![]() |
विदुरको कोसेली घर र वधशाला |
विदुर । नुवाकोटको विदुर नगरपालिका–४ बट्टार बसपार्कमा निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको कोसेली घर । नगरपालिकाले उपलब्ध गराएको जग्गामा दुई तलाको (भुइँ र पहिलो तला) कलात्मक शैलीमा निर्माण भएको कोसेली घर ।
नगरपालिका र जिल्लाका लघु उद्यमी तथा कृषकले उत्पादन गरेको सामग्री प्रदर्शनी र बिक्री गर्ने र विकास निर्माणलाई आर्थिक उपार्जनमा जोड्ने उद्देश्य रहेको कोसेली घरको रहेको छ । नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटको लागत साझेदारीमा निर्माण सम्पन्न भएको भवनको कुल लागत ८५ लाख रहेको भए पनि उपभोक्ता समितिमार्फत निर्माण हुँदा ७० लाखमा सम्पन्न भएको छ ।
भवन निर्माणमा नगरपालिकाको २२ लाख र घरेलु तथा साना उद्योग कार्यालयको ४८ लाख लगानी रहेको उपभोक्ता समितिले जानकारी दिएको छ ।
२०७७ सालमा निर्माण सुरु भएको कोसेली घर ०७९ मा सम्पन्न भएको थियो । नगरको आय–आर्जनसँग जोडिएको कोसेली घर र वडा नम्बर ४ सिमचौरको घुमाउनेमा निर्माण सम्पन्न भएको वधशाला सञ्चालनको पर्खाइमा रहेको छ ।
No comments:
Post a Comment