विदुर । विदुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमासिकमा आन्तरिक स्रोतबाट लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । नगरपालिकाले चालु आवको तीन महिनामा एक करोड ५४ लाख ६० हजार ५२९ रुपैयाँ राजस्व संकलन गरेको छ । जुन, गत वर्षको सोही अवधिको तुलनामा भने ३८.९३ प्रतिशतले वृद्धि हो ।
गत वर्षको पहिलो त्रैमासमा नगरपालिकाले एक करोड ११ लाख २८ हजार ६२८ राजश्व संकलन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा ४३ लाख ३१ हजार ९०१ रुपैयाँ राजश्व वृद्धि भएको विदुर नगरपालिका नगर उपप्रमुख प्रभा बोगटीले जानकारी दिएका छन् । यस नगरपालिकाले सबैभन्दा धेरै एकीकृत सम्पत्ति शिर्षकबाट राजस्व संकलन गरेको छ । सो शिर्षकबाट रु १४ लाख २७ हजार ८९० रुपैयाँ संकलन भएको हो ।
अन्य भूमिकरमा १४ लाख २१ हजार ५१४ रुपैयाँ र व्यवसाय दर्ता करमा ६ लाख ७४ हजार २२० रुपैयाँ संकलन गरेको छ । विज्ञापन करमा ३२ हजार एक सय रुपैयाँ, दस्तुर तथा सेवा शुल्कमा चार लाख २० हजार २२० रुपैयाँ, निकासी करमा एक हजार, वहाल करमा २१ लाख ४५ हजार ७२१ रुपैयाँ, पञ्जीकरण दर्तामा दुई लाख २२ हजार आठ सय रुपैयाँ संकलन भएको छ । नक्सा पासबाट १५ लाख ३६ हजार ४७८, नाता प्रमाणितमा एक लाख ४६ हजार पाँच सय रुपैयाँ, सिफारिस दस्तुरमा १९ लाख ९८ हजार २९९ रुपैयाँ, शिक्षा क्षेत्र शुल्क तथा दस्तुरमा तीन हजार चार सय रुपैयाँ संकलन भएको छ ।
राजस्व वृद्धिमा वडागततर्फ गत आवभन्दा चालुआवमा सबैभन्दा बढी १३ नम्बर वडाको १०७.९१ प्रतिशत र सबैभन्दा कम ९ नम्बर वडाको ३.०९ प्रतिशत राजस्व वृद्धि भएको देखिएको छ । यस्तै चालु आवमा वडा नम्बर ४ ले सबैभन्दा बढी र सबैभन्दा १३ नम्बर वडाले कम राजस्व संकलन गरेको छ । चालुआर्थिक वर्षमा १ नम्बर वडाले ११ लाख नौ हजार २०१ रुपैयाँ, २ नम्बर वडाले १३ लाख ५९ हजार १० रुपैयाँ, ३ नम्बर वडाले छ लाख ७७ हजार १६९ रुपैयाँ, ४ नम्बर वडाले २२ लाख ७० हजार ६६३ रुपैयाँ र ५ नम्बर वडाले १४ लाख ६६ हजार ६३९ रुपैयाँ राजस्व संकलन गरेको छ ।
६ नम्बर वडाले सात लाख ८३ हजार ५६२ रुपैयाँ, ७ नम्बर वडाले चार लाख ९८ हजार ५११ रुपैयाँ, ८ नम्बर वडाले छ लाख ६८ हजार ४९१ रुपैयाँ, ९ नम्बर वडाले १३ लाख तीन हजार ७२० रुपैयाँ, १० नम्बर वडाले चार लाख २९ हजार ६५० रुपैयाँ, ११ नम्बर वडाले तीन लाख ३८ हजार ५६२ रुपैयाँ, १२ नम्बर वडाले दुई लाख ९२ हजार १२० रुपैयाँ र १३ नम्बर वडाले पाँच लाख ५२ हजार ५४८ रुपैयाँ राजस्व संकलन गरेको छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Wednesday, November 08, 2023
विदुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment