विदुर । मुलुकभरि देखिएको आँखा पाक्ने रोग ‘भाइरल कन्जक्टिवाइटिस’को प्रकोप सामान्य हुँदै गएको छ । नेत्र विशेषज्ञहरू यो संक्रमण भदौ मसान्त वा असोज पहिलो सातासम्ममा फाट्टफुट्ट रूपमा मात्रै रहने दाबी गर्छन् ।
नेपाल–भारत सीमावर्ती क्षेत्रबाट सुरु भएको आँखा पाक्ने संक्रमण पछिल्लो एक महिनामा देशभरि महामारीकै रूपमा विस्तार भएको थियो । आँखाको सेतो भाग सुन्निने र पाक्ने यो कन्जक्टिवाइटिसलाई आई फ्लुसमेत भनिन्छ । मुलुकका विभिन्न आँखा अस्पतालका बहिरंग विभागमा आएका कुल बिरामीमध्ये आँखा संक्रमितको संख्या पछिल्लो सातादेखि अधिकतम २० प्रतिशतमा झरेको तथ्यांक छ । आँखा पाक्ने संक्रमण दर दिनहुँ घट्दो क्रममा रहेको चिकित्सकहरूले बताएका छन् । जिल्ल अस्पताल त्रिशुलीका अनुसार हाल संक्रमित दर पहिलेको दाँजोमा करिब ८० प्रतिशत घटिसकेको छर । सम्भवतः असोजदेखि संक्रमण खासै नदेखिने अनुमान छर । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले संक्रमित दर बहिरंग विभागका कुल बिरामीमध्ये अधिकतम १० देखि १५ प्रतिशतमा सीमित भइसकेको बताए । ‘आँखा पाक्ने प्रकोप सामान्य अवस्थामा पुगेको देखिन्छ,’ उनले भने । उनले अस्पताल आएका बिरामीमध्ये २ देखि ३ प्रतिशतमा मात्र भाइरल कन्जक्टिवाइटिस देखिएको जनाए ।
३ देखि ४ प्रतिशतमा आँखाको नानीमा असर परेको छ । आँखा पाक्ने बिरामीमध्ये करिब ५ प्रतिशतका नानीमा असर देखिएको छ । यो संक्रमण हुँदा आँखा मिच्न र पानी छ्याप्न नहुने भन्दै नेत्र विशेषज्ञहरू बरु आँखालाई सफा रुमालले सेक्न सुझाव दिन्छन् । स्वास्थ्यकर्मीको सल्लाहबिना आँखामा राख्ने औषधि प्रयोग गर्नु हुँदैन ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, September 04, 2023
आँखा पाक्ने प्रकोप सामान्यतर्फ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment