Monday, February 13, 2023

 

सातौं नुवाकोट महोत्सव

नुवाकोट महोत्सव जारी

सातौं नुवाकोट महोत्सवको शुक्रवार आयोजित उद्घाटन समारोह

पिपलटार । नुवाकोट महोत्सवको सातौं संस्करण विदुर नगरपािलका वडा नं. ५ पिपल्टारमा जारी रहेको छ । शुक्रवार (माघ २७ गते) बाट सुरु भएको सातौं नुवाकोट महोत्सव १३ दिन (फागुन १० गते) सम्म जारी रहने छ । यस पटक महोत्सको नारा ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बद्र्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवद्र्धन’ राखिएको छ । 

शुक्रवार महोत्सवको उद्घाटन नुवाकोटबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले गरे । सातौं नुवाकोट महोत्सवको समापन भने फागुन १० गते नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा नुवाकोटबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले गर्ने छन् । 

शुक्रवार महोत्सवको उद्घाटन गर्दै अर्जुननरसिंह केसीले नुवाकोटमा औद्योगिक क्षेत्र स्थापनाको सम्भावना रहेको भएपनि जग्गा अभाव हुन थालेको बताएका छन् । केसीले पाँच सय रोपनी जग्गा जुटेमा नुवाकोटमा औद्योगिक क्षेत्र स्थापना गर्न आफु लागिपपर्ने बताएका छन् । 

उद्घाटन समारोहमा बोल्दै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले महोत्सवमा स्थानीय उत्पादनका स्टललाई निःशुल्क र जिल्लाका व्यवसायीले राख्ने स्टललाई २० प्रतिशत छुटको व्यवस्था गरिएको बताए । जिल्लाको समग्र विकासका सम्भावनालाई उजागर गर्दा परम्परागत कला र संस्कृतिको जगेर्ना व्यवसायिक कृषि, जलविद्युत, पर्यटन, हस्तकला एवं व्यापार व्यवसायलाई प्रवद्र्धन गरी जिल्लामा आर्धिक तथा लगानीमैत्री वातावरणको सिर्जना तथा ब्राह्य लगानीलाई आकर्षण गर्ने महोत्सवको आयोजना गरेको संघका महासचिव कृष्णप्रसाद अधिकारीले बताएका छन् । 

महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६० र ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्तलाई सरकारले जारी गरेको परिचयपत्रको आधारमा निःशुल्क गरिएको संघको द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिएका छन् । 

जिल्लामै उत्पादित घरेलु सामाग्रीदेखि लघु उद्यमीले उत्पादन गरेका सामाग्रीहरूलाई प्राथमिकतामा राखिएको उनले बताए । महोत्सवबाट पाँच करोड रुपैयाँको कारोबार हुने संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिएका छन् । 

जिल्ला समन्वय समिति नुवाकोट सहित जिल्लाका १२ वटै स्थानीय तह नुवाकोट महोत्सवको सहआयोजक रहेको छ । महोत्सव नारायणी फेयर एक्जिबीसन नेपालको व्यवस्थापनमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्ड प्रबद्र्धक छन् । 

२०४५ सालमा स्थापना भएको संघले ०६३ मा पहिलो महोत्सव गरेको थियो । यसपटकको महोत्सवस्थल अहिलेसम्मकै ठूलो रहेकाले पार्किङ, दर्शकदीर्घा, स्टल क्षेत्र फराकिलो रहेको छ । महोत्सवस्थलमा ६० हजारभन्दा बढी दर्शक एकैपटक प्रवेश गर्न सक्ने र अट्न सक्ने व्यवस्थापन गरिएको छ । 

यस कारण आउनुहोस् नुवाकोट महोत्सवमा

ताराबहादुर कार्की

ताराबहादुर कार्की

अध्यक्ष, नुवाकोट उद्योग वाणिज्य संघ 

नुवाकोट उद्योग वाणिज्य संघ ०४५ सालमा स्थापना भएको हो । संघले ०६३ सालदेखि मेलाको आयोजना गर्दै आइरहेको छ । संघले यसअघि ६ पटकसम्म महत्वपूर्ण मेला तथा महोत्सव गरिसकेको छ । 

यो महोत्सवले उद्योग, व्यापार, कृषि, पर्यटनलगायतको क्षेत्रमा महत्वपूर्ण टेवा पु¥याउँछ भन्ने हाम्रो ठम्याइ छ । गाउँघरमा रहेका विभिन्न कृषि उपजको प्रदर्शनी, कुना–कुनामा लुकेका प्रतिभा प्रस्फुटन गर्नका साथै विभिन्न धर्म, संस्कृतिलाई पनि उजागर गर्नमा यो मेला फलदायी हुने अपेक्षा गरेका छौँ । मेलाले सर्वपक्षीय हित र प्रवद्र्धन गर्नेमा हामी विश्वस्त छौँ । यो मेला हाम्रो मात्रै नभई नुवाकोट जिल्लाकै एउटा महोत्सव हो ।

सातौं नुवाकोट महोत्सव जारी रहेको छ । महोत्सवमा तीन सयवटा स्टल छन् । महोत्सवमा कृषि, व्यापार, उद्योग, पर्यटनलगायतका सबैखाले स्टल राखिएको छ । साना व्यवसायी पनि धेरै मेलामा समेटिनुभएको छ । मेला अवधिभर करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । स्थानीय सरकारले पनि हामीलाई धेरै सहयोग गरेका छन् । सुरक्षा निकायबाट पनि हामीले ठूलो सहयोग पाएका छौँ । यसमा सबैतिरको साथ र सहयोग पाइरहेका छौँ । सबै उद्योगी–व्यवसायी र जिल्लावासीको साथ रहेको छ । स्थानीय सरकार, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसहित सबै तह र तप्काका मानिसले मेला सफल बनाउन सहयोग गरिरहेका छन् । यसबाट हामीलाई थप हौसला मिलेको छ । 

त्यसो त, मुलुककै आर्थिक स्थिति बिग्रिरहेको अवस्थामा, उद्योगले पनि आफ्नो उत्पादन कटौती गर्दै गइरहेको अवस्थामा, बैंकको ब्याज बढ्दै गइरहेको अवस्थामा मेला, महोत्सव गर्दा प्रभावकारी हुँदैन कि भनेर चासो र चिन्ता हुनु स्वाभाविक हो । तर, वर्तमान अवस्थामा मुलुकको गहिरिँदो आर्थिक संकटलाई टार्नका लागि महोत्सव प्रभावकारी हुनेमा हामी विश्वस्त छौँ । किनभने महोत्सवमा जिल्ला तथा जिल्लाबाहिरबाट धेरै मानिस भेला हुन्छन्, आर्थिक कारोबार चलायमान हुन्छ र वस्तु तथा सेवाको खरिद–बिक्री बढ्छ । जसले गर्दा केही हदसम्म भए पनि आर्थिक स्थिति सुधारमा महोत्सवले टेवा पु¥याउँछ । 

महोत्सवमा बाहिरी जिल्लाबाट पनि धेरै दर्शक र ग्राहक आउँछन् । जसले गर्दा स्थानीय व्यवसायी, व्यापारीले प्रत्यक्ष लाभ लिन सक्दछन् । मेलामा टिकट काटेर अवलोकनका लागि छिरिसकेपछि हामीले विभिन्न सेवा पनि उपलब्ध गराउँछौँ । महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६० र कलेज तथा विद्यालयको समूह आउँदा प्रतिविद्यार्थी ५० रुपैयाँ र ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तलाई परिचयपत्रको आधारमा निःशुल्क गरिएको छ । टिकट काटेर भित्र छिरेपछि निःशुल्क स्वास्थ्य शिविरदेखि हामीले विभिन्न मनोरञ्जनका कार्यक्रमसमेत जोड्ने गर्दछौँ । जसका कारण दर्शकले सस्तो मूल्यमा वस्तु र सेवा प्राप्त गर्न‘का साथै विभिन्न निःशुल्क सेवासमेत प्राप्त गर्न सक्नेछन् । यस वर्षको मेला विगतको भन्दा झनै विशिष्ट हुनेमा हामी विश्वस्त छौँ ।

मूल्यको एकरूपता र गुणस्तरीयताको सवालमा हामी एकदमै सचेत छौँ । हामीले स्टल बिक्री गर्ने क्रममा पनि होटेल तथा अन्य सेवाका स्टललाई मूल्य र गुणस्तरीयतामा ख्याल गरेका छौं । विशेषगरी खाना, खाजा र अन्य स्टलमा हामीले वस्तु र मूल्यको मूल्यसूची नै टाँस्न अनिवार्य गर्न लगाएका छौं । विगतमा पिउने पानीको मूल्यसमेत चर्को परेको भन्ने गुनासोको आधारमा हामीले पिउने पानीको मूल्य मेला स्थलभर एकैप्रकारको हुने गरी व्यवस्थापन गरेकाछौँ । घरलु सामग्री, हस्तकलाको सामग्रीको बिक्रीमा पनि बजारभन्दा कम मूल्यमा बिक्री गर्न सचेत गराएका छौँ । स्थानीय लघु, घरेलु उत्पादनका स्टल निःशुल्क गरेका छौँ । कानुनअनुसार राजस्व तिरेर मात्र व्यापार गर्न आग्रह गरिएको छ । राजस्व कार्यालयलाई पनि अनुगमन गर्न आग्रह गरेका छौँ ।

पहिले–पहिलेको मेलामा बाहिरबाट मात्र व्यवसायी आउँछन् । घुमन्ते व्यवसायीले मात्र व्यवसाय गर्न आउँछन् भन्ने मान्यता थियो । यस वर्ष हामीले त्यस कुरालाई चिरेका छौँ । हामीले महोत्सवमा स्थानीय व्यवसायी, उद्योगीलाई स्टल राख्न धेरै प्रेरित गरेका छौँ । केही उद्योगका स्टललाई निःशुल्क पनि गरेका छौँ । स्थानीय उद्योगी–व्यवसायी तथा घरेलु सामान उत्पादक तथा वितरकले मेलाबाट धेरै फाइदा लिन सक्ने स्थितिको सिर्जना गरेका छौँ । यहाँका उद्योगलाई पनि मेलामा प्रदर्शनी गर्न तथा व्यवसाय प्रवद्र्धन गर्न धेरै सहुलियत र प्रोत्साहन गरेका छौँ ।

रजनी र ज्ञानुको महोत्सव प्रतीक्षा

ज्ञानु तामाङ र रजनी थापा

विदुर । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहेकी छिन् । २०७२ सालदेखि विदुर नगरपालिका–९ स्थित कोलोनीमा उद्योग सञ्चालन गर्दै आएकी उनले जिल्लामा हुने हरेक मेला महोत्सवमा बिक्री कक्ष लिन्छिन् । महोत्सवबाट हुने आम्दानीले उद्योग सञ्चालन गर्न थप हौसला मिल्ने गरेको तामाङको भनाई छ । 

‘उद्योग सञ्चालनमा आएको सुरुवाती चरणमा मासिक एक लाखदेखि डेढ लाखसम्म रुपैयाँ आम्दानी हुने गरेको थियो । अहिले ५० हजार रुपैयाँ आम्दानी हुन मुस्किल छ’, उनले भनिन्, ‘जिल्लामा सञ्चालित महोत्सवले मेरो उद्योगलाई ठुलो राहत पुग्ने गरेको छ । महोत्सवबाट ढाकाको झोलाले राम्रो बजार पाएर उत्साहित हुन्थे । महोत्सवको समयमा रातभरि झोला बुनेको सम्झँदा आनन्द लाग्छ ।’

कोलोनीमा नै रजनी थापाले कुसन तथा गुडिया बनाउने उद्योग सञ्चालन गर्दै आएकी छिन् । उत्पादित कुसन तथा गुडियाले उद्योगबाटै बजार पाइरहेको छ । उद्योग सञ्चालन गर्न‘को साथै उनी नै तालिम दिनलाई गाउँ बस्तीसम्म पुग्छिन् । रजनी हस्तकला उद्योगबाट उत्पादित कुसन गुडिया हो । उनले भनिन्, ‘जिल्लामा हुने सबै मेला महोत्सवमा मैले बनाएको कुसन तथा गुडिया प्रदर्शन र बिक्रीको लागि राख्ने गरेकी छु । व्यापार चित्त बुझ्दो नै हुन्छ ।’ मेरो उद्योगमा उत्पादित सामग्रीलाई बजारको खासै समस्या छैन । सामग्री उत्पादन गर्न मेला महोत्सवले उत्साह र जाँगर थपिदिन्छ ।

विदुर नगरपालिका–१२ मा ‘ज्ञानु क्याण्डी उद्योग’ सञ्चालन भइरहेको छ । २०७२ सालमा लप्सीको परिकार बनाउने तालिम लिएर उद्योग सञ्चालन थालनी गरेकी ज्ञानु तामाङलाई महोत्सवले नै व्यवसायीको रूपमा परिचित गराएको हो । ‘व्यवसाय सञ्चालन गरेको सुरुवाती वर्षमा लगानी उठ्न मुस्किल हुन्थ्यो । बजारको समस्या थियो । बजार चिन्ने मौका मलाई महोत्सवले नै दिएको हो’, उनले भनिन्, ‘साना ठुला केही कार्यक्रम हुँदा पनि प्रदर्शनीमा राख्न प¥यो तपाईँको उद्योगको उत्पादन भनेर जानकारी आउने गरेको छ । हाल बजारको खासै समस्या छैन । मागअनुसार उत्पादन गर्न भने मुस्किल छ ।’

लाखे नाच प्रतियोगिता हुने

पिपल्टार । सातौँ नुवाकोट महोत्सवमा बुधवार (फागुन ३ गते) जिल्लास्तरीय लाखे नाच प्रतियोगिता आयोजना गरिएको छ । पिपलटारमा हुने महोत्सवमा जिल्लाभर रहेका लाखे संस्कृतिको सम्बद्र्धनको लागि प्रतियोगिता आयोजना गर्न लागिएको लाखे नाच प्रतियोगिता उपसमितिका संयोजक तथा नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए । 

लाखे नाच लगायतका अमूर्त सम्पदाहरूको सांस्कृतिक धरोहरको रुपमा रहेको चाडवर्पहरूलाई जिवन्त राख्नुपर्ने हाम्रो दायित्व भएका कारण पनि लाखे नाचको आयोजना गरिएको उनले बताएका छन् । नेवार समुदायमा विभिन्न प्रकारका लाखे नाचहरू नाचिन्छन् । त्यसको पहिचान र नुवाकोट महोत्सवको प्रबद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन आगमनको लागि समेत टेवा पुग्नेछ बताइएको छ । एक दिने सञ्चालन हुने प्रतियोगितामा पहिलो हुनेले २५ हजार रुपैयाँ, दोस्रोले १५ हजार र तेस्रोले ११ हजार नगद पुरस्कार प्राप्त गर्ने उनले जानकारी दिएका छन् ।

लोप हुँदै गएको लाखे संस्कृति जोगाउन र नयाँ पुस्तालाई सभ्यताको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताएका छन् । लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वका अवसरमा लाखेको मुखुण्डो पहिरिएर गरिने परम्परागत नृत्य हो ।

छिटो कुद्नेमा दिपक र दिव्या

नुवाकोट महोत्सवको पुर्वसन्ध्यामा भएको दौड प्रतियोगिता

विदुर । सातौँ नुवाकोट महोत्सवको पुर्वसन्ध्यामा भएको दौड प्रतियोगितामा दिपक घले र दिव्या लामा सबै भन्दा छिटो कुदेर उपाधी हात पारेका छन् । महोत्सवको प्रचारका लागि आयोजक नुवाकोट उद्योग बाणिज्य संघले खुल्ला दौड प्रतियोगिता आयोजना गरेको थियो । बिहिबार भएको खुल्ला दौड प्रतियोगिताको पुरुषतर्फ भएको दौडमा दिपक घले प्रथम भए । सुजन तामाङ दोस्रो, संजोग कोइराला तेस्रो भए । महिलातर्फ उपाधि दिव्या लामाले जितेकी छिन् । सुप्रिया श्रेष्ठ दोस्रो र पार्वती प्रधान तेस्रो भईन् । विजयी प्रतियोगीहरूलाई नुवाकोट महोत्सव समारोहको एक कार्यक्रमका बीचमा पुरस्कार प्रदान गरिने नुवाकोट उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिएका छन् ।

जनातीले देखे कुप्रोहजुरबाको बिहे

१०३ वर्षीय विलप्रसाद पौड्याल र १०० वर्षका दिपकुमारीको विवाह

चौघडा । नुवाकोटमा गएको हप्ता जनातीले हजुरबा र हजुरआमाको बिबाह देख्ने अवसर पाएका छन् । लिखु गाउँपालिका वडा नं. ४ चौघडाका १०३ वर्षीय विलप्रसाद पौड्यालको विवाह उनको जनताी (पाँचौ पुस्ता) ले देखेका हुन् । उनले आफ्ना ६ छोरा, एक छोरी, ११ नाति, २२ नातिनी, ४९ जना पनाति, पनातिनी, एक जनातीसमेत गरी १०८ जना सन्नतीकै अगाडि विवाह गरेका हुन् । 

तर उनको दोस्रो, तेस्रो वा अन्य विवाह नभई धार्मिक मान्यता अनुसार आफ्नै धर्मपत्नीसंग दोस्रो विवाह भएको हो । एक सय वर्ष पुगेपछि पुर्नविवाह गर्न‘पर्ने हिन्दू धर्म अनुसार पुर्नविवाह भएको परिवारले जनाएको छ । विलप्रसादले आफ्नै घरमा आयोजित विवाह समारोहमा आफ्नी धर्मपत्नि १०० वर्षीया दिपकुमारी देवकोटा (पौड्याल) सँग पुर्नविवाह गरेका हुन् ।

दुवै जनालाई पुरोहित रामशरण खतिवडाले पुर्नविवाह गराइदिएका हुन् । गाउँकै अगुवा वृद्धवृद्धाको पुर्नविवाहले रोचकता सिर्जना गरेको स्थानीय युवा रामचन्द्र अगस्तीको भनाइ छ । विवाह सकिएपछि गाउँलेहरूलाई बोलाएर बहुभतेर (भोज)समेत खुवाइएको थियो । विसं १९७७ साल साउन १७ गते जन्मेका वृद्ध विलप्रसादले १४ वर्षको उमेरमा दिपकुमारी देवकोटासँग हिन्दू परम्पराअनुसार विवाह गरेका थिए । अहिले दिपकुमारी पनि १०० वर्ष उमेर कटेका कारण पुर्नविवाह गरेका हुन् ।

आयोजना निरीक्षणमा ईयूको उच्चस्तरीय टोली

ईयूको उच्चस्तरीय टोली कुलमान घिसिङ कार्यक्षेत्रमा ।

विदुर । युरोपेली युनियन (ईयू) को उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । 

युरोपेली युनियनको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले गएको सोमवार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो । 

आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङ्गो गाउँपालिकामा रहेको थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेसीमा २२०/१३२/३३ २२०/१३२/३३ केभीको क्रमश : चिलिमे हब र त्रिशुली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् । साथै, चिलिमे हबदेखि त्रिशुली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ ।

अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू) को अनुदान रहेको छ । 

युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (ईआईबी) को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ । युनियनको उच्चस्तरीय टोलीले त्रिशुली थ्री बी हब सबस्टेसन र रसुवाको उत्तरगया गाउँपालिका– २ मा रहेको डाँडागाउँमा निर्माणाधीन प्रसारण लाइनको निरीक्षण गरेको थियो । टोलीले नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन, निर्माणमा सम्लग्न परामर्शदाता र ठेकेदारका प्रतिनिधिहरूसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मितिका विषयमा छलफल गरेको थियो ।

टोली प्रमुख पिटरिस अस्टसले आयोजना निर्माणले पछिल्लो समय गति लिएको र अहिलेसम्मको प्रगति सन्तोषजनक देखिएको उल्लेख गरेको उक्त टोलीसँगै स्थलगत निरीक्षणमा गएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । 

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भिरैभिर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको थियो । 

अहिले निर्माणले गति लिएको छ । ‘निर्माणमा केही ढिलाइ भएकोमा उहाँहरूले विगतमा चासो र चिन्ता व्यक्त गर्दै आउनु भएको थियो, तर निरीक्षण भ्रमणका क्रममा कामले गति लिएर उल्लेख्य प्रगति हासिल गरेको र भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा आयोजनाको काम भइरहेको देखेर टोलीले खुसी व्यक्त गर्दै यसको प्रशंसा गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने । उनले थने– ‘युरोपेली युनियनले ईआईबीमार्फत् नेपालको जलविद्युतको उत्पादन, प्रसारण र वितरणमा ठूलो लगानी गर्न खोजेको छ, ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सहवित्तीयकरणमार्फत् लगानी गर्न इच्छा व्यक्त गरेको छ, युनियनका अधिकारीहरू चिलिमे–त्रिशुली प्रसारण लाइन निर्माणमा प्रगति देखिएपछि अन्य थप आयोजनाहरूमा लगानीका लागि सकारात्मक देखिएका छन् ।’

लाइनका अतिरिक्त १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका जिल्लाहरूमा विद्युतीकरणका लागि सहुलियतपूर्ण ऋण प्रवाह गरेको छ । केएफडब्लूले नुवाकोट र रसुवामा विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण र सौर्य ऊर्जाका लागि अनुदान उपलब्ध गराएको छ । त्रिशुली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो । आयोजनाको समग्र भौतिक प्रगति ८१ प्रतिशत रहेको छ । त्यसमध्ये प्रसारण लाइन र सबस्टेसनको निर्माण प्रगति क्रमश : ७१ र ७० प्रतिशत रहेको छ । प्रसारण लाइन र सबस्टेसनहरूको निर्माण आउँदो चैतभित्र सक्ने लक्ष्य राखेर धमाधम काम भइरहेको छ ।

प्रसारण लाइन निर्माणमा करिब तीन सय जना, चिलिमे हब सबस्टेसनमा ९० जना र त्रिशुली थ्री बी हबमा १६० जना श्रमिक परिचालित छन् । कार्यकारी निर्देशक घिसिङले श्रमिकको संख्या थप गरी टावरको जग हाल्ने, खडा गर्ने, तार तान्ने, सबस्टेसनका उपकरणहरू जडान गर्ने लगायतका सबै कामहरू समानान्तर रुपमा अगाडि बढाउन निर्देशन दिएका छन् । दुवै सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जीआईएसलगायतका महत्वपूर्ण उपकरणहरू आयोजना स्थलमा ल्याइसकिएको छ । यता प्रसारण लाइनका टावर, कन्डक्टरलगायतका सम्पूर्ण उपकरणहरू निर्माण स्थलमा आपूर्ति भइसकेको छ । अहिले सबस्टेसनहरूमा उपकरणहरू जडान र बाँकी रहेका सिभिल संरचना निर्माण भइरहेको छ ।

कुल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ वटा टावरहरूमध्ये ४४ वटाको जग हालिएको छ । १३ वटा टावरहरूको आंशिक जग हालिएको छ । १५ वटा टावरको जग हाल्न खन्ने तथा ढलाइनको काम भइरहेको छ । २९ वटा टावर खडा गरिएको छ । खडा गरिएका टावरमा तार तान्न मुख्य ठेकेदारले सहायक ठेकेदारसँग सम्झौता गरिसकेको छ । तार तान्न छिट्टै सुरु हुने छ । तत्काल १० किलोमिटर तार तान्न सकिन्छ । 

आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीजले अहिले निर्माणमा तीव्रता दिइएको उल्लेख गर्दै चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखेर काम भइरहेको छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङ्गाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ सालको पुस महिनामा कार्यान्वयनमा आएको थियो ।

आधुनिक बन्दै त्रिशुली जलविद्युत

कुलमान घिसिङ, दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोली त्रिशुली जलविद्युत केन्द्रको त्रिशुली स्थित उत्पादन गृहमा गत हप्ता पुर्नस्थापना कार्य अनुगमन गर्दै । 

त्रिशुली । नेपाल विद्युत प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका–९ त्रिशुली बजारस्थित २४ मेगावाटको त्रिशुली जलविद्युत केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ । २०२३ सालबाट सञ्चालनमा रहेको विद्युतगृहका उपकरणहरू पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चउरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरिएको हो ।

करिब ७५ करोड रुपैयाँ अनुमानित लागत रहेको जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत, विद्युत गृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणहरूलाई आधुनिक तथा स्वचालित बनाइने छ । करिब चार सय रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवालाई हटाएर त्यसको पुर्नस्थापनाको काम सुरु गरिएको छ । साथै जलाशयको दायाँ किनारतर्फबाट ५० क्युमेक पानी बहाव क्षमताको एक हजार दुई सय मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ । अहिले यही बाइपास नहरमार्फत विद्युत उत्पादन भइरहेको छ । विद्युत उत्पादन बन्द नगरी जलाशयमा भरिहेको माटो, बालुवा निकाल्ने काम जारी छ ।

गत वैशाखबाट सुरु भएको जलाशयको पुर्नस्थापना यही फागुनभित्रमा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । विद्युतगृहलाई स्वचालित बनाउने काम भने एक वर्षभित्रमा सम्पन्न हुने छ । यसका लागि ठेक्का सम्झौता भई केही उपकरणहरू उत्पादनको क्रममा रहेका छन् भने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरू केन्द्रस्थलमा आपूर्ति भइसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले पुर्नस्थापना कार्यको अनुगमन भ्रमण गरी तोकिएको समयमा सम्पूर्ण काम सक्न निर्देशन दिएको छ ।

जलाशयको पुर्नस्थापना भएपछि विद्युतगृहलाई विद्युतको माग बढी हुने समय (पिक)मा दैनिक रुपमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिने छ । हिउँदमा पिकिङको लागि पाइपास नहरबाट र जलाशयमा सञ्चित गरिएको पानी प्रयोग गरी विद्युत उत्पादन गर्न सकिने छ । वर्षायाममा जलाशयलाई प्रयोगमा नल्याइने, खहरे खोलाहरूबाट आउने लेदोलगायतलाई रोक्न संरचना निर्माण गरिएको हुँदा विगतमा जस्तो बालुवा, माटो भरिन नपाउने उल्लेख गर्दै केन्द्र प्रमुख बाबुराजा महर्जनले यसले गर्दा जलाशयको सञ्चित क्षमता गुम्न नपाउने बताए।

विदुर नगरपालिकाले जलाशय वरिपरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना तयार गरेको छ । जलाशयमा डुङ्गा चलाउने, खाली जग्गामा पैदलमार्ग तथा बँगैचा निर्माण गर्नेलगायतका योजना नगरपालिकाको छ । 

भारतीय अनुदानमा त्रिशुली जलविद्युत आयोजनाको निर्माण गरिएको हो । अर्धजलाशययुक्त त्रिशुली जलविद्युत केन्द्रबाट वार्षिक रुपमा १६ करोड ३० लाख युनिट विद्युत उत्पादन हुने गरी डिजाइन गरिएको छ । गत आर्थिक वर्ष (आव) २०७८/७९मा विद्युतगृहबाट १३ करोड ७१ लाख विद्युत उत्पादन भएको थियो । गत आवसम्ममा केन्द्रबाट ५ अर्ब ६९ करोड ३९ लाख युनिट विद्युत उत्पादन भएको छ ।

भारतीय रुपैयाँ १४ करोड सहयोगमा निर्माण भएको केन्द्रको सुरुको क्षमता २१ मेगावाट थियो । पछि यसको पुर्नस्थापनामार्फत क्षमता विस्तार गरी २४ मेगावाट पुर्याइएको हो । त्रिशुली जलविद्युत केन्द्रको  क्यास्केडको रुपमा १५ मेगावाटको देवीघाट जलविद्युत केन्द्र पनि सञ्चालित छ ।

एमसीसीले नगरपालिकालाई घाटा

प्रशारण लाइनको नक्साङ्कन

बेलकोटगढी । बेलकोटगढी नगरपालिका–७ रातमाटेमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को अनुदान सहयोगमा निर्माण गर्न लागिएको सवस्टेशनप्रति बेलकोटगढी नगरपालिकाले असन्तुष्टि जनाएको छ । वडा नं. ७ स्थित देवीघाट–गल्छी सडकखण्डबाट छ सय मिटरको दूरीमा पर्ने रातमाटेको चौबिसे भन्ने स्थानमा निर्माण गरिने सवस्टेशन र विस्तार गरिने प्रसारण प्रणालीले नगरपालिकालाई लाभभन्दा क्षति पुग्ने भन्दै बेलकोटगढीले असन्तुष्टि जनाएको हो ।

नगरप्रमुख जगतबहादुर गुरुङले सवस्टेशनको निर्माणले नगरको राजस्व संकलन, कृषि उब्जनीको उत्पादन, रोजगारीको अवसरलगायतमा नोक्सान पुग्ने भन्दै सवस्टेशन निर्माणसँगै नगरका लागि सहयोग कार्यक्रम आउनुपर्ने माग गरे । उनका अनुसार उक्त सवस्टेशन राख्न करिब चार सय रोपनी क्षेत्रफल जग्गा मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसिए) नेपालले खरिद गरेको छ । उक्त स्थानमा चारसय केभी क्षमताको ग्यास इन्सुलेटेड स्वीचगियर (जिआइएस) सवस्टेशन निर्माणका लागि अधिग्रहण गरिएको जग्गा अहिले खाली गर्न भनिएको छ । ‘राष्ट्रका लागि योगदान हुन्छ भनेर स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग पु-याउँदै आइरहेका छौं’, नगरप्रमुख गुरुङले भने, ‘यहाँका एक सय १४ घर परिवार बासिन्दा विस्थापित हुनुपर्ने, उनीहरूले सञ्चालन गर्दै आएको कृषि उब्जनीको उत्पादन घट्ने, उद्योग–कलकारखाना हटाउनुपर्दा रोजगारीको अवसर गुम्ने र त्यसबाट राजस्व संकलन घट्दछ । पूर्वाधार निर्माणले नगरपालिकालाई प्रतिफल केही नहुने हो भने सञ्चालनमा किन सहयोग गर्नुप-यो ?’

यसै बीच, एमसिसी कार्यक्रमअन्तर्गत प्राप्त हुने अनुदानमार्फत ऊर्जा र यातायात विकास कार्यक्रम सञ्चालन गरिने भएकाले उक्त दुवै कार्यक्रम एकै स्थानमा सञ्चालन हुनुपर्ने नगरउपप्रमुख शिवप्रसाद दाहालले बताए । ऊर्जा कार्यक्रमले निर्माण गरिने प्रसारण लाइनको निर्माण र सवस्टेशनले यहाँको बासिन्दालाई सयौं वर्षसम्म जोखिम पु-याउँछ । तर, यातायात विकासको लाभ लिन सकिने कार्यक्रम अन्यत्र लैजाँदा न्यायोचित नभएको उपप्रमुख दाहालको गुनासो छ । ऊर्जाको कार्यक्रममार्फत काठमाडौंको लप्सेफेदीबाट सुरु हुने प्रसारण लाइन नुवाकोटको रातमाटेसम्म आइपुग्ने र यहाँ निर्माण गरिने सवस्टेशनबाट एक लाइन हेटौंडामा सवस्टेशन निर्माण गरेर त्यहाँसम्म पु¥याइने छ । अर्को लाइन तनहुँ लगेर त्यहाँ निर्माण गरिने सवस्टेशन हुँदै बुटवलस्थित भारतको सीमासम्म पु-याइने उल्लेख छ ।

एमसीसीको अनुदान सहायताअन्तर्गत अमेरिकी सरकारले पाँच वर्षको अवधिमा ५० करोड डलर उपलब्ध गराउनेछ भने नेपाल सरकारको तर्फबाट १३ करोड डलर बराबरको रकम विनियोजन गर्न‘पर्ने भनिएको छ । कूल रकममध्ये प्रसारण लाइन र सवस्टेशन निर्माणमा ४० करोड डलर खर्च हुने छ । 

यातायात विकास कार्यक्रमअन्तर्गत कपिलवस्तुको चन्द्रौटादेखि लमहीहुँदै बाँके र दाङ जिल्लामा पर्ने शिवखोलासम्मको एकसय मिटर सडक स्तरोन्नतिसहितको कालोपत्रे गरिने भनिएको छ ।

ऊर्जाको कार्यक्रम सञ्चालन भएको स्थानमा नै यातायात विकास कार्यक्रम सञ्चालनको मागसहित प्रसारण लाइन र सवस्टेशनले पुग्ने नोक्सानलाई पुनःउत्थान गर्ने कार्यक्रम ल्याउन बेलकोटगढीले माग गरेको हो । हाल उक्त कार्यक्रमको सहायताअन्तर्गत सवस्टेशन निर्माणबाट प्रभावित हुने बासिन्दालाई कृषिअन्तर्गत उपलब्ध गराउन सुरु गरेको जीविकोपार्जन कार्यक्रमसमेत प्रभावहीन भएकाले संशोधन तथा परिमार्जन गर्नुपर्ने माग गरिएको छ ।

नागरिकताका लागि २५ वर्ष

जोनी जेकेले प्राप्त गरेको अंगीकृत नागरिकताको प्रमाण पत्र

विदुर । नुवाकोटमा जन्मिएका जोनी जेकेले २५ वर्षको प्रयासपछि ४२ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । 

नेपाली आमा र भारतिय बुबाबाट नुवाकोटमा जन्मिएका जोनी जेकेले नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि २५ वर्षदेखि प्रयास गर्दै आएका थिए । उनले नागरिकता प्राप्त गर्न नसकेका कारण उनका सन्तानले समेत नेपाली नागरिकताको प्रमाण पत्र पाउन सकेका थिएनन् । 

विदुर नगरपालिका–५ गँगटे स्थायी घर भएका जोनीले गत महिना जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अंगीकृत नागरिकताको प्रमाणपत्र लिएका हुन् । जोनीको जन्म नुवाकोटमै भएको हो भने उनकी आमा पनि नेपाली नै हुन् । जोनीले अंगीकृत नागरिकता प्राप्त गरेसँगै छोरा र छोरीका लागि पनि नागरिकता लिने बाटो खुलेको छ । 

जिल्ला प्रशासन कार्यलय नुवाकोटले बुधवार एक सूचना जारी गर्दै जेकेको छोरीलाई नागरिकता प्रदान गर्न लागिएकोले कुनै उजुरी वा गुनासो भए कार्यालयमा सात दिन भित्र आउन सूचित गरेको छ । एसईई परीक्षा उत्रिण गरिसकेका जोनीका छोरी जीना जेकेलाई अंगीकृत नागरिकता दिने गरी जिल्ला प्रशासन कार्यालय नुवाकोटले प्रक्रिया सुरु गरेको छ । उनको छोरीले मंगलवार नागरिकता पाउने छन् । 

उमेर ४२ वर्षको भइसकेका जोनीले २५ वर्षदेखि नागरिकताको प्रक्रिया सुरु गरेर पनि प्राप्त गर्न सकेका थिएनन् । उनले नागरिकताको प्रमाणपत्र प्राप्त नहुँदा थुप्रै तनाव व्यहोर्नुपरेको थियो । त्यसभन्दा ठूलो तनाव त जोनीले नागरिकता प्राप्त गर्न विभिन्न निकायमा धाउँदा पाएका थिए । उनले आफूले नागरिकता माग गरेको २५ वर्षपछि नागरिकता प्राप्त गर्दा खुसी व्यक्त गरे । 

‘बुस्टर डोज’ आज आउने

विदुर । कोरोना भाइरस संक्रमणविरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आज (फागुन १ गते) नेपाल ल्याइने भएको छ । सरकारलाई  ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी दिएको छ  । यसअघि गाभीले खोप पठाउने भने तापनि कुन मितिमा भन्ने यकिन भएको थिएन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले तीनपटक गरी खोप आउने बताए । उनका अनुसार पहिलो पटक फागुन १ गते र दोस्रो पटक फागुन ४ खोप आउनेछ भने तेस्रो पटकको मिति अझै तोकिएको छैन । उनले तीन पटकमा १५ लाख मात्रा खोप आउने बताए ।

छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’ ३० लाख मात्रा खोप माग गरेको हो । पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उनले बताए । गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो । छिमेकी मुलुक भारत र चीनमा बीएफ ७ नामक प्रजातिको नयाँ भेरिअन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरे पनि अहिले संक्रमण घटेको छ । अहिले संक्रमण पनि कम हुँदै गएको छ । 

अवसरको खोजी गरिरहने नेताहरू

यमकुमार खाती क्षेत्री

यमकुमार खाती क्षेत्री

जनताको हित हुने समाजलाई प्रत्यक्ष लाभ हुने किसिमको नयाँ काम गरेर देखाउने नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीलाई अवसर प्राप्त भएको छ । सिद्वान्त जिवनकालागी हो सिद्वान्त परिवर्तनका लागी हो भन्ने कुरा प्रमाणीत गर्ने विधि, पद्घती र कार्यशैली भएकाहरूले खुसी नेपाली समृद्व नेपाल निर्माण गर्न सपनाले मात्र हुदैन काम गर्ने ईच्छाशक्ती चाहिने रहेछ भन्ने हामीले प्रमाणित गर्नुपर्दछ ।

विधि पद्घती र कार्यशैली एमाले पार्टी नेतृत्वले लत्याए पालना गरेनन् त्यसैले विद्रोह गरी नेकपा एस जन्माउनु परेको भन्नेहरूले केही नेताहरूको दृष्टीकोण र बोली उच्छ्रिङ्खल देखिएको छ । बामपन्थीहरूको एकता हुनुपर्ने, विगतमा जे भयो समिक्षा गर्ने तवमात्र उपलव्धी हुन्छ अन्यथा समाप्त हुन्छौ भन्ने भनाई आउनु कस्तो सोचाई हो ?

बैचारिक रुपले सहमती नभैकन अन्य कम्युनिस्ट पार्टीहरूसँग एकता गर्नु भनेको एकतापछी फेरी फुटको विउ रोपिनु हो भन्ने कुरा अतितमा फर्केर हेर्न उपयुक्त हुन्छ । सरकारमा जान हतार गर्ने, अवसर खोजी गर्ने, शक्ती सञ्चयको काम नगर्ने पार्टी सँगठन गर्ने काम गर्दै नगर्ने सोचाई नै पलायनवादी र विसर्जनवादी चिन्तन हो ।

ईच्छापुर्ती नहुदा स्थिर रहन नसक्ने, ढुलमुले चरित्र देखाई हाल्ने र सुखमा रमाईहाल्ने यि अवसरवादी आत्मा केन्द्रीत समर्पणवादीहरूको चरित्रले आफैलाई घाटा पु-याउछ । बैचारिक सैद्धान्तिक रुपले जनतासँग सुमधुर सम्बन्ध वनाउने काम थालनी पो गर्नुपर्छ ।

शक्ति आर्जन र प्रतिष्ठाको लागी अवसर बिना काम गर्न सकिन्न भन्ने नेताहरू लाई मेरो सुझाव के छ भने हिजो एमालेमा रहदा विधि, पद्दती र पार्टी भनेको मै हुँ भन्ने केपी प्रवृत्तीको विरुद्व विद्रोह गर्दै गर्दा सबैभन्दा अघिल्लो मोर्चामा रहेर आन्दोलनका निम्ति कार्यकर्ता उक्साउने अहिले आएर गलत भ्रममा परेर एमाले भन्दा अलग रहेर पार्टी चल्दैन भन्नु, अर्थ के हो ? आफु सहरमा वस्ने पार्टी गतिविधिलाई निरन्तरता नदिने अनि कि एमालेमा फर्कनुपर्छ कि माओवादीमा विलय हुनुपर्छ भन्नु गलत हैन र ? यस्ताखाले विचार द्वैध चरित्र हुन्छ । 

सरकारमा जान लिखित प्रस्ताव नआउदा सम्म सरकारमा जान हतार गर्नु हुदैन । विद्रोहको औचित्य पनि समाप्त हुन्छ । जनता र पार्टीको हितमा प्रस्ताव आएछ भने यदी आएको छ भने पार्टीमा व्यापक छलफल गरेर जनभावना बुझेरमात्र सरकारमा जान उपयुक्त हुन्छ ।

सरकारमा गयको अवस्थामा जति सक्दो नागरिक हित अनुकुल नयाँ काम गर्न‘पर्दछ । विद्रोहबाट जन्मिएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले सरकारमा रहदा शक्तिको सदुपयोग गर्दै वैचारिक सैद्धान्तिक रुपले धेरै भन्दा धेरै कामका आधारमा जनतासंग सुमधुर सम्वन्ध बनाउनु पर्दछ । यसै बेलामा पार्टीले संगठन निर्माण गर्ने, जनसंगठनहरू बनाउने, बनिसकेका संगठन परिचालन गरी चलाएमान गराउने त्यस अवसरको सदुपयोग गरी एमालेबाट विद्रोह गर्नुपरेको कारण स्पस्ट पार्ने कामलाई तिव्रता दिनुपर्दछ ।

विचार मिल्ने पार्टीहरूसंग सहमती भएका दलहरू बीच वडा स्तर बाटै एकताको प्रकृयालाई निरन्तरता दिनु पर्दछ । हिजो पार्टी निर्माण हुँदाको अवस्थामा कार्यकर्ता नेताहरूलाई योग्यता क्षमता पार्टीमा काम गरेको निरन्तरता नहेरी हिजोका पुराना कार्यकर्ता र नेता भन्दै जिम्मेवारी तोकिदिँदा पार्टी काम अवरोध भै संगठन अगाडी बढेको छैन । योग्यता क्षमता पार्टीमा काम गरेको निरन्तरता नहेरी जिम्मेवारी दिन हुदैन, पुन पार्टीले जिम्मेवारी दिदा धेरै कुरामा ध्यान जानु जरुरी छ ।

छिन् छिनमा आफ्नुअनुकुल अनुसार वक्तव्य दिने, सही समयको सदुपयोग नगर्ने र अनुशासनको पालना नगर्नेहरूलाई दण्डित गर्ने परीपाटीको कडाईका साथ पालना गर्नु पर्दछ । पार्टी बैठकमा आलोचना आत्मालोचना गरिने परिपाटीको थालनी गर्न ढिला भैसकेको छ । आलोचना आत्मालोचनालाई व्यवस्थित गर्नु पर्दछ । तल्ला कमिटीहरूमा जिम्मेवारी दिएका कामको रिपोटिङ नगरहेको अवस्थालाई परिवर्तन गरी रिपोटिङ लिने दिने व्यवस्था कडाईका साथ गर्नुपर्दछ ।

निर्वाचनमा जान डराउने, पार्टी भित्र वसेर छलफल नगर्ने, पार्टीका नेताहरूको आलोचना गर्ने, आप्mनो कर्तव्यको पालना नगर्ने तर जताततै कुन्ठा पोख्ने, असन्तोष व्यक्त गर्नेे परिपाटीको अन्त्य गर्नुपर्दछ । पार्टीले नेताहरूलाई पूर्ण जिम्मेवार वनाई जिम्मेवारी दिएर योजना सहित अगाडी जानुपर्ने आवश्यकता देखिएको छ ।

देशमा वेथिति किन भयो ? नेता गलत किन भए ? पार्टीहरू गलत किन भए भने जस्ता जनगुनासो बढिरहेको अवस्थामा सार्वभौम सत्ता जनतामा निहित भएको सम्वैधानिक व्यवस्थामा पार्टीगत र बैचारिक रुपमा नै २०७७ फागुन २३ को नेकपा विघठन भए देखिनै यो प्रश्न उठिरहेको छ ।

विनासकाले विपरित बुद्धी भनिने उखानलाई सत्य साबित गर्दै २०७७  फागुन २८ गते एमालेका बाले आप्mनो समूहको मात्र बैठक राखेर कम्युनिस्ट पार्टीको धज्जी उडाएका थिए । नीति हैन नेता प्रधान हुने प्रावधान साबित गरिदिनुभयो । ति परिपाटी स्थापना गर्नु एमालेका निम्ति दुर्भाग्य थियो । विद्रोह गर्न केपीले हामीलाई बाध्य बनाए ।

चैत महिनाको ४ र ५ गते केपीका उद्दण्ड शैलीलाई विधि र पद्धती भित्र ल्याउन र कम्युनिस्ट पार्टीमा नेता हैन नीति प्रधान हुने कुरा सम्झाउन राष्ट्रिय कार्यकर्ता भेला भयो । भेलाले नेतृत्वलाई सच्चिन आग्रह ग¥यो । आग्रह गरिएका सुझावलाई पूर्वाग्रही भएर सबैलाई कार्वाहीको डण्डा चलाईसकेपछी घर न घाटको हुनु भन्दा केपी प्रवृती सच्याउन २०७८ भदौ २ गते पार्टी पूनर्गठन गरिएको हामीले भुलेका छैनौ ।

२०७५ जेठ २ गते नेपाल कम्युनिस्ट पार्टी–नेकपा जन्मदा नेता कार्यकर्तामा जुन उत्साह र खुसी थियो जनताले जित्ने पार्टी वनेकोमा सवैमा अतिनै हर्षले पार्टी काममा लाग्ने उमँग भरिएको थियो । यो उत्साह र खुसीलाई नेतृत्वका कारण व्यक्तीवादी चरित्र हावी हुनाले हाम्रो मार्गदर्शन सिदान्त माक्र्शवाद लेनिनवादलाई एउटा कुनामा थन्क्याउने काम भयो अन्तमा गएर पार्टी नै विघठन भयो ।

एमाले दक्षिणपन्थी विसर्जनवादमा भासिनपुग्यो । जति कोशिष गरे पनि पार्टी वैचारीक रुपमा फर्कने अवस्था भएन भन्ने कुरा प्रमाणीत गर्न अव हामीले पुन गल्ती दोहो-याउन हुदैन, गल्ती सच्याई कुन कुरा गर्दा कहाँ के कति असर पर्छ हेक्का राखेर मात्र वोल्नु पर्दछ । पार्टीहरूमा वैचारिक रुपले सहमती नभैकन अन्य पार्टीहरूसँग एकता गर्न हानिकारक हुन्छ । सबै कुरामा मसिनुसंग छलफल गरि तल देखी माथीसम्म सहमती गरेर एकता प्रकृया अगाडी वढाउनु पर्दछ । (लेखक नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य हुन् । –सम्पादक) 

खराब स्कुललिङका कारण भ्रष्टाचार

आयुक्त जयबहादुर चन्द

विदुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले स्कुललिङमा खराबी भएकाले भ्रष्टाचार बढेको बताएका छन् । 

अख्तियार अनुसन्धान आयोगको कार्यालय हेटौंडाले गएको बुधबार नुवाकोटमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवद्र्धनमा सहकार्यसम्बन्धी जिल्लास्तरी अन्तरक्रियामा नेपालमा स्कुलिङमै खराबी रहेको भ्रष्टाचार बढेको बताएका हुन् । 

‘पोखरीमै खराबी छ । हाम्रो बस्तीमै खराबी भएको छ,’ आयुक्त चन्दले भने, ‘कुनै संस्थामा भ्रष्टाचारी निस्क्यो भने संस्था खराबी होइन ।’ भ्रष्टाचार विरुद्धको समाज बनाउन सबै लाग्नुपर्ने उनले बताए । 

उनले नदीजन्य पदार्थको उत्खननले भ्रष्टाचार भएकोमा चिन्ता व्यक्त गरे । तोकिएको मापदण्डविपरीत उत्खनन गर्ने कार्य भएको उनको भनाइ थियो । ‘तोकिएको क्षेत्रभन्दा बढी र तोकिएको परिणामभन्दा तमाम बढी राज्यको दोहन गरिएको छ,’ उनले भने । आयुक्त चन्दले वैज्ञानिक तरिकाले कति परिमाणमा झिक्न मिल्छ त्यही अनुसार गर्न सुझाए । 

आयोगका सहन्यायाधिवक्ता पुण्यप्रसाद पाठकले भ्रष्टाचारको अवस्था, नियन्त्रण, नियन्त्रणको संवैधानिक व्यवस्था, भ्रष्टाचार नियन्त्रणका लागि कानुनी व्यवस्था, भ्रष्टाचारजन्य कसुर र सजायलगायत विषयमा कार्यपत्र उल्लेख गरे । 

त्यसमा भ्रष्टाचारको कमजोर लोकतन्त्र र लोकतान्त्रिक प्रणालीहरू, महँगो निर्वाचन प्रणाली, राजनीतिक दृढ ईच्छाशक्तिको कमी, कमजोर प्रशासनिक पद्धति र संरचनाहरू, प्रशासननिक अस्थिरता र राजनीतिक हस्तक्षेप, दण्डहिनतता र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले भ्रष्टाचार बढेको उल्लेख छ ।

आर्थिक वर्ष २०७८/७९ मा आयोगमा १२ हजार ३ सय र मातहत कार्यालयहरूमा १२ हजार ३१ वटा भ्रष्टाचारको उजुरी गरी जम्मा २४ हजार ३३१ उजरी परेको आयोगले जनाएको छ । 

जसमध्ये ८ हजार ९३ उजुरीहरू आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएका छन् । १६ हजार २३८ उजुरी आर्थिक वर्ष २०७८/०७९ मा थप भएका थिए । आर्थिक वर्ष २०७८/७९ मा कुल २४ हजार ३३१ उजुरी छन् । त्यसमध्ये १७ हजार १६९ उजुरी फर्छ्यौट भएका छन् । प्रारम्भिक छानबिनबाट ५ हजार ३०२ उजुरी तामेलीमा राखिएको आयोगले जनाएको छ ।

अख्तियार अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख नरहरि घिमिरेले पनि कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । उनले पारदर्शिता, जवाफदेहिता, सदाचारयुक्त संस्कृति एवं आर्थिक अनुशासनमा जोड दिए ।

तस्बिर समाचार

नुवाकोटको तारकेश्वर गाउँपालिकाको निर्माणधिन प्रशासनिक भवनको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी । तीन महिनादेखि तारकेश्वर गाउँपालिकाको कार्यालय भवन निर्माण भइरहेको छ । गाउँपालिकाको बहुवर्षीय योजना अन्तर्गत १० करोड ५० लाख रुपैयाँको लागतमा भवनको निर्माण भइरहेको पालिकाकाले जनाएको छ । लिफ्टसहितको दुई तल्ले भवन २२ कोठे हुने गाउँपालिका अध्यक्ष शिव अधिकारीले बताए । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताएका छन् । गाउँपालिकाको भवनको शिलान्यास तीन महिना अघि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोटबाट निर्वाचित प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले गरेका थिए । 


श्रेष्ठ नुवाकोट रेडक्रस सभापतिमा निर्वाचित

प्रमाण पत्र ग्रहण गर्दै सभापति हरि श्रेष्ठ

विदुर । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको नयाँ नेतृत्व गएको सोमवार निर्वाचनबाट चयन भएको छ । 

जिल्ला सभामार्फत मन्त्रीसहित पाँच पदमा सर्वसम्मत र सभापतिसहित १२ पदमा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको हो । ३४ औँ जिल्लासभामार्फत भएको अधिवेशनले सभापतिमा हरि श्रेष्ठलाई निर्वाचित गरेको छ । उनले १११ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी शिव गुणीले १६ मत पाएका थिए ।

उपसभापतिमा निरञ्जन आचार्य र सुशीला चित्रकार, मन्त्रीमा उद्धव शर्मा रिजाल, उपमन्त्रीमा प्रेमप्रसाद रिमाल र उपकोषाध्यक्ष पदमा क्षेत्रबहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । कोषाध्यक्षमा नवराज सुवेदी निर्वाचित भएका छन् । उनले ९० मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी बद्रीप्रसाद त्रिपाठीले ३३ मत मात्रै पाए । यस्तै, तीनजना महिलासहित १० सदस्य पद सबै निर्वाचन प्रक्रियामार्फत चयन भएको छ । रेडक्रसको जिल्ला सदस्यहरूमा विनोदराज पाठक, रमेश गिरी, ज्ञानेन्द्र गिरी, रूपबहादुर तामाङ, केशव सुवेदी, राजकुमार भट्टराई, शंकर अमात्य, सुशीला श्रेष्ठ, निर्मला प्याकुरेल र पार्वती भट्ट हुमागाईं विजयी भएका छन् । 

नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको गएको सोमबार भएको ३४औँ जिल्लासभा शाखाको पूर्वअध्यक्ष रामप्रसाद जोशीको प्रमुख आतिथ्यता र कार्यवाहक सभापति निरञ्जनप्रसाद आचार्यको सभापतित्वमा विदुरमा सम्पन्न भएको थियो । जिल्लासभाको अवसरमा नुवाकोट जिल्लाभरबाट चयन भएका विदुर नगरपालिका– १० का बद्रीराम प्याकुरेललाई ‘उत्कृष्ट स्वयम्सेवक’ र बेलकोटगढी नगरपालिका– ८ मा रहेको कल्याणी माध्यमिक विद्यालयलाई ‘उत्कृष्ट जुनियर रेडक्रस सर्कल’ विद्यालयको रूपमा नगदसहित सम्मान गरिएको थियो । खानीगाउँ उपशाखालाई उत्कृष्ट उपशाखाको रूपमा सम्मान गरिएको छ । 

रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा सहयोग पु-याएको भन्दै रेडक्रस नुवाकोटको पूर्वसभापति स्वर्गीय सुरतबहादुर चित्रकारको नाममा स्थापना गरिएको ‘सुरतबहादुर चित्रकार स्मृति पुरस्कार’ लिखु गाउँपालिकालाई प्रदान गरिएको छ । 

    रेडक्रस नुवाकोटले जिल्लामा विपत्को समयमा परिचालन, प्राथमिक उपचार तालिम, जुरेस÷युरेस गठन र क्रियाशील गराउने, रक्तसञ्चार केन्द्र सञ्चालन, एम्बुलेन्स सेवा सञ्चालनसहित गृह मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्दै अन्तर्राष्ट्रिय मानवीय संस्थाको रूपमा प्रतिष्ठित संस्थाको छवि कायम राखेर सेवा पु-याउँदै आइरहेको छ । नुवाकोटमा रेडक्रसको २३ उपशाखा र १३७ सदस्य रहेको छ ।

रसुवामा ४० वर्ष देखि बाबुलाल नै सभापति

प्रमाण पत्र ग्रहण गर्दै सभापति बाबुलाल तामा

धुञ्चे । नेपाल रेडक्रस सोसाइटी रसुवाको सभापतिमा पुनः बाबुलाल तामाङ निर्विरोध निर्वाचित भएका छन् । उनी रसुवा रेडक्रसको अध्यक्षमा ४० वर्ष देखि निरन्तर जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित हुँदै आएका छन् । तामाङ २०४० सालदेखि हालसम्म रसुवा रेडक्रसको सभापतिमा चुनिदै आएका हुन् । गएको हप्ता धुञ्चेमा भएको रेडक्रसको २८ औँ जिल्ला अधिवेशनले तामाङको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो । 

उप–सभापतिमा निलनाथ आचार्य निर्वाचित हुँदा महिला उप–सभापतिमा देकी छोपो तामाङ निर्वाचित भएका छन् । यस्तै मन्त्रिमा चुडामणी अधिकारी, कोषाध्यक्षमा दिनेशकुमार तामाङ र उपमन्त्रिमा राजकुमार घले निर्विरोध भएका छन् । त्यस्तै सदस्यहरूमा पासाङ तामाङी, शुशिला तामाङ, सार्की तामाङ, सुर्नष तामाङ, र दशरथ देवकोटा निर्वाचित भएका छन् ।

अधिवेशने उद्घाटन समारोहमा रसुवा रेडक्रसको स्थापनाकालदेखि आजिवन सदस्य रही जीवनको अन्त्यसम्म समाजसेवामा लागेका धुञ्चेका सोनाम साङबो तामाङ र छिरिङ ग्याम्जो तामाङलाई मरणेपरान्त सम्मान गरिएको थियो । 

ऋणमुक्त हुन विनियोजन विधेयक

विदुर नगरपालिकाको १२ औँ नगरसभामा

विदुर । विदुर नगरपालिकाले हिउँदे बैठकले केही योजनाका बजेट रकमान्तर गर्दै बजेट घटबढ गरेको छ । 

नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा गएको आइतबार सम्पन्न १२ औँ नगरसभामा उपप्रमुख प्रभा बोगटीले पेस गरेको चालु आर्थिक वर्षको योजना तथा बजेटको ‘कार्यक्रम तथा बजेटको संशोधन तथा रकमान्तर विधेयक’ सर्वसम्मत पारित गरेसँगै ३३७ योजनामा बजेटको आकार परिवर्तन गरिएको हो । सो विधेयकमा यसअघि कार्यान्वयनका लागि पेस गरिएकामध्ये २३० योजनाको बजेट  रकमान्तर गर्दै बजेटको दायरा घटाइएको र १०७ योजनाको बजेटको दायरा बढाइएको उपप्रमुख बोगटीले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको ऋण तिर्न बाँकी १४ करोड रुपैयाँ हाराहारी बजेट सुनिश्चित गर्दै चालु आर्थिक वर्षमा भुक्तानी गर्न बजेटको आकार घटबढ गरिएको हो । ‘विनियोजन विधेयकमार्फत १९ करोड ५३ लाख रुपैयाँ बजेट रकमान्तर गरिएको छ’ उपप्रमुख बोगटीले भने–‘बजेटको आकार आवश्यकताको आधारमा घटबढ गरिए पनि कूल बजेटको दायरा भने यथावत् राखिएको छ ।’ विदुरले चालु आर्थिक वर्षमा अनुमानित एक अर्ब २४ करोड ८३ लाखको बजेट ल्याएको थियो ।

विदुर नगरसभा सदस्यहरूले बजेटको आकार परिवर्तन भएसँगै ऋणमा रहेको नगरलाई यसै वर्ष ऋणमुक्त हुने वातावरण सुनिश्चित गर्न, पुँजीगत बजेटको खर्च सुरु नभएकाले अब तीव्र गतिमा योजना कार्यान्वयन गर्न र स–साना योजनालाई मध्यनजर गर्दै नगरकातर्फबाट गौरवको योजना सञ्चालन गर्न सुझाव दिएका थिए । 

प्रेस चौतारीको स्थापना दिवस

कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य विन्दा ढुङ्गाना

विदुर । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा नुवाकोटले गएको आइतबार विदुरमा श्रमजीवी पत्रकारको अवस्थाबारे अन्तरक्रिया कार्यक्रम गरेको छ । 

अन्तरक्रियामा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज बिन्दा ढुङ्गानाले संघीयता कार्यान्वयन पछि स्थानीय तहमा अनियमितता र वेतिथि संस्थागत रुपमा नै विकास भएको र त्यसलाई सञ्चार माध्यमले बाहिर ल्याउन नसकेको बताए । विज्ञापनका कारण स्थानीय तहहरूको अनियमितता जिल्लाका सञ्चार माध्यमहरूमा पटक्कै नआउने गरेको भन्दै उनले पत्रकारहरूले जनताको पक्षमा कुनै पनि सम्झौता नगरी लेख्नु पर्ने बताएका छन् । निष्पक्ष र स्वतन्त्र भएर खोजमूलक पत्रकारितामार्फत नुवाकोटको विकास सम्भव रहेकोसमेत उनले बताइन् । पेशागत मर्यादामा रहेर सञ्चारकर्मीलाई कर्म गर्न सुझाव दिँदै पत्रकारितालाई व्यावसायिक रूपमा टिकाइराख्न आवश्यक ऐन, नीति, निर्माण तथा कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता उनले जनाइन् । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले राजनीतिक स्वर्थका लागि यदाकदा पत्रकारिता र सञ्चार माध्यम प्रयोग हुँदै आएको उल्लेख गर्दै पेशा गर्दा आफ्नो राजनैतिक विचार र निकट रहेको दललाई विर्सन सुझाव दिएका छन् । उनले व्यवसायिक पत्रकारिताबाट नै आफ्नो गुजारा चलाउनसक्ने अवस्था जिल्लामा रहेको भएपनि पत्रकार महासंघको सदस्यता लिनेका लागि मात्रै ‘कागजी पत्रकार’ बन्ने परम्परा नै स्थापित हुन खोजेकोमा दुःख व्यक्त गरेका छन् । 

प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय सदस्य देवचन्द्र भट्टले पेशालाई पर्यादित पार्नका लागि पत्रकारहरूको परीक्षा लिने व्इवस्था गर्न सरकारसंग आग्रह गरेका छन् । उनले पत्रकार र पत्रकारिताको नाममा हुने गैर व्यवसायीक कार्यलाई बन्द गर्न पत्रकारले समेत ‘लाइसेन्स’ लिनुपर्ने बताए । प्रेस चौतारी नुवाकोटका अध्यक्ष नवदीप श्रेष्ठले पछिल्लो समय युट्युब च्यानल चलाउने सञ्चालक र मिडियालाई आफ्नो कर्मथलो मानेर कलम चलाउने पत्रकारलाई हेर्ने प्रवृत्ति समान भइदिँदा वास्तविक श्रमजीवी पत्रकारलाई काम गर्न असहज भइरहेको बताए । 

२५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य अरुणकमार श्रेष्ठ, प्रेस सेन्टर नेपाल जिल्ला समिति नुवाकोटका उपाध्यक्ष जगदीश खनाल, आदिवासी जनजाती पत्रकार महासंघ नुवाकोटका अध्यक्ष शक्तिमाया तामाङ लगायतले स्थापना दिवसको अवसरमा शुभकामना मन्तब्य राखेका थिए । 

५ हजार मिटरका हिमाल बागमतीमा ६१ वटा

७ हजार २०५ मिटर अग्लो रसुवाको लाङटाङ । यो बागमती प्रदेशको सबै भन्दा अग्लो हिमाल हो । 

नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी. मध्ये २०,३०० वर्ग कि.मी. यस प्रदेशमा पर्दछ । पूर्वमा प्रदेश १, पश्चिममा गण्डकी प्रदेश, उत्तरमा चीन र दक्षिणमा प्रदेश २ तथा भारतसँग यस प्रदेशको सीमाना जोडिएको छ । समुद्र सतहदेखि १४१ मिटरमा रहेको चितवनको गोलाघाटदेखि रसुवा जिल्लाको ७,२०५ मिटरको उचाईमा रहेको लाङटाङ हिमालसम्म फैलिएको यो प्रदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेख भए अनुसार हिमाली क्षेत्रमा पाँच जिल्ला (धादिङ, रसुवा, रामेछाप, सिन्धुपाल्चोक र दोलखा), पहाडी दुई जिल्ला (नुवाकोट र काभ्रेपलाञ्चोक), उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) र भित्री मधेशका तीन जिल्ला (सिन्धुली, मकवानपुर र चितवन) छन् । नापी विभागका अनुसार यो प्रदेश २६० ५५’ उत्तरी अक्षांशदेखि २८० २३’ उत्तरी अक्षांशसम्म र ८३० ५५’ पूर्वी देशान्तरदेखि ८६० ३४’ पूर्वी देशान्तरसम्म फैलिएको छ ।

यस प्रदेशका १३ जिल्लामा ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी ११९ स्थानीय तह छन् । प्रदेशभित्र रहेका काठमाडौं, ललितपुर र भरतपुर तीन महानगरपालिकाहरू हुन् भने हेटौंडा एकमात्र उपमहानगरपालिका हो । 

यस प्रदेशका गाउँपालिका र नगरपालिकाको संख्या नेपालको कुल गाउँपालिका र नगरपालिका संख्याको १५.८० प्रतिशत छ । काठमाडौ र भक्तपुर जिल्ला गाउँपालिका विहिन छन् भने रसुवा जिल्लामा नगरपालिका छैन । नेपालका गाउँपालिका र नगरपालिकाको कुल जनसंख्या मध्ये यस प्रदेशको गाउँपालिका र नगरपालिकाको जनसंख्याले २०.७४ प्रतिशत ओगट्छ । काठमाडौका स्थानीय तहले कुल प्रदेशको स्थानीय तहका जनसंख्याको ३१.२२ प्रतिशत ओगटछ । यसैगरी भूगोलमा सवभन्दा धेरै मकवानपुरको ११.७६ प्रतिशत छ ।

देशको धरातलीय विविधता अनुसार यहाँको हावापानीमा पनि विविधता रहेको छ । समुन्द्र सतहदेखि १४१ मिटर उचाईमा रहेको चितवनको गोलाघाटदेखि ७२२७ मिटर उचाईमा रहेको रसुवाको लाङटाङ हिमालसम्म फैलिएकोले सबै प्रकारको हावापानी पाइन्छ । 

यस प्रदेशमा हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ (काठमाडौ), बूढानीलकण्ठ (काठमाडौ),स्वयम्भूनाथ (काठमाडौ), चागुनारायण (भक्तपुर), गोसाइकुण्ड (रसुवा), कालिञ्चोक भगवती (दोलखा), भिमेश्वर (दोलखा),  लगायतका महत्वपूर्ण धार्मिक स्थलहरू छन् ।

गाउँपालिका र नगरपालिका

यस प्रदेशका १३ जिल्लामा ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी ११९ स्थानीय तह छन् । प्रदेशभित्र रहेका काठमाडौं, ललितपुर र भरतपुर तीन महानगरपालिकाहरू हुन् भने हेटौंडा एकमात्र उपमहानगरपालिका हो ।

यस प्रदेशका गाउँपालिका र नगरपालिकाको संख्या नेपालको कुल गाउँपालिका र नगरपालिका संख्याको १५.८० प्रतिशत छ । काठमाडौ र भक्तपुर जिल्ला गाउँपालिका विहिन छन् भने रसुवा जिल्लामा नगरपालिका छैन । नेपालका गाउँपालिका र नगरपालिकाको कुल जनसंख्या मध्ये यस प्रदेशको गाउँपालिका र नगरपालिकाको जनसंख्याले २०.७४ प्रतिशत ओगटछ । काठमाडौका स्थानीय तहले कुल प्रदेशको स्थानीय तहका जनसंख्याको ३१.२२ प्रतिशत ओगटछ । यसैगरी भूगोलमा सवभन्दा धेरै मकवानपुरको ११.७६ प्रतिशत छ ।

हावापानी

प्रदेशको धरातलीय विविधता अनुसार यहाँको हावापानीमा पनि विविधता रहेको छ । समुन्द्र सतहदेखि १४१ मिटर उचाईमा रहेको चितवनको गोलाघाटदेखि ७२२७ मिटर उचाईमा रहेको रसुवाको लाङटाङ हिमालसम्म फैलिएकोले सबै प्रकारको हावापानी पाइन्छ ।

महत्वपूर्ण धार्मिक स्थानहरू

यस प्रदेशमा हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ (काठमाडौ), बूढानीलकण्ठ (काठमाडौ), स्वयम्भूनाथ (काठमाडौ), चागुनारायण (भक्तपुर), गोसाइकुण्ड (रसुवा), कालिञ्चोक भगवती (दोलखा), भिमेश्वर (दोलखा),  लगायतका महत्वपूर्ण धार्मिक स्थलहरू छन् ।

प्रमुख ऐतिहासिक गढीहरू

मकवानपुर गढी : सेन राजाहरूले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुरगढी वि.सं. १६२२ मा लुवाङ सेनले बनाएको मानिन्छ । ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले पनि महत्पूर्ण रहेको यो गढी आजको मकवानपुर जिल्ला सदरमुकाम हेटौंडाबाट करीब १७ किलोमिटर उत्तर–पूर्वमा पर्छ। मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो ।

सिन्धुलीगढी : सिन्धुली जिल्लामा रहेको सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान मानिन्छ । काठमाडौंबाट करिब १५० किलोमिटर दक्षिणपूर्वमा ४ हजार ६४८ फिट उचाइमा रहेको यो क्षेत्र ऐतिहासिक रुपमा सुरक्षाको दृष्टकोणले महत्वपुर्ण मानिन्छ । सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरएिका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्मलाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ । यो दरबार हेरेपछि ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति न राम्रो दरबार’ गीतको सम्झना आउँछ ।

रसुवागढी : नेपाल–चीन सीमानामा पर्ने रसुवागढी करिव डेढ शताव्दी पुरानो ऐतिहासिक गढी नेपाल चिनबीचमा रहेको महत्वपुर्ण सुरक्षा गढी मानिन्छ । नेपाल चीनबीचको व्यापारिक सम्बन्धलाई जोड्ने यस गढीको वि.सं १९१२ मा निर्माण भएको थियो ।

प्रमुख ताल र कुण्डहरू :

यो प्रदेश ताल, कुण्ड तथा सिमसारीय महत्व राख्ने प्रदेश हो । यस प्रदेशमा २० हजारीय ताल, गोसाईकुण्ड, च्छोरोल्पा हिमताल, जट पोखरी, पाँच पोखरी तथा बहुलाह पोखरीजस्ता महत्वपूर्ण सम्पदाहरू यहा रहेका छन् ।

प्रमुख हिमश्रृखला र हिमालहरू :

यस प्रदेशमा रहेको लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमश्रृंखला गरी दुईवटा हिमश्रृंखला पर्यटनका दृष्टकोणले महत्वपुर्ण रहेका छन् । नेपालमा ५ हजार मिटर भन्दा माथिका हिमचुचुराको संख्या ४१४ वटा रहेकोमा यस प्रदेशमा ६१ छन् । अग्लो चुचुरा लाङटाङ ७२०५ मिटर, गौरीशंकर ७१३५ मिटर उचाई रहेको छ ।

प्रमुख नदीहरू :

यस प्रदेशमा १० वटा उपजलाधार प्रणालीहरू  र ३३ वटा मुख्य नदीहरू रहेका छन् । यी मध्ये सबभन्दा लामो नदी सुनकोशी रहेको छ जसको लम्बाई १६०.१९ कि.मी. रहेको छ भने सबभन्दा छोटो नदी लालबकैया (लम्बाई १.८९ कि.मी.) छ ।

भू–उपयोगको अवस्था :

यस प्रदेशको कुल जमिनको ५३.७ प्रतिशत (१०९००८५ हेक्टर) जमिन वनले र ७.५७ प्रतिशत (१५३७५९ हेक्टर) झाडी बुट्यानले गरी कुल ५९.२७ प्रतिशत (१२४३८४४ हेक्टर) जमिन बन क्षेत्रले ओगटेको छ भने २४.३४ प्रतिशत (४९४०८४ हेक्टर) जमिनमा खेती भएको देखिन्छ । सबैभन्दा थोरै जमिन ३०७ हेक्टर (०.०२ प्रतिशत) ताल पोखरीले ओगटेको देखिन्छ ।

प्रमुख जातजाति तथा भाषाभाषी :

जातिगत रूपमा यस प्रदेशमा मुख्यतः तामाङ (२०.४२ प्रतिशत), पहाडी ब्राह्मण (१८.२८ प्रतिशत), क्षेत्री (१७.२८ प्रतिशत) र नेवार (१६.९२ प्रतिशत) समुदाय रहेका छन् भने १०४ वटा जातिहरू (अन्य समेत) को उपस्थिति १ प्रतिशत भन्दा कम छ ।

२०७९ साल फागुन १ गतेको सम्पादकीय

प्रचार र ब्रान्डिङको आवश्यकता

कोभिड महामारीपछि विश्व पर्यटन लयमा फर्किन संघर्षरत छ । नेपालको पर्यटन क्षेत्र पनि तंग्रिन खोज्दै छ । बागमती प्रदेशमा ऊर्जा, पर्यटन र कृषिक्षेत्रको उच्च व्यावसायिक सम्भावना देखिएको छ । यस प्रदेशभित्र उच्च भौगोलिक विविधता रहेकाले कृषि, पर्यटन र ऊर्जाको तुलनात्मक रूपमा बढी सम्भावना देखिएको हो । राष्ट्र बैंकले गरेको अध्ययनको प्रतिवेदन अनुसार बगमती प्रदेशमा कृषि, पर्यटन र ऊर्जाको तुलनात्मक रूपमा बढी सम्भावना देखिएको छ । यस प्रदेशअन्तर्गतका जिल्लामध्ये हिमाली भेगमा धादिङ, काभ्रे र नुवाकोट, उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुर तथा भित्री मधेशमा मकवानपुर, चितवन जिल्ला रहेका छन् । यसरी प्रदेश भित्र उच्च भौगोलिक विविधता रहेको हुँदा यस्तो सम्भावना देखिएको हो । हुन त अन्य क्षेत्रमा पनि सम्भावना छन्, तर बढी मात्रामा कृषि, पर्यटन र ऊर्जामा व्यावसायिक सम्भावना देखिएको छ । त्यसो त, यो नै पूर्ण नहुन पनि सक्छ । तर, राष्ट्र बैंकले नै फिल्ड भिजिट गरेर यस्तो निष्कर्ष निकालेको छ । बागमती प्रदेशमा जलविद्युत् उत्पादनका लागि उपयुक्त भौगोलिक अवस्थिति र जलस्रोतको उपलब्धता रहेको छ । विशेषगरी रसुवा, नुवाकोट, दोलखा, सिन्धुपाल्चोकलगायत जिल्लामा जलविद्युत्को उच्च सम्भावना देखिएको छ । कृषितर्फ धादिङ, भक्तपुर, काभ्रे तथा नुवाकोटलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने छ । यस प्रदेशमा संघीय राजधानीको अतिरिक्त बनेपा, धुलिखेल, नारायणघाट, हेटौंडाजस्ता उच्च जनसंख्या भएका शहरहरू पनि छन् । उक्त अवस्थामा प्रशोधित खाद्यान्न, तरकारी, फलपूmल, माछा, मासुलगायत वस्तुको बजारको पनि उच्च सम्भावना रहेको छ । 

बैदेशिक रोजगारबाट फर्कने युवालाई कृषिक्षेत्रमा आकर्षण गर्न सके कृषिक्षेत्रलाई व्यवसायीकरण गर्न सकिने छ । यसबाहेक अन्तरराष्ट्रिय उडानमार्फत उच्च मूल्यका कृषि उपजहरू पनि निर्यात गर्न सकिने छ । यस प्रदेशमा पर्यटन व्यवसायको पनि उच्च सम्भावना छ । विशेषगरी प्रदेशभित्र काठमाडौं उपत्यका, चितवनको सौराहा, रसुवाको स्याफ्रुबेंशी, लाङटाङ, रसुवागढी, नुवाकोटको दरवार क्षेत्र, कपिलेश्वर महादेव मन्दिर परिषर, दुप्चेश्वर, सिन्धुपाल्चोकको हेलम्बुलगायत पर्यटकीय क्षेत्र भएकाले पर्यटनको विकास गर्न सकिने अधिक सम्भावना छ । यसका लागि पर्यटन पूर्वाधारमा पनि लगानी बढाउन आवश्यक रहेको देखिएको छ । यस प्रदेशमा धार्मिक, सांस्कृतिक, जातीय, भाषिक विविधिता रहेको छ । काठमाडौं उपत्यकामा सात किलोमिटर क्षेत्रफल भित्र रहेका विभिन्न सातओटा पर्यटकीय स्थलहरू विश्व सम्पदा सूचीमा सूचीकृत छन् । त्यसैले यस प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको उच्च सम्भावना छ ।

बागमती प्रदेशमा रोजगारीका अवसर र जनसांख्यिक लाभको पनि उच्च सम्भावना देखिएको छ । आर्थिक गणना २०७५ अनुसार ३० प्रतिशत उद्योग प्रतिष्ठानहरू बागमती प्रदेशमा नै छन् । साथै, जनसंख्याको २०.९ प्रतिशत जनसंख्या पनि यही प्रदेशमा रहेको छ । यस प्रदेशमा रोजगारीका अवसर र जनसांख्यिक लाभको उच्च सम्भावना छ । पूर्वाधार विकासमा पनि वागमती प्रदेशको उच्च सम्भावना देखिएको छ । संघीय राजधानी काठमाडांैलगायत प्रमुख शहरहरू यही प्रदेशमा नै छन् । त्यस्ता शहरहरू रेल, मोनो रेल, ट्राम, ट्रली, केबलकारजस्ता आधुनिक पूर्वाधारहरूको व्यावसायिक सम्भावना अधिक छ । यहाँ खाद्य तथा दूध प्रशोधन उद्योगहरूको पनि सम्भावना छ । यस प्रदेशमा शहरीकरणको क्रम तीव्र रहेको र मुलुकको राजधानी समेत यसै प्रदेशभित्र अवस्थित भएकाले यस्तो सम्भावना रहेको विज्ञहरूले नै तर्क गर्दै आएका छन् । बागमती प्रदेशमा आन्तरिक र वैदेशिक लगानी भित्र्याएर उद्योग तथा व्यापार व्यवसाय विस्तार गर्न सकिने सम्भावना पनि देखिएको छ । यस प्रदेशमा हिमाल, पहाड, वन, नदी, खानी र खनिजलगायत प्राकृतिक स्रोत रहेका छन् । यस्तै, इन्टरनेट, यातायात, शिक्षालगायत आधारभूत सेवामा अग्रणी स्थानमा रहेको छ । बैंकिङ क्षेत्रको कुल निक्षेपमा ६९ प्रतिशत र कुल कर्जामा ५५ प्रतिशत यही प्रदेशको अंश रहेको छ । उक्त अवस्थामा आन्तरिक र वैदेशिक लगानी ल्याएर उद्योग तथा व्यापार व्यवसाय विस्तार गर्न सकिने छ । बागमती प्रदेशमा अधिकतम राजस्व परिचालन गरी विकास निर्माणका कार्यलाई तीव्रता दिने सम्भावना पनि देखिएको छ । शहरीकरण, जनघनत्व, उद्योग, व्यपार, व्यवसाय, यातायात तथा सञ्चार आदिका कारण यस प्रदेशभित्र राजस्वका आधार फराकिलो छ । अधिकतम राजस्व परिचालन गरी विकास निर्माणका कार्यलाई तीव्रता दिने छ । 

त्यसो त, बागमती प्रदेशमा चुनौती पनि उत्तिकै देखिएका छन् । विशेषगरी बढ्दो शहरीकरणका कारण मासिँदै गएको कृषि भू–क्षेत्रलाई संरक्षण गरी व्यावसायिक कृषि उत्पादनलाई प्रवद्र्धन गर्न चुनौती देखिएको छ । वातावरणीय प्रदूषण व्यवस्थापन, ट्राफिक व्यवस्थापन र व्यवस्थित शहरीकरणको विकास गर्न पनि चुनौती रहेको छ । पूर्वाधार विकासको गति बढाउन र विद्यमान पूर्वाधारहरूको समयमा नै मर्मत सम्भार गरी गुणस्तर कायम राख्न पनि चुनौती छ । भौगोलिक तथा धार्मिक सम्पदा, जैविक विविधता आदिको उचित संरक्षण र प्रवर्द्धन गरी पर्यटन क्षेत्रको विकास गर्न पनि चुनौती हुनेछ । वैदेशिक रोजगारी तथा शहरीक्षेत्रतर्फ पलायन श्रमशक्तिलाई कृषिक्षेत्रतर्फ आकर्षित गर्दै यस व्यवसायीकरण गर्न पनि चुनौती छ । साथै, बाँझो रहेका खेतीयोग्य जमीन उपयोगमा ल्याउन सामूहिक व्यावसायिक खेतीलाई प्रोत्साहित गर्न पनि चुनौछ । 

तसर्थ बागमती प्रदेशमा साहसिक र सांस्कृतिक पर्यटनमै केन्द्रित हुनुपर्छ । विश्व्यापी रूपमै साहसिक पर्यटनमा बढी आकर्षण देखिन्छ । यो क्षेत्रमा पर्यटकले पनि मोटो रकम खर्च गर्छन् । तर, हामी विपरीत दिशाबाट परिचालित भइरहेका छौँ । यो कमीकमजोरी सुधार गर्नुपर्छ । बागमती प्रदेश पर्यटक प्रडक्टमा अब्बल छ, प्रचार र ब्रान्डिङ नभएको मात्र हो । 

२०७९ साल फागुन १ गते । वर्ष:१६ अंक:१८