![]() |
राजीनामा |
विदुर । नेपाली काँग्रेस विदुर नगरपालिका वडा नम्बर ११ का पदाधिकारीहरूले पदबाट सामुहिक राजीनामा दिएका छन् । आन्तरिक किचलोका कारण विदुर नगरपालिका वडा नं. ११ का इकाई सभापतिसहित सचिव र कोषाध्यक्षले पदबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेहरूमा कार्यवहाक सभापति ज्ञानप्रसाद प्याकुरेल, सचिव नमराज चालिसे र कोषाध्यक्ष कु प्रसाद तिमिल्सिना छन् ।
उनीहरूले राजीनामा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति रमेश महत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति जगत लामा र विदुर नगरपालिकाका नगर सभापति हरिलाल श्रेष्ठलाई बुझाएका छन् । सभापति सहित पदाधिकारीहरूले विकास निर्माणमा आफ्नो वडालाई पछि पारिएको, पार्टीभित्र गुट मौलाएको लगायतका विषय उल्लेख गर्दै राजीनामा दिएका छन् । राजीनामा पत्रमा आफूहरूले उठाएको विषयहरूमा सम्बोधन हुने विश्वास उनीहरूले गरेका छन् । नगरपालिकामार्फत हुने विकास निर्माणमा सहकार्य नभएको, वडामा बजेट विनियोजन गर्दा भेदभाव गरेको आरोप छ ।
विदुर ११ मा पार्टी सभापति शेरबहादुर घलेको निधन भए पछि प्याकुरेललाई केही दिन अघि मात्रै कार्यवहाक सभापति बनाएको थियो ।
No comments:
Post a Comment