विदुर । बागमती प्रदेश सरकारले प्रदेशका सबै १३ वटै जिल्लामा प्रादेशिक कार्यालय खोल्ने भएको छ । यसका लागि बजेट र कर्मचारी व्यवस्थापनको काम अघि बढिसकेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार एकीकृत प्रादेशिक कार्यालय दशैं अगावै सञ्चालनमा ल्याउने तयारी छ ।
‘जिल्लामा बागमती प्रदेशको संरचना नै छैन । संरचना नहुँदा कि संघीय सरकारको सहयोग लिनप¥यो कि स्थानीय तहको’ उनले भने, ‘अब आफ्नै संरचना बनाउने र अगाडि जाने तय भएको छ । एकीकृत सेवा प्रवाह गर्नका लागि १३ वटै जिल्लामा एकीकृत कार्यालयको अवधारणा अन्तर्गत ओएनएम गरिसकेका छौं । दशैं अगावै एकीकृत कार्यालयहरू सञ्चालनमा लाँदैछौं ।’ बागमती प्रदेशले गत वर्ष ७२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । चालू आवमा ६२ अर्ब रुपैयाँको छ । प्रदेशको बजेट कार्यान्वयन गर्नका लागि कर्मचारी र आवश्यक संरचना समेत नभएको उल्लेख गर्दै त्यसका लागि प्रादेशिक कार्यालय खोल्न लागिएको जानकारी दिए ।
मन्त्री श्रेष्ठका अनुसार प्रादेशिक कार्यालयबाट प्रदेशका सबै मन्त्रालयहरूको सेवा एकीकृत रुपमा प्रवाह हुनेछ । कार्यालयका लागि भवनको खोजी गरिराखेको र संघीय सरकारसँग समन्वय भइरहेको उनले बताए ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Tuesday, September 12, 2023
सबै जिल्लामा प्रादेशिक कार्यालय
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment