लास्तरीय अन्तर माध्यमिक बिद्यालय छात्र–छात्रा फुटसल प्रतियोगिता एवं बिद्यार्थी सम्मान कार्यक्रमको उद्घाटनका क्रममा बिदुर नगरपालिकाका प्रमुख श्रेष्ठले राजधानीबाट अत्यन्त छोटो दुरीमा रहेको विदुर नगर क्षेत्रमा राष्ट्रियस्तरका खेल प्रतियोगिता सञ्चालन गरि यो क्षेत्रलाई खेलकुदको उपयुक्त गन्तब्य बनाउनु पर्नेमा जोड दिए ।
नगरपालिकाले माझिटारको च्वाडी माध्यमिक बिद्यालयमा क्रिकेट खेल मैदान बनाउने गरी आवश्यक तयारी गरिरहेको बताउँदै त्यसक्रममा नगरप्रमुख श्रेष्ठले भएका पूर्बाधारको बिकास र आवश्यक पूर्बाधारको निर्माण गरि खेल क्षेत्रको बिकासमा आवश्यक सबै काम गरिने प्रतिबद्धता समेत जनाए । त्यसक्रममा नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी र वडा नम्वर ५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेले खेल क्षेत्रको समुचित बिकासले राष्ट्रिय समृद्धि प्राप्तिमा समेत योगदान पु-याउने भएकाले यसका लागि सरोकारवाला सबैपक्षबिच समन्वयात्मक पहल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष शिव देबकोटा, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, बागमती प्रदेश फुटबल संघका सह–महासचिव सुरज श्रेष्ठ, विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सञ्जिबबहादुर श्रेष्ठ, चन्द्रज्योती माावि व्यवस्थापन समितिका अध्यक्ष छत्रराज डंगोल, समाजसेवी मोतीराम न्यौपाने र आयोजक पिपलटार फुटबल क्लवका अध्यक्ष उद्धव पनेरुले खेलक्षेत्र सम्बन्धि बिबिध बिषयहरूमाथि प्रकाश पारेक थिए ।
यसै बीच, प्रतियोगिताको समापन शनिवार प्रदेश आर्थिक मामिला मन्त्री बहादुरसिंह लामा तामाङले गरेका थिए । सो अवसरमा विदुरका मेयर श्रेष्ठ, नेपाली काँग्रेसका नुवाकोट उपसभापति राजु थापा, जिल्ला खेलकुद विकास ससमतिका अध्यक्ष सन्तोष राई लगायतको सहभागिता थियो ।
No comments:
Post a Comment