Monday, January 23, 2023

मुआब्जाको बाटो खुल्यो

गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको बट्टारबजार । तस्बिर : इमेज
विदुर । सडक विस्तारको क्रममा योजनाको कार्यालयसंग मुआब्जा माग्दै सर्वोच्च अदालत पुगेका नुवाकोट पिपलटारदेखि ढुङ्गेसम्मका जग्गाधनीको मुद्दाको अन्तिम फैसला भएको छ । यो फैसलासंगै नुवाकोटको मुख्य ब्यापारिक र आर्थिक केन्द्रहरूमा वर्षौदेखि रहँदै आएको मुआब्जा सम्बन्धी अन्यौल हटेको छ । 

तीनजना न्यायाधीशहरूको सयुक्त इजलाशले मुआब्जा माग गर्दै परेको विभिन्न मुद्दाहरूलाई एकीकृत गरेर संयुक्त रुपमा दुई मुद्दा बनाई गरेको फैसला जनताको पक्षमा परमादेश जारी भएको हो ।

२०७८ भदौ २८ मा दर्ता भएको मुद्दाको सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको सयुक्त इजलासले प्रतिवादी ‘गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाको कार्यालय विदुर’को नाममा परमादेश दिएको हो । आयोजना विदुर नुवाकोट समेत उक्त योजनाको कार्यालय मार्फत सडक विस्तारको क्रममा पिपलटार, गंगटे, बट्टार, विदुर हुँदै ढुङ्गेसम्म यसअघिकै सडक विस्तारको क्रममा मुआब्जा उपलब्ध गराइसकेको भन्दै मुआब्जा दिन नसक्ने जनाएपछि जग्गाधनीहरू मुआब्जा माग्दै सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतले अन्तिम फैसला गर्दै जग्गाधनीको माग अनुसार क्षतिपूर्ति दिन योजनाको कार्यालयलाई परमादेश जारी भएपनि फैसालाको संक्षिप्त पाठ लिन बाँकी छ । पूर्ण पाठ आउन समय लाग्ने भएकाले के–कस्तो क्षतिपूर्ति प्रभावित जग्गाधनीले पाउने एकीन हुन बाँकी रहेको बताइएको छ । 

अदालतको अन्तिम फैसलासंगै अन्योल रहेको गल्छी–रसुवागढी सडक योजनाले अब पूर्णता पाउने भएको छ । अदालतमा विचारधीन रहेको मुद्दामा काम गर्न नपाइने भन्दै योजनाको कार्यालयले जीर्ण सडक बनाउदाँ दैनिक दुर्घटना बढिरहेको र सडक विस्तारको काम समेत प्रभावित हुने देखिएको समयमा अब योजनाको कार्यालयले सडक विस्तारको लागी आवश्यक काम अघि बढाउन बाटो खुलेको छ । 

दुई स्थानमा विवाद कायमै

विदुर । राष्ट्रिय गौरवको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना प्रमुख धु्रब श्रेष्ठले करिब साढे नौ किलोमिटरभन्दा धेरै सडक मुआब्जा र क्षतिपूर्ति विवादका कारणले रोकिएको बताएका छन् । 

नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मको आठ किलोमिटर सडकखण्ड र रसुवाको बेत्रावती पुलदेखि बेत्रावती वाई जक्सनसम्मको ०.३ किलोमिटर खण्डमा सर्वाेच्चको आदेशको कारणले रोकिएको थियो । पिपलटारदेखि ढुङ्गेसम्मको आठ किलोमिटर सडकखण्डको भने निर्माण कार्य अगाडि बढाउन अदालतले बाटो खोलिदिएको छ । अब बेत्रावती वाई जक्सनसम्मको ०.३ किलोमिटर खण्ड र शान्तिबजारको एक किलोमिटरमा अवरोध बाँकी छ । स्थानीयले अहिले सडकको रेखाङ्कन र काम गर्न दिएका छैनन् । गेमचेन्जर परियोजनाको रूपमा रहेको यो सडक निर्माणमा नुवाकोट–रसुवाका सरोकारवाला कार्यालय, राजनीतिक दल र जनप्रतिनिधिको सहयोग नहुँदा निर्माणको कार्य अघि बढ्न सकेको छैन । 

योजना प्रमुख श्रेष्ठले स्थानीय तहसँग आवश्यक समन्वय गरेर मुआब्जा तथा क्षतिपूर्ति विवाद टुङ्ग्याएर सडक निर्माण अघि बढाउने बताए पनि हालसम्म समन्वय भएको देखिँदैन । अहिलेसम्म यो योजनाको समष्टिगत भौतिक प्रगति ५२.६१ प्रतिशत मात्रै भएको छ । यो आयोजना आर्थिक वर्ष ०७२/७३ मा सुरु गरेर सरकारले यो योजनाका लागि कुल १५ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

आव ०७९/८० सम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । ०७९/८० को असोज मसान्तसम्मको अवधिमा आयोजनाको समष्टिगत भौतिक प्रगति भने ५२.६१ प्रतिशत भएको छ । आव ०७८/७९ को असारको अन्त्यसम्म यो आयोजनामा समष्टिगत वित्तीय खर्च भने आठ अर्ब सात करोड ६१ लाख रुपैयाँ भएको छ, जसमध्ये आयोजनाको पूर्वाधार निर्माणतर्फ चार अर्ब ९२ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ । 

सरकारले यो सडक मुआब्जाका लागि ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत असोज मसान्तसम्मको अवधिमा आयोजनाको मुआब्जा र क्षतिपूर्तिबापत तीन अर्ब १४ करोड ९० लाख रुपैयाँ खर्च भइसकेको छ । 

योजनाअन्तर्गत हालसम्म २८.३ किलोमिटर सडक अस्फाल कालोपत्रे भएको छ । त्यसैगरी, ३१.५१ किलोमिटर सडक बिबिएम भएको छ । एउटा फ्लाई ओभरको सम्भाव्यता पनि अध्ययन भएको छ । योजनाअन्तर्गत ३२ वटा पुल निर्माण गर्नपर्नेमा हालसम्म ११ वटा पुल तयार भइसकेका छन् । अझै २१ वटा पुल बन्न बाँकी छन् । सरकारले चालू आवमा योजनाका लागि एक अर्ब ८४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

योजनाले ८२ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण थालेको थियो । पहिलो खण्डमा गल्छी–त्रिशुली–मैलुङसम्मको ४६ किलोमिटर, दोस्रो खण्डमा मैलुङदेखि स्याफ्रुबेँसी १९ किलोमिटर र तेस्रो खण्ड स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म १७ किलोमिटर रहेको छ । योजना प्रमुख श्रेष्ठले गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटरमध्ये हालसम्म २८.३ किलोमिटर सडक अस्फाल कालोपत्रे भइसकेको बताएका छन् । 

श्रीमतीको हत्या प्रयास गर्ने माइला मृत भेटिए

विदुर । सामान्य घर झगडामा आफ्नो श्रमतीको हत्या प्रयास गरेर घरबाट फरार भएका नुवाकोटको ककनी गाउँपालिकाका एक युवा त्यसको भोलिपल्टै छिमेकी गाउँमा मृत अवस्थामा फेला परेका छन् । 

गएको सोमवार श्रीमतीको हत्या प्रयास गरेर हिडेका ककनी गाउँपालिका वडा नं. २ चित्रेका  ३९ वर्षीय काले भन्ने माइला तामाङ  मंगलवार मृत फेला परेका हुन् । उनी वडा नं. १ नयाँ बस्ती स्थित चाउथे जाने भित्री कच्ची सडकमा मृत अवस्थामा फेला परेका हुन् । प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार श्रीमतीको हत्या प्रयास गरेको अभियोगमा प्रहरीले उनको खोजी गर्ने क्रममा एक दिन पछि शव फेला परोको हो । उनको हत्या आशंकामा जिल्ला प्रहरी कार्यालय नुवाकोटले स्थानीय दुई जना युवकलाई पक्राउ समेत गरेको छ ।

तामाङ आफ्नै श्रीमती ३५ वर्षीया निरमायालाई बन्चरोले टाउकोमा प्रहार गरी घाइते बनाई फरार रहेकामा माइलाको शव एक दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइते श्रीमतीको अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दाईको हत्या

विदुर । बेलकोटगढी नगरपालिका–९ नलगाउँमा घरायसी विवाद हुँदा भाइले गत हप्ता दाईको हत्या गरेका छन् । 

३२ वर्षीय इन्द्रसिंह तामाङले ५२ वर्षिया दाई जगत गौचनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । गौचनको टाउको र शरीरका विभिन्न भागमा लट्ठीले हिर्काएर हत्या गरेको बताइएको छ । गम्भिर घाइते भएका गौचनलाई उपचारको लागि त्रिशुली अस्पताल ल्याइएकोमा बाटोमै मत्यु भइसकेको थियो । 

हत्याको आरोपमा इन्द्रसिंलाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक लक्ष्मी खड्काले बताएका छन् । 

कित्ताकाट आंशिक खुल्यो

विदुर । नुवाकोटका केही पालिकाले जग्गाको बर्गीकरण गरेसंगै कित्ताकाट आंशिक रुपमा खुलेको छ । नुवाकोटका १२ वटा पालिकामध्ये चारवटा पालिकाले जग्गाको वर्गीकरण गरेपछि जिल्ला मालपोत कार्यालय नुवाकोटले कित्ताकाट सुरु गरेको हो । यो संगै जिल्लाको मुख्य पालिका विदुर नगरपालिकामा घर घडेरीका लागि आंशिकरुपमा गज्जोका कित्ताकाट सुरु भएको छ । 

विदुर नगरपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका र म्यागङ गाउँपालिकाले सरकारले जग्गा वर्गीकरण गर्न दिएको सीमाभित्रै जग्गा वर्गीकरण गरेका छन् । सरकार पुस २२ गतेसम्म जग्गा वर्गीकरण गर्न स्थानीय तहलाई समय–सीमा दिएको थियो । जग्गा वर्गीकरण गरेका चार स्थानीय तहले पनि भूउपयोग नियमावली अनसार न्यूनतम नौवटा क्षेत्रमा  वर्गीकरण गर्नुपर्ने भए पनि कृषि र गैरकृषि गरी दुई वर्गमा मात्र जग्गाको वर्गीकरण गरेका छन् । 

चार पालिकामध्ये किस्पाङले कृषि, आवासीय, व्यावसायिक, खानी तथा खनिज, वन, नदी, खोला, सार्वजनिक उपभोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएको अन्य क्षेत्रसमेत तोकेको मालपोत कार्यालयले जानकारी दिएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीले सात सय ५३ पालिकामध्ये अहिलेसम्म करिब ९० वटा पालिकाले मात्र जग्गाको वर्गीकरण गरेको जानकारी दिए । 

मालपोत कार्यालय नुवाकोटमा दैनिक रूपमा एक सय ५० भन्दा बढी रजिस्ट्रेसन पास हुँदै आएकोमा ६ महिना कित्ताकाट बन्द हुँदा दैनिक १०–१५ वटा मात्र रजिस्ट्रेसन पास हुने गरेको कार्यालयले जानकारी दिएको छ । यसले राजस्व सङ्कलनमा समेत प्रभाब पार्दै आएको छ । 

जग्गाको वर्गीकरण गरेको पालिकाले पनि भूउपयोग नियमावली अनुसार न्यूनतम नौवटा वर्गमा जग्गाको वर्गीकरण गर्नुपर्ने भए पनि केही पालिकाबाहेक अधिकांश पालिकाले कृषि र गैरकृषि क्षेत्रमा मात्र जग्गाको वर्गीकरण गरेका छन् ।

नियमावलीमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपभोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्रमा जग्गाको वर्गीकरण गर्नपर्ने उल्लेख छ । 

सरकारले कृषियोग्य जमिन संरक्षण गर्न खण्डीकरण नियन्त्रण, कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षाको प्रत्याभूति, दिगो विकासको पूर्वाधार तयार, सुरक्षित आवास, प्राकृतिक श्रोतसाधनको समुचित व्यवस्थापन, विपत् जोखिम न्यूनीकरणलगायतका उद्देश्य प्राप्त गर्न जग्गाको वर्गीकरण गनुपर्ने कानुनी कानुनी व्यवस्था गरेको हो । 

भूमि व्यवस्था तथा अभिलेख विभागले गाउँपालिका र नगरपालिकाले नियमावली अनुसार नौवटा क्षेत्रमा चार किल्ला खुलाई भूउपयोग क्षेत्र वर्गीकरण नगरेसम्म जग्गाको कित्ताकाट रोकेको थियो । कतिपयलाई जग्गा बेचेर नै बिरामी पर्दा उपचार गर्न, बालबालिका पढाउन, व्यापार–व्यवसाय गर्नलगायतका समस्या टार्नुपर्ने अवस्थालाई अझै जिल्लाको आठ पालिकाले बेवास्ता गरिरहेका छन् । कित्ताकाट नहुँदा आर्थिक कारोबार शिथिल भएको, स्थानीय तहले जग्गाको वर्गीकरणलाई प्राथमिकतामा राखेर छुट्याउनुपर्ने सरोकारवालाहरूले आबाज उठाउदै आएका छन् । 

नियमावलीअनुसार आवासीय क्षेत्रमा भने चार आना दुई पैसा तल कित्ताकाट गर्न नपाइने उल्लेख छ । नुवाकोटमा १२ स्थानीय तह रहेका छन् । भूउपयोग नियमावली २०७९ को अनुसूची १ नियम ८ सँग सम्बन्धित भूउपयोग क्षेत्र वर्गीकरण क्षेत्र आधारको मापदण्ड तथा क्षेत्रफललाई आधार मान्नुपर्ने व्यवस्था रहेको छ । भूउपयोग ऐन २०७६ निर्माणसँगै सरकारले प्रत्येक स्थानीय तहलाई भूउपयोग क्षेत्रको नक्सा तयार गरी ०७६ सालमा नै पठाएको थियो । 

जग्गाको खण्डीकरण नियन्त्रणका लागि अब कृषि क्षेत्रको रुपमा वर्गीकरण गरिएको वा कृषि क्षेत्रको रुपमा तोकिएको जग्गालाई देहायको क्षेत्रफलभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाईने व्यवस्था गरिएको छ । जसमा काठमाडौं उपत्यकामा ५०० वर्ग मिटर भन्दा सानोमा कित्ताकाट गर्न पाइने छैन । त्यस्तैगरी तराई र भित्री  मधेशम ६७५ वर्ग मिटर भन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न नपाईने व्यवस्था नियमावलीमा छ । 

माघ १४ गते झिल्टुङ क्रसकन्ट्री दौड

२०७७ सालमा भएको झिल्टुङ क्रसकन्ट्री दौडमा सहभागि स्थानीय महिलाहरू । फाइल तस्बिर

विदुर । बेलकोटगढी नगरपालिका–५ ले हरेक वर्ष आयोजना गर्ने झिल्टुङ क्रसकन्ट्री दौडको सातौं संस्करण माघ १४ गते हुने भएको छ । स्थानीयहरूलाई एथलेटिक्समा प्रेरित गर्ने उद्देश्यबाट सुरु भएको यो दौडमा उकालोओरालो रुटमा १३.५ किलोमिटरमा राष्ट्रिय खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । यस विषयमा जानाकरी दिनका लागि बेलकोगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ्ग। उपप्रमुख शिवप्रसाद दाहाल, वडा अध्यक्ष मदन भुजेलले आइतवार विदुरमा पत्रकार सम्मेलन गरेका छन् । 

बेलकोटगढी ५ कोल्पुटारबाट सुरु हुने दौड बेलिनी, छाप, राज ओडार, खड्काछाप, सालचौर हुँदै पुनः कोल्पुटारमा आएर समापन हुनेछ । प्रतियोगितामा स्थानीय प्रतिभालाई लक्षित गरी ४.५ किलोमिटर जुनियर छात्रछात्रा, स्थानीय छात्रछात्रा, ४५ वर्षमाथि स्थानीय पुरुष, १३.४ किमि भेट्रान्स खुल्ला पुरुष र स्थानीय पुरुष तथा ४.५ किलोमिटर स्थानीय आमा समुूह दौड गरी १० विधा समावेश गरिएको छ ।

दौडको प्रमुख विधा खुला क्रसकन्ट्रीको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउँछन् । आमा समूह दौडका विजेताले १२ हजार, उपविजेताले ९ हजार र तेस्रो हुनेले ६ हजार रुपैयाँ पुरस्कार पाउँछन् । सबै विधाका विजेतालाई नगद पुरस्कार छ ।

प्रतियोगिताका व्यवस्थापक तथा बेलकोटगढी–५ का वडाध्यक्ष मदन भुजेलले समुदायस्तरमा दौडको पहिचानका लागि सुरु भएको कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले भने, ‘यो दौड स्थानीयलाई प्रेरित गर्ने सकारात्मक उद्देश्यसहित सुरु भएको हो । हामी उसलाई अपनत्व लिन्छौं र निरन्तरता दिने प्रतिवद्धता व्यक्त गछौं ।’ 

कसरी सुरु भयो ?

उपत्यकाभन्दा बाहिर गएरा झिल्टुङमा क्रसकन्ट्री गराउने कन्सेप हो पुर्व एटथेट समेत रहेका मोहन नेपालको । 

‘यो मेरो पुख्र्यौली ठाउँ पनि हो। एकपटक घुम्दै आउँदा यति राम्रो रुट देखेँ कि जुन किसिमको ट्र्याक छ त्यस्लाई देख्दा दौडको लागि एकदमै उपयुक्त लाग्यो,’ पहिलो एभरेस्ट म्याराथन दौडिएको बताउने नेपालले त्यसपछि प्राविधिक अध्ययनका लागि काठमाडौबाट एथलेटिक्स विज्ञलाई बोलाएँ । अझ कान्छीमाया कोजु, भूमिराज लगायतका खेलाडीहरू यो ट्र्याकमा दौडिएर पनि हेर्दा क्रस कन्ट्रीको लागि एकदमै उपयुक्त स्थान हुनसक्ने भनेर प्राविधिक टोलीसहितले निस्कर्ष निकालेका थिए ।’ 

त्यतिबेला स्थानीयहरूलाई दौडबारे खासै चासो नभएकोले काठमाडौबाटै खेलाडीहरू बोलाएर दौड सुरु गराएका थिए । बिस्तारै स्थानीयहरूले पनि यसमा चासो दिन थालेपछि विधा थपिए । चासो थपियो । र, वर्षमा एकपटक हुने यो दौड गाउँकै एक पर्वका रुपमा विकसित भयो । तर नेपालको सपना अझै पुरा भएको छैन । 

उनी क्रस कन्ट्रीका लागि यो रुट एकदमै राम्रो भएकाले अन्तराष्ट्रिय स्तरको प्रतियोगिता बनाउने होडमा देखिन्छन् । ‘आजैको भोलि त भन्दिनँ । तर हामीले यसरी नै निरन्तरता दिन सके अबको ५ वर्षमा अन्तर्राष्ट्रिय बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘यसलाई अन्तर्राष्ट्रिय ट्रेल बनाउने र खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको छ ।’

रसुवाको थुमनमा पहिलोपटक बस

विदुर । भौगोलिक हिसाबले विकट उत्तरी रसुवाको थुमनमा पहिलोपटक गएको हप्ता बस सेवा सञ्चालनमा आएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं. १ को पहलमा नमस्ते पासाङ्ल्हामु यातायात प्रालिले संघीय राजधानी काठमाडौँको गोङ्गबुदेखि रसुवा जिल्लाको थुमनसम्म करिब १५० किलोमिटर दूरीमा शनिबार नियमित बस सेवा सुरु गरेको हो ।

गएको शनिबार बिहान ६ बजे काठमाडौँबाट छुटेको बस अपराह्न ३ बजे थुमन पुगेको थियो । बस सेवा सञ्चालनले थुमन गाउँका चार सयभन्दा बढी घरपरिवार र हिमाली दृश्यावलोकनका लागि नाकथली पुग्ने सयौँ पर्यटकलाई यातायातको सुविधा पुगेको छ । ना ३ ख ८९८४ नम्वरको डिलक्स बस गुडाइ पहिलोपटक थुमन प्रवेश गर्ने चालक मुस्कान मगरलगायत बसका कर्मचारीलाई स्थानीय लामागुरु समेतका समूहले खादा लगाई भव्य स्वागत गरेका थिए । 

चालक मगरले भने चार–पाँचवटा मोडबाहेक रसुवागढी राजमार्गको रोङ्गाबाट–थुमनसम्मको सडक राम्रो भएको पाइएको र लामागुरुको आशीर्वाद र स्थानीयवासीको स्वागतले सबै बस चालक थुमन जान उत्साहित बनाएको चालक मगरले बताए । 

बस सेवा सञ्चालन गर्ने क्षमताको सडक सुधार भएसँगै सहजरूपले एम्बुलेन्स गुडाउन, खाद्यान्न ढुवानी गराउन, गाउँवासीका सवारीसाधन घरगाउँमै पु¥याउन सहज भएको गोसाइँकुण्ड–१ का वडाध्यक्ष उर्केनछिरिङ तामाङले बताएका छन् । यातायातको साधनद्वारा थुमनवासीलाई नियमित यात्रा गर्न सहज भएको छ । 

स्थानीय वडा पदाधिकारी र बस व्यवसायीबीचको सहमतिबाट प्रतिव्यक्ति एक हजार दुई सय भाडा निर्धारण गरिएको बताउँदै नमस्ते पासाङल्हामु यातायात प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक रामहरि श्रेष्ठले सडकमार्गमा काबुभन्दा बाहिरको अवस्थाबाहेक थुमनमा बाह्रै महिना बस सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । 

तीस वर्ष अगाडिदेखि सञ्चालनमा आएको पुरानो र भरपर्दो विश्वासिलो एकमात्र उक्त यातायात समितिले रसुवा, नुवाकोट र धादिङका विकट गाउँमा बस सेवा सञ्चालन गरी आमयात्रुको मन जित्न सफल भएको छ । हाल नमस्ते पासाङल्हामु यातायातले तीन जिल्लाका आधार इलाकामा दुई सयभन्दा बढी बस सार्वजनिक यातायातका लागि सञ्चालन गरिरहेको जनाइएको छ ।

नियमित बस सेवा सञ्चालन भएपछि सोमबारबाट थुमनका किसानले आफ्ना बारीमा उत्पादित हिउँदे तरकारी बिक्रीका लागि काठमाडौँका बजारमा पु¥याउन सजिलो भएको स्थानीय बासिन्दाले बताएका छन् । नेपालकी चेली भृकुटी र तिब्बतका राजा श्रङ्चङ् गोम्बो बीच विवाह हुँदा थुमन क्षेत्र हुँदै भृकुटी तिब्बतै गएकी इतिहासमा उल्लेख गरिइएको छ ।

भब्य बन्दै तामाङको ल्होछार पर्व

ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ नुवाकोटले शनिवार बट्टारमा आयोजना गरेको कार्यक्रममा प्रदेश सांसद राधिका तामाङ शिवपुरी गापा उपाध्यक्ष बिरबहादुर तामाङलाई सम्मान गर्दै । 
विदुर । २८५९ औं राष्ट्रिय सोनाम ल्होछार ह्यो ल्हो (खरायो वर्ग) का अवसरमा नुवाकोटमा विभिन्न कार्यक्रमहरू आयोजना भएका छन् । नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति, दुप्चेश्वर गाउँपालिका कार्यसमिति, थ्रिडी युवा क्लब कोलानी, लगायतका विभिन्न क्लवहरूले ल्होछार पर्व भब्यताका साथ मनाएका छन् । 

दुप्चेश्वर गाउँपालिका वडा नं. ३ राउतवेशीमा बिहीबार कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ लगायतको सहभागितामा कार्यक्रम भएको हो । शनिबार नेपाल तामाङ घेदुङ्ग जिल्ला कार्य समिति नुवाकोटले बट्टारमा र थ्रि डी युवा क्लबले कोलनीमा आइतबार ल्होछारका अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेका छन् । 

बट्टारमा नेपाल तामाङ घेदुङ्ग नुवाकोटले आयोजना गरेको ल्होछार विशेष कार्यक्रममा नुवाकोटबाट निर्वाचित प्रदेश सांसद राधिका तामाङले तामाङ जातिको संस्कृति र आफ्नो पहिचानको जगेर्ना गर्न यस्ता कार्यक्रमले सघाउने विश्वास व्यक्त गरे । नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव तथा कार्यक्रम संयोजक जयमान वाइबाले तामाङ संस्कार र संस्कृतिको विकास गर्न कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा तामाङ समुदायमा प्रचलित गीत, संगीत र नाच प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, सुरक्षा निकायका पदाधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारी र सर्वसाधारणको उपस्थिति थियो ।

उक्त कार्यक्रममा समुदायमा विभिन्न क्षेत्रबाट योगदान पु¥याएका तामाङ समुदायको नेतृत्व तहका व्यक्ति र स्थानीय तथा संघीय, प्रदेश निर्वाचनबाट जनप्रतिनिधिमा चुनिएका तामाङ समुदायका व्यक्तिहरूको सम्मान समेत गरिएको थियो । 

विश्वका तामाङले आफ्नो अनुकूलमा फरक–फरक दिन र समयमा ल्होछार पर्व मनाउने गरे पनि यस वर्ष ल्होछारको मुख्य दिन आइतबार माघ ८ गते परेको थियो । आइतबार केन्द्र सरकारले सार्वजनिक बिदा समेत दिएको छ । नुवाकोटको एक स्थानीय सरकारले तीन दिन सार्वजनिक विदा दिएको छ । पञ्चकन्या गाउँपालिकाले शनिवारदेखि आज सोमवारसम्म सार्वजनिक विदा दिएको हो । 

बट्टारमा भएको कार्यक्रममा तामाङ जातिको विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, ख्याति प्राप्त कलाकारद्वारा परम्परागत गीत, नृत्य, दोहोरी, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुत भएको थियो । मौलिक खानाका परिकार, भेषभुषा, तामाङ जातिसम्बन्धी जानकारी दिने सामग्रीलाई स्टल तयार गरेर नै राखिएको नेपाल तामाङ घेदुङ्ग नुवाकोटका अध्यक्ष सोमबहादुर तामाङले जानकारी दिए । कार्यक्रमले ल्होछारले तामाङ जातीको उद्गम सभ्यता, संस्कृति, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गरेको उनले बताए । 

तामाङहरूले मान्ने ल्होछार चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि सुरु हुन्छ । ‘ल्हो’ अर्थ साल, वर्ष र ‘छार’को अर्थ नयाँ अर्थात् नयाँ वर्ष भन्ने हुन्छ । विभिन्न पशुपंक्षीको नामबाट १२ वटा ‘ल्हो’ को नाम राखिएको हुन्छ । प्रत्येक वर्ष फेरिने दिनलाई समुदायले ल्हो पोवा, दोवा वा ल्होछार भनिन्छ । 

दुई पत्रकार सम्मानित


बेत्रावती । माघे संक्रान्तिको अवसर नुवाकोट र रसुवाको सिमास्थल बेत्रावतीमा बर्षेनी हुँदै आएको गोरु जुधाई मेलामा सुरुवातदेखि सहयोग गरेका नुवाकोटका दुई पत्रकारलाई आयोजक संस्थाले सम्मान गरेको छ । 

आयोजक संस्था गोसाइँकुण्ड युवा क्वलले आफ्नो रजतजयन्तीको अवसरमा माघ १ गते त्रिशुली प्रबाह साप्ताहिकका प्रकाशक/सम्पादक शरण उत्सुक सापकोटा र इमेज साप्ताहिकका प्रकाशक कपिलदेव खनाललाई सम्मान गरेको हो । तिब्बत–नेपाल सन्धी भएको खुसीयालीमा हरेक वर्ष माघे संक्रान्तिमा मनाइदै आएको बेत्रावतीको उत्तल गोरु जुधाईलाई पछिल्लो समय पुनः सुचारु गर्न र हालसम्म निरन्तरता दिनका लागि पत्रकारद्धय सापकोटा र खनाललको उल्लेखनिय योगदान रहेको भन्दै क्लबले सम्मान गरेको हो । क्लवका अध्यक्ष सुवास डंगोलका अनुसार बेत्रावतीको माघे संक्रान्ति मेला र उत्तरगयाधाम तथा बेत्रावतीको समग्र विकासका लागि आम सञ्चारका माध्यमबाट दशकौदेखि दुई पत्रकारले अग्रणी भुमिका निर्वाह गर्दै आएका छन् । 

माघे संक्रान्तिको गोरु जुधाई मेलाको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य मोहन आचार्य (रसुवाबाट निर्वाचित सांसद) ले क्लबका तर्फबाट पत्रकारहरूलाई कदर पत्र प्रदान गरेका थिए ।  

चिसोले जिल्लामा पर्यटक घटे

रसुवा । चिसोपन बढेसँगै रसुवा जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक आउने संख्या घटेको छ । गोसाइँकुण्डको तीर्थलगायत लाङ्टाङ र तामाङ सम्पदा मार्गका उच्च क्षेत्रमा अत्यधिक चिसोका कारण पर्यटक जाने दर घटेको हो । 

रातीको समयमा परेको शीत बिहानसम्ममा पूरै बरफमा परिणत हुने भएकाले आगामी फागुन १५ सम्म होशियारपूर्वक यात्रा गर्नपर्ने स्थानीयवासीले जनाएका छन् । अहिले गोसाइँकुण्डको पानीसमेत जमेर बरफमा परिणत भइसकेकाले यस याममातीर्थको महत्वभन्दा सेताम्मे हिमशृङ्खला अवलोकन गर्न थोरबहुत यात्रुमात्र भ्रमणमा आउने गरेको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले बताए ।

हिमाली पदयात्राका लागि लागि आएका पर्यटकले उत्तरी रसुवाअन्तर्गत उच्चभागमा रहेको गोसाइँकुण्ड, लाङटाङ क्षेत्र एवं तामाङ सम्पदामार्गको ग्रामीण बस्तीसमेतका क्षेत्रमा भ्रमण गर्ने गरेको उनले जानकारी दिए । पर्यटकको आगमन कमी भएकाले सबै व्यवसायीले आ–आफ्ना होटल तथा लज सुदृढीकरण गर्न थालेका छन् । होटल तथा लजको रङरोगन गराउने र सिरक तथा डस्ना मर्मत एवं नयाँ खरिद एवं ढुवानी गर्ने कार्य भइरहेको बताइएको छ ।

विगतको तुलनामा यस वर्षको सुरुवाती समयबाटै होटल तथा लज चलायमान भइसकेका र दोस्रो याम अर्थात फागुन १५देखि बढी पर्यटकको आगमन हुने यहाँका व्यवसायीको आँकलन छ । लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मिलन सापकोटाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही पुस मसान्तसम्म आन्तरिक १२ हजार ५३०, सार्क राष्ट्रका २४५, अमेरिका, जर्मन, जापान, अष्ट्रेलिया लगायत देशबाट आएका चार हजार ५५२ विदेशी पर्यटकले निकुञ्जको पर्यटकीय क्षेत्र भ्रमण गरेको तथ्याङ्क छ ।

नुवाकोट महोत्सवको सातौं संस्करण

महोत्सवको बारेमा जानकारी संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कार्की (बीचमा), दिद्धिय उपाध्यक्ष उप्रेती (बाँयाँ) र प्रवक्ता राजभण्डारी (दाँयाँ) । तस्बिर : इमेज 

विदुर । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा आउँदो माघ २७ देखि फागुन १० गतेसम्म हुने सातौँ नुवाकोट महोत्सवको तयारी तीव्र रूपले भइरहेको छ । महोत्सवको तयारीको विषयमा जानकारी दिनका लागि संघले बिहीवार विदुरमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । 

यस पटकको महोत्सवलाई फरक बनाउने दावी आयोजकले गरेको छ । संघका अध्यक्ष ताराबहादुर कार्कीले महोत्सवलाई जिल्लावासीको साझा बनाउने गरी अध्ययन थालिएको बताएका छन् । संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले सातौं महोत्सवले जिल्लाको आर्थिक विकासमा खास टेवा पुग्ने गरी योगदान हुने प्रतिक्रिया दिएका छन् । 

पत्रकार सम्मेलनमा संघका प्रवक्ता सविन राजभण्डारीले महोत्सवको तयारीका क्रममा हालसम्म भएको गतिविधिहरूको जानकारी दिएका छन् । संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले अघिल्लो महोत्सव घाटामा गएको भएपनि यसपटक आयोजक नुवाकोट उद्योग बाणिज्य संघलाई नाफा हुने गरी गृहकार्य भइरहेको बताए । 

यसै बीच, महोत्सवलाई भव्य र सभ्य बनाउने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सवका संयोजक ताराबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले जिम्मेवारी बाँडफाँट गरेको छ । महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न नुवाकोटको रीतिरिवाज, धार्मिक, सांस्कृतिक, भाषा, वेशभूषा, कला र स्थानीय कृषि उत्पादन, धार्मिक एवम् ऐतिहासिक स्थलको प्रचार–प्रसार गर्नेलगायतका जिल्लाको पहिचान झल्कने महोत्सव बनाउने उद्देश्यले ३० वटा उपसमिति बनाएर संयोजकको जिम्मेवारी तोकेको छ । संयोजकले बाँकी सदस्य चयन गर्ने अधिकारसमेत दिएको संघका महासचिव कृष्णप्रसाद अधिकारीले बताएका छन् । 

महोत्सवको मूल समारोह समितिको संयोजक ताराबहादुर कार्कीका अनुसार अतिथि सत्कार उप समिति संयोजकमा वरिष्ठ उपाध्यक्ष गीता अमात्य, मेला अनुगमन निरीक्षण उप समिति संयोजकमा पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, स्थानीय पालिकासँग समन्वय उप समिति संयोजकमा संघका पूर्वअध्यक्ष धननारायण चित्रकार, प्रचार–प्रसार र मञ्च व्यवस्थापन उप समिति संयोजकमा महासचिव कृष्णप्रसाद अधिकारी, उपहार व्यवस्थापन उप समिति संयोजकमा प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, ब्रोसर तथा कलाकार व्यवस्थापन उप समिति संयोजकमा द्वितीय उपाध्यक्ष सन्तोष उप्रेती, बाल उद्यान तथा हेलिकोप्टर व्यवस्थापन उप समिति संयोजकमा सचिव उपेन्द्र बुढाथोकी रहेका छन् । 

त्यसैगरी, सूचना त था सञ्चार उप समिति संयोजकमा प्रवक्ता सविन राजभण्डारी र आर्थिक व्यवस्थापन उप समिति संयोजकमा कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, गेट व्यवस्थापन उप समिति संयोजकमा निरोज खड्गी, खानेपानी तथा सरसफाइ व्यवस्थापन उप समिति संयोजकमा उद्धव पन्त, स्वयंसेवक परिचालन उप समिति संयोजकमा सुमन भण्डारी, आदिवासी तथा जनजातिको कला, संस्कृति, वेशभूषा, परिकार प्रदर्शनी तथा व्यवस्थापन उप समिति संयोजकमा नवीनकुमार जोशी, पार्किङको व्यवस्थापन उप समिति संयोजकमा गगन लामा, कृषि स्थानीय उत्पादन तथा संघ–संस्था समन्वय उप समिति संयोजकमा विष्णु प्याकुरेल, कृषि पर्यटन समन्वय उप समिति संयोजकमा सरोज श्रेष्ठ, पास व्यवस्थापन उप समिति संयोजकमा ध्रुवकुमार रावल छन् । 

महोत्सवको बाद्यबाधन व्यवस्थापन उप समिति संयोजकमा सविन जोशी, महिला उद्यमीको उत्पादन प्रदर्शनी उप समिति संयोजकमा लिस्ना प्रधान, स्थानीय उत्पादन तथा स्टल मूल्याङ्कन उप समिति संयोजकमा गीता थापा ढकाल, स्थानीय कलाकारको संयोजन उप समिति संयोजकमा राजकुमार आचार्य, टिकट व्यवस्थापन उप समिति संयोजकमा मधुसुदन थपलिया, खाना तथा वास व्यवस्थापन उप समिति संयोजकमा हरिशरण रिमाल, ब्याच वितरण उप समिति संयोजकमा ज्ञानुमाया गिरी, काठमाडौं तथा अन्य जिल्लासँग समन्वयका लागि पुरुषोत्तम कार्की, प्रदेशस्तरीय समन्वयका लागि अञ्जली राजभण्डारी, सल्लाहकार समन्वयका लागि शिव देवकोटा, जग्गा व्यवस्थापनका लागि उत्तम ढकाल र स्टल व्यवस्थापनको जिम्मा मेघनाथ घिमिरेलाई दिइएको छ ।

महोत्सव पिपलटारमा गर्ने निर्णय गरेपछि वडाध्यक्ष लीलानाथ न्यौपानेले स्थानीयसँग समन्वय गरेर जग्गा व्यवस्थापनलगायत अन्य सहयोग जुटाइरहेका छन् । महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६० र कलेज तथा विद्यालयको समूह आउँदा प्रतिविद्यार्थी ५० रुपैयाँ र ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्तलाई परिचयपत्रको आधारमा निःशुल्क गरिएको संघका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिए । 

यसअघि उद्योग वाणिज्य संघे २०६३, २०६६, २०७०, २०७३, २०७४ र २०७६ मा महोत्सव सम्पन्न गरिसकेको छ । महोत्सवको सह आयोजकमा नुवाकोट जिल्लाका १२ वटै पालिका, जिल्ला समन्वय समिति रहेका छन् ।

जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउँदै विगतदेखि महोत्सव गर्दै आएको संयोजक कार्कीले बताए । विभिन्न जातजाति, वर्ग र समुदायबीच सद्भाव एवम् भ्रातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा सङ्गठित रूपले प्रयत्नशील रहने लक्ष्य संघले लिएको छ । जिल्लालाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्ने, स्थानीयस्तरबाट उत्पादित वस्तुको बजारीकरण र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पु¥याउने, घरेलु उत्पादन र कृषिलाई व्यावसायिक र आधुनिकीकरणतर्फ उन्मुख गराउने, निकासीयोग्य वस्तुको पहिचान एवम् बजार प्रवद्र्धनमा महोत्सवले सहयोग पुग्ने संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले बताएका छन् । 

जिल्लाको पर्यटकीय स्थलको विकास र विस्तारमा समेत महोत्सवले टेवा पु-याउने, स्थानीय बजारको विकास विस्तार एवम् विशिष्टकरणतर्फ उन्मुख गराउने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने, आधुनिक एवम् नयाँ प्रविधि, उपकरण एवम् मेसिनबारे जानकारी गराउने, स्थानीय कला, साहित्य तथा लोकसंस्कृतिको जगेर्ना गर्ने, विभिन्न जातजातिबीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने, लगानीको अवसरको सिर्जना गर्ने, बहुप्रतीक्षित केरुङ–काठमाडौं रेलमार्ग र टोखा–छहरे सुरुङमार्ग, बालाजु–ककनी–पीपलटार सडक स्तरोन्नतिलगायतका आयोजनाको निर्माण काम अगाडि बढाउन सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्य राखिएको संघका बरिष्ठ उपाध्यक्ष गीता अमात्यले बताए । तीन सयभन्दा बढी स्टल रहने महोत्सव आयोजक समितिका सदस्य तथा संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए ।

उद्योग वाणिज्य संघले कोभिडको कारण संघको गत वर्ष स्थगित ११ औँ अधिवेशन तथा साधारणसभा आगामी वैशाख ७ गते गर्ने निर्णय गरेको छ । संघका महासचिव कृष्णप्रसाद अधिकारीले दिएको जानकारीअनुसार गत वर्षको चैतमै सम्पन्न गर्नुपर्ने साधारणसभा र अधिवेशन कोभिड र स्थानीय, संघ र प्रदेशको निर्वाचनले गर्दा निर्धारित मितिमा भएन । यसपटकको अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले जिल्लाका उद्योगी–व्यवसायीले विशेष महत्वका साथ हेरिरहेका छन् ।

ब्राउजरबारे १० ट्रिक्स र टिप्स

विदुर । हामी धेरैजसोले इन्टरनेट ब्राउजरको रुपमा गुगल क्रोम नै प्रयोग गरिरहेका हुन्छौँ । निकै सरल, प्रयोगकर्तामैत्री तथा आवश्यकता अनुसारको डिजाइनका कारण गुगल क्रोम पहिलो रोजाइमा पर्ने गर्दछ । तथापि गुगल क्रोमभित्र केही त्यस्ता गोप्य ट्रिक्स हुन्छन् जसलाई प्रयोग गर्ने हो भने इन्टरनेट ब्राउजिङ निकै सहज बन्दछ ।

क्रोमकास्ट : तपाइँले क्रोम ब्राउजरको यो फिचर प्रयोग गरेर आफ्नो कम्प्युटरमा हेरिरहेको कुरालाई टेलिभिजन स्क्रिनमा हेर्न सक्नुहुन्छ । यसका लागि क्रोम ब्राउजर खोलेर कुनै खाली ठाउँमा राइट क्लिक गर्ने र Cast अप्सन छान्नुपर्दछ । साथै ब्राउजरको दायाँ माथिपट्टि रहेको तिनवटा थोप्लावाला आइकनमा क्लिक गरेर पनि कास्ट अप्सनमा जान सकिन्छ । त्यसपछि तपाइँले कास्ट गरिने डिभाइस छान्नुपर्दछ । ब्राउजरको एउटामात्रै ट्याबको दृश्य अर्को स्क्रिनमा लैजाने हो कि, पूरै डेस्कटप नै कास्ट गर्ने हो वा कुनै निश्चित फोल्डर कास्ट गर्ने हो भन्ने कुरा छान्न सकिन्छ ।

ट्याबहरूलाई ग्रुप गर्ने : ब्राउजरमा धेरैवटा ट्याब खोलेको बेलामा कुन ट्याबमा कुन साइट खोलेको छ भनेर हेर्न द्धिविधा हुन्छ । त्यसैले क्रोमले त्यस्ता ट्याबहरूलाई गु्रपिङ गरेर राख्ने सुविधा दिन्छ । यसका लागि ट्याबमा राइट क्लिक गरी Add new group अप्सन छान्नुपर्दछ । त्यसपछि ग्रुपको नाम राख्ने, रङ छान्ने, नयाँ ट्याब थप्ने तथा ग्रुपलाई विभाजन गर्ने र पप अप मेन्यूबाट सबै ट्याबलाई नयाँ विन्डोमा खोल्ने पनि गर्न सकिन्छ ।

झुक्किएर बन्द भएको ट्याब पुनः खोल्ने : हामीले कहिलेकाहीँ महत्वपूर्ण साइट हेरिरहेको बेला झुक्किएर त्यस्तो ट्याब बन्द गर्न पुग्दछौँ । यसरी भुलबस बन्द गरिएको साइट पुनः खोल्नका लागि ब्राउजिङ हिस्ट्रीमा गएर खोज्नु अलिक लम्बेतान हुन्छ । त्यसैले क्रोममा भर्खरै बन्द गरिएको ट्याब तत्कालै खोज्न सकिने शर्टकट की छ । त्यसका लागि तपाइँले Control/Command+Shift+T थिच्नुपर्दछ । त्यस्तै तपाइँले मेन्यू बारेमा गएर राइट क्लिक गरी eopen a closed tab अप्सनमा क्लिक गरेर पनि भर्खरै बन्द गरेको ट्याब खोल्न सक्नुहुन्छ ।

स्टार्टअप पेज : कहिलेकाहीँ हामीले एउटै वेबपेज पटक पटक खोल्नुपर्ने हुनसक्दछ । त्यसैले क्रोममा पनि यसका लागि एउटा फिचर उपलब्ध छ । ब्राउजरको सेटिङ मेन्यूमामा गएर startup अप्सनमा क्लिक गर्ने । त्यहाँ गएर तपाइँले क्रोमलाई अर्कोपटक खोल्दा कुन साइट सुरुमै खुल्ने भन्ने कुराको छनोट गर्न सक्नुहुन्छ । यसमा तपाइँले कुनै एउटा वा त्यसभन्दा बढि पेजहरू पनि राख्न सक्नुहुन्छ । धेरैवटा पेजहरू राखेको खण्डमा क्रोम खोल्नासाथ ती पेजहरू आफै छुट्टाछुट्टै ट्याबमा खुल्दछन् ।

सर्च इन्जिन : यदि तपाइँलाई ब्राउजर खोलेर पुनः सर्ज इन्जिन टाइप गरिरहन झण्झट लाग्दछ भने तपाइँले डिफल्ट सर्ज इन्जिन पनि सेट गर्न सक्नुहुन्छ । त्यसका लागि Settings>Search engine> Manage search engines मा गएर डिफल्ट सर्च इन्जिन सेट गर्नु पर्दछ । यसो गर्दा अब तपाइँले क्रोमको एड्रेस बारमा टाइप गर्ने कुनै कुरा सर्च गर्नको लागि तपाइँले डिफल्ट राखेको सर्च इन्जिन मै खुल्दछ ।

टास्क म्यानेजर : इन्टरनेट स्पीड कमजोर छ ? अहिलेको समयमा हामी सबैजना प्रायः इन्टरनेटमै निर्भर हुन्छौँ । टास्क म्यानेजरले तपाइँले गुगल क्रोम ब्राउजरमा खोलेका हरेक ट्याबले उपयोग गरिरहेको सिपियू तथा मेमोरीको खपत देखाउँदछ । यदि तपाइँले आफ्नो ब्राउजरमा ३ वा सो भन्दा बढि ट्याब खोल्नुभएको छ भने त्यसले पनि इन्टरनेनट स्लो बनाएको हुन सक्दछ । तपाइँले टास्क म्यानेजर खोलेर समस्याग्रस्त साइट पत्ता लगाउन सक्नुहुन्छ । यसका लागि टाइटल बारभित्र रहेको Task Manager क्लिक गर्ने । साथै तपाइँ सिधै Shift+escape थिचेर पनि त्यहाँ जान सक्नुहुन्छ । त्यहाँबाट तपाइँले बढि मेमोरी तथा सिपियू खपत गरिरहेको साइट बन्द गर्न सक्नुहुन्छ ।

होम पेज : तपाइँले यदि उहीँ वेबपेजमा पटक पटक काम गर्नु पर्दछ भने होम बटन निकै काम लाग्दछ । तपाइँले होम बटन सेट गर्नका लागि क्रोम ब्राउजरको दायाँपट्टि माथिल्लो भागमा रहेका तिनवटा थोप्लामा क्लिक गरेर Appearance अप्सनमा जाने । त्यसपछि बायाँ भागमा रहेका मा क्लिक गरी Show Home button in the toolbar मा टिक लगाउने । त्यसपछि आफुले होमपेज बनाउन चाहेको साइटको युआरएल थप गर्ने ।

अटोफिल : यदि तपाइँ गुगलमा आफ्नो विवरण पटक पटक टाइप गर्नुपरेर दिक्क हुनुभएको छ भने यो फिचर निकै उपयोगी हुन्छ । क्रोमको Autofill अप्सनमा तपाइँले आफ्नो ठेगाना देखि पासवर्ड सम्मका कुराहरू सेभ गरेर राख्न सक्नुहुन्छ । यसका लागि सेटिङ अप्सनमा गएर ब्गतयाष्िि मा क्लिक गरी तपाइँ विवरणहरू भर्न सक्नुहुन्छ ।

Omnibox बाट प्रश्नको तत्कालै उत्तर पाउनुहोस् : क्रोम ब्राउजरको माथिल्लो भागमा रहेको सानो बक्स नै ओम्निबक्स हो । यसले केवल वेबसाइट एड्रेसमा तपाइँले क्याल्कुलेटर, मुद्रा विनिमय परिवर्तन लगायतका विभिन्न प्रश्नको तत्कालै उत्तर प्रदान गर्दछ । तपाइँले एड्रेसबारमा गएर आफ्नो प्रश्न टाइप गर्नुस्, यसले तत्कालै तलपट्टि उत्तर देखाइदिन्छ । यसका लागि तपाइँले Enter थिचिरहनु पनि पर्दैन ।

ओम्निबक्समा तपाइँले गणितका सानातिना समस्या, विभिन्न मुद्रालाई अर्को मुद्रामा परिवर्तन गर्ने तथा नापको इकाइ परिवर्तन गर्ने काम सजिलै गर्न सकिन्छ । यसलाई तपाईले सर्च इन्जिनको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । केही कठीन तथा लामा प्रश्नहरूको खोजी गर्नका लागि चाहीँ Enter थिच्नुपर्दछ ।

डाउनलोड हुने फाइलहरू सेभ कहाँ गर्ने : इन्टरनेटबाट फाइलहरू डाउनलोड गरेर कता सेभ गर्ने भन्ने अन्योल हुनसक्दछ । त्यस्तै डाउनलोड गरिएका फाइलहरू कता गएर बसेका होलान् ? भनेर खोज्न पनि झञ्झट हुनसक्दछ ।
यसका लागि तपाइँले डाउनलोड भएर फाइलहरू बस्ने ठाउँ छनोट गर्न सक्नुहन्छ । ब्राउजरको सेटिङभित्र गएर Downloads अप्सनमा जानुहोस् । त्यहाँ रहेको Location अप्सनमा तपाइँले डाउनलोड हुने फाइलहरू कुन ठाउँमा बस्दछन् भन्ने ठाउँ छान्न सक्नुहुन्छ । –एजेन्सीको सहयोगमा

रसुवागढीबाट तीन करोडको निर्यात


विदुर । नेपाल र चीनबीचको रसुवा–केरुङ बन्दरगाह दुईतर्फी व्यापारका लागि औपचारिक रुपमा सुरु भएसँगै ३ करोड रुपैयाँ बराबरको सामाग्री नेपालबाट निर्यात भएको छ । 

जनगणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभागले बन्दरगाहको उद्घाटन अवलोकन गर्न केरुङमा एक औपचारिक समारोहको आयोजना समेत गरेको छ । त्यस्तै, हिल्सा–पुराङ बन्दरगाह पनि २६ डिसेम्बर २०२२ देखि एकतर्फी व्यापारका लागि खुला गरिएको विज्ञप्तिमा जनाइएको छ । 

बन्दरगाह सुचारु भएपछि नेपाल र चीनबीचको द्विपक्षीय व्यापारमा वृद्धि हुने छ । रसुवा भन्सारबाट ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । नेपालबाट निर्यात खुलेको १५ दिनमा ३ करोड रुपैयाँको वस्तु निर्यात भएको हो ।

रसुवा भन्सार कार्यालयले १२ पुसयता नेपालबाट २० वटा गाडीमा ३ करोड मूल्यको नेपाली वस्तु चीनतर्फ निर्यात भएको जनाएको छ । प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नेपालबाट कार्पेट, बाँसको मुडा, नेपाली मूर्ति र माटोका भाँडाहरू चीनतर्फ निर्यात भएको बताएका छन् ।

नेपालबाट वस्तु निर्यात हुँदा भन्सार शुल्क नलाग्ने र प्रज्ञापन शुल्क बापत एक सय रुपैयाँ मात्रै तिरे पुग्ने भन्सार कार्यालयले जनाएको छ । नेपालबाट वस्तु निर्यात सुरू भएपछि व्यवसायीहरू उत्साहित भएको रसुवा उद्योग वाणिजय संघले जनाएको छ । संघका अध्यक्ष खिसाङ नोर्व‘ तामाङले निर्यात सुरू हुनु सकारात्मक भएको बताए । तीन वर्षदेखि रोकिएको निर्यात खुलेसँगै व्यवसायीहरू उत्साहित भएका छन् ।

रसुवा नेपालबाट चीनमा वस्तु निर्यातका लागि सजिलो बिन्दु भएकाले चीनतर्फ रसुवाकै उत्पादन निर्यात पनि बढी भएको छ । यससँगै नेपाली ब्यबसायीहरूलाई केरुङसम्म जान दिने बिषयमा छलफल सुरु भएको छ । दोहोरो ब्यापारलाई तिब्रता दिनको लागी केरुङसम्मको लागी एक दिने पास उपलब्ध गराउने बिषयमा छलफल सुरु भएको रसुवा प्रशासनले जनाएको छ । दुई तर्फी रुपमा ब्यबसायिहरू आबतजाबत भएमा ब्यापार समेत फष्टाउने छ । अहिले पनी नेपाली ब्यबसायिले खरिद गरेर केरुङ र पाङसिङ करिब  १ अर्ब भन्दा माथिका सामाग्री रहेको ब्यसायीहरूले बताएका छन् । 

नेपालमा रहेको भारु खोस्टा

विदुर । भारतको सर्वोच्च अदालतले सन् २०१६ मा केन्द्र सरकारले गरेको नोटबन्दीको निर्णय सही भएको फैसला सुनाएको छ । सर्वोच्चको यो फैसलासँगै भारतमा नोटबन्दीको मुद्दा टुंगिएको छ ।

नोटबन्दीको निर्णय सही भएको भारतको सर्वोच्च अदालतको फैसाला आउँदा नेपालको बैंकिङ प्रणालीमा रहेको प्रतिबन्धित ५०० र एक हजार दरका ५ करोड ६ लाख भारतीय रुपैयाँ के हुने भन्ने अनिश्चित बनेको छ । यो फैसलासँगै नेपालसँग रहेको उक्त भारतीय रुपैयाँ कागजको खोस्टो बन्ने अवस्था बनेको नेपाल राष्ट्र बैंकका एक अधिकारी बताउँछन् । ती अधिकारी भन्छन्, ‘नेपाल राष्ट्र बैंकले नोट साट्न भारतको केन्द्रीय बैंकलाई पटक–पटक पत्राचार गरेका थियौं । तर, कुनै सुनुवाइ गरेन ।’ 

भारतीय केन्द्रीय बैंकका अधिकारीहरूसँग प्रतिबन्धित भारु साट्ने विषयमा छलफल गरिए पनि त्यसले सार्थकता पाउन नसकेको ती अधिकारी बताउँछन् । राजस्वछली र कालोधन नियन्त्रणका लागि भन्दै सन् २०१६ मा ५०० र एक हजार दरका नोटमा भारत सरकारले प्रतिबन्ध लगाएको थियो । सरकारको उक्त निर्णयविरुद्ध भारतको सर्वोच्च अदालतमा रिट परेको थियो । यदि उक्त रिटको पक्षमा भारतको सर्वोच्च अदालतले फैसला सुनाएको भए नेपालका बैंकमा रहेका उक्त प्रतिबन्धित नोटले वैधता पाउने सम्भावना हुन्थ्यो । सोमबार सर्वोच्चको फैसलाले यस्तो सम्भावना सकिएको छ ।


समृद्ध पञ्चकन्याका लागि आरएसडिसी


च्याउ खेती सम्बन्धी तालिम लिदै पञ्चकन्या गाउँपालिकाका कृषकहरू । तस्बिर : इमेज
पञ्चकन्या । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. २ छापथोकका केशबबहादुर रायमाझीको खुसीको सिमा छैन । घरमा पालेको भैसीबाट राम्रौ आर्थिक जोहो गरौला भन्ने उनलाई केही महिना अघिसम्म लागेकै थिएन । गाउँमै डेरी स्थापना भएपछि उनी अहिले घरको दुध विक्रि गर्छन् र त्यसबाटै राम्रै आम्दानी गर्न थालेका छन् । मिलडाँडा स्वावलम्वन समुहले सञ्चालन गरेको दुध डेरीमा २०७९ साल कात्तिक ७ गतेबाट उनले नियमित रुपमा दुध विक्रि गर्दै आएका छन् । ‘दुध विक्रि हुन थालेपछि मेरो घरमा मिठोमसिनो खाने श्रोत जुटेको छ’, रायमाझी भन्छन्– ‘महिनाको १५/१६ हजार रुपैयाँ आम्दानी हुँदा त, ऋण तिर्न पनि सजिलो हुने भयो मलाई ।’

उनी जस्तै अहिले यहाँका कृषकहरूले आफ्नो उत्पादनबाट राम्रो आर्थिक उपार्जन गर्न थालेका छन् । आफुलाई घरमा पुग्दो दुध र दुधजन्य उत्पादन उपभोगपछि बाँकी रहेको उत्पादनलाई विक्रि गरेर घरलाई आवश्यक अन्य सामाग्री पनि त्यहीबाट जुटिरहेको छ । 

यसरी ग्रामिणस्तरमा आर्थिक उपार्जनको सम्भावनाको खोजी गर्दै त्यसलाई साकार पार्ने अभियानमा ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) जुटेको छ । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि पञ्चकन्या गाउँपालिकामा बस्ती पुनर्निमाण गरी समुदायमा घर हस्तान्तरण गर्न प्रवेश गरेको यो संस्थाको अभियान अहिले सिङ्गै गाउँपालिकाको सर्वाङ्गिण विकासको नमूना कार्यक्रम भएको छ । सिञ्चाई अभावले तरकारी खेती गर्न नपाएका यहाँका कृषकहरूलाई दुध डेरी स्थापनाले भने गाईभैसी पालनको ढोका खुलेको छ । वडा नंं. २ का सपना मिजार तरकारी खेतीका लागि आवश्यक पर्ने सिञ्चाई अभावका कारण नगदे बालीतिर आफुहरू लाग्न नपाएको चिन्तित भएको अवस्थामा गाउँमा सञ्चालन भएको दुग्ध संकलन केन्द्रले राहत मिलेको बताउँछन् । ‘पशुपालनका लागि थोरै पानी भएपनि हुने भएकोले हामीहरूले अहिले गाईभैसी पालेर मनग्य दुध बेच्न थालेका छौं’ उनले भने ।

वडा नं. २ छापथोकका कृषकहरूले आफ्नो घरमा उत्पादन भएको दुध बजारसम्म लैजाने अवस्था पनि थिएन । बजार टाढा भएको र गाउँमा दुध संकलन केन्द्र नभएकै कारण उनीहरूको उत्पादन खेर गएको जस्तै बनेको थियो । तर ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) गठन गरेको मिलडाँडा स्वाबलम्वन समुहले गाउँमै दुध संकलन केन्द्र स्थापना गरेपछि गाउँको आर्थिक चित्र नै बदलिदो छ । संस्थाले गरेको यो कार्यमा स्थानीय सरकारले समेत हातेमालो गर्दै पञ्चकन्या गाउँपालिकाले पाँच सय लिटरको चिलिङ्गभ्याट मेसिन उपलब्ध गराएको छ । आरएसडिसीले डिपफ्रिज समेत थप सहयोग गरेको छ । २०७९ भदौ २२ गतेबाट सञ्चालनमा आएको दुध संकलन केन्द्रमा अहिले ३७ जना कृषकले दुध विक्रि गर्छन् । मिलडाँडा स्वाबलम्वन समुहका अध्यक्ष संगम मिजार गाउँमा आफुहरूले सञ्चालन गरेको दुध संकलन केन्द्र प्रभावकारी बनेको बताउँछन् । उनका अनुसार संकलन केन्द्र सुरु हुनुपुर्व गाउँका कृषकहरूले दुध आफुले मात्रै प्रयोग गर्नुपर्ने अवस्था थियो । ‘अब अवस्था फेरिएको छ, कृषकहरूले विहानै दुधको बालटिन झुण्ड्याएर डेरी तिर आउँछन्’ मजिारले भने ।  

२०७२ सालमा साविकका शिवपुरी, थानापती, चौघडा र सुर्यमती गाविसमा ‘विपन्नताबाट मुक्तिका लागि स्वावलम्बन’ मार्फत नुवाकोट जिल्लाको विकासमा साझेदारी गर्न प्रवेश गरेको ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी)ले तत्कालिन समयमा पञ्चकन्या गाउँपालिकाको वडा नम्बर १ आँपचौरमा २५५ घरधुरीको पुनःनिर्माणमा सहजिकरण गरेको थियो । 

बिनाशकारी भुकम्पले क्षतीग्रस्त भएका नागरिकहरूको निजी आबास पुनःनिर्माणसँगै गाँउपालिकाकै आग्रहमा पुनः बिकासमा साझेदारी गर्न सुरु गरेको हो । यस कार्यक्रमलाई भूकम्प प्रभावित समुदायको प्रतिरोधी क्षमता अभिवृद्धि परियोजना भनिएको छ । स्वावलम्बन विधि पद्दती अनुसार यस कार्यक्रमलाई लागू गरी परियोजनाको उद्देश्य हासिल गर्ने केन्द्रको सोच पुरा हुँदै गएको छ । कार्यक्रम लागू गर्न माल्टेजर इन्टरनेशल र बिएमजेटबाट आर्थिक सहयोग प्राप्त छ । 

५ वटा वडा रहेको पञ्चकन्या गाँउपालिकामा सबै वडाहरूमा नागरिकहरूको प्रत्यक्ष जनसहभागितामा संस्थाले काम गर्दै आएको छ । बिनाशकारी भुकम्पका कारण क्षती भएको घरको पुनःनिर्माण सम्पन्न पछि उनीहरूको जिबिकोपार्जनमा सुधार ल्याउन आरएसडिसीले बिबिध ४ क्षेत्रमा काम गर्दै आएको हो । जसमा संस्थागत बिकास, जिबिकोपार्जन, खानेपानी तथा सरसफाई र प्रकोप जोखिम न्युनिकरणको बिधामा काम गर्दै आएको छ । सिञ्चाई कुलो निर्माण, उच्च स्थानमा पोखरी निर्माण, तरकारी खेतीको लागी टनेल सहयोग, प्लाष्टिक पोखरी निर्माण लगायतको कामलाई आरएसडिसीले महत्वपुर्ण रुपमा कार्यान्वयनमा ल्याएको छ । स्थानीय सरकारसँगको सहकार्यमा यस संस्थाले जर्मन सरकार मालटेजर ईन्टरनेसनलको आर्थिक सहयोगमा जनसमुदायको मागमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै ग्रामिण बिकास तथा स्वाबलम्बन बिकास केन्द्रका फिल्ड संयोजक साधुराम सापकोटा बताउछन् । 

आरएसडिसीको पहलमा भद्रुटारमा स्थापना भएको सहकारीको पहिलो साधारण सभा पुस २३ गते ।
पञ्चकन्या गाँउपालिकाको वडा नम्बर १ को गएको वर्षबाट झण्डै २ सय रोपनी क्षेत्रफलमा अहिले तरबुजा खेती सुरु भएको थियो । त्यस भन्दा अघिसम्म सामान्य रुपमा १/२ झाल तरबुजा रोप्नेहरूले अहिले सयौं रोपनीमा खेतीनै गरिरहेका छन् । अरु खेती भन्दा तरबुजाको खेतीले राम्रो आम्दानी दिएको देखेपछि यो खेतीमा आकर्षित भएको पञ्चकन्या गाँउपालिका वडा नम्बर १ बानियाँटारका रामप्रसाद लामिछाने बताउछन् । २०७१ सालतिर यो गाउँमा तरबुजा खेती भित्रिएको भएपनि ठुलो क्षेत्रफलमा ब्यववसायीक रुपमा तरबुजाको खेती थालिएको अहिलेमात्रै हो । अघिल्लो वर्ष भएको उत्पादनलाई बजारिकरण गर्न समस्या नभएपछि यहाँका कृषकहरू यसप्रति आकर्षित भएका हुन् । उनीहरूको उत्पादनलाई स्थानीय तह र ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले बजारको ब्यबस्थापनमा सघाएको छ । वडा नं. १ बानियाँटारका रामप्रसाद लामिछाने यहाँको माटो सुहाउदो कृषि उत्पादनको रुपमा तरबुजा भएको बताउँछन् । थोरै लगानीमा धेरै आम्दानी हुने भएकोले यहाँका कृषकहरूले अहिले यही खेतीमा आकर्षित भएको उनको भनाई रहेको छ । उनी भन्छन्– ‘तरबुजाको लागि बजारको समस्या समेत नहुने, जत्ति उत्पादन भएपनि विक्रि भइरहेको छ ।’

पञ्चकन्या गाउँपालिका वडा नं. १ का जानुका लामिछानेलाई समेत तरभुजा खेतीले घर चलाउनका लागि राम्रो मद्दत गरेको छ । पलिा धान खेतीबाट प्रति रोपनी ५/६ हजार रुपैयाँ मात्रै आम्दानी गर्ने उनले अहिले तरबुजा खेतीबाट यही जमिनबाट ५० हजार रुपैयाँ कमाएका छन् । उनी अब चार रोपनी जमिनमा तरबुजा खेतीको तयारीमा छन् । 

पञ्चकन्या गाँउपालिका वडा नम्बर ४ को सिञ्चाईकुलो व्यवस्थित नहुँदा यहाँका कृषकहरूले पाउनु सास्ती पाए । भुकम्पपछि लथालिङ्ग बनेका यहाँको सिञ्चाई प्रणालीलाई ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले व्यवस्थित पारिदिएको छ । अहिले ग्रामिण स्वाबलम्बन बिकास केन्द्रको सहयोगमा सिञ्चाई कुलोको पुननिर्माण सम्पन्न भएपछि २०० रोपनी खेतमा सिञ्चाई भएको छ । जनसहभागितामै सञ्चालनमा आएको कुलोले त्यस क्षेत्रका नागरिकहरूलाई ब्यस्त बनाउन थालेको छ । खेतको सिरानबाट कुलो बग्न थालेपछि तरकारी खेती तथा नगदेबाली लगाउन थालिएको छ । बाँझै रहेको खेतबाट उब्जाउ भएपछि घरमा हरियो तरकारी खान पाएसंगै बिक्रिबाट सामान्य खर्च समेत पुग्न थालेको छ । घरको नुन तेल अहिले यहि सिञ्चाई कुलोले जोहो गर्न सजिलो भएको रामकृष्ण कँडेल बताउछन् । 

गाउँपालिकामा आरएसडिसीले गरेको सिञ्चाईको काम यो प्रतिनिधिमूलक मात्रै हो । पञ्चकन्या गाँउपालिका क्षेत्रमा एक दर्जन सिञ्चाई कुलोको मर्मत सम्भार सम्पन्न भएको छ । संस्थाले राखेको रकम बराबर नै किसानहरूको सहभागिता रहेको छ । किसानहरूको प्रत्यक्ष सहभागितामा जनश्रमदान सहित मर्मत सम्भार सम्पन्न भएको सिञ्चाई कुलोले धेरैको जनजीवन फेरिदिएको छ । 

यस गाउँपालिकाको वडा नं. ३ कात्तिकेका हुमराज थापा एकीकृत तरकारी तथा पशुपंक्षी फर्म नै स्थापना गरेर आफ्नै करेसाबारीबाट दैनिक आम्दानी गरिरहेका छन् । आरएसडिसीकै कारण केही गर्छु भन्नेहरूलाई आत्मबल थपिएको उनी सुनाउँछन् । उनी जस्तै पञ्चकन्या गाँउपालिकाको ५ वटै वडामा न्युन आय भएका किसानका लागी उद्यमशिलता तालिम सञ्चालन भएको छ । ब्यबसायिक रुपमा उत्पादन तथा बजारिकरणको लागी उद्यमशिलता तालिम सञ्चालन गरि उनीहरूलाई ब्यबसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको छ । कुखुरा पालन, टनेल खेती, सिलाई बुनाई र संस्थागत बिकास तर्फ संस्था केन्द्रित छ । किसानहरूलाई कुखुरा पालनका लागी भाँडाकँुडा समेत उपलब्ध गराएको छ । तालिम, ज्ञान सिप र दक्षतासँगै आबाश्यक औजार समेत सहयोग भएपछि कुखुरा पालनले व्यवसायिक आकार लिएको छ । पञ्चकन्या गाउँपालिका वडा नंं २ का बैकुण्ठ मिश्र धेरै वर्ष अघि देखि ब्यवसायीक रुपमा कुखुरा पाल्दै आएका किसान हुन् । तर उनलाई यस संस्थाले गाउँमा गठन गरेको समुहमा बसेर कुखुरा पालन गर्दा धेरै सजिलो भएको छ । ‘आवश्यक ज्ञान र परार्मश पनि पाइने, कुखुरा पाल्न चाँहिने भाँडाकुडा पनि संसथाले सहयोग गरेको छ’ मिश्रले भने । 

उनी जस्तै यो परियोजनाबाट वडा नं. २ सहरेटार काल्नेका अर्जुन श्रेष्ठ समेत लाभान्वित भएका छन् । अहिले नवौं पटक कुखुरा पालिरहेका उनलाई यस संस्थाले सहयोग गरेपछि सुविधा मिलेको छ ।

पञ्चकन्या गाँउपालिका वडा नम्बर १ का गम्भिरबाहादुर मानन्धरको कृषि जीवन र खेतिपाती गर्ने तरिका फेरिएको छ । सामान्य रुपमा घरमा खेती किसानी गर्दै आएका उनलाई संस्थाले टनेल प्लाष्टिक सहयोग गरेको छ । अघिल्लो बर्षबाटनै उनले टनेलमा गोलभेडा लगाउन थालेका हुन् । परम्परागत रुपमा खेती गर्दै आएका उनी आफैलाई आधुनिक खेती प्रणाली तर्फ प्रवेश गरेको महशुस भएको छ । संस्थाको सहयोगबाट नै उनी ब्यबसायिक खेतीमा लागेका छन् । उनी भन्छन्– ‘आलु खेती मात्रै गर्दै आएको मलाई संस्थाका कारणले खेतीपातीबाट धेरै आम्दानी हुने बाटो खुल्यो, वर्षौदेखि उस्तै खेती गर्दै आएको मलाई संस्थाको सहयोगले उत्साह मिलेको छ ।’ 

उनी जस्तै अर्का किसान हुन् पञ्चकन्या गाँउपालिका वडा नम्बर १ का सरस्वती लामिछाने । उनलाई ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले ब्यबसायिक रुपमा तरकारी खेती गर्ने सिप मात्रै सिकाएको छैन, सामाग्रीहरू समेत सहयोग गरेको छ । ‘आफुलाई खान पुगेर पनि विक्रि गर्न थालेको छु, अहिले गोलभेडा, खुर्सानी खेती गरिरहेको छु, त्यसका लागि आवश्यक सामाग्री समेत लाई संस्थाले दिएको छ’ लामिछानेले भने । 

ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले पञ्चकन्यामा नयाँ ब्यवसायीको उत्पादनसँगै नयाँ कृषि उपजको समेत सुरुवात गरेको छ । महङ्गो मानिने सिताके च्याउको बिस्तार समेत परियोजनाले गर्दै आएको छ । पञ्चकन्या गाँउपालिकाको वडा नम्बर ४ थप्रेकका डिल्लिबहादुर श्रेष्ठले अहिले सिताके च्याउ काठमा रोपेका छन् । एक पटकको उत्पादन विक्रि गरिसकेका उनलाई अब थाहा छ कि अन्नबालीमा भन्दा यसमा फाइदा राम्रो हुनेछ । थोरै स्थानबाट धेरै उत्पादन दिने र मनग्य आम्दानी हुने भएपछि यसरी उनको लगाव देखिएको छ । ‘सिताके च्याउ खेतीको तालिम लिएर काम सुरु गरेको छु, मलाई अन्नबालीबाट भन्दा यसबाट राम्रो आम्दानी हुन्छ भन्ने संस्थाले नै सिकाएको हो’ उनले भने । 

यस अघिका विभिन्न काम र परियोजनाबाट मनग्य आर्थिक उपार्जन गरेको पञ्चकन्या गाउँपालिका नागरिकहरूलाई ग्रामिण स्वाबलम्बन बिकास केन्द्र प्रायःका घरको राम्रो कमाई गर्ने परिवारको सदस्य जस्तै बनेको छ । पञ्चकन्या गाँउपालिकामा पछिल्लो समय सञ्चालन गरेको परियोजनामा ५ करोड साढे ३९ लाख रुपैयाँ भन्दा बढी समुदायमा खर्चेको छ । संस्थाले उद्यमशिल महिलाहरूलाई लक्षित गरेर सिलाइकटाईको तालिम र त्यसका लागि आवश्यक प्रविधि समेत सहयोग गरेको छ । पञ्चकन्या वडा नं. २ मिलडाँडाका लक्ष्मी सुनार ग्रामिण स्वाबलम्बन बिकास केन्द्रकै आयोजनामा भएको आधारभुत सिलाईकटाई तालिम लिएर अहिले डिप्लोमा कक्षको तालिम लिइरहेका छन् । उनी भन्छन्– ‘ अब म आफ्नै सिपबाट व्यवसाय सञ्चालन गर्ने छु ।’

यसरी पञ्चकन्या गाँउपालिकाको सर्बाङ्गिण बिकासका लागी ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले काम गर्दै आएको छ । न्युन आय भएका नागरिकहरूलाई समुहमा राखेर घुम्ती  कोषको रकम परिचालन, ब्यवसायी उत्पादनमा यस संस्थाले सहयोग गर्दै आएको छ । समुह निर्माणसँगै समुहमा रहनेहरूको ब्यक्तिगत तथा नेतृत्व बिकासका लागि समेत संस्थाले काम गर्दै आएको ग्रामिण स्वाबलम्बन बिकास केन्द्र नुवाकोटका कार्यक्रम संयोजक धिरेन्द्रकुमार आरसी बताउछन् । ‘सामाजिक परिचालन र आर्थिक आयआर्जन, स्वास्थ्य सरसफाई र जोखिम न्युनिकरणमा हामीले प्राथमिताका साथ काम गर्यौ’ आरसीले भने– ‘त्यस बाहेक स्वास्थ्य केन्द्रहरू लक्षित कार्यक्रम, एम्बुलेन्स खरिदका लागि गाउँपालिकालाई आर्थिक सहयोग र विद्यालयस्तरमा विभिन्न किसिमका कार्यक्रमहरू भएका छन् ।’

उसो त स्थानीय सरकार अर्थात् पञ्चकन्या गाँउपालिकाले पनि संस्थागत सहकार्यमा कुनै कसर बाँकी राखेको छैन । पञ्चकन्या गाँउपालिकामा यस संस्थालाई भित्र्याउने देखि कार्यक्रम निर्माण र सञ्चालनसम्ममा गाँउपालिका आफै अग्रसर भएको पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ बताउछन् । 

आरएसडिसीको सहयोगमा पञ्चकन्या गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स ।
संस्थागत बिकाससँगै, आधुनिक कृषि प्रणालीको बिकास, स्वास्थ्य तथा सरसफाई कार्यक्रम लगायतमा गाँउपालिकासँग साँझेदारी गर्दै आएको छ । विश्व महामारी नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि संस्थाले गाउँपालिकालाई १४ लाख रुपैयाँ बराबरको सहयोग गरेको थियो । अहिले गाउँपालिकालाई संस्थाले एम्बुलेन्स खरिद गर्नका लागि १६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ र उक्त एम्बुलेन्स गाउँपालिकामा भित्रिसकेको छ । 

ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले पञ्चकन्या गाँउपालिका बेसार खेती, अकबरे खुसार्नी लगायतमा पनि नमुनाको रुपमा सुरुवात गर्न थालेको छ । बाँदर लाग्ने स्थानमा यस्ता खेती प्रभाबकारी हुने भएपछि केरा, बेसार र खुसार्नीको खेती थालिएको हो । ग्रामिण स्वाबलम्बन बिकास केन्द्रको सुरुवाती यो काममा पनि यहाँका नागरिकहरू खुसी देखिएका छन् । नागरिकहरूको दुःखमा साँझेदारी गर्न आईपुगेको आरएसडिसीको कामबाट सबै लाभाम्बित भएका छन् । 

यत्ति मात्रै पनि होइन कृषकहरूको समुह बनाउँदै उनीलाई उद्यमी बनाएको संस्थाले यहाँ सहकारी नै खडा गरेको छ । कृषकहरूलाई संगठित गर्दै संस्थागत विकासमा ग्रामिण स्वाबलम्बन बिकास केन्द्र लागि परेको वडा नं. ५ को भद्रुटार स्वाबलम्वन कृषि सहकारी संस्थाका अध्यक्ष गोकर्ण गिरी बताउछन् । ‘कृषकहरूलाई उद्यमी बनाउनका लागि यस संस्थाको परियोनना र यस अन्र्तगत गठन भएका समुहहरू सफल भएका छन्’ उनले भने । 

महिलाहरूलाई उद्यमी बनाउनका लागि ग्रामिण बिकास तथा स्वबलम्बन बिकास केन्द्रले समुदायमा क्रिष्टल बनाउने तालिम समेत सञ्चालन गरेको छ । तामिलबाट सिप लिएकाहरूले उत्पादन गरेको क्रिष्टलका माला पञ्चकन्या गाउँपालिकाका बजारमा पाइन्छ ।  

गाँउपालिकाको ३ हजार घरधुरीलाई समेटेर कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको ग्रामिण बिकास तथा स्वबलम्बन बिकास केन्द्रको कार्यक्रममा प्रत्यक्ष रुपमा ७२ वटा स्वाबलम्बन समुह निर्माण भई १८ सय २९ घरधुरी लाभान्वित छन् । यसरी पञ्चकन्या गाँउपालिकाको सर्बाङ्गिण बिकासका लागी ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले काम गर्दै आएको छ ।

२०७९ साल माघ ९ गतेको सम्पादकीय

महोत्सवलाई साझा पर्व बनाऔं

नुवाकोट उद्योग बाणिज्य संघले आयोजना गरेको साातौ नुवाकोट महोत्सवको आरम्भ हुन १८ दिन बाँकी छ । माघ २७ गतेबाट सुरु हुने महोत्सवले आन्तरिक मात्रै होइन बाहिर रुपमा समेत चहलपहल बढाउने छ । यसपटकको महोत्सव पिपल्टारमा पुगेको छ । तर महोत्सवको विकेन्द्रिकरण गर्ने नीति अनुरुप नभई यस अघि आयोजना हुने गरेको विदुर र बट्टारमा आवश्यक जमिन नभएकै कारणले महोत्सव पिपल्टार पु-याइएको हो । हरेक पटक महोत्सव भइरहँदा हुने गरेको बहश छ छलफल भनेकै, महोत्सवको प्रभाव र त्यसबाट जिल्लाले लिन नसकेको लाभको विषय हो । १६ वर्ष अघिको पहिलो नुवाकोट महोत्सव सकिएदेखि यो सातौ महोत्सव आरम्भको संघारसम्ममा हुने गरेको टिप्पणीहरूमा अपेक्षा झल्किएका छन् । महोत्सवले जिल्लामा गर्नुपर्ने परिर्वतनको सूची लामै छ । वा भनौं महोत्सवकै कारण नुवाकोटमा आउनुपर्ने वदलावको फेहरिस्ता अर्कै रहेको बुझाई धेरैमा छ । यो कत्तिपयको पुर्वाग्रह, कतिपयको कम बुझाई र केहीको अन्यले व्यक्त गरेका धारणाबाट तयार भइरहेका छन् । कुनै एक समय थियो मनोरञ्जनकै लागि महोत्सवको आवश्यकता थियो । अब अहिले त्यो अवस्था छैन, मानसिका मनोरञ्जको विकल्प हातहातमै सृजना भएको छ । त्यही भएर नै समयसंगै महोत्सवको शैली र आयोजकको प्राथमिकता फेरिदै आएको छ । 

महोत्सवले प्रस्तुत गरेको जिल्लाको सम्भावनका कारण कृषि, पर्यटक र मानविय क्षमता विकासमा नुवाकोटले सुरुवाती समयदेखिनै राम्रो फाईदा लिएको छ । नुवाकोट काठमाडौंबाट कत्ति नजिकै छ र यहाँ आउने सडक सञ्जालको सहजता र निकटता यत्तिसम्म छ भनेर टाढाका नागरिकहरूलाई देखाउने काम महोत्सवबाटै भएको छ । पर्यटकिय रुपमा मानिसहरूको चलहपलमा हुन थालेको वृद्धिबाट यहाँमा प्राप्त भएको विषयगत उपलब्धि र परिवर्तनहरू अनगिन्ति छन् । विशेषत व्यवसायी तथा व्यापारीहरूको छाता संस्थाले गर्ने महोत्सव आर्थिक आर्जन र सम्बृद्धिसंग जोडिनु पर्ने हुन्छ । तर डेढ दशक बीचको नुवाकोट, नुवाकोट जिल्लालाई प्रतिनिधित्व पर्ने प्रमुख क्षेत्र विदुर, बट्टार, त्रिशुली लगायतका स्थानका होटल व्यवसाय हेर्ने हो भने आकाश–जमिनको परिर्वतन छ । समयक्रमले गराउने विकासले पनि केही होटल र पर्यटनको क्षेत्रका योगदान त पु-याएकै छ, तर जिल्लामा नियमित रुपमा भइरहेका महोत्सवहरूले पनि जिल्लामा आर्कषक र सुविधा सम्पन्न होटलहरूको संख्या बृद्धि हुनुमा भारी योगदान दिएको छ । जिल्लामा एकैपल्ट भित्रने पाहुनाहरूलाई सजिलोसंग खुवाउने, बसाउने अभिप्रायले होस् वा नुवाकोट घुम्न आउँदा जिल्लामा होटल व्यवसायको सम्भावना देखेर जिल्ला बाहिरका व्यवसायीहरूले गरेको होटल व्यवसाय होस्, यिनीहरूले जिल्लाको शानलाई समेत उचो पारेका छन् । बट्टार स्थित होटल वाटर टावर (हालको होटल सिद्धार्थ) नुवाकोट जिल्लाको सबै भन्दा आर्कषण होटलको रुपमा छ । यो होटल सञ्चालकहरू पहिलो नुवाकोट महोत्सव हेर्न विदुर आउँदा सुविधा सम्पन्न बसाईको खोजीका क्रममा होटल नभेटेपछि व्यवसायकै लागि गतिलो होटल खोल्ने अभियानमा लागिपरे । फलत सात वर्षदेखि बट्टारमा सञ्चालनमा छ । पिपल्टारमा पाइप फ्याट्री सञ्चालन भइरहेको छ । त्यो उद्योगको कथा पछि उही हो । नुवाकोट महोत्सव हेर्न गल्छीबाट विदुर पसेका व्यसायीहरूले पहिलो पटक थाहा पाएकिः नेपालकै ‘लाइफलाईन’ पृथ्वि राजमार्ग र संघीय राजधानी काठमाडौंबाट नुवाकोट कत्ति नजिक रहेछ भन्ने । पाँच वर्षदेखि पिपल्टारमा सञ्चालनमा आइरहेको पाइप उद्योगले अहिले देशैभरी आफ्नो व्यापारलाई धानिरहेको छ, माग अनुसारको बस्तु यही उत्पादन गरिरहेको छ । 

    महोत्सवहरूबाट जिल्लाले प्राप्त गरेका उपलब्धिहरू भिन्न भिन्न विषयमा ब्यापक छन् । तर नुवाकोट जिल्लाले अहिलेको अवस्थामा जुन उपलब्धि हासिल गर्नुपर्ने हो त्यो न्यून छ । अन्य जिल्लाका तुलनामा राजनीतिक, भौगोलिक र मानविय क्षमताको कोणले सहज भएको नुवाकोटले विकास र परिवर्तनमा प्राप्त गरेको उपब्धिहरूलाई सन्तोषजनक रुपमा लिन सकिदैन । त्यस अर्थमा जिल्लालाई सिङ्गै नेपालमा प्रस्तुत गर्ने अवसरको रुपमा रहने नुवाकोट महोत्सवले जिल्लाका सम्भावनालाई पूर्ण रुपमा छर्लङ्ग पार्नसक्नु पर्दछ । पछिल्लो समयका महोत्सवहरूमा बाहिर जिल्लाहरूबाट निर्यात भएका सामाग्रीहरूको व्यापार बढ्दो छ । आयातित कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले आफ्नो श्रमको रकम नुवाकोट बाहिर लैजाने क्रम बढ्दो छ । अब महोत्सवलाई बाहिरको पैसा नुवाकोट आर्जन गर्नेगरी प्रस्तुत गरिनु समयको माग बनेको छ । जिल्लाकै उत्पादित सामाग्रीहरूको विक्रि केन्द्र राख्नका लागि आयोजकले उच्च प्राथमिकता दिनु र आयातित सामाग्रीको कारोवारलाई नियन्त्रण गर्दै लान सक्दा जिल्लाबासीले झन् महोत्सवप्रति गर्व गर्न सक्नेछन् । महोत्सवका मञ्चमा प्रस्तुत हुने कलाकार वा पारिश्रमिक भुक्तान गरेर राखिने विशेष प्रस्तुतीका लागि नुवाकोट जिल्लाकै श्रष्टा, सर्जकलाई पूर्णरुपमा प्रयोग गरिनु बढि सान्र्दभिक रहने छ ।  बाँकी रहेको यि केही पक्षलाई सुधार मात्रै गर्न सक्दा पनि आयोजक संस्थाले महोत्सव आम जिल्लावासीको साझा पर्वको रुपमा विकास गरेको प्रमाणित हुनेछ ।

२०६३ सालबाट सुरु भएको नुवाकोट जिल्लाको महोत्सब अब हुन लागेको सातौ संस्करणसम्म आइपुग्दा १६ वर्षे यात्रा पार गरेको छ । नुवाकोट उद्योग बाणिज्य संघको मुख्य आयोजनामा हुने महोत्सवले जिल्लालाई दिएको योगदान र प्रयासहरूका बारेमा समीक्षा र चर्चा हुने गरेका छन् । माघ २७ गतेदेखि सुरु हुने सातौं नुवाकोट महोत्सबले जिल्लालाई केही चलायमान पक्कै पार्ने छ । यस अघि भएको छैठौं नुवाकोटका महोत्सबमा जिल्लाको पहिचान हुने र पहिचानको रुपमा विकास गर्न सकिने मौलिकताको कमी देखिएको थियो । केही विषय र उत्पादनले प्रवेश पाएको थियो त्यस बेलाको महोत्सवमा, तर नुवाकोटलाई चिनाउन सक्ने खासखास कुराहरू के के हुन् र ति अनिवार्य रुपमा कसरी सहभागि गराउन सकिन्छ, प्रर्दशन गराउन सकिन्छ भनेर आयोजकले ध्यान दिएकै देखिएन । जसले गर्दा छैठौं नुवाकोट महोत्सवले आफ्नो नाम अनुसारको ओज ग्रहण गर्न सकेको थिएन । त्यसबाट आयोजकले पाठ सिक्नु जरुरी छ र सातौं संस्करणमा सुधार होस् । 

२०७९ साल माघ ९ गते । वर्ष:१६ अंक:१५