विदुर । बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपरहरणमा सम्लग्न नुवाकोटका सुब्बा तामाङ १३ वर्षपछि दुर्य सात अघि पक्राउ परेका छन् ।
श्रेष्ठको अपहरणमा दोषी ठहरिएका नुवाकोटको विदुर नगरपलिका–१२ का ३९ वर्षका तामाङलाई घर नजिकै आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काको अनुसार घटनापश्चात फरार रहेका उनलाई पक्राउ गरेर फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाइएको हो । ‘अपहरण तथा शरीर बन्धक मुद्दा’ मा चितवन जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
२०६७ जेठ ४ मा डा. श्रेष्ठको अपहरणमा संलग्न तामाङसहित छ जनालाई अदालतले २०६९ जेठ २४ मा कैदसहित जरिवाना तोकेका थियो । चिकित्सक भक्तमान श्रेष्ठको अपहरण र त्यसपश्चात तीन किलो सुन फिरौती माग्न सम्लग्न भएकाहरू मध्ये केही यसअघि नै पक्राउ परेका थिए भने केही अझै फरार रहेका छन् ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, October 09, 2023
अपहरणमा सम्लग्न तामाङ पक्राउ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment