भड्किलो बन्दैछ तिज
हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन देखि भाद्र पञ्चमीसम्मको तीन दिन हिन्दू नेपाली नारीहरूले मनाउने पर्वको आफ्नै महत्व र विशेषता रहेको छ । सत्ययुगमा माता पार्वतीले भगवान शिवलाई आफ्नो बर(स्वामी)को रुपमा पाउनको लागि निराहार रहि उहाँको सुस्वास्थ्य र उहाँको शरीरमा कुनै बाधा नपरोस् भनी कामना गरी ब्रत बसेको र उहाँलाई स्वयं भगवान प्रकट भइ मनोकामना पुरा हुने बरदान दिएको दिन भाद्र शुक्ल तृतीयामा हरेक नेपाली हिन्दू नारीहरूले यस पर्वलाई आफ्नो पतिको दिर्घायू, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै व्रत बस्ने गर्दछन् । यस पर्वमा विशेष गरी तृतीयाको दिन भगवान िशवको पुजाअर्चना गरेर सुरु गरिन्छ र पञ्चमीको दिन सप्तऋषिहरूको पुजा गरी समापन गरिन्छ । यस पर्वमा विवाह गरेर गएकी आफ्नी चेलिहरूलाई माइतीले सम्मानका साथ घरमा बोलाउने र मिठामिठा पक्वान्न बनाएर खुवाउने गर्दछन् । सक्नेले आफ्नी चेलीलाई नयाँनयाँ लुगाकपडाहरू उपहार स्वरुप दिने गर्दछन् । विवाह गरेर गएका चेलीहरू माइतीमा आउने तिजको अघिल्लो दिन माइतीले पकाएर दिएका मिठा मिठा खानाहरू (दर) खाने, एक अर्कामा दुःखसुख साट्ने गर्दछन् र भोलिपल्ट बिहान सबेरै उठेर नुहाँईधुवाई सकिचोखा कपडा लगाएर सक्नेले निराहार र नसक्नेले फलफूल खाएर दिनको मध्यान्नीमा भगवान शिवको पुजाअर्चना गरी नाचगान गरी रमाइलोसंग दिन बिताउँदछन् । लोमो समयसम्म भेटघाट नभएका गाउँका दिदीबहिनीहरूसंग भेटघाट गर्ने, रमाइलो गर्ने पर्वको रुपमा पनि यो तिजपर्व प्रचलित छ । साँझको समयमा पनि भगवानको आराधना गर्न गर्दछन् भने भोलिपल्ट गणेश चतुर्थीको पुजा गरी पर्सिपल्ट वा भाद्रशुक्ल पञ्चमीको दिन सप्तऋषिको पूजा गरी ऋषिपञ्चमी मनाई तिजलाई विधिवत् रुपमा समापन गरिन्छ ।
पुर्विय दर्शनको ठूलो धार्मिक मान्यता र परम्परा रहेको यो पर्व आजकल भडकिलो, महंगो र अनावश्यक रुपमा विकृति पैmलिदै गइरहेकोले धार्मिक क्षेत्रमा कार्य गर्ने सवैलाई चिन्तित तुल्याएको छ । सनातन संस्कृतिका सवै पर्वको छुट्टाछुट्ै महत्व रहेको छ । यसको धार्मिक र वैज्ञानिक दुवै कारणहरू छन् । बेलाबेलामा खाली पेट रहनु स्वास्थ्यको लागि उत्तम मानिन्छ जसलाई हाम्रो धार्मिक भाषामा व्रत भनिन्छ । शाकाहारी भोजन, फलफूल खानु, दुध पिउनु जस्ता कुरालाई विज्ञानले पनि राम्रो मान्छ जसलाई सनातनीय भाषामा सात्वयिक भोजन भनिन्छ । परिवारका एक सदस्यले अर्को सदस्यको सुस्वास्थ्य, दिर्घायूको कामना गर्ने कुरा आफैमा महत्वपूर्ण रुपमा लिनु पर्दछ । सनातन धर्म संस्कृतिको सबै परम्पर वैज्ञानिक र हितकारी छन् यो कुरालाई कसैले नकार्न सायदै सक्दैनन् र पनि धर्म संस्कृति र परम्परालाई नै चुनौति दिने खालका क्रियाकलापले यसको महत्वलाई घटाउदै र विश्वास हराउँदै गएको छ । विशेषत : यो तिज पर्व नाचगान र उत्सवको रुपमा मनाउने परम्परा हो तर अहिले हामीले सुन्ने तिज गितहरू कस्ता छन् ? के शब्द राखेर गितहरू बनेका छन् ? के त्यी गितहरूले हाम्रो मौलिकतालाई संरक्षण गरेको छ ? के हाम्रो धर्मको रक्षा गरेको छ ? या नारीहरूलाई सम्मान गरेको छ ? साँच्चै तिजको गित भनेर प्रशारण हुने कतिपय गितहरू त दिदीबहिनीसंग संगै बसेर हेर्न वा सुन्न पनि लाजै लाग्दो हुन्छ । रत्यौली र तिजको फरक पनि छुट्याउने नसक्ने आजकालका आफुलाई केही आधुनिक पाराको गायक भनेर घोषणा गर्ने र पैसै कमाउनका लागि यस्ता हर्कत गर्ने गरेको देखिन्छ । गित गाउन पाए भन्दैमा जस्तो पायो त्यस्तो शब्दको प्रयोग गर्ने, कुन संस्कृति, कुन परम्परा र त्यसको महत्व नै नबुझी नानाभाँती शब्दहरूको प्रयोग गर्दा पनि हामीहरू चुपचाप त्यही गित यूट्यूवबाट डाउनलोड गरी चर्को आवाजमा होटेल र रेष्टुरेष्टतिर गई परम्परा जोगाएका छौ भन्दा अपाच्य भएको महसुस हुन्छ ।
सरकारले तिज पर्व मनाउने एउटा दायरा बनाउन जरुरी छ । समाजमा पैसा र पहुँचको भरमा जे जसो पनि गर्दै जाने प्रवृत्ति हावी हुँदै गएको छ । अब यसलाई नियन्त्रण गर्नैपर्ने भैसकेको देखिन्छ । अहिले तिज केही बर्ष यता बिदेशमा रहेका नेपालीहरूले समेत धुमधामका साथ मनाउन थालेको पाइन्छ । यो एक हिसाबले गर्वको कुरा हो । हामीले हाम्रो चाडपर्व संस्कृति मनाउनुपर्छ तर मौलिकता नै बिर्सिने तबरले नभई त्यसलाई बढी तडकभडक नगरी सामन्य र मौलिक तरिकाले त्यसको भावना र मर्म अनुसार मनाउने गरियो भने अवस्य राम्रो हुनुको साथै चाडपर्व र संस्कृतिको मौलिकतामा कुनै ह्रास आउन पाउँदैन । हिजोको दिनमा हिन्दु नारीको मात्र चाड भनेर चिनिने तिज अहिले भने सारा नेपाली नारीहरूको मात्र नभएर सबैको साझा चाडको पर्व बनेको छ । जसलाई सकारात्मक रुपमा लिँदै तिजको भावना, रितिरिवाज परम्परा र मौलिकता अनुसार चलेर हुने खाने र हुँदा खाने दुबै बर्गको साझा चाड बनाउन जरुरी छ । अहिलेसम्म जे जस्तो भएपनि अबको दिनहरूमा भने तिज लगायत सम्पुर्ण पर्बहरूलाई खर्चिलो र भड्किलो हुनबाट बचाउने बिषयमा आजैदेखि सबै सम्बन्धित सरोकारवाला पक्ष प्रतिबद्ध होस र सबै आ–आफ्नो ठाउँ बाट सहयोग पु-याऔं ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Tuesday, September 12, 2023
२०८० साल भदौ २५ गतेको सम्पादकीय
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment