बेत्रावती । ट्रिपरले ठक्कर दिँदा एक पुरुषको निधन भएको छ । शनिबार दिउँसो विदुर नगरपालिका वडा नम्बर १० वेत्रावती बजारमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुसार बा ४ ख ४३४२ नम्बरको ट्रिपरले रसुवा जिल्ला उत्तरगया गाउँपालिका १ गोगनेका वर्ष ३७ का कामी तामाङलाई ठक्कर दिएको थियो । गाडी ‘ब्याक’ गर्ने क्रममा गम्भीर घाइते तामाङको उपचारका लागि त्रिशुली अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना पश्चात स्थानीयको भीड नियन्त्रण गरी चालक वर्ष ३१ का सन्दीप तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, September 04, 2023
दुर्घटनामा एकको ज्यान गयो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment