![]() |
शिक्षकहरू आन्दोलनमा |
दाङसिङ । गाउँपालिकाले गरेको सरुवा बदर गर्न‘पर्ने शिक्षकहरूको माग छ । आन्दोलन गर्दा पनि पालिका सहमतिमा नआएमा कानुनी लडाइँ लड्ने संघर्ष समितिका सदस्यहरूले बताएका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिकाले शिक्षक सरुवाको नाममा नियमविपरित र व्यक्तिगत प्रतिशोध साँधेको भन्दै शिक्षकहरू आन्दोलित भएका छन् । पालिकाभरिका शिक्षकहरूले शिक्षक संघर्ष समिति गठन गरेर पालिका कार्यालयमा धर्ना दिएका छन् ।
गाउँपालिकाले गरेको सरुवा बदर गर्न‘पर्ने उनीहरूको माग छ । आन्दोलन गर्दा पनि पालिका सहमतिमा नआएमा कानुनी लडाइँ लड्ने संघर्ष समितिका सदस्यहरूले बताएका छन् । गाउँपालिकाले केहिदिन अगाडी सरुवा गरिएका ८६ जना शिक्षकहरूको नामावली गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरल सचिवालय नामको फेसबुक एकाउन्टबाट सार्वजनिक गरिएको थियो । अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित हुन् । फरक दलमा आस्था राख्ने तथा उनको स्वेच्छाचारी गतिविधिमा प्रश्न उठाउने शिक्षकलाई प्रतिशोध साँधेर सरुवा गरिएको आरोप लागिरहेको छ ।
उता, तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले भने शिक्षकहरूले राजनीति गर्न नहुने भन्दै आन्दोलन त्याग्न आग्रह गरेका छन् । अधिकारीले शिक्षकको काम राजनीति गर्ने नभई पढाउने काम मात्र गर्न आग्रह गरेका छन् । गाउँपलिकाले गरेको शिक्षक काज सरुवाको निर्णयविरुद्ध आन्दोलनमा उत्रेका शिक्षकहरूतर्फ ईङ्गित गर्दै उनले गाउँपालिकाले खटाएको स्थानमा गएर पढाउन शिक्षकहरूलाई निर्देशन दिएका छन् । शिक्षकहरूको काम पालिकाले खटाएको ठाउँमा गएर पढाउने हो, उनले भने ।
अध्यक्ष अधिकारीले शिक्षकहरूको सरुवा गर्दा पालिकाले शैक्षिक योग्यता, विषय र कार्य कार्यक्षमता हेरिएको बताए । उनले पालिकाले गरेको शिक्षकहरूको सरुवा कार्यान्वयन गर्नेमा आफू दृढ रहेको समेत बताएका छन् । शैक्षिक सुधारको उद्देश्यले गरिएको सरुवालाई लिएर अनावश्यक र भ्रामक प्रचारबाजी गरिएको भन्दै अध्यक्ष अधिकारीले शैक्षिक क्षेत्रमा राजनीतिक पूर्वाग्रह नराख्न सबै पक्षलाई समेत आग्र गरेका छन् ।
No comments:
Post a Comment