Thursday, July 13, 2023

हातैले उप्काउन मिल्ने पिच

पिच उप्काउदै जनप्रतिनिधिहरु ।

छहरे । टोखा–छहरे सडकअन्तर्गत नुवाकोट शिवपुरी गाउँपालिका–८ नम्बर वडा कार्यालयभन्दा पश्चिमतर्फ गरिएको कालोपत्रेमा गम्भीर लापरबाही भएको पाइएको छ । संघीय सांसद, प्रदेश सांसदसहित जनप्रतिनिधि र स्थानीयले शनिबार गरेको स्थलगत निरीक्षणका क्रममा निर्माण व्यवसायीले हतार–हतारमा मापदण्डविपरीत कालोपत्र गरेको पत्ता लगाएका हुन् । त्यस क्षेत्रको कालोपत्र जनप्रतिनिधि र स्थानीयले हातैले उप्काइएको दृश्य सार्वजनिक भएको छ । उक्त सडक खण्डको मर्मतको जिम्मा शिवशंकर निर्माण सेवाले लिएको हो । जसको मुख्य व्यक्ति बट्टार निवासी शिव श्रेष्ठ हुन् ।
    नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले चिसो माटोमा ग्राभेलसमेत नगरेको, आवश्यक ठाउँमा अलकत्रा नराखी पिच गरेर निर्माण व्यवसायीले गैरजिम्मेवार तरिकाले काम गरेको पाइएको जानकारी दिए । उनले प्राविधिक हिसाबले नापजाँच गर्दा मापदण्ड पुग्ने र स्थानीय उपभोक्ता सन्तुष्ट हुने अवस्था नभएसम्म भुक्तानी नदिन आफूहरूले सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराएको समेत जानकारी गराए । ‘सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख अमृतमणि रिमाललाई सम्पर्क गरी उक्त खण्डको सडक निर्धारित गुणस्तर अनुसारको कार्य नभएकोले निर्माण व्यवसायलाई भुक्तानी नदिन र निर्माण व्यवसाय कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छु । उक्त सडक खण्डमा कार्यालयले जिम्मा दिएर पठाएको इञ्जिनियरलाई पनि कारबाही गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘निर्माण कम्पनीलाई कालोसूचीमा राख्न अनुरोध गर्छौं ।’
    यस्तै सडक निरीक्षणमा पुग्नुभएका वागमती प्रदेशका सांसद एवं पूर्वउपसभामुख राधिका तामाङले पनि यस खालको लापरबाही आफूले पहिलोचोटी देखेको बताए । ‘पिच एक इन्च पनि छैन । बेस राम्रो नगरी माटोमा नै पिच हालिएको छ । पुरानो पिचमाथि पनि सफा नगरी कालोपत्र गरिएको छ,’ उनले भने, ‘यस्तो लापरबाही अहिलेसम्म देखेको थिइनँ । हदैसम्मको छ ।’
    कानुनी हिसाबले अनुगमन गर्ने अधिकार जनप्रतिनिधिलाई नभए पनि स्थानीयको बोलावटपछि निरीक्षणमा गएको उनले प्रस्ट पारे । उनले विकास निर्माणमा काम दिने र गर्ने निकाय जिम्मेवार बन्नुपर्ने बताएका छन् । ‘कानुनी हिसाबले अनुगमन गर्ने हामी जनप्रतिनिधिलाई अधिकार छैन । स्थानीयले बोलाउनुभएपछि गएका हौं । यस्तो कार्यमा अनुगमन गर्ने निकाय । काम लगाउने निकाय जिम्मेवार बन्नु पर्छ,’ उनको भनाइ थियो । उनले निर्माण व्यवसायी, कर्मचारीको लापरबाही र गैरजिम्मेवारपनका कारण विकास निर्माणमा भएको कमजोरीको दोष जनप्रतिनिधिमाथि खन्याउने गरेको पनि गुनासो गरेका छन् । प्रदेश सांसद तामाङले प्राविधिक रुपमा उक्त सडकको नापजाँचको विषयमा जिल्ला समन्वय प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीले प्रक्रिया अगाडि बढाउने बताएको जानकारी पनि गराएका छन् ।
    २०७४ अघि निकै दयनीय अवस्था रहेको टोखा–छहरे सडक केही वर्षकै अन्तरालमा अन्यत्र राम्रो काम भएकोमा उनले खुसी व्यक्त गरे । ‘केही मान्छेले प्रचार गर्ने, काम नगर्ने । काम भए पनि जनताको आँखा छारो हाल्ने प्रकृतिको थियो । पहिले काम भएको थिएन । संघका माननीय हितबहादुर तामाङ, हामी प्रदेशमा निर्वाचित सांसदहरूको पहलमा काठमाडौं र नुवाकोट सडक डिभिजनका प्रमुखहरूसँग र अन्य सरोकारवालासँगको समन्वय–सहकार्यमा केही भागबाहेक जुन उपलब्धि हासिल गरेका छौं, यो राम्रो काम हो,’ उनले भने ।
    संघीय सांसद तामाङले पनि आफूहरूकै पालामा टोखा–छहरे सडकको अवस्था निकै सुधार भएको उल्लेख गर्दै २०७४ पछि मात्रै यो मार्गलाई पटकपटक गरी संघीय सरकारबाट ४२ करोडभन्दा बढी रकम पारिएको जानकारी गराए । ‘२०७४ सालमा संघीय संसदमा निर्वाचित भएदेखि पटक–पटक गरी संघीय सरकारबाट राजमार्ग पुनःस्थापना शीर्षकमा ४२ करोड भन्दा बढी रकम पारेर बनाएको सडक अन्यत्र राम्रो भए पनि जनज्ञान मावि सातदोबाटो आसपासकोमायो दुर्गतिमा देखे पछि ज्यादै दुःख लागेको छ,’ तामाङले भने ।
उनले नुवाकोट र रसुवाका जनता राजधानी आवतजावत गर्ने मुख्य मार्ग टोखा–छहरे निर्माणमा कमजोरी भएको खण्ड नसुधारिएसम्म ठेकेदार र कर्मचारीलाई नछाड्ने चेतावनीसमेत दिएका छन् ।
    ‘रसुवाको सिंगै र नुवाकोटको ८० प्रतिशत जनता यो बाटोबाट हिँड्छन् । त्यसैले अरु गाउँको बाटो बनेर सार्थकता नपाउने भएर हामीले यसैलाई महत्व दिएका हौं । यो बिग्रिएको खण्ड नसुधारिकन ठेकेदार र कर्मचारीलाई हामी छोड्दैनौं,’ उनले भने, ‘यदि यस्तै अवस्थाको बाटो निर्माणको भुक्तानी दिएछ भने भुक्तानी दिने कार्यालयविरुद्ध पनि हामीले लड्नु पर्ने हुनसक्छ ।’
    सडक डिभिजन कार्यालय नुवाकोटका सूचना अधिकारी एवं साइट इन्जिनियर सुमनराज बस्नेतले जनज्ञान माध्यमिक विद्यालय नजिकबाहेक अन्यत्र समस्या नरहेको दाबी गरे । उनले निर्माण व्यवसायीले काम नसकाएकोले भुक्तानी दिन पनि बाँकी रहेको बताएका छन् ।
    ‘जनज्ञान माध्यमिक विद्यालय नजिक खाल्डो थियो । त्यसमा माटो भरेर सडकको लेभलमा बनाउने काम गर्ने तर पिच नगर्ने भनेका थियौं । तर निर्माण व्यवसायीले धूलो उड्छ भनेर पिच गराए । त्यहाँमात्र समस्या हो । अन्यत्र समस्या छैन,’ उनले भने, ‘समयमै काम नसकिएकोले भुक्तानी दिएका छैनौं । ६ सय मिटरको काम जिम्मा लिएकोमा अहिलेसम्म कार्यप्रगति ५० प्रतिशतमात्रै देखिएको छ ।’
    इन्जिनियर बस्नेतका अनुसार सडक बोर्डको ५० लाख रुपैयाँ बजेटमा सामान्य मर्मत शीर्षकअन्तर्गत त्यस खण्डको निर्माण सम्झौता गत मंसिर/पुसमा भएको थियो । सम्झौताअनुसार यही असार २५ गतेसम्ममा सकिने गरी ढलानबाहेकका ठाउँमा २ सेन्टीको मोटाइमा पिच गर्ने भन्ने रहेको उनले बताए । इन्जिनियर बस्नेतले भने, ‘सडक चुस्त दुरुस्त नबनाएसम्म भुक्तानी रोक्ने हो । ढुक्नु होला सबैजना । खोल्चीको भुक्तानी पाइँदैन ।’
    संघीय सांसद तामाङका अनुसार कार्यालय प्रमुख रिमालले तत्काल बिल स्वीकृत नगर्ने, भुक्तानी नदिने र गुणस्तर अनुसारको काम त्यही कम्पनीलाई दिने र तोके अनुसारको काम गरेपछि मात्रै भुक्तानी दिने कुरामा सहमति जनाएका छन् । वडा कार्यालयबाट सफल पाहुना घर हुँदै गुर्जेभन्ज्याङ तर्फको आसफाल्ट पिचको कुनै समस्या नदेखिएको सांसद तामाङको भनाइ छ ।
    सडक निरीक्षणका क्रममा सांसदद्वय, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, माओवादी केन्द्र शिवपुरीका अध्यक्ष मिनबहादुर तामाङ, शिवपुरी–८ का निर्वाचित वडाध्यक्ष वीरबहादुर तामाङलगायत स्थानीय नेता तथा स्थानीय बासिन्दाहरू उपस्थित थिए ।

ढुङ्गेदेखि धोबीखोल्सासम्म मुआब्जा

ढुङ्गे चोक

विदुर । लामो समय देखि विवाद रहँदै आएको विदुर नगरपालिकाको ढुङ्गे चोकदेखि धोबीखोल्सा सम्मको मुआब्जा विवाद सुल्झिएको छ । गएको सोमबार बसेको जिल्ला मुआब्जा निर्धारण समितिको बैठकले ढुङ्गेबाट बेत्रावती तर्फ जाने धोबीखोल्सासम्मको मुआब्जा विवाद सुल्झाएको हो ।
    धोबीखोल्सादेखि बेत्रावतीसम्मको मुआब्जा निर्धारण यस अघिनै भैसकेको छ । गल्छी त्रिशुली मैलुङ रसुवागढी सडक योजना अन्तर्गत ढुङ्गे देखि धोबीखोल्सा सम्मको दायाँबायाँ १५/१५ मिटर सडक कायम भएकाले त्यस बापतको मुआब्जा रकम आयोजनाले उपलब्ध गराउने भएको हो । मुआब्जा रकम यही असार मसान्त भित्र बुझिसक्नु पर्ने योजना कार्यालयले जनायो ।
    ढुङ्गे चोक गणेश मन्दिरदेखि धोबीखोल्सा सम्मको सडकलाई दुई भागमा वर्गीकरण गरी मुआब्जा निर्धारण गरेको छ । चोकदेखि माथि १५६० कित्ता नम्बर सम्मको जग्गालाई क वर्गमा राखी प्रति रोपनीको १ करोड ६० लाख रुपैयाँ मूल्य निर्धारण गरेको छ । १५६० कित्ता नम्बरबाट माथि धोबीखोल्सासम्मको जग्गा लाई ख वर्गमा राखी १ करोड ३६ लाख रुपैयाँ मुल्या तोकिएको छ । मुआब्जा निर्धारणको लागी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएको मुआब्जा निर्धारण सिफारिस समितिले गरेको सिफारिसको आधारमा मुआब्जा निर्धारण गरेको मुआब्जा निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
    सिफारिस समितिले पटक पटक स्थानीय सरोकारवाला निकायसँग गरेको छलफलको आधारमा सरकारी दररेट र चलनचल्तीको दररेटलाई आधार बनाएर मुआब्जा मूल्य सिफारिस गरेको थियो । मुआब्जा निर्धारण भएको सडकको क्षेत्रमा काठमाण्डौ त्रिशुली सडकको केन्द्रदेखि दायाँ/बायाँ १५/१५ मिटर भित्र पर्ने जग्गाको क्षेत्रफल कट्टा गरी साबिकको केन्द्रबाट २.५/२.५ मिटर कायम राखेर त्यस बाहेकमा पर्ने जग्गा अधिग्रहण गरी आयोजना कार्यालयले मुआब्जा दिने निर्णय भएको विदुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लेनिन रञ्जितले जानकारी दिएका छन् ।
    मुआब्जा निर्धारण भएसँगै अब त्यस क्षेत्रको सडक स्तर उन्नति हुने भएको छ । लामो समय सम्म मुआब्जा विवादले सडक स्तरउन्नती हुनबाट रोकिँदै आएको थियो । ढुङ्गेबाट बट्टार गंगटेसम्मको क्षेत्रमा भने सर्वोच्च अदालतले जग्गाको मुआब्जा दिनु नपर्ने भनेर फैसला गरेको छ । यस क्षेत्रमा रहेका घर टहराको मात्रै मुल्याङकन गरी क्षतिपूर्ति उपलब्ध गराउन अदालतले आदेश जारी गरेको छ ।

ककनीको पानी हङकङ र मकाउमा

रानीपौवा । ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गर्न‘भएको हो ।
    गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताए । हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको उनले जानकारी दिए ।
    ‘हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल ९० रुपैयाँ देखि एक सय रुपैयाँसम्म पर्छ । नेपालबाट निर्यात हुने तुलनात्मकरुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास छ’, उनले भने । यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च जोडेपछि मात्रै पानीको बिक्री मूल्य कति राख्ने भन्ने निर्णय हुने कम्पनीको भनाई छ ।
    ‘कम्पनी हङकङ र मकाउमा पानी निर्यातका लागि स्वीकृत पाइसकेको छ’, उनले भने, ‘पहिलो चरणमा एक कन्टेनरमा ११ सय कार्टुन पानी हङकङ निर्यात भइसकेको छ ।’ उनका अनुसार तत्कालका लागि हङकङ र मकाउमा मात्रै मासिक १० कन्टेनर बराबरको पानी निर्यात गर्न सकिन्छ ।
सामान्यतयाः यहाँबाट ४० दिनमा हङकङमा पानी निर्यात गर्न सकिन्छ । अन्य देशमा पनि माग भएमा मासिक आठदेखि १० कन्टेनर अर्थात् करिब एक लाख लिटर पानी निर्यात गर्न सकिने क्षमता कम्पनीसँग रहेको उनले जानकारी दिए । यद्यपि माग बढेको अवस्थामा क्षमता विस्तार गर्नेसमेत योजना रहेको उनले सुनाए । सञ्चालक खत्रीका अनुसार कम्पनीसँग हाल दैनिक औसतमा एक लाख लिटर पानी फिल्टरिङ र प्याकिङ गर्न सक्ने क्षमता छ ।
    ‘हङकङ र मकाउपछि बङ्गलादेशमा पानी निर्यातका लागि प्रक्रिया निकै अगाडि बढेको छ’, उनले भने, ‘त्यसबाहेक कतार, साउदी अरब र अष्ट्रेलियमा पनि पानी निर्यातका लागि काम भइरहेको छ ।’ कम्पनीले काठमाडौँको तारकेश्वर नगरपालिका–३ मा करिब १२ करोड रुपैयाँ लगानीमा चार रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरेको छ । कम्पनी सञ्चालकमा विकास खत्री, शालिग्राम ढुङ्गाना पुनकाजी महर्जन र राजु रिमाल छन् । चार जना मिलेर सन् २०१७ देखि वेभ नेपाल प्रालि सञ्चालन गरेका थिए । यसअघि उहाँहरू छुट्टाछुट्टै प्रोसेस पानीको व्यापार गर्दै आएका थिए । कम्पनीले पानी शुद्धीकरणका लागि अमेरिकन प्रविधि ‘अल्ट्रा फिल्टरेसन’ प्रयोग गरेको छ । पानी शुद्धीकरणमा ‘ह्युमन ह्याण्ड’ कतै पनि प्रयोग नहुने र प्रोसेस सकिएपछि प्रत्येक बोतल र जारमा भरिने पानीको ल्याबमा परीक्षणसमेत गरिने उनको भनाइ छ । ‘एक कन्टेनर पानी हङकङ निर्यातका लागि प्रतिकन्टेनर २८ सयदेखि तीन हजार डलर पर्ने अनुमान छ । बीस फिटको कन्टेनरमा ११ सय कार्ट‘न पानी अट्ने गर्छ । विदेशमा पानी निर्यात गर्दा तीन सय, पाँच सय र एक लिटरको बोतलमा हाल निर्यात भइरहेको छ’, उनले भने ।
    कम्पनीको प्रयोग गर्ने पानीको स्रोत छ हजार ६७० फिट उचाइमा रहेको ककनीमा पर्छ । स्प्रिङ वाटरको महत्व बुझाउन सक्ने हो भने भारतमा मात्रै पनि ठूलो परिमाणमा पानी निर्यात गर्न सकिने सम्भावना रहेको कम्पनीको बुझाइ छ । कम्पनीले हाल निर्यात गरिरहेको पानी ट्राउट जातको माछापालनका लागि पनि योग्य मानिन्छ ।  उनका अनुसार नेपालमा बिक्री गर्ने पानीको तुलनामा हङकङमा निर्यात गर्ने पानीको मूल्य बढी पर्छ । ‘हङकङ निर्यातका लागि सोहीअनुसारको बोतल आवश्यक पर्छ, जसले पानीको मूल्य बढी पर्छ’, उनले भने । कम्पनीमा हाल प्र्रत्यक्ष ३३ र अप्रत्यक्ष करिब पाँच सय जनालाई रोजगारी पाइरहेको उनको भनाइ छ ।

रेविज विरुद्धको खोप अभाव

त्रिशुली । कुकुरको टोकाईपछि रेविज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेविज भ्याक्सिन नुवाकोटको सरकारी अस्पतालमा अभाव भएको छ । प्रदेशभर भूस्याहा कुकुरको विगविगी बढेसँगै प्रदेशबाट प्राप्त हुने रेविज विरुद्धको खोपको अभाव भएको हो ।
    जिल्लामा तीन सातादेखि एन्टि रेविज भ्याक्सिनको अभाव भएको बताउँदै त्रिशुली अस्पतालका मेडिकल निमित्त सुपरिटेन्डेन डा. प्रतिक सिंहले रेविज विरुद्धको खोपको अभाव भएपछि विदुर नगरपालिकाको सहयोगमा एक सय भ्वाइल एक दुई दिनभित्रै जिल्ला भित्रने बताए । उनले खोपको अभाव हुँदा पहिलो डोज खोप लिएकालाई मात्र दिई नयाँ विरामीलाई अन्यन्त्र पठाउनुपर्ने बाध्यता रहेको बताए ।
    त्रिशुली अस्पतालले मंगलवार अस्पतालमा गरेको अर्धवार्षिक समीक्षामा बोल्दै डा. सिंहले ५० वेडको स्वीकृत भएपनि अहिले ९० वेडको सेवा प्रदान गरिरहेको बताए । ५९ जना स्थायी दरवन्दी भएको अस्पतालमा एक सय ७२ जना कर्मचारीले सेवा प्रदान गरिरहेका छन् । अस्पतालले सिटिस्क्यान सेवा प्रदान गर्न लागेको जनाएको छ । आँखा उपचार, दन्त उपचार, सामान्य स्वास्थ्य परीक्षण, स्त्री रोग, हाडजोर्नी, मृर्गौलाका विरामीहरूका लागि डायोलोसिस सेवा, मानसिक रोगलगायतका सेवाहरू सञ्चालनमा रहेका छन् । विगत तीन वर्षदेखि लगातार देशकै उत्कृष्ठ अस्पतालको रुपमा स्थापित यस अस्पताल यो वर्ष पनि उत्कष्ठ अस्पतालको रुपमा स्थापित हुन प्रयत्नशील रहेको अस्पतालले जनाएको छ ।
    अर्धवार्षिक समीक्षामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य धु्रवकुमार रावल, पत्रकार महासंघ बागमति प्रदेशका अध्यक्ष शिव देवकोटा, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितलगायतले अस्पतालको सेवा सुविधाको बारेमा जनस्तरसम्म पु¥याई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने सुझाव दिएका थिए ।
    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले अस्पताल भित्र राजनीति नगर्न सबैलाई आग्रह गरेका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै पण्डितले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा कसैले पनि राजनीति गर्न नहुने बताए । उनले आफु पनि राजनीतिक नियुत्ती लिएर आएको भन्दै आफुले अस्पतालमा सबै पक्षलाई मिलाएर लगेको दाबी गरे । उनले विगत केही समयदेखि त्रिशुली अस्पताल राजनीति गर्ने थलो बनेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले त्रिशुली अस्पतालमा दुई महिना मातृ शिशु कार्यक्रम बन्द हुँदा १० करोड रुपैया नुवाकोट वाहिर गएको बताए । त्यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पण्डितले त्रिशुली अस्पताल र विदुर नगरपालिका वडा नम्बर ९ को सहकार्यमा शववहान संचालन गर्न लागिएको बताए । शववाहन चलाउँदा अस्पताललाई आर्थिक भार बढी पर्ने भन्दै उनले वडासंग सहकार्य गर्न लागेको समेत जानकारी दिए ।

‘पढ्दै–कमाउँदै’ ले काँचुली फेरेको एउटा स्कुल

ऐसेलु भूमे माध्यमिक विद्यालय

प्रकाश सिलवाल

किस्पाङ । साढे तीन दशकअघि छाप्रोबाट सुरु भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल सावित हुन थालेको छ ।
    नुवाकोटको किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलु भूमे माध्यमिक विद्यालय भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका दृष्टिमा नमूना देखिएको हो ।
    हाल कक्षा ९–१२ मा बाली विज्ञान विषयमा पढाइ हुने ऐसेलु भूमे नेपाल सरकारको ‘नमूना विद्यालय’ छनोटमा परेपछि पूर्वाधार विकास र शैक्षिक उन्नयनमा व्यापक सुधारसहित फड्को मार्न सफल भएको छ । विसं २०४६ मा प्लाष्टिकको छाप्रोबाट सुरु भएको सो विद्यालय अहिले आधुनिक र पूर्वाधारयुक्त बनेको देख्दा स्थानीयवासी हौसिएका छन् ।
    विद्यालयमा कृषितर्फ प्राविधिक शिक्षा हासिल गर्न विद्यार्थीको सहभागितामा व्यावसायिक तरकारी खेती पनि हुन थालेको छ । यहाँ थोपा सिँचाइसहितको आधुनिक आठ टनेल निर्माण भई गोलभेँडा, आलु, बन्दा, स्कुस, काँक्रो, फर्सी, च्याउ, घिरौलोलगायत तरकारी लगाइएको छ भने मौरी र माछापालन पनि सुरु भएको छ ।
    यस गाउँपालिकाबाट यसअघि कृषि प्राविधिक पढ्न विद्यार्थी दोलखाको जिरी, दाङको लालमटियालगायत स्थानमा जाने गरेकामा अहिले आफ्नै घरआँगनमा निःशुल्करूपमा यो विषय पढ्न पाउँदा अभिभावक र विद्यार्थी उत्साहित भएको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङले बताएचतदद्ध । विद्यालयबाट गत वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा ७८ प्रतिशत विद्यार्थीले सफलता हासिल गरेका थिए ।
    पर्याप्त शिक्षक दरबन्दी नभए पनि दुर्गम गाउँमा उक्त प्रतिशतमा विद्यार्थी सफल हुनु उल्लेखनीय रहेको अध्यक्ष तामाङको भनाइ छ । उनले उचित हावापानी र भौगोलिक दृष्टिले मनोरम वातावरण रहेकाले गाउँपालिकालाई शैक्षिक गन्तव्य (हब) बनाइ सहर वा विदेश गएर मात्रै गुणस्तरीय शिक्षा पाइन्छ भन्ने बुझाइलाई चिर्दै उत्कृष्ट शिक्षा दिलाउन उपयुक्त योजना बनाइने जानकारी दिए ।
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘नमूना विद्यालय कार्यक्रम’ र ‘राष्ट्रपति शैक्षिक सुधार’ अन्तर्गत ‘पढ्दै–कमाउँदै’ कार्यक्रममा समावेश भएपछि विद्यालयले काँचुली फेर्न थालेको हो । यो विद्यालयलाई ‘पढ्दै–कमाउँदै’ कार्यक्रमको उत्कृष्ट उदाहरण मान्न सकिन्छ । विद्यालयलाई २०७५ सालमा ‘नमूना विद्यालय कार्यक्रम’ अन्तर्गत पाँच वर्षका लागि रु छ करोड ८२ लाख र ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत दुई वर्षका लागि रु २० लाख अनुदान प्राप्त भएको प्रधानाध्यापक पवनकुमार पौडेलले बताएका छन् ।
    विद्यालयमा हुने कृषिका उत्पादन त्यहीँको खाजाघरमा प्रयोग गरिनुका साथै बजारमा बिक्री वितरण पनि हुन थालेको छ । विद्यालयको नर्सरीमा उत्पादित तरकारीका बिरुवा स्थानीयवासीले निःशुल्करूपमा लैजान पाउने प्रबन्ध गरिएको विद्यालयका कृषि विषयका प्रशिक्षक सुदीप सुवेदीले जानकारी दिए । बाली विज्ञानका लागि प्रतिकक्षा ४८ विद्यार्थीको कोटा उपलब्ध हुँदै आएको छ ।
    विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म हाल साधारणतर्फ पाँच सय ११ र प्राविधिक धारतर्फ एक सय चार विद्यार्थी अध्ययनरत छन् । छात्रा ३०८ र छात्र ३०७ छन् ।
    स्वेच्छिक सहयोग र परीक्षाबाहेक अन्य शुल्क नलिने सो विद्यालयमा प्राविधिकसहित २८ शिक्षक रहेकामा कृषितर्फ १० र साधारणतर्फ १८ कार्यरत छन् । निजी स्रोतमा तीन शिक्षक कार्यरत छन् । प्रधानाध्यापक पौडेलले कुनै विद्यार्थी जानकारी बिना अनुपस्थित भएमा घरमा फोन गरेर सोध्ने गरिएको बताउँछन् ।
पूर्वाधारयुक्त र वातावरणमैत्री
स्थापनाकालमा छाप्रोमा कक्षा ३ सम्म सञ्चालित उक्त विद्यालयमा अहिले बालमैत्री तथा हरियाली वातावरण छ । भूकम्पप्रतिरोधी भवनमा सुविधासम्पन्न कक्षा कोठा छन् । ३० रोपनी जग्गामा फैलिएको सो विद्यालयमा बहुउद्देश्यीय भवन, छात्रावास, सङ्ग्रहालय, पर्याप्त खेलमैदान, पुस्तकालय तथा विज्ञान र कम्प्युटर प्रयोगशालाको व्यवस्था छ ।
    यहाँ अनुभवी, दक्ष र विषयगत शिक्षकले आधुनिक तथा मल्टिमिडिया प्रविधिको सहयोग तथा श्रव्यदृश्यका माध्यमबाट पढाउँछन् । विद्यालयमा प्राथमिक तहमा तुलनात्मकरूपमा विद्यार्थी कम देखिए पनि माथिल्लो तहमा भने अत्यधिक चाप छ ।
    विद्यालयमा बागमती प्रदेश सरकारको ‘एक नर्स ः एक विद्यालय कार्यक्रम’अन्तर्गत नर्सको प्रबन्ध गरिएको छ ।
    विद्यालयकी नर्स मेनुका वाइबा विद्यार्थी र शिक्षकका साथै वरिपरिका अभिभावकलाई प्राथमिक उपचार र स्वास्थ्य परामर्शका लागि आफूले सेवा दिँदै आएको बताउछन् ।
    रक्तचापको परीक्षणका साथै विद्यार्थी लड्दा, चोटपटक लाग्दा, टाउको वा पेट दुख्दा तथा ज्वरो आउँदा विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध हुन्छ । छात्रालाई महिनावारी हुँदा निःशुल्क सेनेटरी प्याड वितरण र आवश्यक परामर्श गर्ने गरिएको छ ।
अबको ध्यान–गुणस्तरमा
विद्यालयले अबको ध्यान गुणस्तर सुधार र अभिभावकको आकर्षण वृद्धितिर लगाएको छ । कमजोर विद्यार्थीलाई विशेष सिकाइको व्यवस्था छ भने समय–समयमा विभिन्न चरणको परीक्षा सञ्चालन गरेर विद्यार्थीको क्षमता वृद्धि गराउने तथा अभिभावक, विद्यालय प्रशासन र विद्यार्थीबीच समय–समयमा छलफल गराइने गरिएको छ ।
    बाली विज्ञान विषयमा कक्षा १२ मा अध्ययनरत स्थानीय विद्यार्थी प्रसिद्ध न्यौपानेले आफूहरूका लागि उचित प्रयोगशाला र वातावरण रहेको बताए । सोही कक्षामा पढ्दै आएकी अर्को विद्यार्थी विमला तामाङ नियमित व्यवहारिक अभ्यास गर्न पाउँदा पढाइमा सहज भएको बताउँछिन् ।
समितिको सक्रियतामा दलीय साथ
विद्यालय स्थापनाकालदेखि हालसम्म विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष एवं विद्यालयका जग्गादाता नन्दराम न्यौपाने नमूना विद्यालयको छनोटको मापदण्डका लागि अपुग हुने जग्गा खरिद गर्न शिक्षक, स्थानीय राजनीतिक दल र अभिभावककसँग लिइएको ऋण चुक्ता गरिसकेको बताउँछन् ।
    विद्यालय स्थापनाका लागि पाँच रोपनी जग्गादान गरेका उनी भन्छन्, ‘सुरुमा हामीले छाप्रो ओढाएर नानीहरूलाई पढाएका थियौँ । अभिभावक र शिक्षकको निरन्तर सहयोग तथा राज्यको साथ पाएर हामीले अहिले नमूनायोग्य विद्यालय बनाएका छौँ । विद्यालयको भौतिक र शैक्षिक विकासका स्थानीय सबै राजनीतिक दल मिलेका कारण यस प्रकारको सफलता हासिल गर्ने आधार बनेको हो ।’ लामो समयदेखि विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा रहनु आफ्ना लागि एक विश्वविद्यालयको विद्यार्थी भएझैँ लागेको र यो एक प्रकारको अवसर, सम्भावना तथा चुनौतीका साथै सुन्दर भविष्यको सूत्रधार भएको अध्यक्ष न्यौपानेको अनुभव छ ।
    व्यवस्थापन समितिका सदस्य एवं किस्पाङ गाउँपालिकाका नेकपा (एमाले) का इञ्चार्ज गङ्गाबहादुर तामाङ शिक्षकले भनेजस्तो सुधार अझै गर्न बाँकी रहेकाले आफूहरू गुणस्तर सुधारमा लागेको बताए । गाउँपालिकाका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष सुमन तामाङले गरिब र सीमान्तकृतका लागि विद्यालय बरदान सावित भएको उल्लेख गर्दै आफूहरूले देख्दादेख्दै विद्यालयले फड्को मारेकामा खुशी व्यक्त गरे ।
    गाउँपालिकाका नेपाली कांग्रेसका सभापति एवं व्यवस्थापन समितिका पूर्व सदस्य रणबहादुर तामाङले सुरुआतमा अति नै दुःख गरेर सञ्चालनमा ल्याएको विद्यालयको पछिल्लो समयको प्रगतिबाट आफूहरू प्रशन्न रहेको बताए ।
प्राविधिक शिक्षा प्राथमिकता
किस्पाङ गाउँपालिकाको नीतिबमोजिम यहाँका विद्यालयमा कक्षा १ देखि ५ सम्म अनिवार्यरूपमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन्छ । पालिकाका अध्यक्ष तामाङका अनुसार गाउँपालिकाले कृषि र पशुपक्षी प्राविधिक विषयमा पढ्न चाहने उत्कृष्ट विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था छ भने ‘प्राविधिक तथा उत्पादनमूलक शिक्षा : समृद्ध किस्पाङको इच्छा’ नारा पारित गरी कार्यान्वयन गरिरहेको छ । पालिकाले प्राविधिक शिक्षालाई निरन्तरता र उत्पादनमूलक शिक्षालाई जोड दिँदै स्थानीय पाठ्यक्रम निर्माण, स्वास्थ्य सहायक, फार्मेसी र जडीबुटी शिक्षामा पनि प्राथमिकता दिएको विद्यालयले जनाएको छ ।
    दरबन्दी अपुग भई निजी स्रोतबाट राखिएका शिक्षक र प्रारम्भिक बाल विकास शिक्षकको तलबका लागि नियमित अनुदानका साथै केन्द्र र प्रदेश सरकारसँगको समन्वयका लागि सहजीकरण गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत महाप्रसाद दङ्गालले पर्याप्त जनशक्ति नहुँदा विद्यालयको नियमित अनुगमन गर्न नसकिए पनि ऐसेलु भूमे मावि पालिकाकै एक नमूना भएको पाइएको बताए । गाउँपालिकामा २३ सामुदायिक र तीन संस्थागत विद्यालय छन् ।
    प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७६ माघ २७ गते विद्यालयको दुई नयाँ भवनको उद्घाटनका लागि पुगेका थिए भने कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा गाउँपालिकाको भवन उद्घाटनका क्रममा २०७८ माघ ३० गते सो विद्यालयमा पुगिसकेका छन् । 

ऐसेलु भूमे माध्यमिक विद्यालय

हर्न बजाएर सिंहदरबार स्थानीय सरकारले घेर्ने भनेपछि तर्सियो संघीय सरकार

काठमाडौं । सरकारले वित्तीय समानीकरण अनुदानको कटौती भएको रकमको ४० प्रतिशत निकासा फुकुवा गर्ने निर्णय गरेको छ ।
    मन्त्रिपरिषद्को बिहीबारको बैठकले चालू आर्थिक वर्ष ०७९–८० मा समानीकरण अनुदानको अन्तिम किस्तामा कटौती भएको १३ अर्ब २० करोड १५ लाख (५० प्रतिशत) लाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत अर्थात् पाँच अर्ब नौ करोड निकासा फुकुवा गर्ने निर्णय गरेको हो ।
    त्यतिखेर प्रदेशमा जाने समानीकरण अनुदानमा पनि ५० प्रतिशत अर्थात् नौ अर्ब ९३ करोड ६८ लाख कटौती भएको थियो । तर, प्रदेशको हकमा निर्णय भएको छैन । संवैधानिक हक खोसिएको भन्दै प्रधानमन्त्री, अर्थमन्त्री र वित्त आयोग गुहारेका स्थानीय तहका जनप्रतिनिधिले शुक्रबार सिंहदरबार घेर्ने चेतावनी दिएपछि सरकारले कटौती भएको रकमको ४० प्रतिशत फुकुवा गरेको हो ।
    धादिङको नीलकण्ठ नगरपालिकाका मेयरसमेत रहेका नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले संवैधानिक अधिकारको पुनर्स्थापना भएको बताए । ‘सरकारले समानीकरण अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत कटौती गरेको थियो, जुन संवैधानिक थिएन,’ ढुंगानाले भने, ‘देशभरका स्थानीय तहका जनप्रतिनिधिले शुक्रबार हर्न बजाएर सिंहदरबार घेर्ने कार्यक्रम तय भएका वेला सरकारले केही भए पनि अनुदान फुकुवा गरेको छ, संवैधानिक अधिकारको पुनर्स्थापना भएको हो। अब कुनै पनि सरकारले अनुदान काट्न सक्दैन।’ योसँगै आन्दोलन स्थगित भएको उनले बताए ।
    राजस्व संकलनमा संकुचन भएको भन्दै १२ वैशाखको मन्त्रिपरिषद् बैठकले स्थानीय तह र प्रदेशमा जाने वित्तीय समानीकरण अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत मात्र फुकुवा भएको जानकारी दिएको थियो । समानीकरण अनुदान कटौती हुँदा आन्तरिक आय न्यून भएका स्थानीय तह अझ मारमा परेका थिए ।
    अनुदान कटौती भएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले आपत्ति जनाएपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ४ असारमा निर्णय गरेर संसदबाट पारित भएको बजेटमा उल्लेख भएको अनुदान हस्तान्तरण गर्न अर्थ मन्त्रालयलाई सिफारिस गरेको थियो ।

कुन ग्रेडले के पढ्न पाउँछन् ?

विदुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीवार सार्वजनिक गरेको छ । यस पटकको नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अन्तर्गत सार्वजनिक भएको छ । जुन पुरानो ग्रेडिङ प्रणाली हो ।
    अर्थात् यो नतिजामा कोही पनि विद्यार्थी अनुत्तीर्ण हुँदैनन् । २०७८ मा नयाँ लेटर ग्रेडिङ निर्देशिका बनेपनि लागू नभइसकेका कारण पुरानै निर्देशिका अनुसार नतिजा प्रकाशित हुनेछ । पुरानो निर्देशिका अनुसार ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउने विद्यार्थीको पनि ग्रेडिङ हुन्छ । उनीहरूलाई प्राप्ताङ्कका आधारमा कम्तीमा ‘ई’ ग्रेडसम्मको प्रमाणपत्र दिइन्छ ।
    तर नयाँ लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क नल्याउने विद्यार्थी परीक्षामा अनुत्तीर्ण हुन्छन् । उनीहरूलाई दिइने प्रमाणपत्रमा एनजी अर्थात् (नन ग्रेडेड) लेखिन्छ । तर मूल प्रमाणपत्र भने प्रदान गरिँदैन ।
    एसईई पछि त्यति धेरै सूचना प्रविधि (आईटी) को कोर्षको विकल्प छैनन् । कक्षा ११ र १२ तथा ‘ए’ लेभलमा कम्प्युटर विषय पढ्नु, सीटीईभीटीको प्राविधिक धार तर्फको आईटी विषय पढ्नु केही विकल्प हुन् ।  कक्षा ११ मा विज्ञान समूह, व्यवस्थापन समूहमा कम्प्युटर पढाइ हुन्छ । विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ, कम्प्युटर साइन्स र एग्रिकल्चर समूहमा पढाइ हुन्छ । यी समूहमा भर्ना हुन विज्ञान र गणितमा ‘सी प्लस’ ल्याई कुल ग्रोडिङमा कम्तीमा २.० जीपीए ल्याएको हुनुपर्छ । नेपाली, अंग्रेजी र सामाजिक अध्ययनमा ‘डी’  ग्रेड ल्याएर यी बाहेक अन्यमा जुनै ग्रेड ल्याए पनि विज्ञान पढ्न पाउँछन् ।
    त्यस्तै न्यूनतम जीपीए १.६ ल्याएका, तर गणित, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञान गरी पाँच विषयमा ‘डी प्लस’ ल्याएका विद्यार्थीले व्यवस्थापन तथा मानविकीका विषय समूहमा भर्ना हुन सक्छन् ।  तपाईंले यति अङ्क प्राप्त गर्न‘ भए कम्प्युटर पढ्न पाउनुहुन्छ ।
    सीटीईभीटीले तीन वर्षे डिप्लोमा स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा हस्पिटालिटी गरी चार विधामा प्राविधिक कोर्ष सञ्चालन गरिरहेको छ । जसमा स्वास्थ्य तर्फका विषय पढ्न गणित, विज्ञान र अंग्रेजी विषयमा कम्तिमा ‘सी’ ग्रेड प्राप्तगरी न्यूनतम २.० जीपीए चाहिन्छ ।
    त्यस्तै इन्जिनियरिङ तर्फका विषय पढ्न गणित र विज्ञानमा कम्तीमा ‘सी’  ग्रेड र अंग्रेजीमा कम्तीमा ‘डी प्लस’ ग्रेड प्राप्त गरी न्यूनतम २.० जीपीए ल्याएको हुनुपर्छ । कृषि तथा हस्पिटालिटीका विषय पढ्न गणित, विज्ञान र अंग्रेजीमध्ये कुनै दुई ओटा विषयमा कम्तिमा ‘सी’ ग्रेड र एउटामा कम्तीमा ‘डी प्लस’ ग्रेड प्राप्त गरी न्यूनतम २.० जीपीए  ल्याउनु पर्छ । तर १८ महिने प्रि डिप्लोमा तहमा जति जीपीए ल्याए पनि भर्ना हुन सकिन्छ ।
    समग्रमा सैद्धान्तिक विषयतर्फ ‘सी’ वा तलको तल्लो ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेमा ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् । त्यस्तै मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले परीक्षा दिन सक्नेछन् ।

पुर्वानुमानकै लागि दैनिक ३० हजारको बेलुन

 पुर्वानुमान

काठमाडौं । वर्षा याम चलिरहेको छ । देशका विभिन्न ठाउँमा बाढी र पहिरोको जोखिम बढ्दो छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विभिन्न माध्यममार्फत मौसम सम्बन्धी अपडेट दिने गर्छ ।
    के तपाईंलाई थाहा छ, यसका लागि लाखौं रुपैयाँ खर्च हुन्छ । नागरिक र हवाई उड्डयन क्षेत्रलाई मौसम सम्बन्धी जानकारी दिनु महाशाखाको मुख्य काम हो ।
एस ब्यान्ड रडार (S Band radar)
महाशाखाले सुर्खेत, पाल्पा र उदयपुर गरी तीन ओटा ठाउँमा एस ब्यान्ड रडार राखेको छ । यी फिस्क्ड रडार हुन् । यी रडारबाट मुख्यतः बादल कुन–कुन ठाउँमा लागेको छ, कस्तो खालको बादल लागिरहेको छ, बादल कता जाँदैछ, कस्तो प्रकारको बादल हो भन्ने जस्ता विषयहरूको अध्ययन गरिन्छ । वायुमण्डलको तल्लो भागको मौसमी गतिविधिबारे तथ्याङ्क सङ्कलन गर्न यी रडार उपयोगी हुन्छन् ।  यसबाट महाशाखाले मौसमबारे रियल टाइम अब्जरभेसन गर्न सक्छ ।
    पहाडै पहाड भएको देशमा अरु प्रकारको रडारभन्दा उपयोगी हुन्छ भनेर एस ब्यान्ड रडार जडान गरिएको महाशाखाकी फरकास्टिङ डिभिजनका इन्चार्ज प्रज्ञा मानन्धर बताउँछिन् । महाशाखाले हालै मात्र दुई नयाँ रडार इन्स्टल गरेको हो ।
रेडियोसोन्डेस (Radiosondes
यसलाई ‘वेदर बेलुन’को नामले पनि चिनिन्छ । बलुनमा वायुमण्डलको तापक्रम, जलवाष्प, चाप आदि नाप्ने सेन्सर जडान गरिएको हुन्छ, जसबाट महाशाखाले मौसम सम्बन्धी रिपोर्ट बनाउन डेटा सङ्कलन गर्ने गर्छ ।
    हाल महाशाखाले अपर एयर अर्थात् वायुमण्डलको माथिल्लो तहको मूल्याङ्कनका लागि बिहान ५ः४५ मा नियमित रूपमा यो बेलुन उडाउँछ । त्यसबाट वायुमण्डलमा हुने मौसमको अवस्था थाहा पाउन सकिन्छ । त्यसबाट रियल टाइम डेटा प्राप्त हुन्छ । त्यो बलुन ३० किलोमिटरमाथि गएर नष्ट हुन्छ । महाशाखाले मौसम पूर्वानुमान गर्न उडाउने यो बेलुन निकै खर्चिलो छ । एउटा बलुन उडाउन करिब ३० हजार रुपैयाँ दैनिक लाग्छ । यसरी दैनिक रुपमा बलुन उडाउन थालेको तीन वर्ष भएको छ ।
    यसबाट महाशाखालाई चाहिने तथ्याङ्क प्राप्त हुन्छ । त्यो बलुन कहाँ कहाँ गयो भन्ने कुरा भने जीपीएस सिस्टमबाट थाहा पाइन्छ । यो काठमाडौं उपत्यकाबाट बाहिर पनि पुग्न सक्छ । सुरुमा यो आकाशतिर जान्छ । पछि हावाको कारण विभिन्न दिशा लिन थाल्छ ।
    बिहानको समयमा जवाईजहाजहरू कम उड्छन् । चराहरू पनि कम उड्छन् । त्यही भएर ‘वेदर बेलुन’ बिहान उडाइने महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेल बताउँछन् । तर प्रायः मौसमी घटनाहरू दिउँसो हुने हुँदा मौसम सम्बन्धी रिपोर्ट बनाउन डेटा भने पर्याप्त नपाइने उनको भनाइ छ । यसकारण महाशाखाले आगामी दिनमा रेडियोसोन्डेस बिहान÷साँझ गरी दुई पटक उडाउने योजना बनाएको छ ।
न्युमेरिकल वेदर प्रेडिक्सन (Numerical Weather Prediction–NWP)
मौसम पूर्वानुमान गर्ने विभिन्न विधिमध्ये एनडब्लुपी पनि एक हो । महाशाखाले यसमा वेदर रिसर्स एन्ड फरकास्टिङ (डब्लुआरएफ) मोडल प्रयोग गरेर त्यसको आधारमा मौसम सम्बन्धी तीन दिने पूर्वानुमान गर्ने गरेको छ । यसका लागि हावा, पानी, बादलको अवस्था आदिको डेटा चाहिने गर्छ ।
वेदर क्यामेरा (Weather Camera)
अलि विकट र संवेदशील ठाउँमा यस प्रकारका क्यामेरा राखिन्छन् । यस्ता क्यामेरा दिन र रात दुवै समयमा चल्छन् । रातको समयमा यसले इन्फ्रारेटमा भिडिओ तथा तस्विर खिच्ने गर्छ ।
    महाशाखासँग दुर्गम स्थानमा रहेका एयरपोर्टसँगै अन्य ३५ भन्दा बढी क्षेत्रमा यस्ता वेदर क्यामरा स्टेसन छन् । तिनको डेटा सिधै महाशाखाको डेटोबसमा आउने गर्छ । यस प्रकारका क्यामेराबाट काठमाडौंमा रहेर पनि महाशाखाले ती ठाउँमा प्रत्यक्ष रुपमा मौसमको अध्ययन गर्न सक्छन् ।
वेदर स्टेसन (Weather Station)
विभिन्न ठाउँको मौसम सम्बन्धी जानकारी प्राप्त गर्न त्यहाँ मापन गर्नु पर्ने हन्छ । यसका लागि थुप्रै ठाउँमा वेदर स्टेसन बनाइएको हुन्छ । महाशाखासँग अटोमेटिक र म्यानुअल गरी दुई प्रकार स्टेसन छन् । वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेसन (डब्लूएमओ) को मापदण्डका आधारमा महाशाखाले म्यानुअल स्टेसन बनाएको छ । यस प्रकारका स्टेसनमा सबै कुरा मानिसले गर्ने गर्छन् ।
    म्यानुअल वेदर स्टेसनसँगै अथवा यो राख्न नसकिने ठाउँमा अटोमेटिक वेदर स्टेसन राखिन्छ । यस स्टेसनमा मौसम सम्बन्धी सबै कुरा नाप्ने बक्स हुन्छ । जहाँ मौसम सम्बन्धी विभिन्न कुरा मापन गर्ने काम स्वतः हुन्छ । विशेष गरेर मानिसहरूको बसोबास नहुने उच्च हिमाली तथा पहाडी भू–भागमा त्यस्ता प्रकारका स्टेसन राखिएको छ ।
    तर बेलाबेला यस स्टेसनमा पनि मान्छे जानु पर्ने हुन्छ । कहिल्यै मान्छे जानु नपर्ने भन्ने हुँदैन । त्यस्तै एग्रोमेट स्टेसन, क्लाइमेट स्टेसन आदि गरी यी स्टेसनका पनि विभिन्न प्रकारका हुन्छन् । फरक फरक पारामिटरका आधारमा ती स्टेसनको वर्गिकरण गरिएको हुन्छ ।
स्याटलाइट (Satellite)
मौसम पूर्वानुमान गर्न नेपालसँग आफ्नै छुट्टै स्यालेलाइट छैन । तर यो काममा स्याटलाइटको भूमिका निकै महत्वपूर्ण हुने हुन्छ । यहीकारण जापान सरकारले नेपाललाई हिमावारी (Himawar)नामको आफ्नो स्याटलाइट मौसम पूर्वानुमानमा प्रयोग गर्न सहयोग गरिरहेको छ ।
    यो स्याटलाइट जापानको आकाशमा नै बस्ने गर्छ । तर त्यसबाट नेपालको देखिने भागको डेटा महाशाखामा पठाउने गर्छ । त्यही डेटाको आधारमा महाशाखाले मौसम पूर्वानुमान सम्बन्धी काम गर्ने गर्छ । यो सहयोगमा प्राप्त डेडिकेटेड स्याटलाइट हो । यस बाहेक एफवाईटूई (FY2E) नामक चिनियाँ स्यालेटलाइटबाट पनि नेपालले मौसम पूर्वानुमानका लागि प्रयोग गरिरहेको छ ।
    तर विश्वमा थप विभिन्न आधुनिक प्रविधि प्रयोग गरी मौसम पूर्वानुमान गरिने गरिन्छ । नेपालको सन्दर्भमा पनि प्रविधिको मालिलामा पहिलेको तुलनामा धेरै सुधार भएको छ । यो महाशाखा २४ घण्टा नै खुला हुने सरकारी कार्यालय हो ।
    यस कार्यालयमा प्रविधि, जनशक्ति लगायत अन्य धेरै कुरामा सुधार भएको वरिष्ठ मौसमविद् पौडेल अनुभव गर्छन् । तर मौसम सम्बन्धी गरिएका विभिन्न पूर्वानुमान मिल्न भने प्रविधि र जनशक्तिको विकासमा जोड गर्न‘ पर्ने उनको बुझाइ छ ।
    महाशाखाकी फरकास्टिङ डिभिजनका इन्चार्ज प्रज्ञा मानन्धर भने नेपालमा भएका यी प्रविधिहरू चलाउन सक्ने जनशक्ति पर्याप्त नभएको बताउँछिन् । “थोरै कर्मचारीले चौबिसै घण्टा कार्यालय चलाउनु पर्छ । भीभीआईपी÷भीआईपीहरूले भन्नासाथ त्यसको रिपोर्ट बनाउनुपर्छ,” उनी दुःखेसो गर्छिन्, “गरेको अनुमान मिलेन भने गाली खानु त छँदैछ ।”

बालेन र हर्कको लाइभ ठगीमा एनसेल कनेक्सन !

अझै रोकिएन फेक लाइभ

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा चर्चित व्यक्तिका नक्कली पेज तथा अकाउन्ट बनाएर विभिन्न तरिकाले झुक्काउने प्रवृत्ति बढेको छ । विशेषगरी प्रतिनिधि सभा सदस्य रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र धरान उप महानगरपालिकाका प्रमुख हर्क साम्पाङको नक्कली पेज बनाएर पुराना लाइभ भिडिओ प्रसारित भइरहेका छन् ।
    त्यस्ता लाइभ भिडिओमा लाखौं रुपैयाँ उपहार प्राप्त हुने आश्वासन दिएर भिडिओ शेयर गर्न र सही उत्तर कमेन्ट गर्न प्रोत्साहन गरिएको हुन्छ । सामान्य ढङ्गले हेर्ने हो भने त्यसरी लाइभ गर्न‘को एउटै उद्देश्य हुन्छ, फेसबुक वा ग्रुपमा मेम्बर बढाउने । कमेन्ट गर्नेहरूले १५ ओटा ग्रुपमा लाइभ भिडिओ शेयर गरेपछि मात्र पुरस्कारका लागि योग्य हुने भनिएको हुन्छ । जसले गर्दा फेसबुक प्रयोगकर्ताले ती लाइभ भिडिओ विभिन्न ग्रुपमा शेयर गरिरहेका थिए । लगत्तै नक्कली पेज प्रयोग गर्ने व्यक्तिले कमेन्टको रिप्लाई र इनबक्समा लिङ्क पठाउने गरेको पाइयो । यसबाट उनीहरूको उद्देश्य मेम्बर बढाउने त छँदै थियो, सँगसँगै कुनै नयाँ ढङ्गले ठगी गर्न लागेको अनुमान लगाउन सकिन्थ्यो ।
लिङ्कमा के थियो ?
जसले लाइभ शेयर गर्छ वा धेरै समयसम्म भिडिओ हेर्छ, उसको इनबक्समा स्क्यामरले ब्लगपोस्टको एउटा लिङ्क पठाउँछ । उक्त लिङ्क खोल्नासाथ सबैभन्दा माथि रातो अक्षरमा  “नोटः निश्चित गर्न‘होस् कि तपाईंले सही रूपमा दर्ता गर्न‘भयो ताकि पैसा सोझै तपाईंको खातामा पठाइनेछ,” लेखिएको देखिन्छ । अलि तल ‘बधाई छ’ लेखिएको हुन्छ भने त्यसभन्दा मुनी  “तपाईं एक भाग्यशाली व्यक्ति हुनुहुन्छ, विजेताको रूपमा छनोट हुनु भयो र नेपाल बाहिर नौ लाख ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न‘हुनेछ पाँच हजार डलर पाउनु हुनेछ,” लेखिएको देखिन्छ ।
    त्यसपछि सर्वसाधारणलाई झुक्याउन तल पुरस्कार जितेको भान पार्ने किसिमका शब्दहरू राखिएका हुन्छन् । त्यसभन्दा तल मेयर बालेन्द्र शाह, हर्क साम्पाङ, रवि लामिछाने वा जो व्यक्तिको लाइभ भइरहेको छ, उसैको नाम हुन्छ ।
    त्यसको तल पट्टि रजिस्टरको बटन हुन्छ । एनिमेसन बनाएर त्यसैमा क्लिक गर्न सङ्केत दिइएको हुन्छ । यदि त्यसमा क्लिक गर्ने हो भने पेज रिडाइरेक्ट भएर हलोसेल नामक वेबसाइटमा पुगिन्छ ।
    त्यसमा नम्बर राख्न लगाइन्छ । नेपाल टेलिकमको नम्बर राख्दा मिल्दैन, तर एनसेलको नम्बर राख्दा प्रक्रिया अघि बढ्छ । त्यसपछि पेज रिडाइरेक्ट भएर कन्सेन्ट डट एनसेल डट आजियाटा डटकम डोमेनको वेबसाइट खुल्छ । जहाँ पुनः नम्बर राख्न भनिएको हुन्छ । सो बक्समा नेपाल टेलिकमको मोबाइल नम्बर राख्दा ओटीपी आउँदैन । तर, एनसेलको नम्बर राख्दा भने ओटीपी प्राप्त हुन्छ ।
    परीक्षणका क्रममा आजियाटाको आधिकारिक वेबसाइटबाट तयार भएको सब डोमेन वेबसाइटबाट फोन नम्बर तथा ओटीपी नम्बर राख्न भनेको पाइयो । यदि डिभाइसमा आएको ओटीपी कोड राख्ने हो भने ब्यालेन्स भएको अवस्थामा स्वतः १५६० रुपैयाँ पर्ने हेलोसेल गेमिङ सब्क्रिप्सन एक्टिभ हुन्छ र, सिममा भएको ब्यालेन्स काटिन्छ ।
एनसेल सेवा कसरी जोडियो ?
यसरी झुक्काएर ठूलो रकमको सब्सक्रिप्सन खरिद गराउने काम भइरहेको पाइएपछि हामीले एनसेलसँग सम्पर्क गरेका थियौं । एनसेलका अनुसार कम्पनीले आफ्ना ग्राहकलाई हेलोसेल गेमिङ सब्स्क्रिप्सन उपलब्ध गराउन मार्भल मिडियासँग सहकार्य गरेको थियो ।
    ‘यस सम्झौता अन्तर्गत मार्भल मिडियाले सेवाहरूको प्रवद्र्धन गर्न तथा उक्त सेवासँग सम्बन्धित अन्य काम गर्छ,’ एनसेलले टेकपानालाई पठाएको ईमेलमा लेखिएको छ । उता मार्भल मिडियाले पनि प्रचारका लागि अन्य कम्पनीसँग सहकार्य गरेको छ । जसमा एफिलियट मार्केटिङ गर्नेहरूलाई पनि मार्भल मिडियाले विज्ञापनका लागि आवद्ध गराएको छ । एफिलियट मार्केटिङ भनेको त्यस्तो किसिमको विज्ञापन नीति हो, जसमा आवद्ध भएका व्यक्ति वा संस्थाले सेवा वा उत्पादन खरिद गराए वापत निश्चित कमिसन पाउँछन् । जति धेरै सेवा वा सामान बिक्री गर्न सक्यो, त्यति नै धेरै कमिसन ।
    त्यसरी एफिलियट मार्केटिङ गर्ने संस्था वा व्यक्तिले गलत तरिकाले झुक्काएर सेवा सब्स्क्राइब गराएको देखियो । यो फेला पार्ने बित्तिकै मार्भल मिडियाले एफिलियट मार्केटिङका रूपमा आवद्ध संस्थाहरूसँग भएको सम्झौता रद्द गरेको विषय ईमेलमा उल्लेख छ ।  एनसेलले टेकपानालाई पठाएको ईमेलमा आफ्ना ग्राहकलाई आधिकारिक साइट तथा प्लेटफर्मबाट मात्र सेवा खरिद गर्न अनुरोध गरेको छ ।
    ‘हामी सधैं ग्राहकको अनुभवलाई उच्च प्राथमिकता दिन्छौं,’ ईमेलमा भनिएको छ, ‘यसको एउटा हिस्साको रुपमा हामीले सेवा नियन्त्रण गर्न ‘कन्सेन्ट म्यानेजमेन्ट सिस्टम’ र सर्भिस ‘डेलिभरी प्लेटफर्म’ लागू गरेका छौं । हरेक ग्राहकले त्यस्ता सेवाहरू एक्टिभ गर्न‘अघि यी प्रणाली मार्फत जान अनुरोध गर्दछौं ।’
    त्यसबाहेक पनि कम्पनीले आफूसँग आवद्ध भएका मार्केटिङ पार्टनरलाई सही ढङ्गले विज्ञापन भए नभएको निश्चित गर्न निर्देशन दिएको छ ।  उता नियामक नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले भने यस किसिमको ठगीको उजुरी हालसम्म प्राप्त नभएको बताए । “उजुरी आएको खण्डमा आवश्यक छानबिन तथा अनुसन्धान अगाडि बढाउछौं,’ उनले भने ।
अझै रोकिएन फेक लाइभ
मार्भल मिडियाले एफिलियट मार्केटिङ गर्नेहरूसँग सम्झौता रद्द गरेपछि अहिले उनीहरू (स्क्यामर) ले पठाएको लिङ्क डाउन भएको छ । तर, कतिपय पेजबाट अहिले पनि सोही डाउन भएको पेज नै प्रवद्र्धन भइरहेको छ । तर, सम्झौता रद्द भएको थाहा पाउने पेजले भने फरक ढङ्गले ठगी गरिरहेका छन् ।
    उनीहरूले फेसबुकमा प्रोमोट गरिरहेको ‘आश्चर्य नगद पुरस्कार’ ग्रुपमा  ६७ हजार बढी मानिसहरू जोडिएका छन् । करिब दुई महिनाअघि खोलिएको यो ग्रुपमा तीब्र गतिमा मेम्बर थपिने क्रम चलिरहेको छ ।
    हाल ग्रुपमा ५५ जना एड्मिन र मोडरेटर छन् । जसमा अधिकांश बालेन शाह, हर्क साम्पाङ, राजेश हमाल, रवि लामिछानेको नाम प्रयोग गरी बनाइएका नक्कली अकाउन्ट छन् । यसबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई हामीले सोधेका थियौं । कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले यो ठगीमा आफूहरूको ध्यान गएको र त्यसउपर अनुसन्धान भइरहेको जानकारी दिए । ‘हामीले विभागमा अनुसन्धान गर्न निर्देशन दिइसकेका छौं,’ उनले भनेक्ँ छन् ।
कसरी जोगिने ?
सामाजिक सञ्जालमा बढी सक्रिय हुने व्यक्तिहरूको पुराना भिडिओलाई भर्खर भइरहेको  जस्तै देखिने गरी लाइभ गरेर ठगी गर्ने घटना नौलो होइन ।
    स्क्यामरहरू फरकफरक तरिकाले ठगिरहेका हुन्छन् । अहिले झुक्याएर एनसेलको सब्स्क्रिप्सन खरिद गराउने काम भइरहेको छ । यसअघि फरक तरिकाले ठगी गरिरहेको थियो ।
    यस्तोमा स्क्यामरले मालवेर लिङ्क पठाउने जोखिम पनि उत्तिकै छ । त्यसैले साइबर सुरक्षा जानकारले यसरी नक्कली अकाउन्टबाट पठाइएका लिङ्कहरू नखोल्न सुझाव दिएका छन् । फेसबुकमा विभिन्न व्यक्तिका ‘फ्यान क्लब’ नाममा खोलिने ग्ग्रुपहरूमा यस्ता स्क्याम भइरहेका हुन्छन् । त्यसैले सकेसम्म त्यस्ता ग्रुपमा जोडिनु हुँदैन ।

‘कपालको त्यान्द्रा जस्ता धरापबाट बाँचेर आँए’

युद्धकालमा जानुका धमला

ध्रुवकुमार रावल/भोलाराज पौडेल

वागेशवरी गाविस (हाल सुर्यगढी गाउँपालिका) फलाटेमा जन्मिएकी जानुका धमला समाजमा भएको विभेदको अन्त्य गर्नको लागि माओवादी मोर्चामा लागिन् । माओवादीले उठाएको विषयवस्तु र गरिव, महिला, जनजाति, दलित, उत्पीडनको मुद्दाले उनको मन छोयो, उनी एसएसली पास भएपछि नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा उच्च शिक्षा पढ्नमा लागि बट्टार झरिन् । पढ्नको लागि झरेकी उनी उत्पीडनको अन्त्य र मुक्तिको लागि भन्दै त्यतैबाट भूमिगत भइन् । ‘०५५ सालदेखि म विद्यार्थी आन्दोलनबाट माओवादीप्रति आस्था राख्न थालेको हो ।’ जानुका भन्छिन्– ‘२०५७ मा घर छाडेर माओवादी पूर्णकालीन कार्यकर्ता बनेर हिँडेँ ।’
    उनको भूमिगत जीवन पनि केही अनौठा र दुःखद अनि ठीट लाग्दा छन् । उनका बुबा कृष्णप्रसाद प्याकुरेल तत्कालिन शाही नेपाली सेनामा कार्यरत थिए । उनी माओवादी विद्यार्थी संगठनको नेता । ‘विद्यार्थी संगठनमा जोडिएर २०५५ सालदेखि सांगठनिक काम गरेको हुँ’ उनी भन्छिन्– ‘बुबा शाही नेपाली सेना म माओवादी सोच्नुस् त, त्यो बेलाको हाम्रो घरको अवस्था ?’
    त्यतिबेलाको अवस्था सम्झँदै जानुका भन्छिन्– यसले गर्दा घरमा अर्को खालको वातावरण बन्यो । परिवारमा द्वन्द्व सिर्जना भयो । कि मैले घर छाडेर हिँड्नुपर्ने भयो, कि बाबाले जागिर छाड्नुपर्ने अवस्था आयो । त्यतिखेर मैले के सोचेँ भने मैले घर परिवार भन्दा बर्गीयको मुक्ति, समाजले नयाँ रुपान्तरणसहितको अर्को राज्य प्रणालीको विकास हुन्छ भने मैले घर छाड्नु नै उचित ठानेँ । त्यतिखेर सबै विषयवस्तुहरू राम्ररी बुझेर हिँडेको नभई थोरै विषयवस्तु अध्ययन गरेर नै बर्गविहीन समाज निर्माण हुन्छ भनेर उनलाई अरु कसैले भनेर नभई आफैं स्वतस्फुर्त रुपमा अघि बढेको उनी बताउँछिन् । ‘बुबासँग सल्लाह गरेर घर छाडेर म छापामार भएको होइन ।’ पछि बुबाले जिल्ला प्रशासनमा हामी बाबुछोरीको भेट युद्ध मैदानमा हुनेछ भनेर पत्र लेखेर पठाउनुभएछ ।’ एउटै घरमा बाबा सरकारको बन्दुक बोक्ने छोरी विद्रोहीको बन्दुक उचाल्ने भएपछि त्यो परिवारको अवस्था कस्तो होला भन्ने त त्यतिबेला मात्रै महसूस गर्न सकिन्थ्यो ।
    उनी घरको जेठी छोरी हुन् । उनको परिवारले उनीप्रति जे अपेक्षा राखेका थिए, त्यो अपेक्षा उनीबाट पूरा हुन सकेन । उनले परिवारको ती अपेक्षालाई लत्याएर अघि बढिन् । जानुका भन्छिन्– ‘मप्रति जुन अपेक्षा थियो, त्यो अपेक्षा विपरित म हिँडेपछि मप्रति रिसाउने, चित्त दुःखाउने, भनेको भन्दा विपरित जाँदा उहाँहरू मसँग खुशी हुनुहुन्थेन ।’
    देशमा २०५८ साल मंसिरबाट दाङको होलेरी काण्डपछि देशमा संकटकाल सुरु भयो । उनका बुबाले जिल्ला प्रशासन कार्यालयमा पत्र लेख्दै बाबुछोरीको भेट युद्ध मैदानमा मात्रै हुनेछ भन्ने आसयको पत्र लेखेर बुझाएका थिए । चिठी अहिले पनि सुरक्षित छ ।
    बुबा नेपाली सेनामा जागिरे भएका कारण उनले बुबाको भनदा आमाको न्यानो काख बढी पाइन् । आमाबारे सम्झँदै जानुका भन्छिन्– ‘आमा सामान्य साक्षर हुनुहुन्छ । छोरीले पढ्नुपर्छ भनेर नै मलाई सानैदेखि हात समातेर कख लेख्न सिकाउनु भयो । आमाले मेरो लागि धेरै ठूलो संघर्ष र त्याग गर्न‘भयो, मलाई पढाउनको लागि जुनखालको भूमिका निर्वाह गर्न‘भयो, मलाई लेख्न अनि छोरी सशक्त हुनुपर्छ भन्ने सिकाउनुभयो । बाबासँग त म लामो समय बस्न पाइन । आमासँगै बढी बसेकोले छोरा र छोरीमा अहिले पनि जुन खालको विभेद छ । त्यतिबेखर पनि विभेद छ । छोराले गर्न सक्ने काम छोरीले किन सक्दैनन् भन्ने लाग्थ्यो । हामी त्यतिखेर हलो जोत्न बञ्चित थियौँ । छोरी मान्छेले छोएको बन्दुक पड्कँदैन भन्ने गलत संस्कारबाट हामी हुर्किएका थियौँ । त्यो बेला मेरी आमाले आत्मनिर्भर हुनुपर्छ भनेर जुन खालको शिक्षा दिनुभयो, त्यो मेरी आमाको महान कार्य हो ।
    उनी भूमिगत हुँदा १७ वर्षको थिइन् । भूमिगत हुँदा आमा बाबा दुवै जनासँग उनको सल्लाह भएन । बुबा आमाले उनलाई स्टाफ नर्स पढाउने कुरा थियो । तर, उनलाई स्टाफ नर्स पढ्ने रुची भएन, उनलाई बन्दुक बोकेर समाज रुपान्तरण गर्ने इच्छाले भूमिगत बनायो । २०५७ साल भदौमा एसएसलसीको रिजल्टपछि साथीहरूसँग बट्टार साथीसँग झरेकी जमुना अरु कलेज भर्ना भए । उनी बन्दुक बोक्न खरानीटारको एउटा कार्यक्रम हुँदै भूमिगत भइन् । ‘त्यो ठाउँसम्म पुग्नको लागि स्व. रामभक्त उप्रेती मेरो राजनीतिक अभिभावक हुनुहुन्थ्यो । उहाँको माध्यमबाट म त्यहाँ गएको हो ।’ उनी भन्छिन्– ‘उहाँ हाम्रो परिवारसँग अलि नजिक हुनुहुन्थ्यो ।’ छोरी माओवादी आन्दोलनमा हिँडेको कुरा उनकी आमाले तीन दिनपछि मात्र थाहा पाइन् त्यो पनि उनै रामभक्त उप्रेतीको माध्यमबाट । ‘आमाले छोरीलाई हाम्रो चलन अनुसार मुन्द्रा औठी बनाएर लगाइदिनु भएको थियो । यो हराउछ, ममी भनेर त्यो सुनका गहना आमालाई जिम्मा लगाएको थिएँ ।’ उनले भनिन्–‘ आमाले सायद त्यतिबेला नै छोरी हिँड्छे भन्ने थाहा पाइसक्नु भएको थियो होला ।’
    रामभक्तको छोरी गायत्री ‘नमुना’ उनको साथी थिइन् । उनलाई आन्दोलनमा लाग्नको लागि नमूना जस्ता धेरै साथीहरूको हात छ । चञ्चला आले मगर ‘चेतना’ परिवर्तनको लागि १३ वर्षको उमेरमा एउटा हातमा मादल, गितार, बासुरी लिएर हिँड्दै गर्दा उहाँहरूले समाजलाई दिएको चेतना र सकारात्मक सन्देशका कारण हामीले समाजलाई केही गर्न सक्छौँ भनेर नै आफू हिँडेको उनी बताउँछिन् । भूमिगत भएपछि उनले रसुवामा बढी समय विताइन् । त्यतबेला माओवादीले रसुवा र नुवाकोटलाई संयुक्त कमाण्डले हेर्ने गरेको थियो ।
    हिँडेको एक, डेढ वर्षपछि वर्षपछि संकटकालपछि उनका बुबाले जागिर छाडे । त्यसपछि मात्रै परिवार भेट्न घर आइन् । ‘त्यो भन्दा अघि मरो घर आउने बाटो खुल्ला थिएन । बुबाले छोरी आयो भने म घरमा बस्दिन भन्नु भएको थियो ।’ जानुका सम्झँदै भन्छिन्– ‘त्यो हिसावले पनि म घर आउन सक्ने वातावरण थिएन । बुबाको इच्छा विपरित म वीचमा घर आउन सक्ने थिइन् ।’
    विद्यार्थी संगठनमा कक्षा ८ देखि काम गरेको उनले ३ वर्षको विद्यार्थी संगठनमा लागेर भूमिगत भएपछि २०५९ सालमा उनी जनमुक्ति सेनामा भर्ना भइन् । त्यतिबेला माओवादीले काठमाडौं सहितका वरिपरीका जिल्लालाई विशेष जिल्ला भनेर घोषणा गरेको थियो । जनमुक्ति सेनामा स्पेशल फोर्स पाँच÷पाँच जनाको दरले पठाउने निर्णय ग¥यो । उनीहरू पनि जिल्लाबाट पठाउने पाँच÷पाँच जनाभित्र परे । उनका श्रीमान आनन्दकुमार थापा पनि सँगै थिए । एक महिनासम्म उनीहरूले तालिम गरेँ । ‘तालिमपछि हामी निरन्तर कारवाहीको प्रक्रियामा सहभागी भयौँ ।’ उनी भन्छिन्– ‘युद्ध भनेको नाप्ने तौलने केही हुन्न । आकस्मिक नै हुन्छ । अहिले के हुन्छ ? अलिबेरमा के हुन्छ यो अनिश्चितकालको यात्रा हो ।’
    जानुका ४२ वटा युद्धमा प्रत्यक्ष सम्लग्न भएकी भइन् । उनी आफैंले १२ वटा युद्धको कमाण्ड गरिन् । एउटा टुकडीको कमाण्ड गरेको सर्लाहीको युद्धमा उनले आफ्नो श्रमिान गुमाइन् । युद्धको बेला उनीसँग धेरै धेरै तितो, नमिठो पल छ । उनको जीवनकै पीडादायी क्षण भनेको उनले आफ्नो पतिलाई युद्धमा गुमाइन् । ‘मैले पहिलो युद्ध लडेको सर्लाहीको हरिवनमा हो । त्यहाँ नै मैले मेरो श्रीमान गुमाएँ ।’ उनले आँखाभरी आँसु खसाल्दै भनिन् –‘मैले त्यहाँ एउटा टुकडीको कमाण्ड गरेको थिएँ । मेन फोर्समा हामी दुवैको आ–आफ्नै जिम्मेवारी थियो । तीन चार महिनाअघि देखि हाम्रो भेटघाट भएको थिएन ।’
    त्यस भन्दा अघि पनि उनको घरमा अर्को घटना घटिसकेको थियो । उनको विरामी नन्दवहिनीलाई तत्कालीन शहाही नेपाली सेनाले घरबाट उठाएर सामूहिक बलात्कार गरेर सातविसे भन्ने ठाउँमा गाउँलेलाई भेला गरेर गोली हानेर मारेको थियो । ‘त्यसको ६ महिनापछि मैले मेरो श्रीमान र मेरी सासुआमाले छोरो गुमाउनु भयो । त्यो पीडा मैले जीवनमा वर्णनै गर्न सक्दिन ।’ जानुका भन्छिन्– ‘मैले यो कुरा घरमा यो भन्नुपथ्र्यो । मैले सासुआमालाई तिम्रो छोराले पनि सहादत प्राप्त ग¥यो भन्नै सकिन ।’
    उनले सयौँ साथीहरू युद्धमा गुमाएकी छिन् । युद्ध भने जस्तो हुँदैन भन्ने उनले बुझेकी छिन् । उनलाई उनको अहिलेको जीवन नाफाको जीवन होइन, नाफाबाट पनि उपहार प्राप्त जीवन हो जस्तो लाग्छ । कष्टकर जीवन कपालको त्यान्द्रा जस्ता धरापबाट बाँचेर आइपुग्ने मान्छेहरू कमै मात्र हुन्छन् भन्ने उनको बुझाई छ । उनी पूर्वी कमाण्डमा जनमुक्ति सेनामा भर्ना हुँदा एक सय ५८ जना थिए । अहिले १२ जना मात्रै वाँकी छन् । ‘बाँचेका १२ बाहेक अरु सबैले आन्दोलनमा सहादत प्राप्त गरे’ जानुका भन्छिन्–‘त्यो स्थितिबाट बाँचेर आज यहाँसम्म आइपुग्नु भएको जीवन उपहार नै हो भन्ने लाग्छ ।’
    उनलाई जीवनको अमूल्य समय माओवादी युद्धमा विताएको भनेर कुनै पश्चाताप छैन । आफूले जे गरेँ ठीक गरेँ भन्ने उनको बुझाई छ । ‘अहिले जसरी सक्षम भएर बाँचेको छु, यो समाजसँग त्यो बाँचनुको मुख्य कारण भनेको जनयुद्ध हो । यदि जनयुद्धमा लागेको थिइन भने मसँग यति शक्ति हुने थिएन । मान्छेलाई दुःखले स्पात बनाउने रहेछ । सुखले मान्छेलाई संघर्ष गर्न सिकाउँदैन । जो मान्छेले दुःख, हण्डर, यातना खान्छ  उसले मात्रै सुन्दर जीवन देख्छ ।’–जानुका भन्छिन् ।
    राजनीतिक सुख अहिले कसैले प्राप्त गरेका छैनन् । माओवादी मात्र होइन, अरु पार्टीले पनि सुख प्राप्त गरेको छैन । यो प्रक्रिया रहेछ । त्यसैले सन्तुष्ट हुँदैन । मैले १६ वर्षको उमेरमा बुझेको राजनीति र अहिलेको राजनीतिमै फरक छ । संघर्षको हिसावले मैले जे गरेँ त्यो ठीक गरेँ, त्यसप्रति म सन्तुष्ट छु ।
    ‘हिजो जुन सपना देखेर मेरो उमेरका साथीहरू किशोरहरूको ओठमा जुँगा थिएन, किशोरीहरूको छातीमा गाठा नउम्रिएका छोरीहरू पनि आन्दोलनमा सहभागी थिए ।’– ‘कयौँ साथीहरूलाई मैले त्यहाँ भविष्य छ भनेर सम्झाएर लैजाँदै गर्दा अनि सपनाहरू पूरा नहुनुमा जनयुद्ध विश्राम हुनु पनि एक हो ।’ युद्ध एउटा सम्झौतामा अन्त्य नभएको भए उनी जस्ता लडाकूले उठाएका धेरै मुद्दा समाधान हुने उनको विश्वास छ । ‘हामी एउटा सम्झौतामा विश्राम ग¥यौँ ।’ उनीले भनिन् – ‘त्यसैले गर्दा सोचेका सबै कुरा पूरा भएनन् ।’
    उनी जनमुक्ति सेनाको क्याम्पबाट घर फर्कदै गर्दा १५ वर्ष अघिको समाजसँग प्रतिष्पर्धा गर्नुपर्ने थियो । ज्वरो आउँदा ५० रुपैयाँको सिटामोल किन्ने पैसा उनीसँग थिएन । ‘मलाई समाजले म माओवादी आन्दोलनमा सहभागी भएकै कारणले ५० रुपैयाँ पत्याएन’ उनले भनिन् –‘माओवादीलाई ऋण दियो भने उनीहरूले तिर्दैनन् भन्ने मान्यता समाजमा स्थापित थियो ।’ आफू जस्तै स्थापित हुन आउने सयौ योद्धाहरूले भोगेको कथा यस्तै रहेको उनी बताउँछिन् । मैले पहिला मेरो लागि म आफैंले सोच्नुपर्ने रहेछ भन्ने सोच उनीमा आयो । पार्टीमा हुँदा जनताले खान दिन्थेँ लगाउन दिन्थेँ, जनताको ओछ्यानमा सुत्न पाइन्थ्यो । अव घर फर्किएपछि आफ्नै खुट्टामा उभिन बाध्य बनायो ।
    व्यक्तिगत जीवनको बारेमा आफूले सोच्नुपर्ने भएपछि पहिले आफू र परिवार बनाउनुपर्ने चुनौती थियो उनीसँग थियो । गाँस, वास र कपासको लागि संघर्ष गर्न‘पथ्र्यो । क्याम्पबाट फर्किएपछि उनले आफ्नो घर परिवासँग सल्लाह गरिन् । ‘परिवारले मलाई अरुले जे गरिरहेका छन् तिमीले पनि त्यही ग¥यौँ भने समाजमा टिक्न गाह्रो हुन्छ भनेर सिकायो, जानुका भन्छिन् –‘यसपछि पढेर आत्मनिर्भरताको लागि विदेश जाने निधो गरेँ ।’
    उनले फेरी पढ्ने र भाषा सिकेर वैदेशिक रोजगारीमा जापान जाने निर्णय गरिन् सन् २०१४ देखि २०१६ सम्म जापान र २०१७ देखि पोर्च‘गल हुदै फ्रान्स गएको र त्यहिबाट नेपाल फर्किएको हुँ । जापानमा रहँदा पनि प्रवास समन्वय समितिमा रहेर काम गरेँ । हाल पार्टीको जिम्मेवारीको हिसावले बागमती समन्वय समितिको सदस्यको हैसियतमा उनी छिन् ।
    अहिले माओवादीमा लागेर भूमिगत जीवन विताएका जनप्रतिनिधिहरूको संख्या अत्यन्तै कम छ । ककनी गाउँ पालिकाको अध्यक्ष सुमन, विदुर नगरपालिकाको उपप्रमुख प्रभा भूमिगत जीवन भोगेरै जनप्रतिनिधि भएका हुन् राजनीतिमा पछि जोडिनेहरूले स्थान पाउँदै गरेको सन्दर्भमा उनले यसलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा राख्छिन् । ‘नराकात्मक रुपमा हामीले हेर्दा एउटा पुस्ताले दुई वटा काम गर्न सक्दैन भन्ने मान्यता छ’ उनी भन्छिन्– ‘त्यसैले पार्टीमा नयाँ उदय हुनु स्वभाविकै हो ।’
    उनी जस्तै लडाईँ गर्न गएका लडाकूहरूको उर्जाशील समय त विताई सकेकोले अवको पुस्ताले यसको नेतृत्व सम्हाल्नुपर्ने उनी बताउँछिन् । उनी घाइते हुँदाहुँदै पनि शिक्षाको कारण केही अगाडी छिन् । उनले अर्काको देशमा श्रम नै गरेर भएपनि आफूलाई जीवन यापनको लागि केही सहज बनाएकी छिन् । ‘मेरा सयौँ घाइते साथीहरू जीवन यापनको लागि सडकमा माग्नुपर्ने अवस्थामा छन् ।’ उनी सम्झिछिन् – ‘खानकै लागि संघर्ष गर्नुपर्दा औषधोपचारका कारण कष्टकर जीवन भोग्न बाध्य छन् ।’
    आन्दोलनमा घाइतेहरूको उपचार गर्नको लागि उनले सहयोग जुटाउने र कोषको स्थापना गरी सहकर्मीहरूको घाउमा मल्लम लगाउने प्रयासमा जुटेकी छिन् । ‘एउटा वहिनीको २७ वटा गोलीको छर्रा शरीरमा छन्, जीवनको अन्तिम अवस्थामा म मरुँ कि के गरुँ दिदि भनेर फोन गरिन् ।’ उनले भनिन्– उनको उपचारको लागि मैले अभियान सञ्चालन गरेकी छु । साढे चार लाख रुपैयाँ जति संकलन पनि भएको छ ।’
    धेरै मान्छेहरूलाई सहयोग गर्ने क्षमता उनीसँग छैन । वैदेशिक रोजगारीमा जापान बसेर आएकाले त्यहाँ उनका साथी छन् । साथीहरूलाई गुहार माग्दा केही सीमित व्यक्तिहरूको नयाँ जीवन दिने सहारा भनेर स्थापित हुने कोशिष उनको छ । घाइते, अपाङ्गहरूको उपचारको लागि गणतन्त्र सेनानी कोष भनेर अघिल्लो महिना बागमति प्रदेशस्तरीय कोषको स्थापना गर्न दर्ता समेत भइसकेको छ । बागमति प्रदेशस्तरीय यो कोषको असोज ३ गते घोषणा गर्ने कार्यक्रम उनले राखेकी छिन् । उपचारै नपाएर छट्पटाईरहेका साथीहरूको लागि उपचारमा सहयोग गर्ने यो कोष र उनको उद्देश्य छ ।
    यस अघि पनि सिन्धुपाल्चोकको नयनबहादुर तामाङलाई क्यान्सर भएर उपचारमा समस्या भयो । उपचारको लागि ४०/४२ लाख रुपैयाँ संकलन गरेपनि उनलाई बचाउन सकिएन । उनको ऋणसमेत तिरिदिएर छोराछोरीलाई निःशुल्क पढ्नेसमेत व्यवस्था मिलाइएको उनी बताउँछिन् । अहिले उनी विदुरमा रहेको विन्दबासिनी वचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक भएर आफ्नो स्वभिमानमा रमाइरहेकी छिन् । – यो समय डटकमबाट

युद्धकालमा जानुका धमला

 

लोकदोहोरीमा जम्दै हरिजङ्ग

हरिजंग पाण्डे

भोलाराज पौडेल

विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नं. ४ मा जन्मिएका लोकदोहोरी गायक हरिजंग पाण्डे दोहोरीमा आफ्नो छुट्टै पहिचान बनाउन संघर्षरत छन् ।
    राष्ट्रियस्तरका थुप्रै कलाकार जन्माइसकेको नुवाकोटमा उनी स्थापित कलाकार बन्ने तरखरमा छन् । नुवाकोटका कलाकारहरूको अग्रपंक्तिमा हरि स्थापित हुँदै अघि बढ्दै छन् । सानैदेखि गीतसंगीतमा रुची राख्ने हरि विदुरकै पृथ्वी निम्न माध्यमिक विद्यालयमा ५ कक्षा पढ्ने बेलादेखि नै विभिन्न प्रतियोगिताहरूमा सहभागी हुन्थेँ । सायद नुवाकोटमा संगीत सिक्ने राम्रो ठाउँ कतै भइदिएको भए हरिले राम्रोसँग प्रशिक्षण र अध्ययन गरेरै यो क्षेत्रमा अझै उचाईमा पुग्थेँ होला । ‘नुवाकोटमा संगीत सिक्ने ठाउँ थिएन, उनी भन्छन्– ‘यदि सुरुदेखि नै सिक्न पाएको भए मेरो जीवनमा ठूलै परिवर्तन आइसक्थ्यो ।’’
    ३३ वर्षिय हरि १५ वर्षदेखि लोकदोहोरीमा जुटेका छन् । नेपाल टेलिभिजनमा रामप्रसाद खनालको लाइभ दोहोरी कार्यक्रम हरेक विहीवार प्रशारण हुन्थ्यो । उनी यो कार्यक्रमको नियमित स्रोता थिए । यही कार्यक्रम हरेर नै उनी लोकगीत, संगीतप्रति आकर्षित हुन पुगेँ । विद्यालयको कार्यक्रममा सहभागी भएर आफूले जानेको लोकदोहोरी कार्यक्रममा भाग लिने उनको रुची थियो । यही रुचीका कारणले सानै उमेरदेखि हरि लोकदोहोरीमा जम्दै गएका बछन् ।
    माध्यमिकस्तरको पढाई सकेपछि पनि उनी क्याम्पसमा भएका विभिन्न कार्यक्रमहरूमा पनि गीत गाउन जाने गर्दथेँ । जिल्लामा ‘रेडियो त्रिशूली’ सञ्चालनमा आएपछि उनी त्यो रेडियोमा सन्तोषी केसीसँग मिलेर दोहोरी गाउन थाले । यसपछि भने उनलाई नुवाकोटमा लोकदोहारीमा हरिजंगको रुपमा स्थापित गरायो । रेडियो त्रिशूलीसहित रेडियो जालपामा पनि उनले यस्तै प्रकृतिको कार्यक्रम सञ्चालन गर्दथेँ ।
    हरिले युवा बर्गलाई लक्षित गरेर ०७३ सालमा ‘आइलभयु’ नामक एल्वम बजारमा ल्याएँ । यो युवा बर्गलाई लक्षित गरेर ल्याइएको गिती एल्बम थियो । त्यतिबेलाका चर्चित गायिका पार्वती कार्कीसँगको स्वरमा निकाले पनि यसले राम्रो बजार लिन सकेन । यसको निर्देशकमा अहिलेका चर्चित निर्देशक संगम थापा थिए । तादी गाउँपालिकाको रालुकादेवी घर भएका संगमकै कारण पनि हरिलाई लोकदोहोरीमा लामो समय टिकिराख्न मद्दत पुगेको छ । थापाको अहिलेको सेतोसेतो कमेरो माटो बोलको गीत अहिले चर्चित छ ।
    मेला महोत्सव तथा विद्यालयहरूको वार्षिकोत्सवहरूमा पुगेर पनि दोहोरी गीत गाउने हरिले विस्तारै गीत गाएवापतको पारिश्रमिक पनि पाउन थाले । उनले दोस्रो एल्बम ‘फूरफूर’ भन्ने बजारमा ल्याएँ । यो गीतमा पनि नुवाकोटकै मोडलहरू थिए । गंगा ठकुरी र उनको स्वरमा अनि संगम थापाकै निर्देशनमा यो गीत ०७४÷०७५ सालतिर बजारमा आयो । दोस्रो एल्वम आएपछि दोहोरी प्रतियोगिता, मेला महोत्सवहरूमा दोहोरी कलाकारहरू संयोजन गराउने कामको जिम्मा पनि हरिले पाउन थाले । उनले केही समय राष्ट्रि«य लोकदोहोरी प्रतिष्ठानको जिल्ला सचिव भएर पनि काम गरेँ । सचिव भएपछि राष्ट्रियस्तरका कलाकारसँग अझै नजिक हुने मौका मिलेको हरि बताउँछन् ।
    ‘हिमाल पारी भोट’ भन्ने गीत संगम थापाकै निर्देशनमा गंगा ठकुरीको सहकार्यमा सिन्धुपाल्चोक र नुवाकोटवीचको प्रेमकथामा आधारित रहेर गाएको गीतले राम्रो बजार लियो । गीत गाउने मात्र होइन हरिले दुई वटा गीतमा मोडलिङ पनि गरेका छन् । निलकमल र तुलसी मष्ठ बोलको गीतमा मोडलिङ गरेको उनी बताउँछन् । फेरि पनि उनी अर्को एल्वमको तयारीमा छन् । नुवाकोटे ज्वाइँराजा बोलको गीतको सबै तयारी पूरा भइसकेको छ । अव बजारमा आउन बाँकी रहेको हरि बताउँछन् ।
    हरि बीमा संस्थान नुवाकोट शाखामा कार्यरत रहँदा जागिरको पैसा खर्च गरेर भएपनि गीतसंगीतको क्षेत्रमा पैसा खर्च गर्दथ्येँ । ‘लोकसंस्कृतिको जर्गेना गर्नको लागि मैले जागिरबाट पैसा बचाएर पनि एल्वम निकाल्ने काममा खर्च गरेको छु । फेरी अर्को गीतको तयारीमा छु । आफ्नै शब्द र लयमा रहेको अहिले म्युजिक भिडियोको तयारीमा रहेको गीत पानी घट्ट हो । यसको बाघमारा र विदुरको गंगटे पार्कमा पुगेर यो गीतको सुटिङ गरेका हौँ ।’– हरि भन्छन् ।
    कलाकारितामा लागेर आफूले हरिजंग भनेर नुवाकोट भन्दा बाहिरका लागि चिनाउने मौका उनले पाएका छन् । हरि भन्छन् – ‘आफूलाई आत्मसन्तुष्टि हुने र आफूसँग भएका कला अरुलाई देखाएर धेरैलाई एकै छिन भएपनि मनोरञ्जन दिलाउन सकेकोमा म खुसी छु ।’ कलाकारिता क्षेत्रमा उनको गुनासो पनि छ । काठमाडौंबाट आउने सबै राष्ट्रिय कलाकार हुने, ठूलो कलाकार, राम्रो गीत गाउन सक्ने भनेर चित्रण गर्ने तर, जिल्लामै स्थापित कलाकार कहिलेकाँही हेपिने र चेपिने गरेको तितो अनुभव पनि उनीसँग छ ।
    ‘काठमाडौंबाट आउने सबै राम्रा हुँदैनन, नुवाकोटमा गीत गाउनेहरू पनि कम छैनन् । उनी भन्छन्– आफ्नै जिल्लाको हरेक कलाकारको प्रोत्साहनको लागि हामीले सदैव सहयोग गर्न‘पर्छ जस्तो लाग्छ ।’ विशेषगरी मेला महोत्सवहरूमा काठमाडौंबाट आउनेलाई राष्ट्रिय कलाकार भनेर जिल्लामा बस्ने कलाकारलाई विभेद गर्ने गरिएको उनी बताउँछन् ।
    कलाकारिता क्षेत्रमा लाग्नको लागि आफूलाई माया गर्ने श्रोता, दर्शक तथा शुभचिन्तकहरू तथा सबैले गीत राम्रो छ, स्वर ठीक छ भनेर मलाई हौसला दिएको पनि आफू यो पेशामा निरन्तरता दिन सकेको उनी बताउँछन् । कार्यक्रमहरूमा पुग्दा सबैले हौसला नदिएको भए सायद म यो स्थानमा रहने थिइन होला । हरि भन्छन् – ‘यसको श्रेय म सम्पूर्ण स्रोता, दर्शक, शुभचिन्तनहरूमा दिन चाहन्छु ।’ –यो समडय डटकमबाट

चेसमा नुवाकोटका पहिलो निर्णायक बने तामाङ र श्रेष्ठ

क्षितिज श्रेष्ठ

काठमाडौं । बागमती प्रदेश बुद्धिचाल संघद्वारा काठमाडौंमा गत साता आयोजित ‘नेसनल आर्बिटर सेमिनार’मा नुवाकोटका क्षितिज श्रेष्ठ र चन्द्रलाल तामाङले सहभागी भई सफलतापूर्वक उत्तीर्ण गरेका छन् । उनीहरू बुद्धिचाल (चेस)को आर्बिटर (निर्णायक) सेमिनारमा सहभागि हुने नुवाकोट जिल्लाकै पहिलो हुन् ।
    नेपाल बुद्धिचाल महासंघले लिएको परीक्षा पनि सफलतापूर्वक उत्तीर्ण गरेकाले अब उनीहरूले नेसनल आर्बिटर (एनए) को टाइटल हासिल गर्नेछन् । महासंघको सिफारिसमा विश्व बुद्धिचाल महासंघ (फिडे) ले एनए टाइटल प्रदान गर्नेछ । यसका निम्ति प्रक्रिया सुरु भइसकेको महासंघले जनाएको छ । ६ वर्षयता पहिलोपल्ट काठमाडौंमा आयोजित सेमिनारमा विभिन्न जिल्लाका ५१ वना सहभागी थिए ।
    नुवाकोट जिल्ला बुद्धिचाल संघको सिफारिसमा सेमिनारमा सहभागी श्रेष्ठले भने– ‘नेसनल आर्बिटर सेमिनारमा जिल्लाकै पहिलोपल्ट सहभागि हुँदा मलाई अवसर दिनुभएकोमा अध्यक्षलगायत संघका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद दिन चाहन्छ । जिल्ला संघले दिने जिम्मेवारी, जिल्लामा हुने प्रतियोगिता र चेसको विकासमा सक्रिय सहभागिताको लागि सँधै तयार रहेको छु ।’

डेंगुको सङ्क्रमण बढ्दै

काठमाडौँ । नेपालमा डेङ्गुको सङ्क्रमण बढिरहेको छ ।  पानी परेसँगै डेङ्गुका बिरामी बढ्न थालेका हुन् ।
    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गुका बिरामी बढ्न थालेको जानकारी दिए । उनले डेङ्गु बढ्ने मौसम सुरु भएकाले क्रमशः बिरामी पनि बढिरहेको बताए ।
    पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेको उनको भनाइ थियो ।
    उनका अनुसार सन् २०२३ यता अहिलेसम्म एक हजार २४ जना मानिस डेङ्गुका कारणले बिरामी परेका छन् । यो वर्ष अहिलेसम्म सङ्क्रमणबाट सुनसरीमा एक जनाको ज्यान गएको छ ।
    महाशाखाका अनुसार काठमाडौँ ४६, ललितपुरमा १२ र भक्तपुर ३५ बिरामी भेटिएका छन् । यस्तै सबभन्दा बढी देखिएको दार्च‘लामा एक सय ८७, धादिङमा एक सय ३१, सुनसरीमा ७५, कास्कीमा ६६ र म्यादीमा २९ जना डेङ्गुका बिरामी भेटिएका छन् । उनले यस पटकको बर्खायाम सुरु भएसँगै डेङ्गुबाट बच्न आग्रहसमेत गरेका छन् ।
    “अहिले दैनिक पानी परिरहेको छ । परेको पानी फूलदानी, जारमा जम्मा हुन्छ अनि त्यही लामखुट्टेले फुल पार्दछ”, उनले भने, “सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ ।”
    डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ ।
    डेङ्गुले उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा बलियोसंग जाली हाल्न अनुरोध गरिएको छ ।
    यस्तै मन्त्रालयले सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
    सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेङ्गु देखिएको र डेङ्गुबाट ८८ जनाको ज्यान गइसकेको छ । पुस १५ गतेयता अहिलेसम्म सात सय एक जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
    नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ ।

शैक्षिक सामग्री सहयोग

बेलकोटगढी । बेलकोटगढी नगरपालिका वडा नं. ११ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयलाई भूतपूर्व विद्यार्थी मञ्चसहितका संघसंस्थाले शैक्षिक सामग्री प्रदान गरेका छन् ।
    पञ्चकन्या मावि भूतपूर्व विद्यार्थी मञ्चलगायतका संस्थाले विद्यालयलाई कम्प्युटर प्रिन्टर, स्टेशनरी, विद्यार्थीका लागि पोशाक लगायत शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा वडा नं. ११ का वडा अध्यक्ष प्रकाशजंग पाण्डेको जन्मदिनको अवसरमा विद्यालयको लागि आवश्यक स्टेशनरीसमेत प्रदान गरेका छन् ।
    विद्यालयमा शिक्षक एवं मञ्चका महासचिव ठाकुरजंग पाण्डेको पहलमा विद्यालयलाई प्रिन्टर सहितका सामाग्री उपलब्ध गराइएइको हो । विद्यालयमा आयोजित कार्यक्रममा भूतपूर्व विद्यार्थी मञ्चका तर्फबाट पूर्व विद्यार्थी एवं बेलकोटगढी ११ का वडाध्यक्ष प्रकाशजंग पाण्डेले विद्यालयका प्रधानाध्यापक अशोक कर्णलाई फोटोकपी मेसिनसहितको सामग्री हस्तान्तरण गरेका हुन् । सामाग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष पाण्डेले विद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।
    सोही कार्यक्रममा काठमाडौँ विश्वविद्यालय कलेज अफ म्यानेजमेन्ट कुसुम फेष्टिवल–२०२३ को तर्फबाट विद्यार्थीलाई शैक्षिक सामाग्री तथा विद्यालय पोशाक प्रदान गरिएको छ ।
    विद्यालय सहयोग कार्यक्रमका संयोजक इच्छुक पौडेल, साकार शर्मा र समिन अर्यालमार्फत विद्यालयलाई सरसफाई सामग्री तथा गरिब, जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री र विद्यालय पोशाक प्रदान गरिएको थियो ।

मिश्रगाउँ सुन्तलाको पकेट क्षेत्र

विरुवा वितरण गर्दै उपाध्यक्ष

कविलास । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. २ को मिश्रगाउँलाई सुन्तलाको पकेट क्षेत्र बनाइने भएको छ ।
    एकिकृत सामुदायिक विकास परियोजनाको ६० प्रतिशत र किसानहरूको ४० प्रतिशत लगानीमा सुरु गरिएको सुन्तला तथा कागती रोपण कार्यमा ७९ जना स्थानीय कृषकहरू आबद्ध रहेका छन् ।
    सुन्तला विशेष क्षेत्र बनाउनको लागि रुडेक नेपालको ब्यवस्थापन तथा जिएनआईको आर्थिक प्राविधिक सहयोगमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाले सहयोग गर्ने रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले बताए ।
    सोही क्रममा किसानहरूले सुन्तला तथा कागती रोप्ने कामको थालनीसमेत गरिसकेका छन् ।
कार्यक्रमका लागि पञ्चकन्या गाउँपालिकाको तर्फबाट प्राविधिक सहयोग उपलब्ध गराएको छ । कार्यक्रमको शुभारम्भ पञ्चकन्या गाउँपालिकाको उपाध्यक्ष बिमला केसी र वडा नं २ का वडा अध्यक्ष रामशरण श्रेष्ठबाट गरिएको छ ।
    वडा नं २ को प्राङ्गणमा र तिर्थ मिश्रको बारीमा सुन्तला रोपेर कार्यक्रमको आरम्भ गरिएको हो । यस क्षेत्र सुन्तलाका लागि राम्रो हावापानी भएको र किसान स्वयंले पनि सुन्तला खेती गरी आर्थिक लाभ लिन थालेको हुँदा बाँझो जमीनमा यसको विस्तार गर्दा अझै फाइदा लिन सकिने भएकाले सुन्तला विशेष क्षेत्र बनाउन लागिएको हो । कलमी तथा बिजु गरी सुन्तलाको करीव एक हजार आठ सय र कागतीको २५० बिरुवा रोपिने रुडेक नेपालले जनाएको छ ।

प्रकोपले ४० प्रतिशत दुग्ध उत्पादन कम

काठमाडौँ । देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ । दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाईभैंसीमा लम्पी स्किन रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन् ।
    भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्यांकअनुसार लम्पी स्किनको प्रकोप देखिनुअघि दैनिक एक सय १४ मेट्रिकटन दूध उत्पादन हुँदै आएकोमा अहिले ३० देखि ४० प्रतिशतले उत्पादन घटेको छ । रोगका कारण दुहुना गाई र भैंसी बिरामी पर्ने र मर्ने समस्याले दूध बेचेर घरायसी खर्च चलाउँदै आएका किसानको आम्दानीको स्रोत नै बन्द भएजस्तै बनेको छ ।
    ‘रोग फैलिनुअघि दैनिक एक लाख लिटर दूध उत्पादन हुने अनुमानित तथ्यांक थियो, तर अहिले थोरैमा ३० प्रतिशत र बढीमा ४० प्रतिशतसम्म दूधको उत्पादन घटेको अनुमान लगाउन सकिन्छ,’ पशु विकास अधिकृत डा. सन्दिप सिलवाल भन्छन्, ‘रोगको सङ्क्रमण बढ्ने क्रम नरोकिएकाले दूधको उत्पादन अझ घट्न सक्छ ।’
    भेटेरिनरी अस्पतालमा संकलन भएको तथ्यांकअनुसार हालसम्म धादिङ जिल्लामा आठ हजारभन्दा बढी गाईभैँसीमा लम्पी स्किनको संक्रमण देखिएको छ । त्यसमध्ये ७० प्रतिशतभन्दा बढी संक्रमण दूधालु गाई, भैंसीमा देखिएको सिलवालले जानकारी दिए । गाउँगाउँमा खटिएका प्राविधिकले पनि दूधको उत्पादनमा ५० प्रतिशतभन्दा बढीले घटेको बताएका छन् ।
    गोरुभन्दा गाईमा नै संक्रमण बढी देखिएको नीलकण्ठ नगरपालिका ८ का पशु स्वयंसेवक ईशु तामाङले बताए । ‘म जहाँ पुगेको छु त्यहाँ दूधालु पशु नै धेरै मरेको पाएको छु, संक्रमण दर बराबर जस्तै भए पनि असर दूधालु पशुमा नै देखिएको छ,’ तामाङ भन्छन्– ‘दूध दिइरहेका र ब्याउने बेला भएका गाईमा रोगको संक्रमण देखिए पनि किसान चिन्तामा छन् ।’
    स्थानीय तहले समयमै जानकारी नदिँदा जिल्लाको यकीन तथ्यांक आउन नसकेको पशु विकास अधिकृत डा. सिलवालले बताए । जिल्लामा भएका १३ वटै स्थानीय तहले भेटेरिनरी अस्पताललाई जानकारी गराउनुपर्ने भए पनि स्थानीय तहबाट तथ्यांक लिनै कठिन भइरहेको उनको भनाइ छ ।
    स्थानीय तहले रोग नियन्त्रणका लागि गाउँगाउँमा प्राविधिक परिचालन गरिरहेको भने पनि रोग नियन्त्रण हुन सकेको छैन । विगत तीन महिनादेखि रोग देखा परे पनि हालसम्म यसको संक्रमण बढ्दो नै छ ।

सुर्तीको सुर्ता !

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सिफारिस गरेको खुद्रा मूल्यमा लाग्ने कर ७५ प्रतिशत, भारत ५३ पाकिस्तान ६१, बंगलादेश ७३ श्रीलंका ७७ प्रतिशत छ भने नेपालमा ४१ प्रतिशत छ ।

डा. प्रकाश बुढाथोकी

सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ३७ हजार ५२९ जना नेपालीले अकालमा मृत्युवरण गर्छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको तथ्याङ्कलाई आधार मान्दा प्रतिघण्टा ४ जनाभन्दा धेरैले ज्यान गुमाइरहेका छन् । सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने रोगहरूबाट पीडित हुनेहरूको संख्या बढ्दै छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्टेप्स सर्भे, २०१९ अनुसार करिब २९ प्रतिशत वयष्कले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्छन् । हालको दर यस्तै रहे आगामी ३० वर्षमा करिब १३ लाख ४० हजार नेपालीको धूमपानबाट मृत्यृ हुने प्रक्षेपण छ । धूमपानको कारणले विभिन्न स्वास्थ्य समस्याह देखिन्छन् ।
    शुक्रकीट कमजोर बन्ने, शुक्रकीटको डीएनए ह्रास हुने, शुक्रकीटको संख्या घट्ने, लिंगको उत्तेजनामा कमी, बाँझोपन, जन्मजात खोट भएको शिशु जन्मने र लिंग वरपर हुने रक्त सञ्चारको कमीले यौन चाहनामा ह्रास, नपुंसकताको सम्भावना, गर्भ रहन नदिनेजस्ता समस्या देखिन्छन् । त्यस्तै गर्भवस्था तथा प्रसव अवस्थामा जटिलता थपिने गर्छ । गर्भवतीमा शारीरिक र मानसिक रूपमा असक्षम कमजोर, रोगी र अंगभंग बच्चा जन्मने, समयपूर्व बच्चा जन्मने, २ देखि ३ गुणा बढी गर्भपतन, जन्मेको बच्चा २८ दिनमै मर्ने, कम तौलको बच्चा, बालमृत्यु दर बढी, असफल गर्भाधानको प्रबल सम्भावना रहन्छ । धूमपानमा भएका करिब ६० वटा क्यान्सर लगाउन सक्ने तत्व, कार्सिनोजनहरूले शरीरका विभिन्न अंगप्रत्यंगमा क्यान्सर लगाउन सक्छन् । जसले बढी मात्रामा र बढी समयसम्म र बढी निकोटिन, टार तथा कार्सिनोजन भएका सुर्ती सेवन गरिरहेको हुन्छ, उसलाई विभिन्न खाले क्यान्सर हुने सम्भावना पनि त्यही अनुपातमा बढ्ने गर्छ ।
    धूमपानमा भएका करिब ६० वटा क्यान्सर लगाउन सक्ने तत्व, कार्सिनोजनहरूले शरीरका विभिन्न अगंप्रत्यंगमा क्यान्सर लगाउन सक्छन् । सामान्य व्यक्तिलाई भन्दा धूमपानको अम्मलीलाई दुई गुणा बढी छालाको क्यान्सर, मेलानोमा, पाठेघर, स्तन तथा मूत्रथैलीको क्यान्सर हुुने सम्भावना हुन्छ । त्यस्तै २२ गुणा बढी फोक्सोको क्यान्सर, २ गुणा बढी जिब्रोको क्यान्सर, ६ देखि २७ गुणा बढी मुख, -यालग्रन्थी र श्वासनलीको क्यान्सर, १२ गुणा बढी घाँटीको क्यान्सर, ८ देखि १० गुणा बढी भोजन नलीको क्यान्सर, १० देखि १८ गुणा बढी भोजन नलीको क्यान्सर, २ देखि ३ गुणा बढी आमाशयको क्यान्सर, ५ गुणा बढी मिर्गौलाको क्यान्सर, २ देखि ५ गुणा बढी प्यान्क्रियाजको क्यान्सर, ३ गुणा बढी आन्द्राको तथा ५ देखि ६ गुणा बढी गुद्वारको क्यान्सर हुने सम्भावना रहन्छ। जसले बढी मात्रामा र बढी समयसम्म र बढी निकोटिन, टार तथा कार्सिनोजन भएका सुर्ती सेवन गरिरहेको हुन्छ, उसलाई विभिन्न खाले क्यान्सर हुने सम्भावना पनि त्यही अनुपातमा बढ्ने गर्छ ।
    सरकारले सुर्तीजन्य पदार्थको लत हटाउन निकोटिन रिप्लेसमेन्ट थेरापी सुरु गरेको छ। विश्व स्वास्थ्य संगठनले यसका लागि स्वास्थ्य सेवा विभागलाई ४५ हजार निकोटिन गम हस्तान्तरण २०७९ चैत्रमा गरिसकेको थियो। विभागले पाइलटिङका रूपमा वीर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबाट कार्यविधि बनाएपश्चात् सुरु गर्ने बताए पनि दिवसका अवसरमा सुरु गरिसकेको छ ।
    सन् २०१९ मा एक संस्थाले क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल र नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा गरिएको एक अनुसन्धान गरेको थियो । १०३ बिरामीमा गरिएको अनुसन्धानमा उपचारमा प्रतिव्यक्ति झन्डै ९ लाख ८१ हजार ३७० रुपैयाँ जसमा ६० प्रतिशत प्रत्यक्ष मेडिकलमा र अन्य अन्य यातायात, खाना र बास आदिमा खर्च गर्ने गरेको पाइएको छ । उपचारमा २८ प्रतिशत केमोथेरापीमा खर्च हुने तथा उपचारका लागि १६ प्रतिशतले घरजग्गा बेच्ने गरेको देखिन्छ । ६० प्रतिशतले आफन्तबाट सापटी लिने र बिरामीको वार्षिक २ लाख ७९ हजार ४८२ रुपैयाँ आम्दानी गुम्ने गरेको अध्ययनले देखाएको छ ।
    नेपालले २.५ देखि ४ प्रतिशतसम्म कर वृद्धि गरेको देखिएको छ । दक्षिण एसियामै सबैभन्दा कम कर ३३.२५ प्रतिशत लगाउने देश भएकाले यसपटक पक्कै कर बढ्ने आम अपेक्षा थियो । प्रारम्भिक विश्लेषणमा गतवर्षभन्दा करको दर ५ प्रतिशतले घट्ने देखिन्छ। बजेटमा ज्यादै न्यून रूपमा २.५ देखि ४ प्रतिशतसम्म कर वृद्धि गरेको देखिएको छ । तर, पनि मुद्रास्फीति दर ७.८ प्रतिशतले वृद्धि हँुदा करको दर घट्ने भएको हो । व्यक्तिको आय १० प्रतिशतले बढ्दा यस्ता वस्तुको खपत २ प्रतिशतले बढेको छ । तसर्थ सामान्य कर वृद्धिले खपतमा खासै असर नपार्ने देखिन्छ । सरकारले मानवीय पुँजीको महत्व बुझेर सुर्तीजन्य पदार्थको मूल्यले दुई छाक खाजा त्याग्नु परोस् ।
    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सिफारिस गरेको खुद्रा मूल्यमा लाग्ने कर ७५ प्रतिशत, भारत ५३ पाकिस्तान ६१, बंगलादेश ७३ श्रीलंका ७७ प्रतिशत छ भने नेपालमा ४१ प्रतिशत छ । दक्षिण एसियामै सबैभन्दा बढी मृत्यृदर नेपालमा छ तथापि कर भने सबैभन्दा कम छ । सरकारले आर्थिक वर्ष २०७८/७९ मा २५ प्रतिशत वृद्धि भएको थियो । आर्थिक वर्ष २०७९/८० मा २० प्रतिशत अन्तःशुल्क वृद्धि गरिएको थियो। संकलित राजस्व २६ अर्ब जति मात्र छ । उपचार खर्चमा बर्सेनि करिब ४० अर्ब अर्थात् कुल गार्हस्थ्य उत्पादनको ०.८२ प्रतिशत रुपैयाँको आर्थिक क्षति भएको देखिन्छ । अन्तःशुल्कको हिस्सा भने २.४२ प्रतिशत छ ।
    सुर्तीको खेतीले विश्वव्यापी खाद्य असुरक्षा बढाउन योगदान पु-याउँछ । हरेक वर्ष करिब ३.५ मिलियन हेक्टर जमिन सुर्तीजन्य पदार्थको खेतीमा परिणत हुन्छ। विश्वमा सुर्तीजन्य पदार्थको सेवनका कारण प्रत्यक्ष ७० लाख र अप्रत्यक्षरूपमा १२ लाखले ज्यान गुमाइरहेका छन् । कर बढाउँदा सीमापारिबाट अवैधरूपमा चुरोट भित्रिने मिथ्या हो । किनभने सन् २०२१ को सर्भेमा नेपालमा १ प्रतिशत कम तथा नमुना प्याकेटको ०.३३ प्रतिशत मात्र अवैध चुरोट भेटिएको थियो । त्यो पनि धेरैजसो इन्डोनेसियाबाट र सीमा क्षेत्रमा नभई काठमाडौं र पोखरामा । सुर्तीजन्य पदार्थकै कारणले आगामी १० वर्षमा ४ लाख नेपालीको ज्यान जाने प्रक्षेपण छ ।

२०८० साल असार २५ गतेको सम्पादकीय

एसईईपछि रोजगारमुलक शिक्षा
किशोराबस्थाको मध्य अवस्थामा पुगेका कारण विद्यार्थीले यो समयमा के गर्ने भनेर निक्र्योल गर्न सकेका हुँदैनन् । ठीक त्यसरी नै एसईईको नतिजापछि पनि कुुन विषय पढ्ने, कहाँ पढ्ने भन्ने निक्र्यौल गर्न मुश्किल छ । विद्यार्थीले साथीको लहलहैमा लागेर वा कलेजको प्रभोलनमा परेर विषय तथा कलेज छनोट गर्नु हुँदैन । कलिलो उमेरका विद्यार्थीहरू साथीहरूको लहलहैमा लागेर, बिल्डिङ राम्रो देखेर, विज्ञापन राम्रो देखेर, कतिपय अवस्थामा कलेजको युनिफर्म राम्रो देखेर, स्कुलका सवारी साधन राम्रो देखेर, लामो कपाल राख्न पाउने भएर, लामो दूरीको स्वदेश वा विदेशको भ्रमण अवसर हुने भएर पनि कतिपय विद्यार्थीले स्कुल वा कलेज रोज्ने गरेको पनि पाइन्छ । आफ्नो रुची, चाहना र क्षमता सबैभन्दा बढी आफैलाई थाहा हुन्छ । आफूले अध्ययन गर्न सक्ने विषय वा शैक्षिक धार र भोलि मार्केटमा रोजगारी पाउने र गुणस्तरीय जीवन जीउन सकिने हुन्छ भनि विचार गरेर छनोट गर्न‘पर्ने हुन्छ । विद्यार्थीले पनि आफ्नो रुचि, चाहना र क्षमताको विषय क्षेत्रको बारेमा थप परामर्शको लागि आफ्ना अभिभावक, आफूले अध्ययन गरेको विद्यालयका शिक्षक, शिक्षिकाहरूसँग पनि परामर्श लिई, आफूले अध्ययन गर्न चाहेको विद्यालयको विगतको रिजल्टको अवस्था, शैक्षिक सुविधाका विषयहरूमा विभिन्न माध्यमबाट सूचना लिई आफ्नो अनुकुलको विद्यालयको छनोट गर्दा उपयुक्त हुन्छ । कक्षा ११ र १२ पढाइ हुने निजी तथा सार्वजनिक विद्यालयको वेवसाइटबाट पनि कुन कलेज कस्तो ? भनी छुट्याउन सक्ने उपाय बताउँदै विद्यार्थीले मात्र नभएर अभिभावकले पनि त्यसबाट विद्यालयमा कस्तो कस्तो विषयको पढाइ हुन्छ भन्ने कुराको जानकारी लिन सक्नुपर्छ । अहिले अभिभावकले विद्यालयको भ्रमण गर्ने, शिक्षक शिक्षिकाहरूसँग शुल्क, पढाइ र सुविधाबारेमा जानकारी लिने, छलफल गर्ने गरेका छन् । तर पनि विद्यार्थी सरल विषय पढेर सहज ढंगले पास हुन सकिन्छ भन्ने कुराबाट पनि प्रभावित हुन्छन् । यसले भोलिको भविष्यमा पर्ने प्रभावबारेमा पनि ख्याल गर्नुपर्ने छ । धेरै विद्यार्थीले जुन विषय पढे पनि ख्याल गरेर अध्ययन गर्नु आवश्यक छ ।
    अहिले सही विषय र सही विद्यालय छनौट गर्न सकियो भने एसईईपछिको करिअर राम्रो बनाउन सकिने भएकोले निक्कै ख्याल गर्नु आवश्यक छ । एसईई परिक्षाको प्रतिफल प्रकाशित भएसँगै विद्यार्थीहरू कुन विषय पढ्ने, कुन कलेज पढ्ने भन्ने दुविधामा रहेर कलेजहरू बुझ्न धाइरहेका छन् । अभिभावकहरू पनि आफ्ना नानीहरूलाई फलानो विषय पढ भनेर दबाब दिइरहेका छन् । पढेर पास गर्नसँग मात्र शिक्षा सम्बन्धीत छैन । शिक्षा र रोजगार बीचको तालमेल मिलाउन पनि जरुरी छ । पढाइको अर्थ जान्न र सिक्नमा मात्र सिमित छैन, शिक्षाका सम्बन्ध सिधै रोजगारसँग सम्बन्धीत छ । त्यसरकाण पछिल्लो समय रोजगार मुलक शिक्षाका विषयहरूमा बढी वकालत तथा विश्लेषण हुने गरेको छ । आफ्ना सन्तानलाई रुची अनुसार पढ्न दिनुपर्छ । यसले जुनसुकै विषयमा उत्कृष्टता हासिल गर्न सकिन्छ । तर, रुचीभन्दा बाहिरको विषयहरू जबर्जस्ती लाद्न खोजियो भने यसले विद्यार्थीलाई मनोवैज्ञानिक दबाब दिन्छ । विशेष गरेर अभिभावकको पहिलो रोजाइमा पर्ने विषय हो विज्ञान । यो विषय प्रायः वि प्लस देखि माथि जिपिए ल्याएका विद्यार्थीहरूले पढ्ने गर्दछन् । केही अपवादमा छोडेर हेर्ने हो भने प्रायः अभिभावकहरू पनि आफ्ना वि प्लस देखि माथि ल्याएका छोराछोरीलाई साइन्स पढाउन जर्वजस्ती नै गर्दछन् । विषय छान्ने कुरा विद्यार्थीको क्षमता र रुचीमा भर पर्ने कुरा हो । पश्चिमा मुलुकहरूमा शिक्षा तथा विषय छनोटमा विद्यार्थीको रुचीलाई प्राथामिकता दिइने चलन छ । त्यहाँ आफ्ना सन्तानले म यो विषय पढ्छु भन्दा अभिभावकले उसलाई हौसला र प्रेरणा दिने प्रणाली विकसित छ । पश्चिमा देशहरूमा विद्यार्थीले आफ्नो क्षमता र रुची अनुसारको विद्यालय खोज्ने, आफुले भनेको विषय त्यो कलेजमा पढ्न नपाए अर्को विद्यालयको कोर्ष लिने र त्यसमा अभिभावकले सहयोग गर्ने चलन छ । नेपालमा भने यो परिपाटी यति धेरै विकास भइनसकेको अवस्था छ । सूचना र प्रविधिको विकासले गति लिएसँगै प्राविधिक शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण बढ्दो छ । समय सापेक्ष शिक्षाको माग पनि दिन प्रतिदिन बढ्दो छ । देश दिगो विकासको गतिमा अधि बढिरहेकाले पनि ग्रामिण विकास, कृषि जस्ता व्यवाहारीक पाठ्यक्रमहरू नभएका हैनन् । तर झन्ट कलेज पढ्ने भन्दा विज्ञान, व्यवस्थापन र मानविकी विषय भन्ने मात्र वुझाइ छ । त्यहाँ भित्र के के विषय पर्दछन् ? कस्ता विषयहरू छनोट गर्ने हो ? कुन विषयले आफ्नो रुचीलाई पूरा गर्छ भन्ने विद्यार्थीहरूले कमै सोच्दछन् भने अभिभावकहरू त अझ अनविज्ञ छन् । प्रत्येक विद्यार्थीमा केही न केही विशेषता हुन्छ, मात्र त्यसलाई चिनेर त्यही अनुसारको विषय छनोट गर्ने हो भने त्यो विद्यार्थी पढाईमा मात्र होइन व्यवहारिक जीवनमा पनि सफल हुन्छ ।
    रोजगारीको तिब्र प्रतिस्पर्धा भइरहेको समयमा ‘मार्केट भ्यालु’ रिसर्च गरेर पढ्दा पनि सफलता प्राप्त हुने धेरै शिक्षाविदहरूको मत छ । धेरै शिक्षाविदहरू पुराना विषयहरू भन्दा पनि प्राविधिक धारका तथा विश्व बजारसँग विक्ने विषयहरू छान्न विद्यार्थीहरूलाई सुझाव दिइरहेका छन् । अहिलेको युग बिज्ञान प्रबिधिको युग हो । तसर्थ आफ्नो क्षमता भएका विद्यार्थीले होटल म्यानेजमेन्ट, कम्युटर साइन्स, कम्युटर इन्जिनियर, सिविल इन्जिनियरिङ, नर्सिङ, मेकानिकल इन्जिनियरिङ, कृषि विज्ञान लगायतका प्राविधिक विषय अहिले नेपाल जस्तो देशमा राम्रो स्कोप छ । विदेशमा पनि यस्तै प्राविधिक विषय नै बिक्छ ।  माध्यमिक शिक्षा अर्थात कक्षा १२ को परीक्षा सम्पन्न भएपश्चात् धेरै विद्यार्थीहरूको गन्तव्य वैदेशिक शिक्षा र त्यहाँको रोजगारसँग सम्बन्धीत छ । नेपालबाट अष्ट्रेलिया, युरोपियन देशहरू, अमेरिका लगायतमा गएर पढ्ने तथा त्यतै करियर बनाउन खोज्नेको विद्यार्थीहरूको सपना दिन प्रतिदिन बढ्दो छ । त्यसकारण पनि एसईई परीक्षा पश्चात् रोजाइमा पर्ने विषयहरूनै त्यी देशहरूमा करियर बनाउने आधार हुन् ।  कुनै पनि विषय आफैमा सम्भावना नबोकेका हुँदैनन् । सबै विषयले आ–आफ्नो क्षेत्रमा विषयगत विज्ञता प्रदान गर्दछ । तर, पढ्ने विद्यार्थीको आवश्यक्ता र चाहनसँग मिल्नु पर्दछ । यस्तै अभिभावकले पनि आफ्ना सन्तानको सफल भविष्यकालागि सन्तानलाई के विषय पढाउने सोच्नु पर्दछ । सन्ताको रुची के हो ? उसको क्षमता कति छ भन्ने जस्ता पक्षलाई विश्लेषण गरेर सन्तानलाई सहि परामर्श दिन जरुरी छ । समयको माग के हो ? रोजगारमुलक शिक्षा कस्तो हुन्छ र कस्ता कस्ता शिक्षा रोजगारमुलक हुन् भन्ने अभिभावक प्रष्ट हुनुपर्दछ । एसईई परीक्षाको मुखमा कतिपय कलेजहरूले बढी भन्दा बढी राम्रा र उच्च अंक ल्याएका विद्यार्थी भित्राउने दाउमा आकर्षक विज्ञापन गर्न थाल्छन् । विज्ञापन र सरकारी अनुगमन कमजोर भएकोले कलेजहरूले अन्योल बनाइदिन्छ । यस्तो अवस्थामा विद्यार्थी स्वयम चनाखो बन्नुपर्छ ।

२०८० साल असार २५ गते । वर्ष:१६ अंक:३७