जिलिङ । बेलकोटगढी नगरपालिकाका उपमेयर एवं नेपाली काँग्रेस नुवाकोटका पूर्व जिल्ला सचिव शिवप्रसाद दाहालले आफ्ना स्वर्गिय पिता नेत्रप्रसाद दाहालको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । कल्याणीदेबी माध्यमिक बिद्यालयमा कोषको स्थापना भएको हो ।
विद्यालयद्वारा शुक्रबार आयोजित दशैँ तिहारको विशेष शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अथितिको रुपमा सहभागी हुँदै उपप्रमुख दाहालले सो अवसरमा ५० हजारौंको चेक विद्यालयलाई हस्तान्तरण गरे । सो रकम स्वर्गिय पिता नेत्रप्रसाद दाहालको नाममा अक्षयकोष रहने गरी जुनियर रेडक्रस सर्कल कल्याणीदेबी माविको नाममा हस्तान्तरण गरिएको छ ।
उपमेयर दाहालले यसअघि आफ्ना पिताको स्मृतिमा देबीघाट जेष्ठ नागरिक प्रतिष्ठानलाई पनि ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, October 16, 2023
उपमेयरले गरे अक्षयकोषको स्थापना
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment