त्रिशुली । दुई सातादेखि नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा बन्द रहेको प्रसूति सेवा सुरु भएको छ । अस्पतालमा गएको सोमवारबाट स्त्रीरोग विशेषज्ञ उपस्थित भएपछि सेवा सुरु भएको हो ।
सम्बन्धित चिकित्सक नहुँदा अस्पतालमा गत साउन ३० गतेदेखि प्रसूति सेवा बन्द भएको थियो । नुवाकोट, रसुवा र धादिङका उत्तरी भेगका सर्वसाधारणको उपचार गर्दै आएको विदुर नगरपालिका–९ कोलोनीस्थित त्रिशुली अस्पतालमा सम्बन्धित चिकित्सक नहुँदा दुई सातादेखि प्रसूति सेवा प्रभावित भएको थियो । बागमती प्रदेश सरकारले प्रसूति रोग विशेषज्ञ डा. प्रशान्त शर्मा र डा. विदुर भण्डारीलाई खटाएपछि अस्पतालमा प्रसूति उपचार तथा शल्यक्रिया सेवा सुरु भएको अस्पतालका अध्यक्ष राजु पण्डितले जानकारी दिए । उनका अनुसार सम्बन्धित चिकित्सकले कार्य सुरु गरेपछि बिरामीहरूलाई निकै सुविधा पुगेको छ ।
गत महिना त्रिशुली अस्पतालमा विरामीलाई आकस्मिक, बहिरंग, शल्यक्रिया लगायतका सेवा प्रदान गर्दै आएको सो अस्पतालमा कार्यरत दुई जना स्त्रीरोग विशेषज्ञ सरुवा भएपछि प्रसूति सेवा दुई साता समस्या परेको थियो ।
त्रिशुली अस्पतालमा हाल विभिन्न १३ जना विशेषज्ञ र नौ जना मेडिकल अधिकृत कार्यरत रहेका छन् । अस्पतालमा स्त्रीरोग विशेषज्ञ आएर कार्य सुरु गरेपछि दैनिक ८० देखि एक सय जना स्त्रीरोगको उपचार गर्न आउनेहरू लाभान्वित भएका छन् ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, September 04, 2023
त्रिशुली अस्पतालमा प्रसूति सेवा सुरु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment