![]() |
विदुरको बजार क्षेत्रको ढल व्यवस्थापन सुरु |
विदुर । नुवाकोट जिल्लाको सदरमुकाम विदुरसहित नगरपालिकाको त्रिशूली बजारसहितका क्षेत्रको ढल व्यवस्थापनको काम सुरु भएको छ । विदुर नगरपालिका मेयर राजन श्रेष्ठले ढल व्यवस्थापनको शिलान्यास गरे । त्रिशूली बजार ढल व्यवस्थापन तथा प्रशोधन केन्द्रका सञ्चाालित उक्त आयोजनाको लागत ६२ करोड ३४ लाख ६२ हजार छ ।
खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुर चितवनकोले कार्यान्वयन गर्ने उक्त आयोजनाको कार्य सञ्चालन मिति असोज ८ गते र सम्पन्न मिति २०८२ पुस १ गते रहेको छ । जसको ठेक्काको जिम्मेवारी गौरी पार्वती गुलीभर जेभी काठमाडौंले पाएको छ । उक्त आयोजनाबाट विदुर नगरपालिका भित्रको वडा नं १, २, ४, ८ र ९ का बासिन्दाले राहत पाउने छन् । कार्यक्रममा प्रमुख अतिथि मेयर श्रेष्ठले ढल निर्माणसंगै नगरपालिकालाई व्यवस्थित गर्न सकिने बताए । वडा नं. १ का अध्यक्ष लेलिन रञ्जितले पनि ढल व्यवस्थापनको कार्य सम्पन्न भएसँगै जिल्ला सदरमुकामा नागरिकलाई राहत हुने बताए ।
No comments:
Post a Comment