काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले संविधान दिवस राष्ट्रिय दिवसको रुपमा तीन दिन मनाउन अपिल गरेको छ ।
असोज २, ३ र ४ गते संविधानका विषयमा विशेष संवाददेखि स्मारिका, लेख प्रकाशन र कार्यालयहरूमा दीप प्रज्ज्वलन गर्न अनुरोध गरिएको छ ।
तीन दिन साँझ सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरूमा दीप प्रज्ज्वलन गरिने छ । ३ गते सेनाद्वारा सैनिक–मञ्च, टुँडिखेल, काठमाडौंमा बिहान सूर्योदयसँगै विगुल (रिभ्याली) बजाउने, तोप र बन्दुकको बढाइँ, सबै मठ–मन्दिर, बुद्ध–विहार, मस्जिद, चर्च, गुरुद्वारलगायतका धार्मिक स्थलहरूमा नित्य–पूजा, पाठ गर्दा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, लोकतन्त्र र संविधानका लागि जीवन उत्सग गर्ने ज्ञात–अज्ञात शहीदको आत्माको चीरशान्तिको कामनासहित उच्च सम्मानसाथ श्रद्धासुमन अर्पण गरिने छ । सोही दिन टुँडिखेलमा मूल समारोहको औपचारिक कार्यक्रम आयोजना हुनेछ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, September 18, 2023
तीन दिन संविधान दिवस मनाइने
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment