फाइल तस्बिर
– रोशन बोगटी
विदुर । तथ्याङ्क कार्यालय नुवाकोटले आईतबार विभिन्न तथ्याङ्कहरू सार्वजनिक गरेको छ । जसमा पालिकागत जनसंख्या देखि दैनिक जीवनमा सामाग्री प्रयोग गर्ने या नगर्नेदेखि बैदेशिक रोजगारीमा रहेकाहरूको तथ्याङ्कसम्म रहेको छ ।
जिल्ला स्तरिय नतिजा सार्वजनिक गर्दै नुवाकोटमा अहिले पनि बिजुली बत्ती प्रयोग नगर्ने परिवारको संख्या ८६ रहेको बताएको छ । तथ्याङ्क कार्यालय नुवाकोटका अनुसार नुवाकोटमा खाना पकाउनको लागी २४ परिवारले गुईठा प्रयोग गर्छन् भने ३९५ परिवारले बायोग्यास प्रयोग गर्दछन् ।
यस्तै ४५ हजार ७५२ परिवारले खाना पकाउन दाउरा, २२ हजार ३६५ परिवारले एलपी ग्यास, ३९५ परिवारले बायो ग्यास र ७९ परिवारले बिजुलीको प्रयोग गर्ने गरेको बताएको छ । ६८ हजार ६७९ परिवार रहेको नुवाकोटमा जम्मा जनसंख्या २ लाख ६३ हजार ३९१ छ । जसमध्ये पुरुष १ लाख २८ हजार ९९८ जना र महिला १ लाख ३४ हजार ३९३ जना रहेको छ ।
यस्तै नुवाकोटमा परिवारको औसत आकार ३.८४ रहेको तथ्याङ्क कार्यालयले नतिजा सार्वजनिक गरेको छ । झण्डै १ हजार १२१ बर्ग किले मीटर क्षेत्रफलमा फैलिएको नुवाकोटकोट जिल्लाको जनघनत्व २३५ रहेको बताएको छ । जनसंख्या वृद्धिदर –०.५ प्रतिशत प्रति वर्ष रहेको बताएको छ । नुवाकोटबाट बिदेशिनेको संख्या १५ हजार ६०८ जना रहेका छन् । जसमध्ये पुरुष १२ हजार १६२ जना, महिला ३ हजार ४४६ जना रहेका छन् । नुवाकोटमा ६ हजार ९३९ जनामा विभिन्न १२ किसिमको अपांगता रहेको छ ।
तथ्याङ्क कार्यालयले नजिजा सार्वजनिक गरेको छ । यस्तै नुवाकोट लाई खुल्ला दिबा पिसाव मुक्त जिल्ला घोषाण गरे पनि १ हजार ७२ परिवारको घरमा चर्पी नरहेको तथ्याङ्क कार्यालय नुवाकोटले नतिजा सार्वजनिक गरेको छ ।
यसै बीच, पूर्ण साक्षर जिल्ला घोषणा गरिएको नुवाकोटमा ६९ प्रतिशत जनसंख्या मात्रै साक्षर रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ । राष्टिूय जनगणना २०७८ को विस्तृत प्रतिवेदन अनुसार नुवाकोटमा साक्षरता प्रतिशत ६९.०७ प्रतिशत जनसंख्या मात्रै साक्षर रहेका छन् ।
यस्तै, नुवाकोटको जनसंख्या घट्दो अवस्थामा रहेको पाइएको छ । २०६८ सालको गणना अनुसार जिल्लाको जनसंख्या २ लाख ७७ हजार ४७१ रहेकोको २०७८ सालको जनगणनाले जनसंख्या २ लाख ६३ हजार ३९१ मात्रै रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । पछिल्लो १० वर्षमा नुवाकोटको जनसंख्या १४ हजार ८० ले घटेको छ ।
जिल्ला तथ्यांक कार्यालय नुवाकोटले आइतवार विदुरमा एक कार्यक्रमका वीच जनगणनाको नतिजा सार्वजनिक गर्दै १ लाख २८ हजार ९९८ पुरुष, १ लाख ३४ हजार ३९३ महिला रहेको तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क अधिकृत दिपेन्द्रसिंह धामीले प्रस्तुत गरेको विवरणमा जिल्लामा ६८ हजार ६७९ परिवार रहेका छन् । विदेशमा बस्ने नुवाकोटेको संख्या १५ हजार ६०८ जनामा तीन हजार चार सय ४६ जना महिला र १२ हजार १६२ जना पुरुष वैदेशिक रोजगारीमा रहेका छन् ।
जिल्लाको १२ स्थानीय तह मध्ये सबै भन्दा बढी जनसंख्या विदुर नगरपालिमा ५९ हजार २२७ र सबै भन्दा कम म्यागङ गाउँपालिकाको जनसंख्या १२ हजार ६६८ रहेको छ । वेलकोटगढी नगरपालिकाको ३५ हजार २२४, दुप्चेश्वर गाउँपालिकाको २१ हजार ५, ककनी गाउँपालिकाको २४ हजार ५०४, किस्पाङ गाउँपालिकाको १४ हजार २३५, लिखु गाउँपालिकाको १७ हजार ७२८ र पञ्चकन्या गाउँपालिकाको १३ हजार ८१८ जनासंख्या रहेको बताइएको छ ।
यस्तै शिवपुरी गाउँपालिकाको १७ हजार २०३, सूर्यगढी गाउँपालिकाको १४ हजार ९१९, , तादी गाउँपालिकाको १५ हजार ९३३, तारकेश्वर गाउँपालिकाको १४ हजार १८४ जनसंख्या रहेको छ ।
पाँच वर्ष अघि नै साक्षर जिल्ला घोषणा भइसकेको नुवाकोट जिल्लामा साक्षर हुनेको प्रतिशत भने अचम्मको भेटिएको छ । साक्षर प्रतिशत ६९ मात्रै रहेको तथ्याङ्क जनगणनाले दिएको कार्यालयले जनाएको छ ।
यस्तै खुल्ला दिशामुत्तः जिल्ला घोषणा गरिएपनि एक हजार ७२ परिवारसँग शौचालय नै नभएको र १५ हजार ३६ परिवारले अझै खाल्टे चर्पीको प्रयोग गर्ने गरेको तथा २२८ परिवारले सार्वजनिक शौचालयको प्रयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Wednesday, May 31, 2023
८६ घरमा छैन विजुली
गोल्फुभन्ज्याङमा प्रहरी चौकी स्थापनाको माग
![]() |
सांसद, प्रमुख जिल्ला अधिकारी सहितको अनुगमन टोली |
दुप्चेश्वर । भ्रमणका क्रममा गाउँ आइपुगेका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सांसद तथा सुरक्षा समितिका सदस्यहरुसंग गोल्फुभञ्ज्याङका स्थानीयहरूले प्रहरी चौकी स्थापनाको माग गरेका छन् । नुवाकोट र सिन्धुपाल्चोकको सिमानामा रहेको गोल्फुभञ्ज्याङ, कुटुङ्गसाङ्ग र आसपासका क्षेत्रहरूमा सुरक्षाका कारणले बढी संवेदनशिल रहेको भन्दै स्थानीयहरूले माग गरेका हुन् । ति क्षेत्रहरू पर्यटकिय क्षेत्र हुन् । जहाँ आन्तरिक मात्रै नभई बैदेशिक पर्यटकहरू समेत आउने गरेका छन् ।
नुवाकोट र सिन्धुपाल्चोक सिमाना पर्ने गोल्फुभन्ज्याङमा प्रहरी चौकी माग गरिएको छ । चोरी र सुरक्षाको दृष्टिले संवेदनशील भएकाले चौकी माग गरेको स्थानीय मानबहादुर योन्जनले बताए ।
‘दुप्चेश्वर, मेलम्ची नगरपालिका र शिवपुरी गाउँपालिका मध्यकेन्द्र पनि हो । सुरक्षाको हिसाबले यहाँ प्रहरी आइपुग्न दुप्चेश्वरको समुन्द्रटारबाट ३ घण्टा लाग्छ,’ उनले भने, ‘विगतमा धेरै घटना भएकाले यहाँ चौकी आवश्वयक छ ।’
सिन्धुपाल्चोकको तारामाराङ चौकीबाट पनि ४ घण्टा समय लाग्ने योञ्जनले बताए । गोल्फुभन्ज्याङ वरिपरि १ सय घरधुरी र एक हजार बासिन्दा छन् । प्रहरी चौकी राख्नका लागि आवश्यक जग्गा स्थानीय केसाङ शेर्पाले दिने घोषणा गरेका छन् । उक्त जग्गा बागमती प्रदेश सदस्य राधिका तामाङ, प्रजिअ किरण थापा, एसपी रमेश पण्डित दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर बहादुर थापा लगायतले अवलोकन गरेका छन् ।
तस्बिर समचार
रानीपौवा सडक जेठभित्रै टेन्डर गर्न माग
![]() |
हितबहादुर तामाङ |
काठमाडौं । काठमाडौंदेखि नुवाकोट–रसुवा जोड्ने सबैभन्दा पुरानो सडक पासाङल्हामुको तीनपिप्ले–रानीपौवा खण्ड निर्माणका लागि जेठभित्रै टेन्डर आह्वान गर्न माग गरिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद एवं नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले अस्तव्यस्त रहेको तीनपिप्ले–रानीपौवा सडक छिटो निर्माणका लागि कुनै पनि हालतमा जेठभित्रै टेन्डर आह्वान गर्न माग गरेका हुन् ।
‘बालाजु–रानीपौवा–पिपलटार–त्रिशूली सडक नुवाकोट रसुवाको सबैभन्दा पुरानो हो । त्यो सडक वर्षौंदेखि अवरुद्ध छ । त्यहाँका मान्छेहरुले यातायातका साधन गुडाउन पाएका छैनन् । ज्यादै कष्टकर जीवन बिताइरहेका छन् । त्यो सडक निर्माणको निम्ति हामी जिल्लाका जनप्रतिनिधिहरुले सम्बन्धित मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग कुराकानी गर्दै आएका छौं,’ सांसद तामाङले भने, ‘हालसालै भौतिक पूर्वाधार, यातायात मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग म र ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङबीच भेट हुँदा जेठ महिनाभित्र तीनपिप्लेदेखि रानीपौवा खण्ड टेण्डर आह्वानको जानकारी पाएका छौं । त्यो तोकिएको समयभित्र कुनै पनि हिसाबले टेण्डर आह्वानका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’
मन्त्रालय प्राविधिकका अनुसार उक्त खण्डको लागि ८४ करोड बजेट आवश्यक रहेको डीपीआर तयार भएको छ । यो सडक अब आन्तरिक स्रोतबाट निर्माण हुने छ । सांसद तामाङले रानीपौवा–पिपलटार खण्डको स्तरोन्नतिको लागि पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
पूर्वमन्त्रीसमेत रहनुभएका तामाङले रानीपौवा–पिपलटार खण्डको बाँकी सडक पनि सकभर यही महिनाभित्रै टेण्डर आह्वान गर्न‘पर्ने र यदि आउने आर्थिक वर्षमा मात्रै हुने हो भने आन्तरिक स्रोतबाट निर्माण गर्न‘पर्नेमा जोड दिएका छन् । उनले भारतीय एक्झिम बैंकको रकमबाट यसअघि पनि निर्माण गर्दा ती कम्पनीको अनावश्यक सर्तका कारण वर्षौंदेखि सडक अलपत्र रहेको उल्लेख गर्न‘हुँदै नेपालकै आन्तरिक स्रोतबाट काम गर्ने गरी बजेटको व्यवस्था गर्न उनले माग गरेका छन् ।
यदि उक्त सडकमा अब पनि भारतीय एक्झिम बैंककै रकम विनियोजन हुने हो भने नुवाकोटका जनताको लागि दुर्भाग्य हुनेछ । त्यसो नगर्न सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु,’ सांसद तामाङको भनाइ थियो । यसअघि उक्त सडकमा भारतीय एक्झिम बैंकको रकम परेको थियो । उक्त बैंकको सर्तअनुसार ५५ प्रतिशत निर्माण सामग्री भारतबाटै आयत गर्न‘पर्ने, निर्माण कम्पनी सकभर भारतीय नै हुनुपर्ने भारतीय नभए नेपाली निर्माण कम्पनीले भारतीय निर्माण कम्पनीलाई ज्वाइन्ट भेञ्चरमा टेण्डर गर्न‘पर्ने र बिल भुक्तानी लिन पनि भारत नै जानुपर्ने झन्झटिलो सर्तहरु थिए । त्यसबाहेक निर्माण कम्पनीको गैरजिम्मेवारपन, समस्या र नियमन निकायहरुको लापरबाहीपूर्ण कारणले पनि उक्त सडक नबनेपछि स्थानीयहरुको चर्को दबाबले पुरानो टेन्डर रद्द गर्न‘परेको थियो ।
नुवाकोट प्रवेशको टोखा–गुर्जे–छहरे सडक खण्डको स्तरोन्नति सन्तोषजनक तरिकाले अघि बढेपछि सांसद तामाङलगायत जनप्रतिनिधि बालाजु–ककनी–त्रिशूली सडक निर्माणको पहलमा जुटेका छन् । उनकै पहलमा टोखा–छहरे सडकमा अहिले १० करोडभन्दा बढी बजेटबाट काम भइरहेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को ४ करोड र भौतिक पूर्वाधार मन्त्रालयबाट निकासा हुने विशेष बजेट ६ करोडभन्दा बढी रुपैयाँको टेण्डर आह्वानपश्चात् काम भइरहेको छ ।
‘जनयुद्ध शब्द सुन्नै नचाहनु संकीर्णता’
![]() |
सांसद विमला सुवेदी |
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले जनयुद्धको जगमा प्राप्त गणतन्त्रको फल सबैलाई मीठो तर जनयुद्ध शब्द सुन्नै नचाहनु संकीर्णता भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुहुँदै सांसद सुवेदीले अरुलाई हेप्ने प्रवृत्ति देखाएर प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले आफ्नै कद र मर्यादा घटाइरहेको बताए । ‘जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायतका देशका परिवर्तनकारी आन्दोलनहरुले संघीय लोकतान्त्रित्रक गणतन्त्र नेपालमा प्राप्त भयो । जनयुद्धले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको फल हामी सबैलाई मीठो हुने तर जनयुद्ध शब्द सुन्नै नहुने संकीर्णता हामीले देखिरहेका छौं । अरुलाई होच्याउने र हेप्ने प्रवृत्ति देखाइरहनुभएको छ । उहाँहरुले आफ्नै कद र मर्यादालाई घटाइरहनुभएको छ,’ उनको भनाइ थियो । गणतन्त्रको उपलब्धि पछि नै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि अवसर पाएको उल्लेख गर्दै उनले खोलो तर्ने लौरो बिर्सिने प्रवृत्ति नदेखाउन चेतावनी दिए । अरुलाई होच्याउने प्रवृत्तिको अन्त्य भए देशविकास हुने भनाइ छ । ‘अरुलाई होच्याएर आफू ठूलो हुने प्रवृत्ति देखिरहेको छु । यसको अन्त्य हुनु जरुरी छ । त्यसले मात्रै देश विकास हुन्छ,’ उनको भनाइ थियो ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा सकारात्मकै सकारात्मक पक्षहरु रहेको भन्नुहुँदै आफ्नो पूरा समर्थन रहेको उनले बताएका छन् ।
स्वास्थ्य सामग्री हस्तान्तरण
![]() |
स्वास्थ्य सामग्री गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण |
तारकेश्वर । तारकेश्वर गाउँपालिकाका नागरिकहरुको स्वास्थ्य सेवा प्रभावकारी बनाउन विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ । नेपाली कांग्रेस तारकेश्वर गाउँ कार्यसमितिका सभापति तथा समाजसेवी केशवराज अर्यालको पहलमा विभिन्न स्वास्थ्य सामग्री गाउँपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
बुधवार गाउँपालिका अध्यक्ष शिव अधिकारी तथा उपाध्यक्ष हरिप्रसाद रिमालको रोहवरमा अर्यालले अक्सिजन कन्सनटे««टर ४ थानसहित मास्क, सेनिटाइजर, सीटामोल लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
अर्यालले प्रदान गरेका स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सनटे«टर १० लिटरको ४ थान, एन नाइन्टी फाइभ माक्स २ हजार थान, सर्जिकल मास्क ८ हजार थान, सेनिटाइजर २५ लिटर, ट्वाइलेट क्लिनर २५ लिटर, गम बुट १० जोडी र सीटामोल १० हजार ट्यावलेट प्रदान गरिएको हो । विभिन्न व्यक्ति तथा समुदायबाट संकलन गरिएको स्वास्थ्य सामग्री आवश्यकता र पहिचानको आधारमा प्रयोग गर्नको लागि गाउँपालिकालाई हस्तान्तरण गरिएको अर्यालले बताए ।
अर्यालबाट प्राप्त भएको स्वास्थ्य सामग्री हस्तान्तरण पछि गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले स्वास्थ्य सामग्री उपलब्ध गराउने अर्यालप्रति सम्मान व्यक्त गर्दै प्राप्त भएको सामग्री आवश्यकताको आधारमा वितरण गरिने बताउँदै स्वास्थ्य सामग्री उपलब्ध गराएर तारकेश्वरवासीको स्वास्थ्य सेवाका पु¥याएको योगदानको स्मरण गरे ।
बाआमासँग छोराछोरी कार्यक्रम
तारकेश्वर । नुवाकोटको तारकेश्वर गाउँपालिकाले बाआमासँग छोराछोरी कार्यक्रम ल्याउने भएको छ । तारकेश्वर गाउँपालिकाको वडा नम्बर १ मा आयोजित वडाअध्यक्षसँग शिक्षक कार्यक्रममा बोल्दै गाउँपालिकाका शिव अधिकारीले आगामी आ.व. २०८०/०८१ को नीति, कार्यक्रममा ‘अभिभावकसँग छोराछोरी’ कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।
उनले बाआमासँग छोराछोरी कार्यक्रममा अभिभावक र छोराछोरीसँगै राखेर विज्ञहरुबाट प्रशिक्षण र परामर्शका लगायतका कामहरू समावेश गरिने बताए । शिक्षाको गुणस्तर सुधारका लागि भइरहेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिँदै अधिकारीले आगामी बजेटमा ‘अभिभावकसँग छोराछोरी’ कार्यक्रम समेट्ने योजना सुनाए । अधिकारीले बालबालिकाको सिकाइ र समग्र विकासमा विद्यालयको मात्र नभई अभिभावकको पनि उत्तिकै भूमिका हुने भएकाले अभिभावकलाई प्रशिक्षण र परामर्श दिन लागिएको अध्यक्ष बताए ।
भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु
![]() |
‘अखण्ड भारत’को नक्सा भित्तामा |
काठमाडौँ । भारतमा आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित गरिएको छ । सो नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ ।
संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक कार्यक्रमसहित आइतबार उद्घाटन गरेका थिए । भारतीय सञ्चार माध्यमहरुले विगतका महत्वपूर्ण अधिराज्य तथा सहरहरुलाई समावेश गरेको जनाएका छन् । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)को मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघ(आरएसएस)ले अखण्ड भारतको विषयलाई उठाउँदै आएको छ । जसलाई प्राचीन समयमा भारतीय प्रभाव क्षेत्रको रुपमा व्याख्या गर्ने गरेको छ । भारतका संसदीय मामिला मन्त्री प्रल्हाद जोशीले अखण्ड भारत अंकित मुरालको फोटो राख्दै ‘दृढता स्पष्ट छ – अखण्ड’ भारत भन्दै ट्वीट गरेका छन् । त्यसैगरी लोकसभामा बीजेपीका सांसद मनोज कोडाकले ‘अखण्ड भारत’ले शक्तिशाली र आत्मनिर्भर भारत भन्दै ट्वीट गरेका छन् ।
‘नयाँ संसद् भवनमा अखण्ड भारत । यसले हाम्रो शक्तिशाली तथा आत्मनिर्भरताको प्रतिनिधित्व गर्छ’ उनले लेखेका छन् । राष्ट्रिय स्वयंसेवक संघले ‘अखण्ड भारत’को धारणाले भौगोलिक अभिवाजित भारतको प्रतिनिधित्व गर्ने बताउँदै आएको छ ।
ट्रेड युनियन अध्यक्षमा खड्का
![]() |
मछिन्द्र खड्का |
विदुर । नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटको अध्यक्षमा मछिन्द्र खड्का सर्वसम्मत रुपमा निर्वाचन भएका छन् । ट्रेड युनियन कांग्रेसको ७ औ जिल्ला अधिबेसनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।
विद्यार्थी राजनीतिबाट राजनीति सुरु गरेका खड्का नुवाकोट आदर्श वहुमुखी क्याम्पस बट्टारका पुर्व स्ववियु सभापति तथा नेवि संघ नुवाकोटका पुर्व अध्यक्ष हुन् ।
रिमाल मृत भेटिए
काठमाडौं । धादिङको गजुरीस्थित त्रिशुली नदी किनारमा एक वृद्ध मृत अवस्थामा भेटिएका छन् ।
गजुरी गाउँपालिका–५ गजुरीस्थित त्रिशुली नदीको किनारमा नुवाकोटको विदुर नगरपालिका–३ सिर्खाली बस्ने ८० वर्षीय कृष्णबहादुर रिमाल शनिबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पोस्टमार्टम गरेर परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
हरेक शुक्रवार शेयर बजार बारे निःशुल्क तालिम र परामर्श
काठमाडौं । एलिट क्यापिटल लिमिटेडले निःशुल्क सेयर परामर्श एवं वित्तिय योजना तालिम शुरु गरेको छ ।
शुक्रवारदेखि लाजिम्पाट उत्तरढोका स्थित आफ्नै कार्यालयमा लगानीकर्ताहरुका लागि निःशुल्क तालिम तथा परामर्श शुरु गरेको हो । यस्तो तालिम हरेक शुक्रवार एलिटल क्यापिटलको कार्यालयमा हुने जनाइएको छ । शेयर बजारमा लामो समय अनुभव हासिल गरेका प्राविधिक व्यक्ति तथा विज्ञहरुले तालिम दिने जनाइएको छ । क्यापिटलले तालिममा शेयर बजारको आधारभुत चरित्र, वित्तिय लगानी योजना, नेपालमा शेयर बजार प्रणाली, सेयर बजारमा अवसर र जोखिमहरु लगायतका बिषयमा परामर्श दिइने छ ।
शेयर बजारमा लगानीको योजना र सही कम्पनीहरुको छनोट तथा शेयरमा लगानी र कारोवारी तरिकाबारे पनि जानकारी दिईने क्यापिटलले जनाएको छ । तालिममा बजार प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरु देखि कारोवार गरिरहेका लगानीकर्ताहरु पनि सहभागि हुन सक्नेछन् । तालिम पश्चात पनि एलिट क्यापिटलले अनुसन्धान प्रक्रियामा सहभागि गराउने तथा लगानी टिप्स र परामर्श निरन्तर प्रदान गरिरहने क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिए ।
तालिममा न्यूनतम १५ जनाको सहभागिता रहने र उनीहरुले पहिले नै एलिट क्यापिटलको फेसबुक पेज, वेबसाईटमा गएर गुगलफर्म भर्ने वा टेलिफोन गरेर नामदर्ता गराउन सक्नेछन् ।
समाजवादीको सुदृढिकरण अभियान
खरानीटार । एकीकृत समाजवादीले तादी गाउँपालिकामा पालिकास्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको छ । शनिवार समाजवादी राष्ट्रिय संगठन सुदृढिकरण अभियान अन्र्तगत समाजवादीले पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य राजेन्द्रप्रकाश लोहनीले कार्यक्रममा प्रशिक्षण दिँदै विभिन्न धेरावन्दीका वीच समाजवादीले संगठन सुदृढिकरण अभियानलाई अघि बढाएको बताए । उनले कम्युनिष्ट पार्टीको खोल ओढेर केही राजनीतिक दलहरुले नेपाली जनतालाई भ्रमित बनाराखेको बताउँदै समाजवादी पार्टीले मात्र देश र आम नागरिकको समस्यामा चासो दिने र जनताको सुख, दुःख बुझ्ने पार्टी भएको दावी गरे । कार्यक्रममा पोलिटव्यूरो सदस्य लोहनीसहित अधिवक्ता बसन्त बस्नेत, जिल्ला कमिटि सचिव पदम उप्रेती लगायतले कार्यक्रममा सहभागी कार्यकर्तालाई संगठन, पार्टीको भावी रणनिति, समाजवादी पार्टीको बारेमा प्रशिक्षण दिएका थिए ।
समाजवादी पार्टीका तादी गाउँपालिकाका अध्यक्ष हरिचन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बसन्त बस्नेत, राजु सडौला, देवराज कँडेल, युवा संघका अध्यक्ष सुरेश अधिकारी, उत्तम श्रेष्ठ, श्रीराम पाण्डे, सरु मिश्रलगायतको सहभागिता थियो ।
गणतन्त्र दिवसको तीन दिन कार्यक्रम
![]() |
प्रशासनमा भएको बैठक |
विदुर । नुवाकोटमा यस वर्षको गणतन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइने भएको छ । गणतन्त्र दिवस जिल्ला मूल समारोह समितिको बैठकले निर्णय गरेको हो ।
दिवसको अवसरमा सरकारी तथा निजी कार्यालय, घरघरमा दीपवली, साहित्यिक कार्यक्रम, रक्तदान, अस्पतालका बिरामीलाई फलफूल वितरण, मठमन्दिरसहितका ऐतिहासिक स्थलमा सरसफाइ लगायतका कार्यक्रम गरिने छ । साथै सांस्कृतिक कार्यक्रम, झाँकी, स्थानीयतहका विद्यालयमा फरक क्षमता भएका विद्यार्थीलाई खेलकुद सामग्री वितरण गर्दै प्रभातफेरी गरिने भएको छ ।
वन तथा जलाधार कार्यालयले पायक पर्ने स्थानमा वृक्षारोपण गर्ने पनि तालिका रहेको मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । हरेक वर्ष वैशाख १५ गते मनाइने गणतन्त्र दिवसमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।
गणेश पण्डितको सालिक अनावरण
![]() |
गणेश पण्डितको सालिक |
रामती । नुवाकोटको कम्युनिष्ट र शैक्षिक आन्दोलनका अगुवा गणेश पण्डितको सालिक अनावरण शनिवा सभामुख देवराज घिमिरेले गरेका छन् । स्वर्गीय पण्डित नुवाकोटका पूर्व सांसद समेत हुन । पण्डितको २०७५ फागुन २१ गते हृदयघातका कारण ७३ वर्षको उमेरमा निधन भएको थियो ।
दुप्चेश्वर गाउँपालिका–६ दुप्चेश्वर माध्यमिक विद्यालयको प्राङ्गण रामतीमा निर्मित अर्धकदको सालिक (प्रतिमा) प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनावरण गरेका हुन् । गणेश पण्डित स्मृति केन्द्रद्वारा आयोजित कार्यक्रममा नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा माओवादीका सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङ, क्षेत्र २ बाट निर्वाचित अर्ज‘ननरसिंह केसी, संघीय सांसद विमला सुवेदी, क्षेत्र १ (१) बाट निर्वाचित वाग्मती प्रदेशसभा सदस्य राधिका तामाङ, जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, विभिन्न राजनीतिक दलका नेताहरु र स्थानीयको समेत उपस्थिति थियो ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता पण्डितको २०७५ फागुन २१ गते हृदयघातबाट निधन भएको छ । भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किनुभएका ७२ वर्षीय पण्डितको हृदयघातपछि उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो । पण्डित २०४८ सालको निर्वाचनमा नुवाकोटबाट कांग्रेस नेता रामशरण महतलाई पराजित गरेर सांसद बनेका थिए । नेपाली कांग्रेस नेता एवं संघीय सांसद अर्जुननरसिंह केसी पण्डितका भान्जा हुन् । पण्डित सादा जीवन उच्च विचारका धनी शैक्षिक अभियन्ताका रुपमा समेत परिचित थिए ।
विसं २००३ मा शिखरबेंसीमा जन्मिएका पण्डितको सामाजिक तथा राजनीतिक यात्रा आफ्नो घरबाट नै तमसुक च्यातेर विद्रोह गरेपछि शुरु भएको जानकारहरू बताउँछन् । आफ्ना पिताले गाउँमा गरीबलाई ऋण दिएको तमसुक च्यातेर राजनीतिक तथा सामाजिक अभियन्ता भएर हिँडेका पण्डितको नुवाकोटको वाम राजनीति र शैक्षिक अभियानमा अतुलनीय योगदान छ ।
जिल्लाका पूर्वी क्षेत्रको शैक्षिक विकासमा पण्डितको योगदान अतुलनीय रहेको छ । पण्डितले अमरज्योति माविलाई माध्यामिक तह बनाउन, सातबिसेको सुन्दरा माविको स्थापना गराउन र रामतीको दुप्चेश्वर मावि स्थापना गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले अमरज्योति माविलाई मावि तह मात्र बनाएनन १० वर्ष प्रधानाध्यापक भएर अध्यापनसमेत गरेका थिए । पण्डितले २०३२ देखि २०४२ सालसम्म अमरज्योति माविमा पढाएका थिए ।
शिक्षणसँगै वामपन्थी राजनीतिमा सक्रिय पण्डितले दिनभरि विद्यालयमा पठनपाठन गराउने र राति राजनीतिक प्रशिक्षण दिँदै सङ्गठन विस्तार गर्ने काम गर्ने गरेको उनका समकालीनहरू बताउने गर्छन । १० वर्षसँगै अध्यापन गरेको खरानीटारका लोकबहादुर श्रेष्ठ पण्डितसँगको सहकार्य यसरी सम्झिन्छन ‘पञ्चायतका मान्छे दिउँसो स्कूलमा आउँथे । पण्डित सरलाई स्कूलमै देख्थे । हामी राति नै विभिन्न गाउँमा पुग्थ्यौँ । पण्डित सरको नेतृत्वमा हामीले राति राति गएर यो भेगका सबै गाउँमा सङ्गठन विस्तार गरिसकेका थियौँ ।’
पञ्चायतकालमा पनि रामती, समुद्रटार, थप्रेक, कुमरी, दुईपिपललगायत क्षेत्रका पण्डित सरकै अगुवाइ पार्टीको सङ्गठन विस्तार भएको सहकर्मी श्रेष्ठ बताउँछन । जिल्लामा कम्युनिष्ट पार्टीको जग बसाल्न र त्यसलाई फलाउन, फुलाउन पण्डितको योगदान अतुलनीय छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला उपाध्यक्ष समेत भएका पण्डित २०४२ सालको बमकाण्डमा पक्राउ परेपछि शैक्षिक क्षेत्रमा फर्किएनन् ।
बमकाण्डमा १४ महिना जेल परेर फर्किए पछि पाण्डित पूर्णकालीन राजनीतिमा प्रवेश गर्दै २०४३ सालमा जनपक्षीय उम्मेदवार भएर निर्वाचनमा होमिएका थिए । उक्त निर्वाचनमा पराजित भए पनि पण्डित राजनीतिक सङ्गठन विस्तारमा सक्रिय रहे । नेकपा(चौम)मा आबद्ध पण्डित २०४७ सालमा पार्टी एकीकरणपछि नेकपा एमालेमा प्रवेश गरेका थिए । विसं २०४८ को निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट विजयी पण्डित २०४९ सालमा नेकपा एमालेको जिल्ला अधिवेशनबाट सचिव भएका थिए ।
पण्डित २०५० सालमा पार्टीको अनुमतिविना अमेरिका गएको आरोपमा माधवकुमार नेपालबाट कारवाहीमा परेपछि राजनीतिक सक्रियताबाट बाहिरिएका थिए । पार्टीले कारवाही गरेपछि कार्यकर्ता माउविनाको चल्ला जस्तो भएका थिए । तर उनी पछि मालेमा लागे । २०५६ सालमा नेकपा मालेबाट उम्मेदवार समेत भएका थिए । पण्डित २०६४ पछि भने तत्कालीन नेकपा (माओवादी)मा आबद्ध भएका थिए । पछि नेकपा हुनुकेही एमालेमा केही गतिबिधिमा देखिएका पण्डित नेकपासँगै पार्टीको गतिबिधिमा तत्कालीन पार्टी कार्यालय धुम्बाराही जान थालेका थिए तर २०७५ फागुन २१ गते चमेरे गुफा जानेक्रममा उनको ह्दयघात भएर मृत्यु भएको थियो ।
छहरे–टोखा सुरुङ छिटो बन्नुपर्छ : सभामुख घिमिरे
![]() |
सभामुख घिमिरे |
दुप्चेश्वर । सभामुख देवराज घिमिरेले चर्चामा रहेको छहरे–टोखा सुरुङ छिटो बन्नु पर्ने बताएका छन् । गणेश पण्डित स्मृति केन्द्रले शनिबार दुप्चेश्वर गाउँपालिका–६ रामतीमा आयोजना गरेको वाम आन्दोलनका नेता एवं पूर्वसांसद गणेश पण्डितको सालिक (प्रतिमा) अनावरण कार्यक्रममा छहरे–टोखा सुरुङ छिटो बन्नु पर्नेमा जोड दिएका हुन् ।
उनले भने, ‘पार्टीका नेताहरु र तपाईंहरुको सक्रियताले चाँडोभन्दा चाँडो त्यो (सुरुङ)को काम अगाडि बढ्ने छ । त्यसो भएको खण्डमा यो ठाउँको कायापलट हुने छ । सुरुङ निर्माण भएमा नुवाकोटदेखि काठमाडौं आउजाउ नजिक हुने उनले बताए । सभामुख घिमिरेले भने, ‘बाटो बनाउन खर्च भइरहन्छ, सुरुङमार्ग बनाउन अलिकति समय, पैसा खर्च भए पनि छोटो हुनेछ । हामी सुरुङयुगमा जाने कुरा गरिहहेका छौं ।’ उनले यस्ता थुप्रै काम गरेको खण्डमा गणेश पण्डितका नयाँ सपनालाई साकार पार्न सकिने बताए । ‘तीन घण्टा लाग्ने बाटोमा सुरुङ बनेको भए १० मिनेटमा नुवाकोट आइपुग्छ भन्ने जानकारी पाएँ,’ उनले भने ।
दुप्चेश्वर माध्यमिक विद्यालयले साना बालबालिकादेखि कक्षा ७ सम्म अध्ययरनत विद्यार्थीका लागि गुरुकुल शिक्षा थालनी गरेकोमा सभामुख घिमिरेले सराहना गरे । उनले दुप्चेश्वर संस्कृत विद्याश्रमको पनि उद्घाटन गरेका थिए । जिल्लाका शिक्षाप्रेमी तथा वामपन्थी नेता पण्डितको सपनालाई राम्रो विद्यालय बनाएर शिक्षाको हवको रुपमा नुवाकोटको माथिल्लो भेगमा विकास गर्न‘पर्ने सभामुख घिमिरेको भनाइ थियो । स्व. नेता पण्डित सबैले सम्झानायोग्य नेता रहेको उनले चर्चा गरेका थिए ।
त्यसैगरी कार्यक्रममा सांसद एवं नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ, नेपाली कांग्रेसका नेता एवं सांसद अर्ज‘ननरसिंह केसी, सांसद विमला सुवेदी पूर्वराज्यमन्त्री एवं वागमती प्रदेशका सांसद राधिका तामाङ, संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, पूर्वसंघीय सांसद नारायणप्रसाद खतिवडा, पूर्वप्रदेशमन्त्री केशव पाण्डेलगायतले स्व. गणेश पण्डित वाम आन्दोलनका एक धरोहर भएको बताएका छन् ।
स्व. पण्डित २०४८ सालमा नुवाकोट क्षेत्र नं. २ बाट सांसद निर्वाचित भएका थिए । २००३ साल साउन ३० मा जन्मेका उनको ०७५ फागुन ११ गते देहवासन भएको थियो । उनी ०२० सालबाट पंचायती व्यवस्था विरुद्धमा लड्दै ०४२ सालमा बम काण्ड, ०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए । उनले ११ महिना जेल जीवन बिताएका थिए ।
अवैध सालको काठ बरामद
![]() |
बरामद भएको काठ र गाडी |
विदुर । नुवाकोटको सामरीबाट अवैध सालको काठ बरामद गरिएको छ । शुक्रवार राती ११ बजेको समयमा प्रहरी चौकी सामरीबाट खटिएको टोलीले म्यागङ गाउँपालिका वडा नम्बर ५ सामरी स्थित कागुनेबाट धादिङ जिल्ला तर्फ जादै गरेको बा ३ क ३२९६ नम्बरको आईचर चेकजाँच गर्ने क्रममा सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीको टोलिले चिरुवा काठ लोड गरी लैजादै गरेको अवस्थामा फेला पारको हो । प्रहरीको टोलीले तत्कालै आईचर, आइचर चालक म्यागङ ३ का योगेश तामाङ र सोही गाडीमा सवार रहेका बिदुर नगरपालिका वडा नम्बर १३ बस्ने मैत तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आइचरमा ८४.८७ क्यु फिट सालको काठ रहेको बताइएको छ । वरामद गरिएको काठ कारवाहीको लागि डिभिजन बन कार्यालय नुवाकोटमा पठाइएको छ ।
प्रदेश खेलकुदमा नुवाकोटलाई १० स्वर्ण
विदुर । दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत नुवाकोट जिल्लाले तेक्वान्दो, बक्सिङ, कराँते र जुडो विधामा १० स्वर्ण हात परेको छ । प्रदेशस्तरीय प्रतियोगितामा नुवाकोटले १० स्वर्णपदक, १० रजत र २२ कास्यपदक प्राप्त गरी आठौँ स्थानमा चित्त बुझाएको छ । १२ खेलमा सहभागिता जनाएको नुवाकोटले फुटबल, भलिबल, क्रिकेट, रग्बी र ब्याडमिन्टन प्रतियोगिताबाट भने कुनै पनि पदक प्राप्त गर्न सकेको छैन ।
तेक्वान्दोतर्फ प्रविन वाईबा, धनबहादुर तामाङ र सुस्मिता तामाङ, आईटिएफ तेक्वान्दोतर्फ नुवाकोटका प्रमिला गुरुङ र कराँतेतर्फ पुस्पका लामा, सुबिन सुनारले स्वर्णपदक जितेका छन् । यस्तै, बक्सिङतर्फ निरन्जन मोक्तान र रक्षा जिसी र जुडोतर्फ रामभक्त तामाङ र अञ्जु पाण्डेले स्वर्णपदक जितेका छन् ।
यसैगरी रजत पदकमा तेक्वान्दोतर्फ अन्जना तामाङ, सागर तामाङ र साजन तामाङ, एथलेटिक्सतर्फ आस्था राई, दिनेश राई, सम्झना राई, रोजिना राई, सुष्मा पुलामीमगरले रजतपदक जितेका छन् । यस्तै, जुडोतर्फ प्रमोद तामाङ र सोमन तामाङ, उसुतर्फ मनिष बुढाथोकी र बक्सिङतर्फ पासाङ शेर्पा र आशिष पुडासैनीले रजतपदक जितेका छन् ।
तेक्वान्दोतर्फ निर्मला तामाङ, जजबुज राई र सुशान्त सारुमगर, कराँतेतर्फ शोभिका तामाङ, अमृत तामाङ र राजेन्द्र तामाङ र एथलेटिक्सतर्फ आस्था राई, मुनाल राई, दिनेश राई र रोजिना राईले कास्यपदक जितेका छन् । यसै गरी, उसुतर्फ लालीमा तामाङ र ऐश्वर्य भट्ट, बक्सिङतर्फ विकास गुरुङ र आईटिएफ तेक्वान्दोतर्फ बुद्ध लामा, सन्दिप तामाङ, रञ्जना श्रेष्ठ र रेखाकला घलेले कास्यपदक जितेका छन् ।
बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रदेश खेलकुद बागमती प्रदेश सरकारका मुख्यमन्त्री सालिकराम जमकट्टेल, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रतियोगिता संयोजक तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कृत गरेका थिए ।
चार जिल्लामा प्रतिस्पर्धा गराइएको खेलकुदमा १३ खेलमध्ये १२ खेलका कुल १६८ स्वर्ण पदक गणना भएको थियो । पौडी खुला प्रतियोगिता भएकाले पदक तालिकामा पौडीको पदक गणना गरिएन । प्रतियोगिताका स्वर्ण, रजत र कांस्य विजेताले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
काठमाडौंले स्वर्ण ३१, रजत २२ र कास्य २५ पदक पाएको छ । चितवनले स्वर्ण २३, रजत २४ र २५ कास्य, काभ्रेले २२ स्वर्ण, १३ रजत र १८ कास्य, ललितपुर स्वर्ण १९, रजत र कास्य २७÷२७ पाएको छ । त्यस्तै गरी, सिन्धुपाल्चोक जिल्लाले स्वर्ण १७, रजत ८ र १६ कास्य, मकवानपुरले १६ स्वर्ण, ११ रजत र १७ कास्य, भक्तपुरले स्वर्ण र रजत पदक १४÷१४ र कास्य ९ पदक पाएको छ । नुवाकोटले स्वर्ण र रजत १०÷१० र कास्य २२ पदक, रामेछापले स्वर्ण १०, रजत ९ र कास्य १८ पाएको छ । दोलखाले स्वर्ण ३, रजत ११ र कास्य ९, सिन्धुलीले स्वर्ण ३, रजत ७ र कास्य १० पदक पाएको छ । रसुवा र धादिङले भने स्वर्ण पदक कुनै पनि प्रतियोगिताम ापाउन सकेको छैन । धादिङ्गले रजत ६ र कास्य १४, रसुवाले रजत २ र कास्य ५ पदक पाएको छ ।
नुवाकोटे टाइगर बने च्याम्पियन
![]() |
नुवाकोटे टाइगर |
विदुर । दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग राष्ट्रिय प्रतियोगिताको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्लामञ्च घन्टाघरमा शनिबार भएको मदन भण्डारी रिङ रेस्लिङ विभागले आयोजना गरेको प्रतियोगितामा हेभीवेटतर्फ नुवाकोटे टाइगरले उपाधि जितेका हुन् ।
जितसँगै नुवाकोटे टाइगरले नगद १ लाख ५ हजारसहित च्याम्पियन बेल्ट प्राप्त गरेका छन् । हार्डकोरतर्फको एक अर्को खेलमा चट्टान बिजयी भए । उनले साइनविरुद्धको भिडन्त जित्दै ७५ हजार हात पारे । मिडल वेट च्याम्पियनतर्फ साइनले डेभिडलाई हराए । उनले ७० हजार जिते । महिलातर्फ लाइटवेट भिडन्तमा तन्नुले आकृतिलाई हराइन् । उनले ६० हजार हात पारिन् ।
पुरुष लाइटवेटतर्फ सिजे वल्र्ड विजयी भए । उनले कम्ब्याट कर्मालाई पराजित गरी ४० हजार प्राप्त गरे भने ट्याग टिमतर्फको भिडन्तमा एक्स हिरो एन्ड सुजल टिम बिजयी बन्यो । भिडन्तमा टुपी ग्याङ पराजित भयो । एक्स हिरो एन्ड सुजल टिमले ५० हजार हात पार्न सफल भए । ७२ औं मदन स्मृति तथा मदन जयन्तीको सन्दर्भमा ‘सबैका लागि खेलाकुद’ भन्ने नारासाथ भएको प्रतियोगितामा विजेताले नगदका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पञ्चकन्याको भवन उद्घाटन प्रधामन्त्रीबाट हुने
लाकुरीभञ्ज्याङ । प्रधानमन्ती एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही जेठ २७ गते नुवाकोटको आउने भएका छन् । पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ ३ लाकुरीभन्ज्याङमा रहेको गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनको लागि प्रधानमन्त्री प्रचण्ड आउन लागेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए । उनी यसअघि २०७६ माघ २५ गते शनिबार पञ्चकन्या गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता उद्घाटनको लागि पञ्चकन्यामा आएका थिए ।
गाउँपालिकाको नवनिर्मित भवनमा बैठक कक्षसहित २७ वटा कोठा छ ।
पञ्चकन्याले गर्यो सार्वजनिक सुनुवाई
![]() |
सार्वजनिक सुनुवाई कार्यक्रम |
घलेभञ्याङ्ग । पञ्चकन्या गाउँपालिकाले शुक्रवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७८÷०७९ मा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
गाउँपालिकाले सम्पन्न गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष तेजबहादुर (रमेश) तामाङले बताए । कार्यक्रममा अध्यक्ष तामाङले गाउँपालिकामै आगामी आवको कार्यक्रममा मालपोतसम्बन्धि भू–सेवा र नागरिकता सम्बन्धि सेवा प्रवाहको लागि पहल गरिने बताए । गाउँपालिका क्षेत्रमा रहेको सहकारीले आर्थिक तथा कृषिमलमा मनोमानी गरेको सुनिएतापनि लिखितरुपमा उजुरी निवेदन दिएमा उक्त सहकारी खारेज समेत गरिने अध्यक्ष तामाङले बताए ।
गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागि गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राममणि काफ्लेले बताएका छन् ।
कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाव दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिमला केसी, जनप्रतिनिधी, पत्रकार, सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो ।
सडकनाटक सङ्कल्प प्रदर्शन
![]() |
नाटकका बारेमा भनाई राख्दै गाउँपालिका अध्यक्ष तामाङ |
घलेभञ्याङ्ग । शिक्षाको गुणस्तर बढाउन पञ्चकन्या गाउँपालिकामा जनतेचनामूलक सडकनाटक ‘सङ्कल्प’ प्रदर्शन भएको छ ।
गाउँपालिकाको आयोजनामा ‘आदिइत्यादि’को प्रस्तुती रहेको चेतनामूलक सडकनाटक जेठ ७ गते देखि १० गतेसम्म गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा प्रदर्शन गरिएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए । नाटक समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तामाङले विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार खम्बाहरु हुन् यी चारवटा मध्य एउटा खम्बा मात्रै कमजोर भयो भने पनि हामीले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने बताए । शिक्षाको गुणस्तर बढाउन गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष तामाङले बताए ।
‘विद्यार्थीले राम्रो पढ्न पर्यो । शिक्षकले राम्रो पढाउन पर्यो । अभिभावकले पनि आफ्ना छोराछोरीको पढाई, आचरण लगायतका विषयमा बुझ्न नियमित विद्यालयमा जानु पर्यो,’ अध्यक्ष तामाङले भने “विद्यालयको भौतिक संरचनामा पनि हामीले ध्यान दिन जरुरी छ ।’ गाउँपालिका उपाध्यक्ष बिमला केसीले शिक्षा क्षेत्रमा रहेका विकृतिहरु पन्छाउन पर्ने कुरामा जोड दिईन् ।
‘छोराछोरीलाई निजी स्कुलमा भर्ना गर्दैमा पढाइ राम्रो हुन्छ भन्ने मान्यता राख्छौँ त्यो गलत हो,’ उपाध्यक्ष केसीले भनिन् ‘सामुदायिक विद्यालयहरुले पनि उत्कृष्ट नतिजा दिन सक्ने सन्देश पनि नाटकले दिएको छ ।’ पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक सङ्कल्प प्रदर्शन रहेको नाटकमा सुशीलसिंह ठकुरी, अनामिका लामिछाने, दीपमाला परियार, शान्ति भट्टराई, रविन दोङ्, गंगा मगर र प्रज्ज्वल अधिकारीको अभिनय रहेको थियो ।
ओजका लागि राखिएका नाम बने बोझ
जनकराज सापकोटा, काशीराम डाँगी
थवाङ, रोल्पा । जब उनले आफ्नो नाम युद्धजित रोका मगर बताउँछन् तब मान्छेले अनौठो मानेजस्तो प्रतिक्रिया देखाइहाल्छन् । कोही–कोही त सोधी पनि हाल्छन्, कस्तो अनौठो नाम हो ? कोहीकोहीले भने यस्तो नाम पनि के राखेको भनेर नाक खुम्च्याएजस्तो गर्छन् । कोही भने अचम्म मानेजस्तो गर्छन् । तर यो सबै सुन्दासुन्दा २५ वर्षीय युद्धजितलाई भने बानी परिसक्यो । २०५४ असार १० मा युद्धजित जन्मँदा माओवादी जनयुद्धको उद्गमथलो मानिने रोल्पाको थवाङमा द्वन्द्वको चर्को रापताप थियो । तत्कालीन राज्यसत्ताविरुद्ध सशस्त्र द्वन्द्वमा थुप्रै थवाङी होमिएका थिए । कोही भूमिगत थिए, सहिद परिवारको संख्या हरेक दिन थपिँदै थियो । त्यहीताका जन्मेका उनको नाम ठूलोबा सूर्यबहादुरले राखिदिए, युद्धजित । उनको नाम राखिदिएका सूर्यबहादुर पनि पछि सहिद भए । कमरेड हाङ भनिने उनका बाबु राजकुमार भने युद्धजितलाई आमाको जिम्मा लगाएर भूमिगत भई नै रहे ।
जनयुद्धका क्रममा थवाङमा जन्मिएका धेरैजसो बालबालिकाको नाम युद्धसँग सम्बन्धित देखिन्छ । जनवाद रोकादेखि जिन्दावाद रोकासम्म, स्वतन्त्र नेपालीदेखि अजय क्रान्ति रोकासम्म, संघर्ष बुढादेखि संघर्ष नेपालीसम्म थवाङमै भेटिन्छन् । माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीबाट प्रभावित भएर अनेरा रोका राख्नेदेखि स्ववियु नाम राख्नेसम्मका छन् । युद्धजितकै अर्का एक जना साथी छन्, युद्ध रोका मगर । उनले सुनाए, ‘सानो छँदा अरूको नाम राम, श्याम, हरि छ । मेरो नाम किन यस्तो राखेको होला ? जसले पनि अचम्म मान्ने भन्ने लाग्थ्यो । पछि बुझ्दै गए । यो त जनयुद्धका बेलाको नाम पो रहेछ ।’
थवाङकी पूर्णकुमारी रोका मगरले २०५८ मंसिर १ मा छोरी जन्माइन् । त्यति बेला उनका पति लालमणि रोका माओवादी जनयुद्धमा होमिएर भूमिगत भएका थिए, जो एटम उपनामले चिनिन्थे । कति बेला सेनाले पक्रेर लैजाला भन्ने डरले उनी छोरी जन्मेपछि जंगलमा लुक्न पुगिन् । भूमिगत रहेकै बेला लालमणिले चिठी लेखेर पठाइदिएको छोरीको नाम अजयक्रान्ति राखिन् । पत्रमार्फत छोरीको नाम राखेका माओवादीको विशेष सैनिक कमान्डका सदस्य लालमणि त्यसको तीन महिनापछि दाङको घोराहीबाट पक्राउ परे ।
माओवादीले दाङको सतबरियास्थित सशस्त्र प्रहरी चौकी आक्रमणलगत्तै अचानक खबर आयो, लालमणि मारिए । अझै पनि मानिसहरूले छोरीको नाम सुन्नासाथ कस्तो अनौठो नाम भन्दै किन त्यस्तो नाम राखेको भन्दै पूर्णकुमारीलाई सोध्छन् । उनले भनिन्, ‘संकटकालमा जन्मेकाले त्यस्तो नाम राखेको भन्दै जनयुद्धको समयमा छोरी जन्मेको बताउँछु ।’ अजयक्रान्तिलाई साथीहरूले तिम्रो कस्तो नाम हो भनेर बारम्बार सोध्छन् । उनलाई आफ्नो नाम बुबाले राखिदिएको मात्र थाहा छ । उनलाई यति मात्र थाहा छ, बुबाले चिठी दिएर छोरा भए विजय र छोरी भए अजयक्रान्ति नाम राख्न भनेका थिए । उनले यो कुरा आमाबाट सुन्न पाएकी हुन् । दाङमा बस्ने उनी भन्छिन्, ‘मलाई साथीभाइले किन यस्तो नाम राखेको भनेर सोधिराख्छन् । कतिपयले नामको अघि अजय देखेर श्रीमान्को नाम पनि जोडेर राखेको हो कि भन्छन् ।’
स्थानीय कालिका नेत्रज्योति प्राविकी शिक्षिका मूलज्योति रोकाअनुसार माओवादीको जनयुद्धले थवाङको दिनचर्या मात्रै बदलेन, सशस्त्र द्वन्द्वकालभरि जन्मिने बालबालिकाको नाम पनि बदल्यो । उनले जनयुद्धको समय, त्यसअघि र पछिका बालबालिकाका नाममा निकै फरक रहेको सुनाइन् । भनिन्, ‘पहिले त केटाको नाम धनवीर, मनवीर, रामवीर हुन्थ्यो । कतिपयले नामको पछि बहादुर त कतिले कुमार थप्थेर । केटीको नाम पनि धनीमाला, मनमाला, धनमाया, मनमाया हुन्थ्यो । कतिपयको नाम भने सुनसरी, धनसरी हुन्थ्यो । अलिक आधुनिक राख्नेले नामको बीचमा कुमारी पनि राख्थे ।’ जनयुद्ध सुरु भएपछि भने बालबालिकाको नाम युद्धको गति र युद्धमा हुने हारजितका आधारमा राख्ने क्रम सुरु भयो ।
नेपाल कम्युनिस्ट पार्टी चन्द समूहका थवाङ सेक्रेटरी अमित घर्ती मगरले जनयुद्धका घटनाका आधारमा बालबालिकाको नाम राखिएको प्रसंग सुनाए । २०६० असारतिर नेपाली सेनाले सिंगो गाउँ घेरेपछि सारा थवाङीहरू घर छोडेर जंगल पसेको प्रसंग सुनाउँदै उनले भने, ‘त्यति बेला जंगलमै ११ जना सुत्केरी भएका थिए । तीमध्ये बखत विकले वनमा जन्मिएको छोराको नाम वनकस विक राखे । अरूले पनि तत्कालीन परिस्थिति र युद्ध जोडिने नाम राखेका थिए ।’
अमितका अनुसार माओवादी जनयुद्धको तयारीका बेला पार्टीले सिस्ने जलजला क्षेत्रको नाम समेटेर ‘सिज अभियान’ सुरु गरेको थियो । रामबहादुर थापा बादल, सन्तोष बुढा मगरलगायतले नेतृत्व गरेको यो अभियानका क्रममा जन्मेका केही बालबालिकाको नाम सिजकुमारी घर्ती, सिजकुमार रोका राखिएको छ । अमितले भने, ‘समय, परिस्थितिले नामहरू जन्माउँदो रहेछ ।’
के त्यसो भए जनयुद्धलाई सम्झाउने वा जनयुद्धको विगत बुझाउने नामहरू थवाङीले राख्न छाडे त ? स्थानीय शिक्षिका मूलज्योतिले हिजोआज थवाङी अभिभावकले आफ्ना सन्तानको नाम जनयुद्धको झल्को वा सम्झना हुने गरी राख्नै छाडेको बताइन् । त्यसो भए हिजोआज बालबालिकाको नाम कस्तो राखिन्छ त ? उनले भनिन्, ‘अहिले त बरु आफ्नै भाषा, संस्कृति र परम्परा झल्किने नाम राख्ने चलन बढेको छ ।’ मूलज्योतिले पछिल्ला वर्षहरूमा खाम मगर भाषाबाटै नाम राख्ने चलन सुरु भएको बताइन् । जस्तो कि मी युङ नाम चल्तीमा छ । जसको अर्थ हो, मान्छेको मन । गिन युङ नाम पनि धेरैले राख्छन् । जसको अर्थ हो, हाम्रो मुटु । चाओ सान नाम पनि कैयन्ले राखेका छन् । जसको अर्थ हो, राम्रो पो । कतिपयले मिन चाउ नाम राखेका छन् । जसको अर्थ हो, राम्रो नाम । कसैले युङका राखेका छन् । जसको अर्थ मनको वा इच्छ्याइएको भन्ने हुन्छ ।
२०६२ पछि जन्मेका धेरैजसो बालबालिकाको नाम कि त खाम मगर संस्कृति झल्किने खालको छ कि त आधुनिक देखिने नाम छन् । जस्तो कि, दिलपुरा विकले दुई छोराको नाम विशाल र आरोश राखिन् भने दुई छोरीको नाम मञ्जु र अञ्जु राखिन् अनि नातिको नाम किरण राखिन् । स्थानीय पुनी विकले पनि आफ्नो छोरीको नाम जेनी राखिन् भने छोराको नाम शिशिर राखिन् । यी सबै विस्तृत शान्ति सम्झौतापछिका वर्षमा जन्मिएका हुन् । दिलपुराले सुनाइन्, ‘हिजोआज त क्रान्ति, संघर्षजस्ता नाम राख्दैनन् । अहिले त राम्रा–राम्रा नाम राख्छन् ।’ स्थानीय जलजला एजुकेसनल एकेडेमीका प्रिन्सिपल गोविन विकले समयअनुसार नाममा परिवर्तन आएको बताएर । कि त आफ्नै भाषामा नाम राख्ने कि चाहिँ आधुनिक खालका नाम राख्ने चलन सुरु भएको छर । उनले भने, ‘नयाँ पुस्ताले पनि क्रान्ति, युद्ध जोडिने नाम मन पराउन छोडिसके ।’
२०८० साल जेठ १५ गतेको सम्पादकीय
गणतन्त्र दिवसको शुभकामना
लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहने गर्दछ । ठूलो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न क्रियाशील रहनुपर्दछ । संविधान र गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत जनताले पाउने आधारभूत सेवा सहज बन्दै जानु, सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग र संस्कृतिका समुदायको अधिकार स्थापित हुँदै नेपाल राज्यप्रतिको उनीहरूको अपनत्व बलियो बन्दै जानु गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको देखिने बलिया आधार हुन् । नेपाली जनताले इतिहासका विभिन्न कालखण्डमा गरेका बलिदानीपूर्ण संघर्षको जगमा विसं २०६५ जेठ १५ गते तत्कालीन संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको थियो । एकात्मक सामन्ती केन्द्रिकृत राज्यव्यवस्थाको समूल अन्त्य गर्दै जनताका प्रतिनिधिबाट जनताले शासन गर्न पाउने संघीय, समावेशी लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १५ वर्ष पूरा भएको छ । यसर्थमा आजको दिनलाई नेपालको राजनीतिक इतिहासलाई नयाँ युगतर्फ लैजाने ऐतिहासिक दिनका रूपमा स्मरण गर्न‘पर्छ । सयौँ वर्षदेखिको वंशवादी सामन्ती प्रणालीलाई अन्त्य गरी जनताको व्यवस्था स्थापना गरिएको घटना सामान्य कदापि थिएन । गणतन्त्रलाई संस्थागत गर्ने क्रममा कैयन चुनौती देखिए पनि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रूपमा स्थापित गर्न पहल गरिनुपर्दछ ।
हामी आज स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । जनताबाट चुनिएका जनप्रतिनिधिबाट आज मुलुकको शासनप्रणाली सञ्चालित भइरहेको छ । विना भेदभाव सबै नेपालीलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुनसक्नु गौरवको विषय हो । नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न संघीयता, समावेशिता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अङ्गिकार गरिएको छ । विश्वव्यापीरूपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त र नेपाली समाजको विशेषता अनुकूलका चरित्र थप गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको छ । यसलाई अझै जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने आवश्यकता छ । नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण यो व्यवस्थाको अभिष्ट हो । संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकारलगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्थाका अभिष्ट पूरा गर्नतिर केन्द्रित हुनुपर्छ र हुँदै पनि गएका छन् । नागरिक हकअधिकारको पूर्ण सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक सामाजिक रूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले क्रमशः आकार लिन थालेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य हुन जरुरी छ ।
लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक हो । यसो भएता पनि महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्र मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकताको जगलाई थप मजबुत बनाउन सकिन्छ । संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहजरूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दीगो हुँदैन । आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य सिद्ध नहुने स्पष्ट छ । जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिबद्धतासाथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो छ । यस बीचमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संर्घर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षडयन्त्र पनि भइरहेका छन् । संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयास कदापि सफल हुने छैनन् । संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु जरुरी छ । सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि फेरि राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । गणतन्त्र स्थापना र नागरिक अधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका राजनैतिक आन्दोलनका क्रममा ज्यानको आहुति दिने सहिद, अग्रज राजनेता र राजनीतिक कार्यकर्ताहरू, बुद्धिजीवी, नागरिक समाजका अगुवा, लोकतन्त्र र गणतन्त्रप्रति आस्थावान सबैमा सम्मान सहित गणतन्त्र दिवसको हार्दिक शुभकामना ।
कोम्राङपाखामा बिजुली
![]() |
सुर्यगढी गाउँपालिकाको को कोम्राङपाखा गाउँ |
चोकते । नुवाकोटको विगत मानिने सूर्यगढी गाँउपालिका वडा नं. १ को कोम्राङपाखासहितको आसपासमा विद्युत् सेवा पुगेको छ ।
जिल्लाको दुर्गम क्षेत्र र माथिल्लो भूभाग भएकाले भौगोलिक कठिनाइको कारण विद्यत्् प्रसारण प्रणाली पुग्न नसकेको उक्त गाउँमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत केन्द्रीय प्रसारण प्रणाली पु-याएको हो । कार्यालयका डिभिजन प्रमुख हरिप्रसाद गुरागाईको अनुसार ‘उज्यालो बागमती अभियान’ अन्तर्गत ४० लाख रुपैयाँको लगानीमा ६० फलामको खम्बा र प्रसारण लाइन विस्तार गरेर विद्युत् पु-याइएको हो । ‘विद्युत् अभाव र तत्कालको लागि प्राधिकरणबाट विस्तारको तयारी नभएको भन्दै स्थानीयवासीको आग्रह अनुसार बत्ती विस्तारको तयारी गरिएको हो’, डिभिजन प्रमुख गुरागाईले भने, ‘किसानको दैनिक जीवनमा आर्थिक रुपान्तरणसँग जोड्न बनाएको लक्ष्य विद्युत् सेवाको पहुँच पु-याउन सफल भएसँगै पूरा भएको छ ।’
विद्युत् सेवाको विस्तार भएसँगै यहाँका नागरिकले टुकी बत्तीको सट्टा बिजुली बाल्न पाउने भएपछि गाँउमा खुसीको उमङ्ग छाएको सूर्यगढी गाउँपालिका–१ वडाध्यक्ष राजकुमार तामाङ (रञ्जित)ले बताए । उनका अनुसार बत्ती बाल्न र सञ्चारमाध्यमको उपभोग गर्नसहित जङ्गली जनावरले कृषि उब्जनीमा पु-याउँदै आएको क्षति नोक्सानी कम गराउन सक्ने आशा स्थानीयवासीको छ । ‘लाङटाङ राष्ट्रिय निकुञ्जको पहुँच क्षेत्र भएकाले बदेल, दुम्सी भगाउन बत्ती बाल्न र सङ्गीत बजाएर भगाउन सकिन्छ भन्ने योजना बनाएका छौँ ।’ वडाध्यक्ष तामाङले भने, ‘गाउँमा कुटानीपिसानी गर्ने मिल चलाउन, बालबालिकालाई अध्ययन र चुलोचौकाको काम समयमा गर्न सहज भएपछि गाउँवासी उत्साहित छन् ।’
कोम्राङपाखाको ८४ वर्षीय जितमानसिंह तामाङको घरमा बत्ती बालेर सुरु भएको विद्युत् सेवा तार व्यवस्थापनको काम भइरहेकाले लक्ष्यअनुसार १५० घरधुरीमा पु-याउन एक साता लाग्ने देखिएको छ । साठी वटा खम्बा र त्यसमा प्रसारण लाइन जडान भइसकेको छ भने घरघरमा विद्युतीकरणको लाइन मिलाउन बाँकी भएकाले सबैको घरमा बत्ती बल्न केही दिन लाग्ने ‘ग्रामीण विद्युतीकरण तथा अन्य निर्माण उपभोक्ता समिति’का अध्यक्ष काजीमान तामाङले बताए ।
समुद्री सतहदेखि दुई हजार दुईसय मिटर उचाइमा अवस्थित यस (कोम्राङपाखा) बस्ती गोसाइँकुण्ड पदमार्ग, निकुञ्ज र हिमशृङ्खलाको मनोरम दृष्यावलोकनको लागि पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध यस ठाँउमा विद्युत्को उपभोगले स्थानीयवासीको आर्थिक जनजीवनमा उल्लेख्य सुधार हुने विश्वास लिएको उनको भनाइ छ ।
कोठी सञ्चालक डोल्मा कारागार चलान
विदुर । मानव बेचविखनमा सम्लग्न भएको आरोपमा पक्राउ परेकी नुवाकोट शिवपुरी गाउँपालिका–१ तलाखुकी सोनाम भन्ने हेरिङ डोल्मा तामाङलाई जिल्ला अदालतले थुनामा पठाएको छ ।
जिल्ला अदालतका न्यायाधीश मदनबहादुर धामीले डोल्मालाई विहीबार पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएपछि डोल्मालाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारत पु-याएकी महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा घटना भएको ६ वर्षपछि सोनामलाई प्रहरीले गिरफ्तार गरेको हो । शिवपुरी गाउँपालिका–१ तलाखु निवासी ४० वर्षीया सोनामलाई भारतबाट नेपाल आएको समयमा काठमाडौँबाट रसुवा जाँदै गर्दा पीडितले दिएको सूचनाका आधारमा गत चैत २५ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
काभ्रे धुलिखेलकी २६ वर्षीया महिलाले २०७३ वैशाख ३ गते ललाई फकाई भारतमा पु-याउने सिन्धुपाल्चोक राम्चेका ३४ कुमार तामाङसँग भारु. पाँच लाखमा आफूलाई खरीद गरी भारतको मुनिरकास्थित जिवि रोडमा कोठी सञ्चालन गर्ने आरोपित डोल्माले चार महिना यौन व्यवसायमा जबर्जस्ती लगाएकी थिइन् ।
य सअघि नुवाकोट शिवपुरीकी २९ वर्षीया महिलाको उजुरीमा पनि डोल्मा प्रतिवादी रहेको र सोही घटनामा संलग्न कुमार तामाङको फैसलामा डोल्मालाई भेटिएको वखत मुद्धा चलाउने गरी फैसला भएकोले पुरक जाहेरी दर्ता गरि अनुषन्धान अघि बढाउन सहज भएको जिल्ला न्यायाधीवक्ता टेकराज भुसालले बताए । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअनुसार पीडितले दिएको उजुरीमा हदैसम्म (सर्वस्वसहित)को कारबाहीको माग गरिएको छ । प्रहरीका अनुसार दलालले विवाह गर्नेदेखि रोजगारमा लगाइदिने भनेर झुटो आश्वासन दिई भारतको कोठीमा पुगेका पीडित दुई महिलाले दिएको उजुरीका आधारमा कोठी सञ्चालन गर्दै आएकी सोनामलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार सोनामले भारतको जेबीरोडमा कोठी नं ६८ सञ्चालन गर्दै आइरहेकी छिन् । त्यहाँ उनले विभिन्न दलालमार्फत बालिका तथा महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने गरेको देखिएको छ । नुवाकोट र काभ्रेका एक–एक महिलालाई उनले जनही पाँच लाख भारतीय रुपैयाँमा खरिद गरेर त्यहाँ यौन व्यवसायमा लगाएको पीडितले दिएको जाहेरी र प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ती पीडित महिलालाई सिन्धुपाल्चोक जिल्लाको साविक राम्चे गाविस–१ का कुमारले बिक्री गर्न भारत पु-याएका थिए ।
काभ्रेका किशोरीलाई विसंं २०७३ वैशाखमा भारतमा फेसन डिजाइनरमा रोजगार लगाइने भनेर लगिएको थियो भने नुवाकोटकी महिलालाई भारतमा गएर बिहे गर्ने र उता आफैँले होटल सञ्चालन गर्ने भनेर लगिएको पीडितले दिएको जाहेरीमा उल्लेख छ । फरक–फरक समयमा भारतको कोठीमा पुगेका ती दुई महिला विसं २०७३ कात्तिक २५ गते भागेर नेपाल आएर न्यायका लागि लडेका थिए । कोठी सञ्चालक सोनामलाई यसअघि कुमारसँगको मुद्दामा पूरक अभियोग बनाइएको थियो भने अहिले पीडितले उनलाई नै मुख्य प्रतिवादी बनाएर जाहेरी दिएका छन् ।
बेचविखनमा सम्लग्न कुमार तामाङलाई भने नुवाकोट जिल्ला अदालतले ०७५ कात्तिक १४ गते २० वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । हाल तामाङ कैद भुक्तान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
१८ हजार गाई गोरुमा लम्पी स्किन रोग
विदुर । देशभर ३५ भन्दा धेरै जिल्लामा फैलिएको लम्पी स्किन रोगबाट नुवाकोटमा ३ सयभन्दा बढि गाइ सङ्क्रमित भएका छन् । पहिलो चरणको तथ्याङ्क अनुसार नुवाकोट सहित बागमती प्रदेशभित्रका १३ वटा जिल्लामा लम्पी स्किन रोगबाट १८ हजार ३२४ गाई सङ्क्रमित भएका छन् ।
लम्पी स्किन रोगबाट सङ्क्रमित केही गाईगोरु मरेका छन् । बाग्मती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार मकवानपुरमा यो रोग ४ हजार ८३५ वटा गाईमा देखिएको छ र भने १९७ गाई मरेका छन् । त्यस्तै, सिन्धुलीमा ९ हजार ६३४ गाईगोरुमा सङ्क्रमण भएको छ भने र ४७ वटा मरेका छन् । रामेछापमा १ हजार ९६५, चितवनमा १ हजार ६० वटा गाईमा रोगको सङ्क्रमण देखिएको छ । अहिलेसम्म गाईगोरुमा मात्र सङ्क्रमण भएको र भैँसीमा सङ्क्रमण नदेखिएको सचिव पाण्डेले बताएका छन् ।
काठमाडौंमा ८३, ललितपुरमा ४०, काभ्रेमा ४ सय, नुवाकोटमा ३ सय, सिन्धुपाल्चोकमा ६ र भक्तपुरमा एउटा गाईमा लम्पी स्किन रोग देखापरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यो रोगबाट पशुमा हुने मृत्युदर कम भएपनि दुहुना पशुको दूध उत्पादनमा ८० प्रतिशतसम्म ह्रास हुने हुँदा किसानलाई नोक्सानी हुने गरेको छ । रोगग्रस्त क्षेत्रमा निःसङ्क्रमण, उपचारलगायतका कार्य भइरहेको पनि मन्त्रालयले जनाएको छ । यसवर्ष गएको पुसदेखि नै पशुचौपायामा फाट्टफुट्ट रोगको सङ्क्रमण देखिन थालेको थियो । त्यसबेला मकवानपुर, चितवन, बैतडी, पाल्पा, इलाम, सङ्खुवासभा, खोटाङलगायतका जिल्लामा देखिएको लम्पी स्किन रोग अहिले देशभर फैलिएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद नार्कको पशु तथा मत्स्य अनुसन्धानका अनुसार लम्पी स्किन रोग लागेका गाई÷भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिने गर्छ । रोग लागेका पशुचौपायालाई चरनमा नलैजान तथा क्वारेन्टिनमा राखेर उपचार गर्न पशु सेवा विभागले कृषकहरूलाई सुझाव दिएको छ ।
भारत तथा चीनमा सन् २०१९ मा देखिएको यो रोग नेपालमा मोरङ हुँदै भित्रिएको थियो । २०७७ साल असारमा नेपालमा लम्पी स्किन रोग भित्रिएको थियो । यो रोग बागमतीसहित ७ वटै प्रदेशका ३५ भन्दा धेरै जिल्लामा फैलिएको छ ।
बेलकोटगढी मर्मतमा पुरातत्वको चासो
मर्मत भइरहेको बेलकोटगढी
– भोलाराज पौडेल
बेलकोटगढी । नुवाकोट एकिकरणको अभिन्न अंगको रुपमा चिनिने बेलकोटगढीको मर्मत सम्भारको लागि पुरातत्व विभागले यस वर्ष थप काम गर्ने भएको छ ।
भुकम्पबाट क्षतिग्रस्त भएको गढीको माथिल्लो कोणको पुर्ननिर्माणको काम सम्पन्न गरेको पुरातत्व विभागले यस वर्षदेखि माथिल्लो भागमा भत्किएको पर्खाललाई थप विस्तार गर्न लागेको हो । पुरातत्व विभागले यस वर्ष २० लाख रुपैयाँको लागतमा ठेक्का प्रक्रियामार्फत गढीको माथिल्लो भागमा १ मिटर अग्लो चारैतिरको पर्खाल थप गर्न लागेको हो । यो पर्खालमा पृथ्वीनारायण शाहको पालामा गढीमा सेना लुक्ने र अरुलाई आक्रमण गर्न मिल्ने ठाउँठाउँमा प्वाल भएको पर्खाल निर्माण गरिने छ । जेठ महिनाभित्रै सो काम सम्पन्न गर्ने गरी पुर्ननिर्माणको काम अघि बढाईने पुरातत्व विभागले जनाएको छ ।
समुन्द्री सतहदेखि करिव एक हजार २ सय फिटरको उचाइमा ऐतिहासिक बेलकोटगढी पृथ्वी नारायण शाहले बाइसे–चौविसे राज्य एकिकरण गर्ने शिलसिलामा वि.स. १८०१ मा नुवाकोट आक्रमण गर्ने क्रममा निर्माण गरेको कुरा नेपालको इतिहासमा लेखिएको छ ।
जिल्लाभित्र रहेका प्रमुख ऐतिहासिक तथा धार्मिक सम्पदाहरूमध्येको एक स्थानको रुपमा यस गढी आवश्यक मर्मत संभार र जिर्णोद्वारको अभावमा खण्डहर बन्दै गइरहेको गढीलाई विगत १० वर्षदेखि पुरातत्व विभागले चासो दिएर गढी संरक्षणमा लागेको हो । तर, यो प्रयाप्त छैन । गढीको पर्खालमा लगाइएको ढुंगा संरक्षण र पर्खाल लगाउने काम सुरु गरेपनि यो काम अझै पूर्ण हुन सकेको छैन । गढीको तल्लो कोणको पर्खाल मर्मत गर्न‘पर्ने स्थानीय राजनीतिज्ञ बासुदेव कँडुवालले बताए । ‘पुरातत्व विभागबाट केही सुधारका कार्यक्रम सञ्चालन भइरहेको छ,’ कँडुवालले भने–‘यो प्रयाप्त छैन ।’ गढीको माथिल्लो भागको पर्खाल मिलाउने काम सकिएपनि तल्लो भागको पर्खाल मर्मतको काम भने अझै हुन नसकिएको उनले बताए ।
सदरमुकाम बिदुरदेखि तीन कोष दक्षिणतर्फ पर्ने यस गढी तीन रोपनी क्षेत्रफलभित्र चारैतिर ढुङ्गाको पर्खाल लगाइएको छ । यस गढीको माथिल्लो भागको मा निरञ्जना मन्दिर अवस्थित छ । गढीमा लगाइएको ढुंगाको पर्खालमा २२÷२२ हातका ८ कोण र तल्लो भागमा ३२/३२ हातका ८ कोण (अष्टकोण) आकार दिइरहेको छ ।
युद्धकलामा आधारित रहेर निर्माण गरिएको गढी शत्रु पक्षले आफ्नो पक्षलाई हानेको गोली वा हतियार रोकेर अफू सुरक्षित रहन सकिने तर शत्रुपक्षलाई सिधै आक्रमण गर्न मिल्ने गढीको पर्खाल पृथ्वीनारायण शाह र उनका सैन्य समूहले एकै रातमा एक कि.मी. पर ढुङ्गे खानीको ढुङ्गा ल्याएर निर्माण गरेको भन्ने आख्यान बूढापाकाहरूको रहेको छ ।
पासाङल्हामु मार्गको धमलेदेखि २ किलोमिटर धमले– जिलिङ सडकसँगै जोडिएको बेलकोटगढी राष्ट्रको सितरा, नुवाकोटको गहना, र सिङ्गो बेलकोटगढी नगरपालिकाको परिचयसँग गाँसिएको छ ।
गढीको अर्को विषेशताको रुपमा रहेको दशैं घर अगाडी रहेको काठको मौलो । पृथ्वी नारायण शाहले बाइसे–चौविसे राज्य अन्र्तगतको बेलकोटका राज्यका राजा जयन्त रानालाई काटी मारेपछि जयन्तको बहादुरीको सम्झनामा गाडिएको यो मौले अझै रहेको छ । जयन्तका पुर्खा राना मगर अहिले पनि बेलकोटमै बसोवास गर्दै आइरहेका छन् । निरञ्जाा भगवती मन्दिरमा यहाँका मगर समुदायका उपासे छन् । निरञ्जनालाई मगर समुदायले आफ्नो मुख्य देवीको रुपमा पुज्दै आएको उपासे मानवबहादुर राना बताउँछन् । विशेष पर्व पुजामा कर्ताको रुपमा उनीहरूको भूमिका रहने गर्दछ । यहाँ पुजारी र पुरोहित पौडेल परिवारका छन् । पृथ्वी नारायण शाहले रामानन्द पौडल (पण्डित)को सल्लाहको आधारमा नुवाकोट आक्रमण सफल भएकोले यो मन्दिरमा गुठीको व्यवस्था गरी मन्दिर संरक्षणमा लगाएको पौडेल समुदायको दावी रहेको छ । ‘त्यतिबेला सबैतिर पढाई हुँदैन थियो, स्थानीय वृद्ध युवराज पौडेल भन्छन्–‘रामानन्द पढेर घर फर्कने क्रममा पृथ्वीनारायण शाहसँग फर्किएका र त्रिशूली नदीमा खडा थापेर साइत हेर्ने काम उनैले गरेकाले यो मन्दिरमा पौडेलले पुजारी र सञ्चालनको जिम्मेवारी पाएको हो ।’
गढीमा रहेको निरञ्जना भगवती मन्दिर पनि पौराणिक र शक्ति पीठको रुपमा गाउलेहरूले पुज्दै आएका छन् । ग्रन्थहरूका अनुसार बेलकोटलाई देवीकोट भनिएको र पछि धेरै बेलका रुखहरू भएको र कोट (गढी) को निर्माण भएपछि बेलकोट रहन गएको स्थानीयबाट सुन्न पाइन्छ ।
पृथ्वीनारयण शाहहद्वारा गढी निर्माण गरे पश्चात नित्य बिहान बेलुका पुजाआरती नगरा लगाउन र पर्व मेला संचालन गर्न झण्डै चार सय रोपनी जति जग्गा देवीको नाममा राखी गुठीको व्यवस्था गरी कुुुत वालीबाट कर्मचारीहरूले काम गर्नुपर्ने गरी तोकिएको थियो । जग्गा मध्ये दुइसय एकनब्बे रोपनी जग्गा मात्र पत्ता लागेको छ, वाँकी जग्गाहरू कहाँ कसरी रहेका छन् अहिलेसम्म पत्ता लगाउनै नसकिएको स्थानीयहरू बताउँछन् ।
बढादशैंमा यहाँ काठमाडौं हनुमान ढोकाको वैद्धिक विधिअनुसार पुजा सञ्चालन हुने गरेको छ भने यहाँ दैनिक विहान बेलुकी नगरावाना लगाउने चलन अझै निरन्तरता पाएको छ । पहिले समय सुचकको काम गर्ने नगरावाना अचेलको पुस्ताको लागि नौलो लाग्ने गरेको छ । विहानको नगरा बजेपछि उठ्ने समय भएको र बेलुकीको नगरा बजेपछि मेलापातबाट फर्किने समयको रुपमा स्थानीयहरूले लिने गरेका थिए । स्थानीय भीमबहादुर नेपालीको नेतृत्वको टोलीले दैनिक नगरावाना बजाउँदै आएको छ ।
२०७२ सालको भुकम्पपछि भत्किएको निरञ्जना भगवती मन्दिर निर्माणको काम यसै वर्षमात्रै सुरु भएको छ । पुरातत्व विभागको डिजाइन र बेलकोटगढी नगरपालिकाको अनुदानमा एक करोड १० लाखको लगानीमा मन्दिर निर्माण हुन लागेको हो ।
टिपरको ठक्करबाट एकको मृत्यु, दुई जनाको शव फरक ठाउँमा फेला
विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिका ७ ठूलोखोला पुल नजिकै टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा बिहीवार एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते छन् ।
दुर्घटनामा लिखु गाउँपालिका १ का ५० वर्षीय नेत्रमान कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । बिहीबारको दुर्घटनामा घाइते भएका नेत्रमानलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा लगेपछि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रसुवाबाट काठमाडौतर्फ जाँदै गरेको बा ३–००१ ख २५८४ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा ०२–२९ प ५७५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार नेत्रमानको मृत्यु भएको हो भने उनका २० वर्षीय छोरा निरज विक घाइते भएका छन् । निरजको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारमा गराइएको छ । टिपर चालक धादिङ धुनिबेसीका सन्दीप कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिहेको जनाएको छ ।
यसै बीच, गएको हप्ता विभिन्न दुई घटनासंग सम्बन्धी दुई शव फेला परेको छ । विदुर नगरपालिका वडा नं. ३ स्थित त्रिशूली नदीमा बुधवार एक स्थानीयको शव फेला परेको छ । मृत्यु हुनेमा विदुर नगरपालिका वडा नं. ५ का ६० वर्षीय कृष्णबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ ।
पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा शव पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनको मृत्यु हुनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उता, साढे ३ महिनादेखि हराइरहेकी महिलाको शव फेला परेको छ । गत माघ १५ गतेदेखि हराइरहेकी विदुर नगरपालिका–२ बट्टारकी ५४ वर्षीय देवकी अधिकारीको विदुर नगरपालिका–१० केराघारीस्थित छत्तिवनडाँडामा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्र बहादुर खड्काले बताए । शव देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कपडा र झोलाको आधारमा देवकीको पहिचान खुलेको डीएसपी खड्काले बताए ।
तारकेश्वरमा स्थानीय पाठ्यक्रम लागू
![]() |
पाठ्यक्रमको विमोचन गर्दै जनप्रतिनिधिहरु । |
दाङसिंग । नुवाकोटको तारकेश्वर गाउँपालिकाले स्थानीय पाठ्यक्रम विमोचन गरेको छ । शुक्रवार गाउँपालिकामा आयोजित एक कार्यक्रमबिच गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रमसँगै नयाँ शैक्षिक सत्रको शैक्षिक क्यालेन्डर विमोचन गरेका हुन् । स्थानीय पाठ्यक्रमसँगै विमोचनपछि आजैदेखि गाउँपालिकाभरिका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएको छ ।
संघीयता कार्यान्वयनको सातौं वर्षमा गाउँपालिकाले पहिलो पटक स्थानीय पाठ्यक्रम लागू गरेको हो । गाउँपालिकाभरका जनप्रतिनिधि, कर्मचारी र प्रधानाध्यापकहरूको उपस्थितिमा स्थानीय पाठ्यक्रम विमोचन गरिएको हो । विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले समाजको सर्वाङ्गीण विकासको आधार नै शिक्षा भएकाले गुणस्तरीय शिक्षाको विकासमा जोड दिनुपर्ने बताए । उनले शिक्षाको गुणस्तर सुधारका लागि आफूले सुरु गरेका कार्यक्रम प्रभावकारी ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष अधिकारीले केही विद्यालयमा यसै शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने तयारी रहेको समेत खुलासा गरे । उनले पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिँदै पाठ्यक्रमलाई परिष्कृत गर्दै लैजाने उल्लेख गरे ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अधिकारीले शिक्षकहरूको तलब कुनै हालतमा रोकिन नहुने भन्दै समयमै तलब भुक्तानी गर्न शिक्षा शाखालाई निर्देशन समेत दिएका छन् ।
रालुका स्वास्थ्य चौकीमा प्रसूती केन्द्र
![]() |
प्रसूती केन्द्र (वर्थिङ सेन्टर) उद्घाटन कार्यक्रम |
खरानीटार । नुवाकोटको तादी गाउँपालिका वडा नम्बर २ स्थित रालुका स्वास्थ्य चौकी प्रसूती केन्द्र (वर्थिङ सेन्टर) उद्घाटन भएको छ । शनिबार एक समारोहबीच तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले प्रसूती केन्द्र उद्घाटन गरेका हुन् ।
कार्यक्रममा तादी गाउँपालिका उपाध्य सञ्जु प्याकुरेल, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल, स्वास्थ्य संयोजक विनोदराज खरेल, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिती र रालुकावासीको समेत उपस्थिति थियो ।
वर्थिङ सेन्टर सञ्चालनपश्चात् समग्र रालुकावासी प्रत्यक्ष लाभान्वित हुनुको साथै गुणस्तरीय मातृत्व सेवामा पहुँच र आधारभूत मातृ तथा शिशु स्याहारमा समेत विशेष सेवा उपलब्ध हुने गाउँपालिका अध्यक्ष तामाङले अपेक्षा राखेका छन् ।
स्वास्थ्य केन्द्रको भवन उद्घाटन
![]() |
आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन |
खड्गभञ्याङ्ग । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रको भवन आईतवार गाउँपालिका अध्यक्ष शिव अधिकारीले उद्घाटन गरेका छन् ।
आधारभूत स्वास्थ्य केन्द्रको दुई कोठे पक्की भवनको उद्घाटन गर्दै उनले छिट्टै सुविधा सम्पन्न स्वास्थ केन्द्र निर्माण गर्नका लागि प्रक्रिया अगाडि बढाएको बताए । अध्यक्ष अधिकारीले केही समय अघि यो भवनको स्तरउन्नती गरि स्वास्थ्य सेवा प्रवाह गर्न निर्देशन दिएका थिए । मजुवामा रहेको आधारभूत स्वास्थ केन्द्र विगत लामो समयदेखि भाडाको घरमा सञ्चालन हुदै आएको थियो ।
फुटबलका २४ प्रशिक्षक तयार
विदुर । नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा चार दिने फुटबल प्रशिक्षक तालिम सम्पन्न भएको छ । गएको सोमबारदेखि सुरु भएको तालिममा एक महिला र २३ पुरुषले तालिम लिएका छन् ।
तालिममा नुवाकोट जिल्लाका १८ जना, अन्य जिल्लाका ५ जना र कंगो देशका १ जना खेलाडी गरी २४ जना फुटबलका रेफ्री, खेलाडी, विद्यालयका खेलकुद प्रशिक्षक तथा शिक्षकहरूको सहभागिता थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहकार्यमा २४ जनाले फुटबल प्रशिक्षक तालिम लिएको एन्फा नुवाकोटका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए । प्रशिक्षक बन्ने पहिलो खुड्किलाको समुदायस्तरीय प्रशिक्षण जिल्लामा पहिलोपटक तालिम आयोजना गरिएको अध्यक्ष चित्रकारले बताए ।
समापन कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष निलमबाबु ढुंगेलले जिल्लाको फुटबल विकास र एन्फा भवन निर्माणमा वडाले सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जिल्लामा व्यावसायिक खेलाडी उत्पादनमा तालिमले टेवा पु¥याउने बताए । प्रशिक्षणमा एन्फा बागमती प्रदेश समितिका प्रमुख चेतनारायण श्रेष्ठ र एन्फा प्रशिक्षक तालिमका प्रमुख संजित सिंहले सहजीकरण गरेका थिए । खेलाडी र प्रशिक्षकका लागि शारीरिक अभ्यास मात्र नभई मनोविज्ञान, संस्कृति, मौसमलगायतका विषयमा तालिम दिईएको प्रशिक्षक श्रेष्ठले जानकारी दिए ।
तालिमपश्चात् प्रशिक्षार्थीले समुदाय र विद्यालयका १४ वर्ष उमेर समूह सम्मका खेलाडीहरूलाई प्रशिक्षण दिन पाउने छन् । विद्यालय र सामुदायिक बालबालिकाले उचित र सही मार्गदर्शन पाउने र दीर्घकालीन रुपमा जिल्ला र देशकै खेलकुदमा प्रभाव पार्ने नुवाकोट एन्फाले अपेक्षा लिएको छ ।
सञ्चार सेट सहित समातिए नक्कली प्रहरी
विदुर । प्रहरीको पोशाक तथा अन्य सामाग्री समेत दुरुपयोग गरी स्थानीयलाई त्रसित बनाउँदै आएका एक युवकलाई विदुर ९ कोलोनीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीसँग नेपाल प्रहरीको परिचय पत्र, वायरलेस सेट (वाकीट्वाकी) समेत रहेको पाईएको छ ।
आफूलाई प्रहरी बताउँदै स्थानीयमा भय र त्रास सिर्जना गर्दै आएको विशेष सूचनाको आधारमा ती युवकलाई मंगलवार दिउँसो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका ती युवकले आफ्नो नाम बिशाल तामाङ र घर बिदुर नगरपालिका वडा नं. १३ रहेको जानकारी दिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिईएका तामाङको साथमा एक सेट वाकीटकी, नेपाल प्रहरी संगठनको आधिकारीक लोगो प्रयोग गरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश–३ नुवाकोट लेखिएको २ वटा परिचय पत्र, नेपाल आर्मीको हतियार सहितको ड्रेस लगाएको फोटो १ थान, सशस्त्र प्रहरीको ड्रेस लगाएको पासपोर्ट साईजको फोटो भेटिएको प्रनाउ खड्काले वताए । उनलाई जिल्ला अदालत नुवाकोटबाट लिखत सम्बन्धी कसुर (सरकारी छाप दस्तखत किर्ते) मुद्दामा दिन–७ म्याद लिई थप अनुसन्धान भईरहेको जनाईएको छ ।
यसैबीच, बहुविवाह र बालविवाहको मुद्धामा फारार एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालतले २०७८ बैशाखमा बहु–बिबाह र बाल बिबाह मुद्दामा नुवाकोट जिल्ला अदालतबाट १ वर्ष ६ महिना कैद र पन्ध्र हजार जरिवाना फैसला भई फरार रहेका किस्पाङ ३ का २५ वर्षिय बक्बिर तामाङलाई वुधवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुर्गम गाउँमा तीनवटा एम्बुलेन्स
![]() |
एम्बुलेन्स हस्तान्तरण गर्दै सांसद तामाङ |
विदुर । बागमती प्रदेशका सांसद राधिका तामाङमार्फत नुवाकोट जिल्लालाई ३ वटा एम्बुलेन्स प्राप्त भएको छ ।
सांसद तामाङको पहलमा प्रदेश पुर्वाधार विकास कार्यक्रम (संसद विकास कोष) मार्फत नुवाकोटको शिवपुरी, दुप्चेश्वर र पञ्चकन्या गाँउपालिकालाई एम्बुलेन्स प्राप्त भएको छ ।
तीन वटा एम्बुलेन्स मध्ये पञ्चकन्या र दुप्चेश्वरमा उपलब्ध भैसकेको । शिवपुरीमा उपलब्ध हुने प्रक्रियामा रहेको सांसद तामाङले बताए । दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर २ मा एम्बुलेन्स हस्तान्तरण गर्दै सांसद तामाङले दुर्गम गाउँका नागरिकहरूको सहजताको लागी आफुले गर्न‘पर्ने कामहरू अझै बाँकी रहेकाले नागरिकहरूकै सेवामा रहने प्रतिबद्धता जनाए ।
पुर्व कृषि राज्यमन्त्री एवं बागमती प्रदेशका पुर्व उपसभामुख समेत रहेका तामाङले एम्बुलेन्स प्राप्तिपछि नुवाकोटका दुर्गम गाउँका नागरिकलाई केही सहज हुने आशा गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।
गाउँका बजारहरुमा पनि अनुगमन
![]() |
सुर्यगढी गाउँपालिकामा भएको बजार अनुगमनमा गाउँपालिका उपाध्यक्ष (बाँयाँ) । तस्बिर : इमेज |
चोकते । सुर्यगढी गाँउपालिकाले वजार अनुमनलाई तिव्रता दिएको छ । गाँउपालिकाका उपाध्यक्ष मञ्जु बुढाथोकीको नेतृत्वमा गाँउपालिकाको विभिन्न स्थानहरूमा वजार अनुगमनलाई निरन्तरता दिईएको छ ।
अनुगमनको क्रममा केही पसलहरूमा म्याद गुज्रिएका, लेवल नराखिएका सामानहरू भेटिएकाले नष्ट गरिएको छ । केही पसलहरू दर्तानै नगरी सञ्चालन, मुल्य सूची नराखिएको भेटिएकोले पहिलोपटक सचेत गराईएको छ । त्रुटिहरूलाई सुझाव अनुसार सुधार गर्न व्यापारीहरूलाई आग्रह समेत गरिएको उपाध्यक्ष बुढाथोकीले बताए । व्यापारको सम्मान, व्यवस्थित बजार र उपभोक्ताको हितको साथै उपभोक्ताहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आगामी दिनमा पनि अनुगमनको कार्य निरन्तर रहने गाँउपालिकाले जनाएको छ ।
यसै बीच, विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले विभिन्न स्थानको बजार अनुगमनको कामलाई अघि बढाएको छ ।
ककनी गाउँपालिका क्षेत्रभित्र रहेका विविध पसल तथा व्यवसायको अनुगमन गरिएको छ । रानीपौवा बजारका ४० वटा विविध व्यवसायमा अनुमगम गरिएको अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधी अधिकारीले जानकारी दिए । उनका अनुसार अनुगमन टोलीले लगातार दुई दिनसम्म ककनी गापाको एउटा सुनचांदी पसल र २१ वटा खाद्यान्न सप्लायर्स स्टोर्स, किराना पसल, ११ वटा होटेल, रेष्टुरेण्ट, तीनवटा मासु पसल र चार वटा अन्य पसलहरूमा अनुगमन गरिएको हो । विभिन्न पसल तथा व्यवसायमा मापदण्ड तथा गुणस्तरियताका सम्वन्धमा वजार अनुगमन गरिएको सहायक प्रजिअ अधिकारीले बताए ।
अनुगमनका क्रममा व्यवसाय दर्ता नवीकरण, मुल्यसूची, नापतौल, खाद्यवस्तु उत्पादनको मिति, म्याद समाप्त मिति, खरिद विल र बिक्री विलको निरीक्षण गरिएको अनुगमनमा सहभागी घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटका प्रमुख रामप्रसाद भुषालले वताए । निरीक्षणको क्रममा देखिएका कमजोरी तत्काल हटाउन निर्देशन दिदै, सुधार गर्न सुझाव दिदै र केहि व्यवसायीलाई आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनको भनाई रहेको छ ।
अनुगमनका क्रममा म्याद गुज्रेका विभिन्न सामग्रीहरू बरामद गरिएको भुषालले बताए । उनका अनुसार सात वटा पसल अनुगमन गर्दा विभिन्न किसिमका १८ हजार तीनसय ५० रुपैया बराबरको म्याद गुज्रेका विभिन्न सामग्रीहरू वरामद गरि नष्ट गरिएको बताइएको छ ।
पोशाक र शैक्षिक सामाग्री वितरण
![]() |
पोशाक र शैक्षिक सामाग्री वितरण |
विदुर । विदुर नगरपालिका–१३ मानेचौतारास्थित बागेश्वरी आधारभूत विद्यालयका बालबालिकालाई पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीचमा नेकपा एमालेका केन्द्रीय सदस्य विन्दा ढुंगानाले सामाग्री विद्यालयका बालबालिकालाई प्रदान गरेका हुन् ।
नेतृ ढुंगानाले बालबालिकाको आचरण व्यवहारमा परिवर्तन गर्न आधारभूत विद्यालयदेखि नै नैतिक शिक्षा बालबालिकाहरूका लागि आवश्यक रहेकोमा जोड दिईन् । विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्यनरत १३४ जना बालबालिकालाई विद्यालय पोशाक र झोला वितरण गरिएको समाजसेवी नवराज ढुंगानाले जानकारी दिए । साथै विद्यालयको शैक्षिकसत्र २०७९ मा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको उनले बताए । व्यक्तिगत खर्चमा वितरण गरिएको सामाग्रीबाट विद्यालयको शैक्षिक सुधारमा टेवा पुग्ने उनले बताए ।
पोशाक र शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठ, नेकपा एमालेका नेतृ अम्बिका पौडेल, राष्ट्रिय युवा संघ नुवाकोटका अध्यक्ष प्रज्वल सापकोटा, नेकपा एमाले नुवाकोटका कार्यालय सचिव अरुणकुमार श्रेष्ठलगायतले सामुदायिक विद्यालयको वर्तमान अवस्थाका बारेमा चर्चा गरेका थिए ।
आयुर्वेद सेवा जनस्तरसम्म पु-याउनु आवश्यक
विदुर । आयुर्वेद स्वास्थ्य शिक्षाको प्रभावकारितालाई जनस्तरसम्म पु-याउन नसक्दा पछिल्लो पुस्तामा विभिन्न रोगको संक्रमण बढ्दै गएको निष्कर्ष विदुरमा आयोजित एक कार्यक्रममा निकालिएको छ ।
जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र नुवाकोटले विदुरमा आयोजना गरेको कार्यक्रममा आयुर्वेद स्वास्थ्य अन्र्तगत खानपान, व्यायम, हिँडडुल, योग, प्रणायमलगायतका नियमित कर्म गर्न गर्नेहरूको संख्या कम हुनुले विभिन्न खालका रोगको संक्रमण बढ्दै गइरहेको बताइएको हो । आयुर्वेद स्वास्थ्य केन्द्रले विदुरमा शुक्रवार पत्रकारहरूसँग गरेको अन्र्तक्रियामा बोल्दै केन्द्र व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काले जिल्लाको देवीघाटमा रहेको जिल्ला आयुर्वेद स्वस्थ्य केन्द्रलाई प्रदेशस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने बताए । देवीघाटबाट तल्लो पिपलटारमा सुविधासम्पन्न भवनमा स्थानान्तरण हुन लागेको केन्द्रबाट न्यून शुल्कमा प्रयोगशालाको सुविधा प्राप्त गर्न सकिन्छ । साथै निःशुल्क औषधिलगायतको सेवा प्रदान भइरहेको छ । प्रयोगशालामा विभिन्न रोगको परीक्षण गर्दा थोरै शुल्कमा परीक्षण गर्न सकिने अध्यक्ष खड्काले बताए । आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदान गर्ने सेवा सुविधाको बारेमा जनस्तरसम्म पु-याउन सकेमा नुवाकोटवासीको स्वास्थ्य क्षेत्रमा पहुँच बढ्ने उनले बताए ।
कार्यक्रममा केन्द्रका बरिष्ठ वैद्य नारायण ओस्तीले मौसम अनुसार उत्पादन हुने फलफुल र अन्नपात समयमै सेवन गर्दा मानिसमा रोगप्रतिरोधात्मक शक्ति बढ्ने भएपनि पछिल्लो पुस्तामा मौसम अनुसारको अन्न तथा फलफुलको बदला आयातित अन्य बस्तुको प्रयोग बद्दै गएको बताए । केन्द्रबाट २२ प्रकारका औषधि निःशुल्क वितरण भइरहेको बताउँदै केन्द्रले जिल्लाभर आयुर्वेद स्वास्थ्यको बारेमा विद्यालयदेखि समुदायसम्म सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
कार्यक्रममा विदुर नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष लिलानाथ न्यौपानेले देवीघाटमा रहेको केन्द्रले छिट्टै पिपलटारमा रहेको भवनबाट सेवा प्रदान गर्न लागेकोमा खुशी व्यक्त गरे । नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले आयुर्वेद स्वास्थ्यको उपयोगिताको बारेमा जिल्लाका सञ्चारकर्मीहरूले सकारात्मक सन्देश प्रवाह गरिरहेको धारणा राखे । कार्यक्रममा नागरिक समाज नुवाकोटका अध्यक्ष बद्रीप्रसाद त्रिपाठीले स्वास्थ्य केन्द्र अपायक ठाउँमा भएको टिप्पणी गरे । जिल्ला आयुर्वेद केन्द्र नुवाकोटले गत साउनदेखि वैशाख मसान्तसम्म ५ हजार ६६४ जनाको स्वास्थ्य उपचार गरिसकेको छ ।