![]() |
मुखपत्र बिमोचन कार्यक्रम |
विदुर । नुवाकोट उद्योग वाणिज्य संघले मुखपत्रका रुपमा अर्धवार्षिक बुलेटिन ‘उद्योग वाणिज्य सन्देश’ प्रकाशन थालेको छ । कात्तिक पहिलो हप्ता संघले मुख पत्रको विमोचन गरेको छ । संघले प्रकाशन आरम्भ गरेको अर्धवार्षिक बुलेटिनको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका पूर्वअध्यक्ष ताराबहादुर कार्कीले संघको सचिवालयमा आयोजित औपचारिक कार्यक्रमकाबीच विमोचन गरेका हुन् ।
संघका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बुलेटिनले स्थानीय बजार र व्यवसायको प्रर्वद्धनका मुद्दालाई उठान गर्नका साथै सरोकारवालासँगको सहमति र सहकार्यलाई जोड दिनेछ । संघको मुखपत्रका रुपमा प्रकाशन गरिएको रङ्गिन बुलेटिनले संघका गतिविधि तथा कार्यक्रम र उपभोक्ताका साथै व्यापार र व्यापारीका समस्या, गुनासा र समाधानका विषयवस्तुलाई स्थान दिने संघका वरिष्ठ उपाध्यक्ष तथा उद्योग वाणिज्य सन्देश प्रकाशनका संयोजक सन्तोष उप्रेतीले बताए ।
मुखपत्र बिमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले आफ्नो धारणा राख्दै नुवाकोट उद्योग बाणिज्य संघ अब ‘डिजिटल युगमा प्रवेश गर्नुपर्ने’ र आर्थिक उन्नतीका लागि अभियान चलाउनुपर्ने बताए ।
No comments:
Post a Comment