नुवाकोट । तारकेश्वर गाउँपालिका भित्र अन्तर विद्यालय काज सरुवा भएका शिक्षकहरूको सरुवा रोकिएको छ ।
गाउँपालिकाले गरेको शिक्षक सरुवाको विरोधमा उच्च अदालतमा पाटनमा परेको रिटमा शिक्षहरूलाई सरुवा नगर्न र उक्त विषय यथास्थितिमा राख्न अन्तरिम आदेश भएसँगै शिक्षक सरुवा रोकिएको हो । पालिकाका ४६ जना शिक्षकहरूले शुक्रबार उच्च अदालतमा शिक्षक सरुवा बदर गरिपाउँ भनि रिट निवेदन दिएका थिए ।
सो रिट निवेदनका विषयमा सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीश विष्णुप्रसाद तिवारीको इजलासले तारकेश्वर गाउँपालिको नाममा अन्तरिम आदेश जारी गरेको गाउँपालिकाका शिक्षक राजु रिमालले जानकारी दिए । यस्तै अदालतले शिक्षक सरुवाको कारण समेत माग गरेको छ । गाउँपालिकाले ८६ जना शिक्षकलाई अन्तरविद्यालय सरुवा गरेको थियो । शिक्षक सरुवाका विषयमा शिक्षक संघ संगठन सहित राजनीतिक दलहरूले विरोध जनाएका थिए ।
उनीहरूले शिक्षक सरुवाका विषयमा पालिका घेराउँदेखि अभिभावकहरूलाई समेत उतारेर पालिकाको निर्णयलाई रद्द गराउने प्रयास गरेका थिए । तर पालिका अध्यक्षले उल्टो स्पष्टिकरण सोधेपछि भने शिक्षकहरू अदालत पुगेका थिए । अदालतको आदेशसँगै शिक्षकहरू आ आफ्नो विद्यालयमा नै फर्कने आन्दोलनरत शिक्षकहरूले बताएका छन् ।
शिक्षकहरूको नेतृत्व गर्दै अदालतमा पुगेका शिक्षक हरि गाउँलेले समाजिक सञ्जाल फेसबुकमा आफूहरूको माग पूरा भएको भन्दै शिक्षकहरूलाई सम्बन्धित विद्यालयमा नै जाने बाटो खुला भएको उल्लेख गरेका छन् ।
अदालतको आदेश अनुसार दुवैपक्षबीच आगामी पेशीमा बहस हुनेछ र न्यायाधीशको इजलासले पूर्ण आदेश जारी गर्नेछ । त्यतिन्जेलका लागि लागि भने शिक्षक सरुवाको निर्णय कार्यान्वयन गर्न रोक लागेको छ । त्यसपछि भने अदालतको आदेशमा निर्भर गर्दछ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, September 25, 2023
शिक्षक सरुवा रोक्न अन्तरिम आदेश
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment