![]() |
मन्त्रीलाई मायाको चिनो प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष |
रानीपौवा । ककनी गाउँपालिकास्थीत ककनी हाइटमा चिया रोपण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख उपस्थितिमा उक्त कार्यक्रम भएको हो । ककनी गाउँपालिका र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै ककनी हाइटमा चिया रोपण कार्य गरिएको गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए ।
कार्यक्रममा संघीय सांसद हितबहादुर तामाङ, ककनी गाउँपालिका उपाध्यक्ष मिठुमाया तामाङ, सशस्त्र प्रहरी बल ककनी तालिम केन्द्रका प्रमुख कृष्ण ढकाल, पर्वतारोहण संघका राजेन्द्र लामा, वडा अध्यक्षहरू, कर्मचारी, स्थानीयको उपस्थिति थियो ।
No comments:
Post a Comment