विदुर । सामाजिक संस्था साहारा फाउण्डेसनले तारकेश्वर गाँउपालिकाका आँखाका बिरामीहरूलाई निःशुल्क उपचार सेवा प्रदान गरेको छ । दृष्टि आँखा केन्द्र कलंकीको सहयोगमा संस्थाले स्वास्थ्य शिबिर आयोजना गरेको थियो । जसमा पहिलो चरणमा २५ जनाको परिक्षण र औषधि उपचार गरेको थियो भने ७ जनाको शल्यकृयाद्वारा उपचार गराएको थियो । बिरामीलाई संस्थाले काठमाडौंसम्म जाने र आउने यातायातको ब्यबस्था गरी उपचार गरेको हो । संस्थाका अध्यक्ष सुदिप घिमिरेले आर्थिक अभाबका कारण दृष्टिबिहिन भएर बाँच्न नपरोस भन्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व निभाएको बताए ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Tuesday, September 12, 2023
निःशुल्क आँखा अप्रेसन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment