![]() |
वितरण समारोह |
बट्टार । विदुर–२ को भिमसेन माध्यामिक विद्यालयका २६५ जना विद्यार्थीहरूलाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नगरपालिकाबाट पाएको सेवा–सुविधाको रकम र विद्यालयको व्यस्थापन समितिका अध्यक्ष सुरजमान श्रेष्ठको व्यक्तिगत खर्चमा विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण गरिएको हो ।
मेयर राजन श्रेष्ठले नगरपालिकाको मेयरमा निर्वाचित भएदेखि नै आफुले प्राप्त गरेको तलव भत्ता सामाजिक काममा खर्च गरिरहेको बताए । उनले यो पटक भिमसेन स्कुलका विद्यार्थीहरूलाई सहयोग पाउँदा खुशी व्यक्त गरे । उनले विदुर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक समायोजन गरिएको समेत जानकारी दिए ।
किार्यक्रममा विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थ, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, नुवाकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शरणउत्सुक सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment