काठमाडौं । मोटरसाइकल चोरीमा सम्लग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोट घर भइ हाल काठमाडौं बस्ने दुई जनालाई मंगलबार काठमाडौँ महानगरपालिका १६ बालाजु स्थित चप्पलकारखानाबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी गाउँपालिका २ घर भइ हाल काठमाडौँको लोलाङ बस्ने ४५ वर्षीय दिपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका २ घर भइ काठमाडौँको बाइपास बस्ने २८ वर्षीय सन्तोष घले रहेको ट्राफिक प्रहरीले जनाएको छ । गत जेठ २ गते काठमाडौँको मनमैजुबाट बागमती प्रदेश ०२–०२७ प ७५ ८० नम्बरको र गत जेठ २९ गते काठमाडौंकै टोखा नगरपालिका १ झोरबाट बागमती प्रदेश ०२–०२२ प ४४ ५४ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेको थियो ।
उक्त मोटरसाइकलहरू खोज्दै जाने क्रममा वास्तविक नम्बर परिवर्तन गरि प्रदेश ३–०२–००७ प ३३९९ नम्बर राखी चलाइरहेको अवस्थामा दिपेन्द्र तामाङलाई र बागमती प्रदेश ०२–०१८ प ०००८ नम्बर राखि चलाइरहेको अवस्थामा सन्तोष घलेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ईकाइबाट खटिएको टोलीले मोटरसाइकल सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Tuesday, September 12, 2023
मोटरसाइकल चोरीमा सम्लग्न पक्राउ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment