विदुर । नुवाकोटमा एक हजार ३१६ जना आँखाका बिरामीको परीक्षण गरी मोतीविन्दुको शल्यक्रिया भएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र, तिलगंगा आँखा प्रतिष्ठान र नेपाल रेडक्रस नुवाकोटको संयुक्त आयोजनामा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको शिविरबाट छनौट गरिएको ८५ जनाको मोतीविन्दु भएका बिरामीको शल्यक्रिया गरिएको केन्द्रका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिएका छन् ।
असोज २३ र २३ गते दुई दिन भएको शल्यक्रियामा चार जना बिरामीको आँखामा मासु पलाएको शल्यक्रिया गरी उपचार गरिएको छ । शल्यक्रियामा तिलगंगा आँखा प्रतिष्ठाका नेत्ररोग विशेषज्ञ डा. होम गुरुङको नेतृत्वको समुह सफल शल्यक्रिया गरेको छ ।
विदुर र बेलकोटगढी नगरपालिका, लिखु, तादी, तारकेश्वर, सूर्यगढी र म्यागङ गाउँपालिकामा भदौ २६ गतेदेखि असोज १८ गतेसम्म मोतीयाविन्दु छनौट कार्यक्रमबाट पहिचान भएका मोतीविन्दुका बिरामीहरूको शल्यक्रियाबाट आँखाको ज्योति फर्काइएको केन्द्रका प्रमुख वाइबाले बताए ।
यस्तै, केन्द्रले स्थापनादेखि अहिलेसम्म तीनलाख ५१ हजार बढी आँखाका बिरामीलाई उपचार सेवा प्रदान गरेको छ भने ५८५ बिरामीको सफल शल्यक्रियाद्वारा आँखाको ज्योती फर्काइएको छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, October 16, 2023
मोतीविन्दुको शल्यक्रिया
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment