पृथ्वी मावि विदुरका प्रधानाध्यापक बाबुराम लामिछाने
प्रतिमा मुडभरी
सामुदायिक बिद्यालय भन्नेबित्तिकै हाम्रो मष्तिस्कमा गरिबका छोराछोरीले पढ्ने बिद्यालय वा राजनीतिले तहसनहस पारिरहेको बिद्यालयको चित्र घुमिहाल्छ । तर समयसँगै रूपान्तरित भएर धेरै सामुदायिक बिद्यालयले आफूलाई उत्कृष्ट बनाउँदै लगेका छन् । त्यस्ता बिद्यालयहरूले नतिजाबाटै समग्र सामूदायिक बिद्यालयमाथि लागिरहेको नकारात्मक आक्षेपको खण्डन समेत गरिरहेका छन् ।
सामूदायिक बिद्यालयमाथि लाग्ने आम आक्षेपको नतिजाबाटै खण्डन गरिरहेका थोरै सामूदायिक बिद्यालयको अग्रपंक्तिमा पर्छ नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको पृथ्वी माध्यामिक बिद्यालय । देशको राजधानी रहेको बागमती प्रदेशको उत्कृष्ट दोस्रो सामूदायिक बिद्यालय रहेको पृथ्वी गत एसइइको नतिताका आधारमा प्रदेशभरीका बिद्यालय मध्ये उत्कृष्ट दोस्रो बनेको हो । सामूदायिक बिद्यालयहरू शिक्षक र व्यवस्थापन समिति र राजनीतिक दलहरूको चरम द्धन्द्धले समस्याग्रस्त हुनेक्रम बढी रहेकै समयमा पृथ्वी माविले भने यी सबै विवाद र निराशा चिर्दै नमूना बनाउने काम गरिरहेको छ । जसको नेतृत्व प्रधानाध्यापक बाबुराम लामिछानेले गरिरहेका छन् । लामिछानेले नेतृत्व गरिरहेको पृथ्वी मावि प्रदेशमा दोस्रो भए पनि काठमाडौँ उपत्यकालाई बाहिर राख्दा पहिलो हुन्छ ।
एसइइको औसत नतिजामा ३.३४७ जिपए प्राप्त गर्दै पृथ्वी प्रदेशकै उत्कृष्ट बिद्यालय घोषित भएको हो । बिद्यालय प्रदेशभरीमै उत्कृष्ट हुँदा थप उत्साहित भएका प्रधानाध्यापक लामिछाने राजनीतिलाई बाहिर राखेर बिद्यालयको समग्र विकास गर्न नसकिने बताउँछन् । राजनीतिले नै सामूदायिक बिद्यालय बिग्रियो भन्ने तर्क बन्दै गैरहेको परिप्रेक्ष्यमा बाबुराम भने बिद्यालयमा राजनीति हुनुपर्ने र त्यसको लाभ बिद्यालयले लिनुपर्ने बताउँछन् ।
लामिछानेले राजनीतिलाई सकारात्मक स्थान दिए त्यसले पनि सकारात्मक रूपमै सहयोग गर्ने बताए । प्रधानाध्यापक लामिछाने बिद्यालयको उपलब्धिलाई सिङ्गो नुवाकोटले आफ्नो पुँजी मानेर गर्व गनुपर्ने बताउँछन् । सामान्य कुराहरूमा ध्यान दिएर काम गर्ने हो भने बिद्यालयहरू नमुना बन्न सक्ने बाबुरामको भनाइ छ । उनले शिक्षकहरू खुशी र उत्साहित भएर कक्षामा प्रस्तुत हुँदा विद्यार्थी मार्फत राम्रो नतिजा दिन सक्ने बताउँछन् । कक्षा कोठामा विद्यार्थी र शिक्षकले गरेको मिहेनत नै बिद्यालय उत्कृष्ट हुनुको कारण रहेको र आफूहरू सिकाइ उपब्लधिमा केन्द्रीत रहेको उनको भनाइ छ ।
लामिछानेले भने, ‘म राजनीतिलाई सम्मान गर्छु राजनीति समाजको पुँजी हो त्यो पुँजीलाई उपयोग गर्न जान्नुपर्छ । समाजका गतिशिल मान्छे विभिन्न दलमा आवद्ध भएका हुन्छन् उनीहरूलाई निष्पक्ष बस भनेर भन्न सकिदैन, भने पनि मान्दैनन् । त्यसकारण राजनीतिक पुँजीलाई बिद्यालयको हितमा प्रयोग गर्नुपर्छ ।’ बाबुरामले अघि भने, ‘राजनीति गतिशिल हुन्छ । त्यसलाई हितमा प्रयोग गरिएन भने अहितमा प्रयोग हुनसक्छ । हाम्रो बिद्यालयमा राजनीति गर्न आउनेहरूले चाहिँ बिद्यालयको हितमा काम गर्नुहुन्छ ।’ बिद्यालयभित्र राजनीति हुनुहुँदैन भन्ने कुराको बिपक्षमा रहेको बताउने लामिछानेले नेता र जनप्रतिनिधिले समुदायको प्रतिनिधित्व गर्ने बताए । उनले राजनीति गर्नेहरूलाई घृणा गरेर र पूर्वाग्रह राखेर त काम गर्न नै नसकिने बताए । बाबुरामले भने, ‘हाम्रोमा आउनेहरूले बिद्यालयको स्वार्थलाई केन्द्रमा राखेर काम गरिदिनुहुन्छ । हामीले पनि उहाँहरूका लागि त्यस्तै वातावरण बनाइदिएका छौँ ।’
प्रधानाध्यापक बाबुरामले बिद्यालयको सफलतामा प्रधानाध्यापकको हैसियतमा आफू पनि खुशी नै रहेको बताए । सामूदायिक बिद्यालयको तुलनामा निजी बिद्यालयको गुणस्तर माथि छ भन्ने आम मान्यता भए पनि नुवाकोटको विदुरमा त्यसको ठीक उल्टो छ । पृथ्वी माविमा पढ्न नपाएमात्र विद्यार्थीहरू निजी बिद्यालयमा जाने गरेका छन । गत शैक्षिकसत्रमा त बिद्यालयमा विद्यार्थी र अभिभावको भीड थेग्न हम्मेहम्मे परेको थियो ।
स्रोत साधानको सीमिततामा काम गर्नुपरेको र सबै अभिभावको चाहना पूरा गर्न नपाउँदा दुःख लागेको बाबुराम बताउँछन् । सुधार वा प्रगति रातारात वा एकै रातमा हुने कुरा नभए पनि पृथ्वी माविले थोरै समयमा राम्रो विश्वास आर्जन गरेको छ । बिद्यालयले प्राप्त गरेको विश्वासको हिस्सेदार विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवाला निकाय सबै रहेको भनाइ छ । – दैनीकी डटकमबाट
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, October 30, 2023
विद्यालयमा ‘राम्रो राजनीति’ हुनुपर्छ र त्यसको लाभ विद्यालयले लिनुपर्छ : बाबुराम लामिछाने
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment